Thursday, October 15, 2015

१३ तस्विरमा नानाथरीका लाखामरी


शब्द/तस्बिर : गम्भीरदास राजकर्णिकार












आश्विन २८, २०७२- नेवारी संस्कृतिमा लाखामरीको विशेष महत्त्व छ । थरीथरीका लाखामरी भिन्दाभिन्दै अवसरमा फरकफरक आकारको अनिवार्यजस्तै हुन्छ । आकार अनुसार यसलाई मथ, अँय्था, नागबेली, न्या, ब्याँचा, चिकँअपा, गुलिमरी, अक्षतामरी भन्ने चलन छ । पर्वमा मात्र नभई विवाहका अवसरमा समेत लाखामरी अनिवार्य हुन्छ । लाखामरीको परिकारलाई विभिन्न आकारमा बनाई फरक–फरक नाम दिइएको हुन्छ । लाखामरी एक किसिमको रोटी हो । यसमा चामलको पीठो र मासको धूलो मिसाई घ्युमा पकाएर चास्नीमा डुबाएर गुलियो बनाइन्छ । यो खाँदा मीठो, गुलियो र झुरुमझुरुम हुन्छ । यसलाई झन्डै ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ । 


http://nepal.ekantipur.com/news/2015-10-15/20151015155556.html