Saturday, August 19, 2017

‘भाषै छैन भने आफ्नो मुलुक कसरी भन्ने ?’

श्रावण २५, २०७३- संयुक्त राष्ट्रसंघले २२औं विश्व आदिवासी दिवस–२०१६ का निम्ति ‘शिक्षामा आदिवासी अधिकार’ जारी गरेको छ । हरेक अगस्त ९ तारिखमा यो दिवस मनाइन्छ ।

यही नारालाई लिएर नेपालमा मातृभाषी समुदायहरुको संयुक्त टोलीले ललितपुरको हरिहरभवनस्थित राष्ट्रसंघको कार्यालयमा गई मातृभाषा अधिकारलाई नेपाल सरकारले कार्यान्वयन गराउन ध्यानाकर्षण गराएको छ । युएन रेरिडेन्ट कोअर्डिनेटर भालेरिया जुलियन्ड मुलुक बाहिर रहेकाले राष्ट्रसंघका सूचना अधिकृत रामबाबु शाहमार्फत् उक्त ज्ञापनपत्र बुझाइएको हो ।

अगस्त ९ मंगलबार टोली नेता संस्कृतिविद् सत्यमोहन जोशी, अधिकारकर्मी मल्ल के सुन्दर, नेवा देय दबूका अध्यक्ष नरेश ताम्राकार, नेवा बस्ती नेवा स्कुल अभियानका संयोजक दिपक तुलाधर, योजना आयोगका पूर्व सदस्य डा. पुष्पराज राजकर्णिका, अनुन्धाता तोयानाथ भट्टराई, अवधी लेखक विक्रममणि त्रिपाठी, शिक्षाविद सुमनकमल तुलाधर, मातृभाषा अभिन्ता डा. महेशमान श्रेष्ठ, पूर्वसांसद लक्ष्मीदास मानन्धरलगायत सहभागी थिए । ज्ञापनपत्र बुझाएलगत्तै संस्कृतिविद् जोशीले राष्ट्रसंघसित अनुरोध गर्दै भने–

नेपालमा २०४६ साल (सन् १९९०) को आन्दोलनपछि राजनीतिक परिवर्तन भयो । प्रजातन्त्र आयो । त्यसपछि बनेको नेपालको संविधानले यस्तो किसिमको मातृभाषा व्यवस्था गऱ्यो कि हरेक चाहे राउटेकै होस्, धिमालको जो काहीको तिमिहरु जम्मैको भाषा राष्ट्रभाषा भन्यो । राष्ट्रभाषा र राष्ट्रिय भाषा भन्यो । उनीहरुको मातृभाषा, संस्कृतिमा पूरापूर अधिकार दियो । कानुनमा दियो । व्यहवारमा दिएन । ऐन कानुन छ कार्यान्वयन भएन भने काम लाग्दैन ।

अहिले युएनले ‘इन्डिजिनस राइट्स टु एजुकेसन’ नारा दिएको छ । त्यो थिम हाम्रो हो । हाम्रो चासोको विषय हो । हामी यसप्रति मुरी मुरी धुन्यवाद ज्ञापन दिन चाहन्छौ । त्यसैको खुशियालीमा हामी यहाँ (युएन कार्यालयमा) आएका हौं ।

संविधान र कानुनले हामीलाई नदिएको होइन । २०४७ (सन् १९९०)को संविधानले दियो । दिएरमात्र के गर्नु ? मुद्दा लाग्यो । मातृभाषामा पढाउन पाइदैन भनेर दुई जना प्रोफेसर र चारजना शिक्षक भएर मुद्दा हाले । यसरी नेवारी भाषालाई, मैथिली भाषालाई नगरपालिका (र जिल्ला विकास) मा ठाउँ दियो । उनीहरुको भाषालाई ठाउँ दियो भने त नेपाली भाषालाई सौता हालेजस्तो हुन्छ भनेर मुद्दा चल्यो । मुद्दा हामीले हाऱ्यौं । डोमिनेट उसैले गर्‍यो ।

दीर्घकालसम्म त्यसको कार्यान्वयन हुँदैन । त्यसको निम्ति आवश्यक बजेट व्यवस्था हुँदैतन । त्यो बेलासम्म हाम्रो आवाजको उठान नै हुँदैन । त्यसै कारण हामी अटनमस (स्वायत्तता) चाहन्छौं । खोजेकै त्यो हो । हामी आफैं स्वायत्त शासन नगरी त्यो हुँदै हुँदैन । माथिबाट थिचोमिचो हुन्छ । हुन्छ । हुन्छ । त्यो दृष्टिकोण उसमा छँदैछैन । कोही बाहुन वा क्षेत्री अथवा कोही मान्छे नेवार भएुर ऊ आफैं विचार गरोस् न । कहाँ न्याय छ ?

मुख्य कुरा त्यो हो । उठ्ने ठावै छैन । मातृभाषाको घाउ त हामीलाई पो छ त । उनीहरुले अनुभूति गर्दैनन् । हामी साराले मातृभाषाका निम्ति योगदान दिदैआएका छौं । तर, कोही एकजना, दुई जना लेखक, कवि हेर्नोस् कसैले नेवारी भाषा अथवा गुरुङ भाषा अथवा राई भाषामा लेखेको देख्नु्ु हुन्न । हामी सँगसँगै बस्छौं । कल्चरल डाइभर्सिटी (सांस्कृतिक विविधता) भइसकेपछि त राष्टिय एकता काय गर्ने काम हामी सबैको हो । तर, भएपनि त्यो मातृभाषा नेवारको, गुरुङको, मगरको, राईको, लिम्बुको भन्ने कुरो आउँदैन । त्यसैले हामी जहिले पनि पछाडि पारिएका छौं । त्यो दु:ख, त्यो पीडापोख्नु आएका हौं यहाँ (युएन कार्यालयमा)।

त्यसैले कार्यान्वयनका निम्ति युएनले कदम चालेर निर्देशन दियो भने कमसेकम राज्य सजग त हुन्छ । त्यस कारणले डिजाइन गरेर के गर्ने, संविधानमै अधिकार दिएर पनि के गर्ने ? कार्यान्वयन व्यवहारमा नउतारेपछि शिक्षा आउदैन । हाम्रो मातृभाषाको दु:ख त हामीलाई थाहा छ । यो मुलुक हाम्रो पनि हो । हाम्रो भाषै छैन भने हामीलाई बस्ने अधिकार, हाम्रो आफ्नो मुलुक भनेर कसरी भन्ने ? त्यो त भएन । त्यसैले यो सांस्कृतिक विविधता भएको ठाउँमा हरेक जाति, जनजातिको मातृभाषालाई योगदान दिए के हानि भो सरकारलाई ? संवेदनशील छैन । बजेटै छैन भन्छ । गर्दै गर्दैन ।
प्रस्तुति : गणेश राई

प्रकाशित: श्रावण २५, २०७३

http://kantipur.ekantipur.com/news/2016-08-09/20160809165037.html


Thursday, August 17, 2017

स्वर्ण अक्षरको गोप्य ग्रन्थ

संस्कृति
- दामोदर न्यौपाने


श्रावण २८, २०७४- नेवारी पात्रोअनुसार यो नवौं महिना हो । यो महिनाको ८ दिन ठमेलको विक्रमशील महाविहार विशेष उत्सवमय भयो । ५ महाविहारका धर्मगुरु जम्मा भए । स्वर्ण अक्षरको प्रज्ञापारमिता पाठ गरे । अनि भगवान्लाई ८४ व्यञ्जन खानेकुरा खुवाए ।

‘सुनले लेखिएको यो एक मात्रै प्रज्ञापारमिता हो, जसलाई हामीले पुस्तौंदेखि जोगाइरहेका छौं,’ महाविहारका सदस्यसचिव रहेन्द्रप्रसाद प्रधानले सुनाए, ‘यो सत : सहर्षसिर्खा प्रज्ञापारिता हो । यो मञ्जुश्रीकै पालामा सुनको अक्षरले लेखिएको हो ।’
प्रज्ञापारिमिता चार वेदजस्तै हो । यो पनि चार खण्डमा छ । पहिलो खण्ड ‘य’ हो । ‘य’ भनेको वायुतत्त्व हो । दोस्रो खण्ड ‘र’ बाट सुरु हुन्छ । ‘र’ भनेको अग्नितत्त्व हो । तेस्रो खण्ड ‘ल’ हो । ‘ल’ भनेको पृथ्वी तत्त्व हो । चौथो खण्ड ‘व’ बाट सुरु हुन्छ । ‘व’ भनेको वायुतत्त्व हो । ‘बौद्ध दर्शनमा पञ्चतत्त्वको महत्त्व छ । वायु, अग्नि, पृथ्वी र जलतत्त्वको बयान गरिएको छ । पछि आकाश तत्त्व थपियो,’ प्रधान भन्छन्, ‘जीव, निर्जीव सबैमा ४ तत्त्व हुन्छन् ।’
प्रधानका अनुसार वर्षमा एकपटक मात्रै पाठ हुन्छ प्रज्ञापारमिता । श्रावण कृष्णअष्टमीदेखि पढ्न सुरु हुन्छ । प्रज्ञापारिमिताको ‘य’ ग्रन्थमा ५ सय १७ पाना छन् । ‘र’ ग्रन्थमा ५ सय ६ पाना, ‘ल’ मा ५ सय १२ र ‘व’ मा ४ सय ९७ पाना छन् । ‘व’ ग्रन्थको केही पाना हराएका छन् । सरकारले संयुक्त राष्ट्रसंघको सदस्यका लागि आवेदन दिंदा यहींको केही पाना बुझाएको थियो । रञ्जना लिपिमा लेखिएको यो ग्रन्थ संस्कृत भाषामा छ । संयुक्त राष्ट्र संघको सदस्यताका लागि निवेदन दिने बेलामा सुरुमा नेपालले देवनागरिक लिपि बुझाएको थियो । यो लिपि भारतले बुझाइसकेको थियो । त्यही भएर नेपालले सदस्यता पाएन । ‘सन् १९५५ मा रञ्जना लिपिसहित आवेदन दियो । १९५६ मा सदस्यता पायो,’ प्रधान भन्छन्, ‘त्यही बेला बुझाएको पाना फिर्ता ल्याएनजस्तो छ । चौथो ग्रन्थमा ४/५ पाना पुग्दैन ।’
हरेक पृष्ठ तीन खण्डमा बाँडिएका छन् । हरेक खण्डमा ९ हरफ छ । एक लाइनमा एक सूत्र छ । यी सबै ग्रन्थ स्वयम्भूको धर्मधातु महाविहार बसेर लेखिएका हुन् । यही ग्रन्थका अन्तिम पानामा यो लेखिएको छ । यसको सुरुको तीन पाना मञ्जुश्रीले कान्छी औंलाले लेखेको प्रधान बताउँछन् । यी ग्रन्थ लेखिसक्ने कामचाहिं मञ्जुश्रीका चेला श्रीमनले गरेका थिए । श्रीमनले भारतको नालान्दा महाविहारबाट आचार्य गरेका थिए । पढ्दापढ्दै उनी त्यहीं पढाउन थाले । त्यहीको कुलपति भए । शाक्यमुनि गौतमले स्थापना गरेको नालान्दाको पहिलो कुलपति पनि उनै थिए । गौतम कुलपति भएको ७ सय वर्षपछि श्रीमन दोस्रा उपकुलपति भए । नालान्दा १३ औं शताब्दीमा मुस्लिम शासक खिल्जेले जलाइदिए । त्यहाँका महत्त्वपूर्ण ग्रन्थ सबै जले । ‘६ महिनासम्म धूवाँ आइरहेको थियो भन्ने इतिहासमा पढ्न पाइन्छ,’ प्रधान भन्छन् ।
बुद्ध संवत् ३४४ मार्ग शुक्ल पक्ष प्रतिपदा तिथिबाट यो ग्रन्थ लेख्न सुरु भएको प्रधान बताउँछन् । बुद्ध संवत् विक्रम संवत्भन्दा ४८७ वर्ष पुरानो छ । अहिले बुद्ध संवत् २५६१ हो । ‘यो ग्रन्थ २२१६ वर्षअघि लेखिएको हो,’ प्रधान भन्छन्, ‘यति पुरानो ग्रन्थ हामीले जोगाइराखेका छौं ।’
विक्रमशील महाविहार पनि त्यति नै पुरानो भएको उनी बताउँछन् । प्रधानका अनुसार यसको स्थापना महामञ्जुश्रीले गरेका हुन् । वंशावलीअनुसार काठमाडौं उपत्यकाको उत्पत्ति नागदहबाट भएको हो । यहाँ सबैभन्दा पहिला बुद्ध आएका थिए । उनी नागदहको उत्तरपश्चिमको नागार्जुनमा बसेका थिए । बुद्धले नागदहमा चैत पूर्णिमामा कमलको बीज रोपेका थिए । बीउ रोपेर बुद्ध फर्किए । आफ्ना शिष्यलाई चाहिं यहीं छाडेका थिए ।
बुद्धले बीउ रोपेको ६ महिनापछि कमलको फूल उम्रियो । त्यही दिन स्वयम्भूको ज्योति कमलमा देखियो । ज्योतिको दर्शन गर्न बुद्ध धर्मावलम्बी आउन थाले । वंशावलीअनुसार पछि चीनबाट मञ्जुश्री आए । ज्योतिको दर्शन गरेपछि मञ्जुश्रीले आफ्नो खड्ग प्रहार गरे । चोभारबाट नागदहको पानी निकालेले उपत्यकालाई बस्न योग्य बनाइदिए । स्वयम्भूदेखि गुह्येश्वरीसम्म बस्नयोग्य नगर बनाइदिए । धर्माकर नाम गरेका एकजना क्षत्रीलाई राजा बनाइदिए । अनि आफू चीन फर्किए ।
प्रधानका अनुसार मञ्जुश्रीले सुरुमा यही महाविहार बनाए । विहारको पुरानो नाम थँ: वहि हो । नेवारी भाषामा थँ भनेको थकाली हो । ‘जेष्ठ विहार भएकाले यसलाई थँ : वहि भनियो,’ प्रधान भन्छन्, ‘यहीं थँ बाट अपभ्रंश भएर ठमेल भएको हो । यो नगरलाई सिंह कल्प नगर भनिन्थ्यो ।’
प्रज्ञापारमिता यही विहारमा कसरी आइपुग्यो भन्ने पनि किंवदन्ती छ । मञ्जुश्रीले चोभारको डाँडो काटेर पानी बाहिर पठाउँदा यहाँका नाग पनि सबै गए । नागलाई नजान मञ्जुश्रीले आग्रह गरे । यहीं मुनि नागलोक बनाएर राखियो । दक्षिणकाली टौदहमा कर्कट नागको दरबार बनाइयो । नागलोकलाई शिक्षित बनाउन राजा र राजकुमार नालान्दा महाविहार गए । उनीहरूको आग्रहअनुसार भिक्षु श्रीमन नागलोक आए । यहाँका सबैलाई शिक्षित बनाइदिए । यसबाट नागराज खुसी भए । ७ वटा टाउको भएको नाग उपहार दिए । श्रीमन नै पछि नागार्जुन बुद्ध कहलिए । नागार्जुनमा अहिले पनि उनको चैत्य छ । ‘उहाँले नागार्जुनबाट यही महाविहारका देवता सिंह सार्थबाहु गंधुरी भगवान्लाई दिनुभयो,’ प्रधान भन्छन्, ‘गंधुरी भगवान् मान्छेबाट देवता भएका हुन् । उहाँकै विहार भएकाले अहिले पनि प्रतिमा बनाएर राखेका छौं ।’
प्रधानका अनुसार १८ सय वर्षयता महाविहारको रेखदेख र प्रज्ञापारमिताको संरक्षण प्रधान परिवारले गरिरहेको छ । सिंह सार्थबाहु गंधुरी भगवान्को गुठी छ । यो गुठीमा प्रधान परिवारको ९ वटा डिभिजन छ । पिथ्याछें कवल, दुनेक्षे कवल, चासीचोक कवल, तखाछें, दुनेचुक कवल, न्हुछे कवल, असं छेकबल, एताली कबल–१ र एताली कबल–२ गरेर ९ वटा कवलमा विभाजन गरिएको छ । सबै डिभिजनमा १ सय ५० भन्दा बढी परिवार छन् । प्रत्येक डिभिजनबाट एक–एक सदस्यले गुठीमा प्रतिनिधित्व गर्छन् । सबै कबलको जेठो व्यक्ति (थकाली) गुठीको अध्यक्ष हुन्छन् । ९० वर्षीय श्याममान प्रधानले यो गुठीको कमान्ड सम्हालिरहेका छन् ।
गुठीको नाममा ३ हजार रोपनी जग्गा थियो । सामाखुसी, ठमेल, गोंगबु, म्हेपी, मनमैजु, भेडीगोठ, फुटुङ, धर्मस्थली, गुहेश्वरी, नागार्जुनलगायत ठाउँमा यही महाविहारको जग्गा थियो । २०३१ सालमा गुठी संस्थान बनेपछि गुठीका जग्गा रैकर हुन थाले । त्यही क्रममा महाविहारका जग्गा पनि रैकर भए । जग्गाका मोहीले नै जग्गा किन्न थाले । गुठी रैकर गरेबापत गुठी संस्थानले ३ करोड ५० लाख रुपैयाँको बैंकको बचत खातामा राखिदियो । त्यसको ब्याज वर्षमा ३ लाख ७१ हजार रुपैयाँ आउँछ । यही रकमले जात्रा, पूजा चलेको छ । रैकर नभएका जग्गा पनि अझै हजार रोपनी छ । त्यसबाट आउने अन्नले पनि जात्रा पर्व चलाउन सघाउ पुगेको छ ।


हरेक पन्ध्र दिनमा विशेष पूजा हुन्छ । महाविहारको मुख्य आकर्षणचाहिं सुनको अक्षरले लेखेको प्रज्ञापारमिता नै हो । संस्कृतिविद् यज्ञमान पति बज्राचार्यका अनुसार ४ वटै ग्रन्थ सुनले लेखिएका हुन् । ‘दुई पाना चाँदीले लेखिएका छन्,’ उनी भन्छन्, ‘बाँकी सुनको लेपले लेखिएका हुन् ।’
ग्रन्थ नीलपत्रमा लेखिएको छ । नीलपत्र हिमाली जडीबुटीबाट बनेको बज्राचार्य बताउँछन् । यसलाई तामाको बाकसमा राखिएको छ । यो विहारको नियमै अलग्गै छ । काठमाडौंका १८ महाविहारमध्ये ५ महाविहारकाले मात्रै यो ग्रन्थ पढ्न पाउँछन् । पहिलो ग्रन्थ (य) दोस्रो ग्रन्थ (र) ठहिंटीको मैत्रीपुर महाविहारले, तेस्रो ग्रन्थ (ल) असनको रत्नकेतु महाविहार र चौथो (व) ग्रन्थ कुसुमलाक्षीको हेमवर्ण महाविहार र हेनाकर महाविहारले पाठ गर्न पाउँछन् । वसन्तपुरको श्रखण्डतरुमुल महाविहारको दुईवटा कवलले मात्रै पाठ गर्न पाउँछन् । प्रधानका अनुसार गुठी संस्थानले पनि यहाँको गुठीलाई हस्तक्षेप गरेको छैन । पुरातत्त्व विभागले पनि हस्तक्षेप गरेको छैन । यहाँ हस्तक्षेप नगर्नू भनेर शाहवंशीय राजा रणबहादुर शाहले लालमोहरै लगाइदिएका थिए । महाविहारको उत्तरतिरको एउटा लङमा राखिएका छन् ग्रन्थ । यो ग्रन्थ भक्तजनले हेर्न पाउँछन् । तर फोटो खिच्न पाउँदैनन् । त्यही बेला लेखिएको एउटा डमी छ । त्यही डमी आठ दिन प्रदर्शनमा राखिएको हुन्छ । त्यसको भने फोटो खिच्न पाइन्छ । ‘पुरातत्त्व विभागले चारै ग्रन्थको फिलिम बनाउने भनेको थियो,’ प्रधान भन्छन्, ‘हामीले दिएनौं । यो अमूल्य निधि हो । यो गोप्य ग्रन्थ हो । हामी गोप्यै राखिराख्छौं ।’

प्रकाशित: श्रावण २८, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-08-12/20170812095622.html

Friday, August 11, 2017

युवराज दीपेन्द्रले भने- कुमारी नफेरे देश निकाला गरिदिन्छु

अन्नपूर्ण शनिवार, असार २५, २०७३ 

युवराज दीपेन्द्रले भने- कुमारी नफेरे देश निकाला गरिदिन्छु
६४ वर्षीया धनकुमारी बज्राचार्य

आजीवन कुमारीको कथा


२०४७ साल । भोटो देखाउने जात्रा हेर्न स्वर्गीय राजा वीरेन्द्रसँगै युवराज दीपेन्द्र पनि सवार थिए । रथमा थिइन्, ३८ वर्षीया जीवित कुमारी धनकुमारी बज्राचार्य । धनकुमारीलाई देख्नेबितिकै दीपेन्द्रले ‘यति ठूली केटी पनि कुमारी हुन्छ र ?' भन्ने प्रश्न गरेका थिए। सामान्यतः सानी उमेरकी कुमारी देखिरहेका दीपेन्द्रले ‘ठूली' कुमारी देखेर प्रश्न उठाउनु स्वाभाविक थियो । त्यसपछि दीपेन्द्रले कुमारीबारे छानबिन समिति नै गठन गरे आफ्नै नेतृत्वमा ।

महिनावारी नभइन्जेल कुमारीका रूपमा कुमारीघरमा रहने पाउने कुमारी प्रथा छ । तर, धनकुमारी भने ३२ वर्षको उमेरमा पनि महिनावारी भइनन् । छानबिन समितिले धनकुमारीको शारीरिक अवस्था जाँच गर्‍यो । सम्पूर्ण चेकअपपछि पनि कुमारीको शरीरमा कुनै दोष भेटिएन, सबै ठीकठाक थियो ।
दुई वर्षकी हुँदा २०११ सालमै कुमारी बनेकी धनकुमारी बज्राचार्य २०७३ सालसम्म पनि कुमारी छिन् ।
अझै पनि दीपेन्द्रको चित्त बुझेन । त्यसपछि उनले दरबारका पुरोहितलाई बोलाई ‘धनकुमारीको ठाउँमा सानो कुमारी राख्नू अन्यथा तपाईंलाई देश निकाला गर्छु' भनेर धम्की दिए । पुरोहित धर्मसंकटमा परे । पुरोहितले ‘यति ठूलो भगवान्लाई म कसरी हटाउन सक्छु' भन्दै रोइकराइ गरे । कुमारीहरू हत्तपत्त परिवारका सदस्यबाहेक अन्य आगन्तुकसँग नबोल्ने नियम छ । यति हुँदाहुँदै पनि त्यति बेला भने धनकुमारीले मुख खोलिन् । 

उनले भनिन्, ‘तिमीलाई जे हुकुम भएको हो त्यही गर, यसमा तिम्रो केही दोष हुनेछैन ।' त्यसपछि धनकुमारी आफैँ कुमारीघरबाट हटिदिइन् र कुमारीले गर्ने सम्पूर्ण नियम पालन गरी आफ्नै घरमा कुमारीका रूपमा बस्न थालिन् । कुमारीघरमा औपचारिक रूपमा साना उमेरका अन्य कुमारी राखिए पनि धनकुमारी आजीवन कुमारीका रूपमा अहिलेसम्मै पुजिँदै आएकी छन् । दीपेन्द्रले देशनिकाला गर्छु भनिएका दरबारका ती पुजारी अहिले मरिसके ।
...
केही दिनअगाडि धनकुमारीलाई भेट्न म गाःबहालस्थित उनकै निवास पुगेकी थिएँ । उनी आफ्नै कोठामा पूजामा व्यस्त थिइन् । फलफूल, नैवेद्यले भरिएको उनको पूजाकोठा धुपको वासनाले मगमगाइरहेको थियो । रातो र झिलझिल चम्किने पहिरनमा सजिएकी थिइन् कुमारी ।
परेलीको छेउदेखि कानसम्म गाजलको लामो धर्को तानिएको थियो । आँखा झुकाइरहेकी थिइन् । कसैसँग आँखा नजुधाउने र परिवारबाहेकका आगन्तुकसँग बोलचाल नगर्ने कुमारीको नियम हुन्छ । आफ्नो आसनमै बसिरहेकी थिइन् उनी । कुमारीले आफ्ना दुई खुट्टा पूजाथालीमाथि राखेकी थिइन् । नजिकै परालका चकटी बिछ्याइएका थिए।
कुमारीले थालीबाट अक्षता निकालेर मेरो निधारमा टाँसिदिइन् । केही छिनपछि आफ्नो खुट्टाको फूल मेरो शिरमा राखिदिइन् ।
म धनकुमारीकी भदैनी चनिरासँग कुरा गर्न थालेँ । चनिरा स्वयं पनि पूर्वकुमारी हुन् ।
...
धनकुमारी बज्राचार्य दुई वर्षको उमेरमा कुमारी बनेकी थिइन् २०११ सालमा । त्यसपछि उनी आजीवन नै कुमारी भइन् । अहिले उनी ६४ वर्षकी भइन् । कुमारी प्रथाकै इतिहासमा धनकुमारी एक दुर्लभ कुमारी मानिन्छिन् । सबैभन्दा लामो समय कुमारी बनेकी उनी एक्लो उदाहरण हुन् । कुमारीप्रथामा रजस्वला सुरु हुनुअघिसम्म कुमारी भएरै कुमारीघरमा बस्न पाइने नियम हुन्छ । रजस्वला सुरु हुने समयमा कुमारी फेरिन्छिन् । तर, धनकुमारीको हकमा भने निकै फरक छ । ६४ वर्षसम्म पनि उनको रजस्वला भएको छैन । २००९ सालमा जन्मेर २०११ सालमै कुमारी बनेकी धनकुमारी बज्राचार्य २०७३ सालसम्म पनि कुमारी छिन् ।
...
उनको दैनिकी पूजापाठमै बित्छ । बिहानै उठेर नुहाइधुवाइ गरेपछि उनी कुमारी-पहिरन र मेकअपमा सजिन्छिन् । कुमारी पहिरन रातो र झिलझिल अनि चम्किने नै हुनुपर्ने चनिराले बताइन् । ‘ठूलोठूलो पूजाआजामा गहना लगाए पनि अरू बेला लगाउने चलन छैन', चनिराले भनिन् । मैले कुरा गरिरहेको समयमा पनि धनकुमारीले गहना लगाएकी थिइनन् । कुमारी परम्पराअनुसार उनीहरूले प्रयोग गरेका गहना एकबाट अर्को कुमारीलाई हस्तान्तरण गरिने चलन छ तर उनी ‘आजीवन कुमारी' भएकाले अरू कसैलाई गहना हस्तान्तरण गर्नु परेन ।

उनको सबै समय भक्तजनसँगै बित्छ । उनलाई पूजा गर्न थुप्रै भक्तजन आइरहन्छन् । पूजा सकिएपछि मात्रै उनी भोजन गर्छिन् । सामान्य भोजन गर्छिन् तर कुखुराको मासु र माछा भने कडा रूपमा प्रतिबन्ध गरिएको हुन्छ । चोखोनितो बनाएर कुमारीलाई खुवाइसकेपछि मात्रै घरका अन्य सदस्यले खाने चलन रहेको चनिराले बताइन् । फुर्सदको समयमा बिरुवामा पानी हाल्दै टहलाउन मन पराउँछिन् धनकुमारी । 

त्यसो त बाहिरी संसार भनेकै घरको छतसम्म पुगेर बिरुवामा पानी हाल्नु हो । त्योभन्दा बाहिर त उनी निस्कँदै निस्किन्नन् । उनी कतै निस्कनु परे बोकेर लैजाने चलन छ । धनकुमारी कहिलेकाहीँ पत्रपत्रिका पल्टाउँछिन्, पढ्न भने सक्दिनन् । रेडियोमा समाचार सुन्छिन्, टीभीमा धार्मिक कार्यक्रम हेर्छिन् । नेपाली राम्ररी बुझ्दिनन् । परिवारका सदस्यसँग एकदमै थोरै बोल्छिन्, त्यो पनि नेवारीमा मात्रै ।

कुमारी छान्ने परम्परा काठमाडौं उपत्यकाका नेवारहरूमा रहेको पुरानो परम्परा हो । गाःबहालमा बज्राचार्य समुदायको बालिकाहरूबाट नै छनोट गरिन्छ । बत्तीस लक्षणयुक्त भएकी बालिकालाई कुमारी छानिन्छ । राजसंस्था रहुन्जेल दरबारका बडागुरुज्यले कुमारी छनोट गर्थे । राजसंस्था नरहेपछि तलेजु मन्दिरका पुजारीले कुमारी छनोट गर्ने गरेका छन् । त्यसका लागि आवश्यक परीक्षण पनि उनी नै गर्छन् । 

इतिहासविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार कुमारी प्रथा लिच्छविकालका राजा अंशुबर्माको पालादेखि नै सुरु भएको हो । मल्लकालमा कुमारी प्रथाको निकै महव थियो । त्यति बेला कुमारीलाई निकै सम्मान गरिन्थ्यो । बौद्ध धर्मावलम्बी शाक्य र बज्राचार्य समुदायका बालिकालाई हिन्दु पुजारीले छनोट गर्नु धार्मिक सामञ्जस्यताको द्योतक रहेको ग्वंगको मत छ ।
शिक्षा ग्रहण गर्ने पहिलो कुमारी
आमाका कारण अध्ययन गर्ने सुवर्ण मौका पाएकोमा पूर्वकुमारी चनिरा बज्राचार्यलाई गर्व लाग्नु स्वाभाविक हो । उनी शिक्षा ग्रहण गर्न पाउने पहिलो ‘भाग्यमानी' कुमारी हुन् । पाटनमा उनीबाट नै कुमारीले पनि शिक्षा लिने चलन सुरु भएको हो । कुमारी प्रथाअनुसार कुमारीहरूलाई बाहिरका मानिससँग बोल्न प्रतिबन्ध लगाइएको हुन्छ । तर, उनकी आमाले सामान्य जीवनमा फर्केपछि कुमारीहरूलाई समस्या पर्नसक्ने भन्दै चनिराले पढ्न पाउनुपर्ने माग राखेकी थिइन् । उनको मागलाई मनन गर्दै चनिरालाई पढ्ने व्यवस्था मिलाइएको थियो ।

चनिराका अनुसार उनको अध्ययनका लागि एउटा विद्यालयसँग सम्पर्क गरेर उनको शिक्षादीक्षाको व्यवस्था मिलाइएको थियो । विद्यालयका शिक्षक उनकै निवासमा आएर सबै विषय पढाउँथे । पछि दुईजना शिक्षकको व्यवस्था गरियो । शिक्षकहरूले चारचारवटा विषय बाँडेर पढाउँथे । चित्रकलामा रुचि भएकाले उनले चित्रकला पनि सिकिन् । अहिले संगीत र अन्य अतिरिक्त सीप सिक्ने व्यवस्था पनि कुमारीहरूलाई गरिएको छ ।
यसले गर्दा कुमारीपछिको जीवन पनि उनीहरूका निम्ति असहज छैन । पन्ध्र वर्षको उमेरमा कुमारीघरबाट बाहिरिएकी चनिराका निम्ति संसार दुर्बोध्य नै थियो । पाँच वर्षको उमेरदेखि १० वर्षसम्म कुमारीघरमा बस्दा उनले ससम्मान जीवन बिताइन् । तर सामान्य जीवनमा फर्किंदा निकै गाह्रो भएको थियो । सानैदेखि कुमारीघरमा सीमित उनलाई बाहिरको ठाउँ चिन्न समस्या भयो ।
कुमारी भइन्जेल एक्लै पढ्ने बानी परेकाले कलेजमा धेरै साथीसँग पढ्न जाँदा समस्या भयो । अन्य कुमारीहरूलाई त्यस्तो समस्या नपरोस् भनी बाहिरी संसारबारे पनि जान्नेबुझ्ने अवसर दिनुपर्ने चनिराको धारणा छ ।

अहिले उनी काठमाडौँ विश्वविद्यालयबाट बीबीए अध्ययन गर्दैछिन् । आफू अध्ययन गरेको विद्यालयमा स्वेच्छाले काम गरिरहेकी छन् । सिभिल बैंकले पढाइ पूरा भएपछि रोजगारी दिने वचन पनि दिएको छ । उनी एमबीए पूरा गर्न चाहन्छिन् ।

चनिराको कुमारीकालका केही रमाइला कीस्सा साच्चै नै सुन्न लायक छन्, भन्छिन्  ‘मैले धेरै राजाहरु भेटेँ । म कुमारी भएको समयमा राजा वीरेन्द्र, दीपेन्द्र आए । त्यसपछी छ वर्षसम्म त ज्ञानेन्द्र आए ।'

राजा हटेपछी एक वर्ष गिरीजाप्रसाद कोइराला आए र दुई वर्ष रामवरण यादव । उनीहरु सबैलाई टीका लगाइदिएको क्षण सम्झनामा मात्रै कैद गरिएको भए पनि अविस्मरणीय क्षण भन्न रुचाउँछिन् उनी । 

उनको अनुसार, जीवीत कुमारीमा साच्चै नै एकप्रकारको शक्ति आउँछ जुन कुरा चनिराले खुद अनुभूती गरिन । चनिराको अनुसार, पूजा लिएर आउने मान्छेको भाकल पुरा हुने जस्तो लागेमा आसनमा बस्दा आनन्द लाग्ने, रमाइलो लाग्ने हुन्थ्यो तर कसैको भाकल पुरा हुनुछैन भने आफूलाई जर्बजस्ती आशनमा राख्नुपर्ने हुन्थ्यो जुन कुरा दैविशक्तिको कारण भएको हो ।
  
कुमारीप्रथा यथावत भए पनि सरकारले गरेको मासिक सहयोग थोरै मात्रै थियो । उनी कुमारी बस्दा मासिक पन्ध्र सय रुपैयाँ दिन्थ्यो । जुन पैसाले महिनाभरी हुने विभिन्न चाडपर्वमा सबैलाई भोज खुवाउनु, कुमारीको शिक्षाको लागी जोहो गर्नुपर्ने हुँदा पैसा नपुग्ने हुन्थ्यो । 

त्यो बाहेक पूर्व कुमारीलाई मासिक हजार रुपैयाँ सरकारले दिदै आएको छ । तर यो पैसा भन्दा पनि शिक्षा तथा रोजगारीको लागि सरकारले सहुलियत दिनुपर्ने वा कोटा छुट्याइदिएको भए राम्रो हुने विचार चनिराको छ ।
http://annapurnapost.com/news/51824

काष्ठमण्डपः एउटा मायावी कथा

सुरेश किरण शनिवार, साउन २२, २०७३ 

काष्ठमण्डपः एउटा मायावी कथा

काठमाडौं मूलतः एउटा मायावी नगर हो । यहाँ एकपटक छिरेपछि निस्कन गाह्रो हन्छ । काठमाडौंमा कामै गर्छ भनी आएका आप्रवासीको करा छोडौं, आफ्नो जिल्लाबाट चार वर्षको लागि भनेर चनाव जितेर आएका जनप्रतिनिधिहरूसमेत चार महिनाको काठमाडौं बसाइपछि गाउँ फर्कन मन गर्दैनन् । काठमाडौंप्रतिको यो आकर्षक अहिले बनेको होइन । उहिलेका देवीदेवताहरूसमेत काठमाडौंप्रति उत्तिकै आकर्षित थिए र त्यही भएर उनीहरू काठमाडौंमा बास बस्न लोभिन्छन् भन्ने बूढापाकाको धारणा छ ।

त्यही भएर पनि होला, गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेर यसलाई गोर्खा राज्यमा विलय गर्नको सट्टा आफैं गोर्खा छोडेर काठमाडौंमा राज गर्न आए । गोर्खाली राजाले जितेको कारणले राजधानी त गोर्खा हनपर्ने थियो, तर भइदियो काठमाडौं । त्यसैले केही इतिहासकारहरू यस्तो पनि तर्क गर्छन् ।वास्तवमा गोर्खाले काठमाडौं जितेको होइन, काठमाडौले गोर्खा जितेको हो । वास्तवमा पृथ्वीनारायण शाहले राजधानी बनाएको कारणले काठमाडौं विकसित भएको होइन । बर काठमाडौं उतिखेरै विकसित भइसकेको कारणले पृथ्वीनारायण शाहले यसलाई राजधानी बनाएका हन् ।
काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्छ । भनिन्छ, काठमाडौंमा हिँड्दै गर्दा यदि बाटोमा कहीँ ठोकिक्यो भने याद गर्नपर्छ, त्यो पक्कै कनै देवताको मन्दिर हन सक्छ । पक्कै पनि काठमाडौंको मर टोल घमेपछि यो करा भनिएको हनपर्छ । किनकि काठमाडौंको मर टोल यो सहरको सबैभन्दा बढी मन्दिरहरू रहेको क्षेत्र हो । र, यही क्षेत्रमा बनाइएको छ सबैभन्दा परानो सम्पदा काष्ठमण्डप । काष्ठमण्डप शब्द नै पछि ‘काठमाडौं' बन्न गएको हो ।
काष्ठमण्डपको ‘मण्डप' शब्द नै अपभ्रंश हँदै ‘मर' बन्न गएको हो । यो ‘मर' यति शक्तिशाली शब्द हो कि यही शब्दका कारण उक्त टोलको नामै मर टोल बन्न पग्यो । सँगैको अशोक विनायकलाई पनि परिवर्तन गरी ‘मर गणेश' बनाइदियो । साथसाथै टोलमा मरहिटी, मरबहिल आदि जस्ता ठाउँको नामकरण पनि यही शब्दबाट हन गयो ।
गएको महाभूकम्पले उपत्यकाभित्र मात्र कल पाँच सय ३७ सम्पदालाई क्षति पर्‍याएको छ । उपत्यकामा आठ सय ८८ वटा अन्तर्राष्ट्रिय महत्त्वका सम्पदा तथा स्मारक रहेको तथ्यांक छ । महाभूकम्पले काठमाडौंको यही काष्ठमण्डप रहेको हनमानढोका दरबार क्षेत्रलाई धेरै नोक्सान पर्‍याइदियो । त्यहाँ लगभग ९० प्रतिशत सम्पदा पूर्ण रूपमा क्षति भएको छ । क्षति भएका सम्पदाहरूमा सबैभन्दा महत्त्वपूर्ण सम्पदा चाहिँ यही काष्ठमण्डप नै हन गएको छ । काष्ठमण्डप काठमाडौंको मध्यभागमा रहेको एउटा काठको सत्तलमात्र भए पनि यो पूरा काठमाडौंको इतिहासै बोकेको सम्पदा हो ।

काष्ठमण्डप आफैंमा एउटा अनौठो संरचना हो । अहिले पनर्निर्माणको प्रसंगमा राज्यको सम्पूर्ण ध्यान काष्ठमण्डपलाई छोडेर धरहरातिर गइरहेको छ । काष्ठमण्डप छोडेर धरहरालाई काठमाडौंको पहिचान बनाउन मिल्छ ?
काष्ठमण्डप कहिले बनाए ? कसले बनाए ? किन बनाए ? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ । नेपालमा सायदै मात्र त्यस्तो कनै इतिहासकार होला जसले काष्ठमण्डप अर्थात् ‘मरसतः' बारे लेखेको छैन । बाबराम आचार्य, धनवज्र वज्राचार्य, नरहरिनाथ, नयराज पन्त, डा. महेशराज पन्त, दिनेशराज पन्त, डा. जगदीशचन्द रेग्मी, डा. साफल्य अमात्य, यज्ञपतिमान वज्राचार्य, रमेशजंग थापा, सरेन्द्रमान श्रेष्ठ आदि सबै नाम चलेका इतिहास र संस्कृतिका लेखकहरूले काष्ठमण्डपबारे आ-आफ्नो हिसाबले अन्वेषण गरेका छन् र लेखेका छन् । काष्ठमण्डपबारे यति धेरै इतिहासकारहरूको ध्यान जानको कारण यसको इतिहास, वास्त वा संस्कृतिमात्र होइन । यो त्यही काष्ठमण्डप हो जसको नामबाट राजधानी ‘काठमाडौं' को न्वारान गरिएको छ । काष्ठमण्डपको इतिहास नै काठमाडौंको पनि इतिहास हो ।
केही वंशावलीहरूमा काष्ठमण्डप सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल (सन् १६२१-१६४१) ले बनाएको भनी लेखिएको रहेछ । लक्ष्मीनरसिंह मल्ल राजा प्रताप मल्लका पिता हन् । तर, लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको जीर्णोद्धारमात्रै गरेका हन्, यसको निर्माण त त्योभन्दा पनि सयौं वर्षअघि नै भइसकेको थियो भन्ने तथ्य वि.सं. २००४ साल मै प्रकाशित भइसकेको रहेछ । तैपनि विभिन्न पाठ्यपस्तक र पर्यटनसम्बन्धी पस्तिकाहरूमा अहिले पनि लक्ष्मीनरसिंह मल्लको नाम हटेको पाइँदैन ।
तर, विभिन्न समयमा पाइएका ऐतिहासिक दस्तावेजहरूले भने काष्ठमण्डपको निर्माण लक्ष्मीनरसिंह मल्लभन्दा पनि करिब ६ सय वर्षअघि नै भइसकेको प्रमाण दिएका छन् । यसरी सरसर्ती हेर्दा काष्ठमण्डपले केही नभए नि हजारदेखि १२ सय वर्षको लामो इतिहास बोकेको प्रस्ट देख्न सकिन्छ ।
काष्ठमण्डप आफैंमा एउटा अनौठो संरचना हो । नेपालभाषामा यसलाई ‘मरसतः' भनिन्छ । ‘सतः' भन्नाले पाटी वा सत्तल भन्ने बझिन्छ । तर यो अरू पाटी जस्तो सामान्य खालको भने छैन । यो एकदमै खल्ला भएकोले यहाँ अरू सत्तलमा जस्तो मान्छे सत्न खासै मिल्दैन । यहाँभित्र गोरखनाथदेखि विभिन्न भैरव र गणेशका मूर्तिहरू छन् । तर, देवताको मूर्ति भए पनि यो मन्दिर भने होइन । मरसतः निर्माण भएको बेला यसभित्र कनै पनि मूर्ति थिएन । कनै मूर्ति वा वस्त नभएको कारणले नै यसलाई ‘मर' अर्थात् केही नभएको ‘सतः' भनिएको हो भन्नेहरू पनि छन् ।
तर, काष्ठमण्डपको निर्माणमा पूर्णतया तान्त्रिक विधि अपनाइएको छ भन्ने मत राख्ने विद्वानहरू भने ‘मर' शब्द ‘मेर'बाट आएको दाबी गर्छन् । उनीहरूका अनसार, काष्ठमण्डपको निर्माणमा अत्यन्तै गह्य खालका सूक्ष्म विधिहरू अपनाइका छन् जसलाई प्राविधिक भाषामा ‘मेर' भनिन्छ । अत्यन्त गह्य कराहरू काष्ठमण्डपसँग जोडिएको कारणले यसको निर्माणमा ती कराहरू छटाउन नहने पनि दाबी पनि उनीहरूले गरिरहेका छन् ।
काष्ठमण्डपबारे धेरैले विश्वास गर्दै आएको एउटा जनविश्वास के हो भने यो मण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो । रूख यति ठूलो थियो कि त्यसबाट पूरा काष्ठमण्डप बनाइसक्दा पनि काठ सकिएन । बाँकी रहेको काठबाट काष्ठमण्डपको छेउमै अर्को एउटा सत्तल पनि बनाइयो जसलाई ‘सिँल्यं सतः' अर्थात् ‘बाँकी रहेको काठको सत्तल' भनिन्छ ।
यसपछि पनि बाँकी रहन गएका काठका टक्राटाक्रीहरू जम्मै यी दई सत्तलहरूको बीचमा एउटा खाल्डो खनी त्यहाँ गाडिएको थियो । त्यसपछि खाल्डोमाथि एउटा डबली बनाइयो । त्यसलाई मर दब भनिन्छ । केही गरी काष्ठमण्डप मर्मत वा जीर्णोद्वार गर्नपर्‍यो भने त्यही खाल्डोबाट परानै काठ झिकी प्रयोग गर्नपर्छ भन्ने कथन छ ।
काष्ठमण्डप बनाउँदा त्यसमा प्रयोग गर्नपर्ने काठहरू जम्मै नजिकैको एउटा बौद्ध बहालमा डंगर बनाई राखिएको रहेछ । त्यो बहाललाई अहिले पनि ‘सिँखंमू बहाः' भन्ने गरिन्छ । नेपालभाषामा ‘सिँ' को अर्थ काठ र ‘खं' को अर्थ डंगर हन्छ । यो बहाल अहिले कमारी चोकसँगै जोडिएर रहेको छ ।
काष्ठमण्डप बनाउन यस्तो अनौठो काठ जन रूखबाट प्राप्त भएको हो त्यो रूखलाई कल्पवृक्ष भनिएको छ ।
यो रूखको हाँगा एक किलोमिटरसम्म फैलिएको थियो रे ! त्यतिबेला काठमाडौंमा हरिसिद्धिको जात्रा हेर्न कल्पवृक्ष पनि मान्छेको भेषमा आएका रहेछन् । एकजना तान्त्रिकले त्यो करा थाहा पाई कल्पवृक्षमाथि तारण लगाएर उनलाई यहीँ कैद गरिदिएछन् । त्यसपछि उक्त तान्त्रिकले ‘यो ठाउँमा तेत्तिसकोटी देवतालाई बास गराउन मिल्ने एउटा ठूलो संरचना बनाउने विचार छ, त्यसको लागि कल्पवृक्षको काठ चाहियो' भनी माग गरेछन् । उनको मागअनसार, कल्पवृक्षले एउटा बीउ छोडेर गएछन् । तान्त्रिकले त्यही बीउबाट उम्रेको वृक्ष काटेर काष्ठमण्डप बनाए । काष्ठमण्डप बनाइसकेपछि उनले तेत्तीसकोटी देवतालाई आह्वान गरी त्यहीँ बास गराए ।
उनले देवताहरूलाई काष्ठमण्डपको प्रतिष्ठा नसकन्जेल फर्कन नपाइने बाचा गराए । र, प्रतिष्ठा चाहिँ नन र तेलको भाउ एउटै भएपछि मात्रै गर्ने करा पनि सनाए । तर, नन र तेलको भाउ कहिल्यै समान नहने रहेछ । त्यसैले तेत्तीसकोटी देवताहरू पनि फर्कन नपाई अहिलेसम्म पनि काष्ठमण्डपमै बास बसिरहेका छन् भन्ने जनविश्वास छ । त्यसैले काष्ठमण्डपलाई एकचोटी घमेपछि तेत्तीसकोटी देवतालाई नै घमेसरह पण्य प्राप्त हन्छ भनिन्छ । त्यो काष्ठमण्डप बनाउने तान्त्रिकको नाम चाहिँ कसैले ‘बोसेत' भनेका छन्, कसैले लीलावज्र वज्राचार्य भनेका छन् ।
कोहीचाहिँ काष्ठमण्डप नाथ सम्प्रदायका एक सिद्ध ‘लइपा'ले बनाएको हो भन्ने दाबी पनि गर्छन् । नाथ सम्प्रदायका ८४ सिद्धमध्ये लइपा एक हन् । लइपाले काष्ठमण्डप बनाएको कारणले नै त्यहाँ भित्र गोरखनाथको मूर्ति रहेको दाबी उनीहरूको छ ।
देशकै यस्तो महत्त्वपूर्ण सम्पदा वैशाख १२ को महाभूकम्पमा ढल्यो । तर, अहिले पनर्निर्माणको प्रसंग आउँदा भने राज्यको सम्पूर्ण ध्यान काष्ठमण्डपलाई छोडेर धरहरातिर गइरहेको छ । भर्खरैमात्र नयाँ निर्माण हने नयाँ धरहराको नक्सा सार्वजनिक गरियो । अब खिचापोखरी क्षेत्रको ४२ रोपनी जग्गामा ३ अर्ब लगानी गरी नयाँ धरहरा बनाउने योजना सरकारले बनाएको रहेछ । सम्पदा क्षेत्रमा भएको यत्रो विशाल क्षतिपछि राज्य, सर्वसाधारण र यहाँसम्म कि मिडियाको समेत ध्यान धरहरामा गएर अडिएको देख्दा उपत्यकावासीको मनमा अर्को परकम्प गइदिएको छ । साथै यसले हाम्रो ‘सम्पदा चेत'को दायरालाई पनि प्रष्ट्याइदिएको छ ।
भर्खर दई सयवर्षे इतिहास बोकेको धरहरा नेपालको मौलिक सम्पदासमेत नभएको तथ्य सार्वजनिक भइ नै सकेको छ । महाभूकम्पले धरहराभन्दा पराना, धरहराभन्दा महर्‍वपूर्ण र धरहराभन्दा ऐतिहासिक अरू धेरै सम्पदाहरू ध्वस्त पारेको छ । तर, पनि हाम्रो ध्यान अझै पनि केवल धरहरामा किन केन्द्रित छ ? राष्ट्रसंघीय निकाय यनेस्कोले नेपालको सातवटा सम्पदालाई विश्व सम्पदाको सूचीमा राखेको छ ।
त्यो सातवटामा धरहरा पर्दैन । योबाहेक अर्को १५ वटा महर्‍वपूर्ण स्थलहरूलाई भविष्यको विश्व सम्पदा भनी सरकारले आवश्यक पहल गरिरहेको छ । त्यो १५ वटामा पनि धरहरा पर्दैन । पर्यटन नेपालको लागि विदेशी मद्रा आर्जन गर्ने सबैभन्दा ठूलो उद्योग हो । तर, नेपालमा आजसम्म एउटै पनि त्यस्तो पर्यटक आएको छैन होला जसको मूल उद्देश्य काठमाडौंको धरहरा हेर्न हो । यति हँदाहँदै पनि विश्वभरि किन धरहरालाई नै भूकम्पको प्रतीक बनाएर प्रचार गरियो ?
काठमाडौंका रैथानेहरू यसलाई ‘सांस्कृतिक पूर्वाग्रह' ठान्दछन् । मल्लकालीन सम्पदाहरूलाई छोडेर शाहकालीन सम्पदालाई महत्व दिने ‘महेन्द्रवादी' सोचको निरन्तरता ठान्छन् यसलाई काष्ठमण्डपका रैथानेहरू ।
यसका पछाडि एउटा विजित र अर्को विजयी देशको शासकीय मानसिकताले काम गरिरहेको आरोप पनि काठमाडौंवासीको छ । भलै यो आरोप यथार्थभन्दा पनि मनोवैज्ञानिक बढी होला । तर, यसमा पटक्कै सत्यता छैन पनि भन्न सकिन्न ।
भूकम्प आउँदा धरहरा ढल्न त स्वाभाविक नै थियो । किनकि त्यसको उचाइले नै भूकम्पको झट्का थेग्न दिँदैन । १९९० सालमा पनि ढलेकै थियो, अहिले पनि ढल्यो, यदि यो पनर्निर्माण भयो भने अर्को भूकम्पमा पनि त्यो ढल्छ नै । धरहरा काठमाडौंको ‘माटो सहाउँदो' संरचना होइन । न यो काठमाडौंको मौलिक वास्त नै हो । पाँचतल्ले घर बनाउन नहने काठमाडौंको जमिनमा नौ तल्ले धरहरा यदि कसैले बनाउँछ भने उसले काठमाडौंलाई बझेकै छैन भन्दा फरक नपर्ला । धरहरालाई नेपालकै एकमात्र सम्पदा ठान्नबाटै थाहा हन्छ, उनीहरूको सांस्कृतिक चेतना अहिलेसम्म परिपक्व भइसकेको छैन ।
जो नेपालको पहिचान बोक्ने सम्पदा हो, जो नेपालको इतिहास बोल्ने सम्पदा हो, जो देशमा पर्यटक भित्र्याउने सम्पदा हो ती सम्पदाको महत्व बझ्ने चेतनाकै कमी हामीसँग रहेको देखियो ।
धरहरालाई जसले भूकम्पको प्रतीक बनाए उसले पनि धरहराको सांस्कृतिक महत्व भन्दा पनि त्यसको उचाइ हेरेर यस्तो गरेको भान हन्छ । यदि धरहरा साँच्चै त्यति नै ठूलो सम्पदा हो भन्ने लागेको भए त्यहाँ सर्वसाधारणलाई चढ्न किन दिइयो ? पार्क र पोखरी सञ्चालन गरेजस्तै धरहरा सञ्चालन गर्ने ठेक्का किन व्यापारीलाई दिइयो ? राष्ट्रिय महत्वका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्ने जिम्मा राष्ट्रको हो कि व्यापारीको ? रातो जति राम्रो भनेजस्तै अग्लो जति ठूलो भन्ने बालमनोविज्ञानमा आधारित भएर धरहरालाई भूकम्पको प्रतीक बनाएको देखिन्छ ।
धरहराले काठमाडौंको पहिचान बोक्दैन । बोक्ने त काष्ठमण्डपले नै हो । धरहरालाई काठमाडौंको पहिचान बनाउन खोज्न भनेको काठमाडौंको पहिचान मेटाउन खोज्न हो ।
http://annapurnapost.com/news/53232

किताबलाई जिन्दगीका आठ दशक

विमल भौकाजी आइतवार, भदौ १९, २०७३ 

किताबलाई जिन्दगीका आठ दशक

किताबको कहानी

सबैभन्दा पहिले कसले जान्यो होला अक्षर लेख्न ? अक्षर लेख्न जानिसकेपछि कविता कसले लेख्यो होला पहिले ? अथवा केही लेख्न जानिसकेपछि किताब निकाल्ने सोच कसको दिमागमा फुर्‍यो होला ? र, यथार्थमा कसले आँट गर्‍यो होला किताब निकाल्न ?
 वास्तवमा मेरो खोजको विषय होइन यो । खालि उत्सुकतामात्रै, मेरो ।
 र, यतिखेर मेरो उत्सुक मनलाई अलिकति आश्वासन दिँदै विक्रम सम्वत् १९९६ को समय उभिन आइपुगेको छ ।
 राणाहरूको जगजगीको बेला, १९९६ को त्यो समय !
सम्भवतः नेपाली सर्वसाधारणले कहीँ–कतै अक्षर लेख्न–पढ्न जान्नका लागि कुनै विशेष स्थान थिएन । कतै पाठशाला खोलिएका थिए भने पनि त्यहाँसम्म पुग्ने हैसियत वा साहस केही अपवादलाई छाडेर अन्य कोसँग नै थियो होला र ? तथापि, एक व्यक्ति थिए, अक्षरका सिपाही ! जो आपूm पढ्न–लेख्नका लागि राणाहरूको निश्चित ठेगानामा त पुगेनन्, तर जीवनमा कुनै पुण्यको काम गर्नुपर्छ भन्ने महान् उद्देश्यबाट आत्मप्रेरणा लिएर अत्यन्तै धार्मिक निष्ठाका साथ बाँचिरहेका ।
 नाम थियो उनको, रामदास श्रेष्ठ ।
 ०००
 उनै रामदासका कथा सुनाइरहेका छन्, गोविन्दप्रसाद श्रेष्ठ ।
 रामदास हजुरबा, गोविन्द उनका नाति ।
 आज नाति गोविन्द रोमाञ्चित मुडमा छन् । सम्भवतः आफ्ना हजुरबाको कथा सुनाउन पाएकोमा बडा दंग छन् ।
 ‘मेरा बाजेका पेसा जातैले व्यापार थियो ।’ गोविन्दको आवाजमा ओजिला गर्व छ, ‘मूलघर भक्तपुर भए पनि मेरा बाजेको कर्मथलो काडमाडौंको इन्द्रचोक–मखन । त्यहाँ उहाँको लोकप्रिय मिठाई पसल थियो । भगवान्मा आस्था राख्ने उहाँ, मूलतः देवी लक्ष्मीलाई चढाइने मिठाई ‘चिनियामं किसिचा’को उत्पादन गरेर बिक्री गर्ने गर्नुहुन्थ्यो । र, उहाँको धर्मप्रतिको त्यो आस्था केवल आस्थामै मात्र सीमित थिएन, त्यसभित्र ठूलो श्रद्धा पनि निहित थियो । जुन श्रद्धाको पैmलावट धार्मिक पुस्तकहरूसम्म फिँजिएको थियो ।’

आजको रत्न पुस्तक भण्डारसँग जोडिएको झन्डै आठ दशक पुरानो यो इतिहास ! आहा, अहिलेको जस्तोे क्यामेराले क्लिक गर्न पाइने भए !
 रामदास लुरुलुरु हिँड्थे, हिँडिरहन्थे..., एक्लै । हिँड्दै–हिँड्दै, खाली खुट्टा थानकोट हुँदै अमलेखगन्ज भएर गोरखपुर पुग्थे र धार्मिक भजनहरूका किताब खरिद गर्थे र टिन (जस्ताका) को ट्यांकामा राखेर ल्याउँथे ।
 ‘जब मिठाई पसल–धन्दा सकिन्थ्यो त्यो ट्यांका बोकेर हर साँझ उहाँ रानीपोखरीको कर्नरस्थित सोह्रहाते गणेश मन्दिरअगाडि अगाडि आइपुग्नु हुन्थ्यो र ट्यांकाबाट किताबहरू निकालेर फिँजाउँदै बेच्नुहुन्थ्यो ।’ गोविन्दका आँखामा रामदासको चित्र देख्छु म । चित्र बोलिरहेछ, म सुनिरहेछु, ‘अनौपचारिक रूपमा १९९६ मा ‘रामदास एन्ड सन्स’को नामबाट सुरु भए पनि औपचारिक रूपमा २००३ मा ‘रत्न पुस्तक भण्डार’को स्थापना भएको थियो ।’
 ‘रत्न पुस्तक भण्डारको अगाडि ‘रत्न’को विशेषण किन जोडिएको होला ? ’ मेरो जिज्ञासा ।
 ‘रत्न मेरा पिताजीको नाम’ गोविन्दले आफ्ना प्रातःस्मरणीय बाबुलाई सम्झिए, ‘मेरा पिताजीका तीन दाजुभाइ, उहाँ माहिलो छोरा ।’
 ‘अनि माहिलो छोरोकै नाममा...’ मेरो जिज्ञासा पूरा नहुँदै गोविन्दले तत्काल भने– ‘बाजेका काममा मेरा पिताजी नै प्रायः अघिपछि रहनुहुन्थ्यो । यतिसम्म कि, गोरखपुरसम्म पनि बाजेको पछि लागेर उहाँ जाने गर्नुहुन्थ्यो । त्यसैले, यो नाम रहनुमा यही कारणको अलावा सायद अन्य कुनै कारण छैन ।’
 ०००
रामदासको निधन भएपछि उनको मिठाई पसल बन्द भयो, तर किताबी काम तदारुकताका साथ अघि बढ्यो ।
 धेरै पछिको समय, वि. सं. २०१६ सालताका ।
 रत्नको परिवारले त्यो साल कमलाक्षीस्थित कवि केदारमान व्यथितको घर खरिद गरे ।
 गोविन्द भन्छन्– ‘म सानै थिएँ त्यतिखेर, २०११ सालमा जन्मिएको म, आनन्दकुटी विद्यापीठमा ५, ६ वर्षको उमेरदेखि नै त्यही स्कुलको होस्टेलमा बस्थेँ। बल्ल ६ कक्षा पढ्ने भएपछि मात्र किताब पसलमा आएर बस्न लागेँ ।’
 सम्भवतः त्यहीँबाट सुरु भयो गोविन्दको गम्भीर किताबी यात्रा । यही यात्राको क्रममा नेपालका महान् लेखकहरूसँग उनको उठबस भयो । बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, भिक्षुलगायतका स्वनामधन्य किताबी मनुष्यहरूको उनको पसलमा खुब आवत्जावत थियो । तर व्यक्तिगत रूपले उनीहरूसँग गोविन्दको हिमचिम थिएन । हुन सक्छ, किताबपसले वा प्रकाशक र केवल पाठक–ग्राहक वा विशुद्ध लेखकको सम्बन्धमात्र थियो दुई पक्षबीच ।
 गोविन्द सम्झन्छन् पुराना कुरा, ‘नेपाल भाषा प्रकाशिनी समिति बन्द भएपछि बालकृष्ण समको ‘अमीत वासना’ रत्न पुस्तकले नै छापेको थियो । यतिमात्रै होइन, समजीका त्यसपछिका सम्पूर्ण किताबहरू हामीले नै छापेका थियौं ।’
 उनका मुखबाट आजको मितिमा यो अर्को रोमाञ्चक इतिहास सुन्दा आश्चर्य लाग्छ, ‘२०२४ सालतिर हुनुपर्छ, रु. तीन सय ५०।– पारि श्रमिक दिएर हामीले भैरव अर्यालसँग उनको ‘जयभुँडी’को पाण्डुलिपि खरिद गरेका थियौं ।’
 आर्थिक हिसाबले भन्ने हो भने, आजका लेखकका अनुपातमा त्यसबेलाका लेखकको हैसियत कति वजनदार ? त्यतिखेरको एउटै पाण्डुलिपि बेचेको पैसाले रिङरोड छेउतिर एक रोपनी जग्गा आउँथ्यो रे । कुरैको सिलसिलामा थाहा भयो, आज रत्न पुस्तक भण्डारको भवन अवस्थित जमिन २०२२ सालमा रोपनीको ३२ हजारमा खरिद गरिएको रहेछ ।
 जेहोस्, त्यतिबेलाको रत्न पुस्तकको त्यो आँट आज सुन्दैमा पनि अत्यास लाग्छ । कसरी गर्न सकेको होला त्यत्रो हिम्मत ? आजको भाषामा भन्ने हो भने, जाबो कागजको खोस्टोलाई त्यति बिघ्न पैसा ? तर संयोग !
 त्यसै वर्ष त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको कोर्समा ‘जयभुँडी’लाई समावेश गरिदियो । उता, एकमुष्ठ त्यत्रो रकम हातमा पर्दा भैरव अर्याल जीवनमै पहिलो पटक अत्यन्तै प्रफुल्ल भएका थिए ।
 प्रसंगवशः पाण्डुलिपिको खरिदबिक्री र लेखकको रोयल्टीबारे मैले ठीक यहीँनिर कुरो उप्काएँ, ‘तर आजकल त लेखकहरूको गुनासो छ नि प्रकाशकहरूप्रति, लेखकलाई पाण्डुलिपिको उचित मूल्य पनि दिइन्न रे, रोयल्टी दिन पनि कञ्जुस्याँइ गरिन्छ रे नि !’
 ‘मलाई त्यस्तो लाग्दैन । कदाचित् अन्य प्रकाशकप्रति इंगित गरिएको हो भने पत्रकार वा सरकारी अनुगमनकै विषय हुन सक्ला यो । जहाँसम्म रत्न पुस्तकको विषयमा यस्तो चर्चा मैले आजसम्म सुनेको छैन ।’ प्रकाशक गोविन्द श्रेष्ठको भाषा रवाफिलो बन्यो, ‘डायमण्डशमशेर राणा, कृष्णप्रसाद पराजुली, युधीर थापा, वसन्तलगायतका लेखक मात्रै होइन, आजको पुस्ताका लेखकहरूको किताबको पनि हामीले पुनर्मुद्रण गरेर रोयल्टी दिँदै आएका छौं।’
 ‘तर... ’ उनले गम्भीर कुरो उठाए, ‘तर यो मान्न हिच्किचाउनु हुँदैन, जनसंख्याको अनुपातमा किताब पढ्नेहरू घट्दै गएका छन् । एक करोड जनसंख्या हुँदा हजार प्रति किताब बिक्थ्यो भन्ने हिसाब गर्ने हो भने अहिले तीन करोड जनसंख्या हुँदा तीन हजार किताब बिक्नुलाई गौरव मान्न सकिन्न । त्यसो त कुनै पनि किताब हजारप्रतिको हाराहारीमा बिक्नुलाई नै ठूलो उपलब्धि मानिनुपर्ने अवस्था छ अहिले । होइन भने सामान्यतयाः किताब बिक्ने भनेको केही अपवाद छाडेर बढीमा पाँच सय प्रतिमात्रै हो । यो कटु सत्य हो, वास्तवमा नेपालमा सबैभन्दा नबिक्ने सामान के छ भनेर सामान्य ज्ञानमा प्रश्न राखेर सोधिने हो भने त्यस प्रश्नको सीधै जबाफ हुन्छ, ‘किताब’ ।’
 – ‘तर अखबारहरूमा त... ’
 उनले मेरो आसय बुझिहाले, मेरो वाक्य काटे उनले, ‘हेर्नोस्, किताबका बारेमा प्रचारप्रसार हुनु अत्यन्तै राम्रो पक्ष हो तर अतिरञ्जना गरिनु हुँदैन । मलाई लाग्दैन कि कुनै प्रकाशक वा लेखकको हवाला दिँदै अखबारहरूले लेख्ने कुराहरू सबै सत्य छन् । हेर्नोस्, पचासौं वर्षदेखि म यो पेसामा संलग्न छु । सपना जपना सबै यही किताब । किताब नै जीवन भइसक्यो मेरो । मेरो यति लामो अनुभवले के भन्छ भने, किताब बेच्न गाह्रो छ । कुनै नामै चलेको लोकप्रिय किताबको कुरा अलग्गै होला, तर जहाँसम्म नयाँ छापिँदै गरेको किताबको कुरा गर्ने हो भने त्यस्ता किताब छाप्नलाई नै रिस्क हुन्छ । कत्रो पैसा लगानी गरेर किताब छापिएको हुन्छ, बिक्री भएन भने के गर्ने ? पश्चिमाहरूको जस्तो अघिल्लै दिनदेखि किताब किन्नका लागि लाइन बस्ने मनस्थितिमा एकजना मान्छे मलाई देखाउनुस् त ! तर हल्ला चलाइन्छ, प्रेसबाटै पहिलो संस्करण सकियो । अखबारहरू लेख्छन्– एक हप्तामै दोस्रो संस्करण आयो, तेस्रो संस्करण आयो । साँच्चै सम्बन्धित पक्षले यस्तो लेखाइको दाबी गर्ने हो भने त्यसको मापदण्ड के ? आफ्नो किताबको आयबाट उसले राज्यलाई कति ट्याक्स बुझायो ? लेखाजोखा कसले गर्ने ? अक्षरका खेल खेल्न रुचाउनेहरूले अंकको हिसाबकिताब गर्नुपर्छ कि पर्दैन ? ’
 गोविन्द आक्रोशित छन् किताब–माफियाहरूबाट ‘कहिलेकाहीँ त दिक्क लाग्छ मलाई किताबको अनावश्यक प्रोपोगण्डा देखेर । किन आजका लेखकहरू यतिसारो हतारिएका ? लेख्न बस्दा नै फलाना पुरस्कार पाउने उद्देश्यका साथ कलम तिखारिरहेका देखिन्छन् ।’
 ‘साँच्चै लेखक हुन त ठूलो तपस्या चाहिन्छ । धैर्य चाहिन्छ ।’ यी शब्द बोल्दा गोविन्दलाई ‘किताब–ज्ञानी’को उपमा दिन मनलाग्छ मलाई ।
 ‘आजसम्म कति किताब छाप्यो रत्न पुस्तकले ? ’ म प्रश्नको बाटो मोड्छु । जबाफ उनको हातमा रहेको बुकलेटे दिइरहेको थियो ।
 मैले परिपूरक प्रश्न गरेँ, ‘सबैभन्दा बढी बिकेको किताब कुन हो ? ’
 उनले कण्ठस्थै बताउन लागे, ‘ठूला वर्णमाला !..., त्यसपछि युधीर थापाको लुकेको समाज, डायमनशमशेरको सेतो बाघ, लैनसिंह वाङ्देलको माइतीघर, लङ्गडाको साथी...।’
 ‘नयाँमा नि ? ’ मैले उनको मन चोरेँ ।
 ‘नयाँमा त... ’ केही अलमल गर्दै बोले उनी, ‘धेरैभन्दा धेरै संस्करण निक्लिएको भनिएकै किताब मैले चार हजार प्रति जति बेचेँ हुँला । अघिल्ला पुस्तकहरूसँग यसको तुलना गर्नै नसकिने भएकोले नाम लिन मुनासिब नहोला । सम्भवतः प्रचारीबाजीमा लागेको भए मैले यसैलाई पछाडि जिरो थपेर ४० हजार भन्नुपथ्र्यो । तपाईंकै किताब ‘जसको जोत उसको पोत’को चौथो संस्करण निकाल्ने तैयारी भइरहेको छ । यसलाई मैले मञ्चमा उक्लेर घोषणा गर्दै हिँड्न त भएन नि !’
 लाग्छ, गोविन्द किताब–कर्ममै सन्तुष्ट पनि छन् र यहीँनिर अलिकति असन्तुष्ट पनि छन्, ‘सायद हाम्रो अस्तित्व अब बिस्तारै समाप्तिको बाटोतिर जाँदै छ ।’
– ‘किन होला यस्तो निराशा ? ’
 ‘अब हामीलाई हाम्रो मान्यता कायम राखिराख्न बडा मुस्किल हुँदै छ । हामीले त हाम्रो समाज र संस्कृतिलाई जोगाएर यहाँसम्म ल्याइपु¥यायौं । तर अब हामीपछिको यो पुस्तालाई हामीले जतिसुकै बल गरौं, जतिसुकै घोटाएर क ख पढाऔं, उनीहरूले सिक्ने छैनन् ।’ अनगिन्ती नेपालीलाई अनगिन्ती किताब पढाउने सत्कर्म गरेर नाम कमाएको रत्न पुस्तकका यी सारथिको चिन्ताजनक संकेत विदेश पलायन भइरहेका बढ्दो युवा वर्गप्रति परिलक्षित थियो ।
 ‘तर यस्तो स्थितिमा पनि रत्न पुस्तककै घेराभित्र रहेर मेरा जेठा छोराले अमेरिकामा नयाँ कामहरू गरिरहेका छन् । अघिल्लो सालदेखि अनलाइन पुस्तक बिक्री–वितरणको काम पनि सुरु गरेका छौं हामीले ।’ उनको अनुहारमा अलिकति चमक पाउँछु म ।
 यो चमक कहिल्यै नधमिलियोस् !! बस्, मेरो मन व्यक्तिन्छ ।
http://annapurnapost.com/news/54929

काठमाडौंबाट हराउँदैछ काठमाडौं

सुरेश किरण शनिवार, भदौ २५, २०७३

काठमाडौंबाट हराउँदैछ काठमाडौं
पहिलेको रानीपोखरी । 

काठमाडौंमा कसैले अवैध, अनियमित अथवा अव्यवस्थित भवन वा कुनै संरचना बनाउन खोज्यो भने त्यसलाई रोक्ने निकाय काठमाडौं महानगरपालिका हो । तर, अहिले पहिलोचोटि काठमाडौं महानगरपालिकाले नै बनाएको संरचनालाई अनियमित भयो भन्दै पुरातत्त्व विभागबाट रोक्ने काम भएको छ ।
रानीपोखरीको बीच भागमा निर्माण गरिएको बालगोपालेश्वर मन्दिर सम्पदासम्बन्धी मापदण्डविपरीत पुनर्निर्माण गरेको भन्दै पुरातत्त्वले हालै रोकिदिएको हो । पुरातत्त्वमात्र होइन, अहिले राष्ट्रसंघीय निकाय युनेस्कोले समेत रानीपोखरी निर्माणमा गरिएको यो लापरबाहीप्रति खेद व्यक्त गरेको छ । युनेस्कोले त रानीपोखरीको यही नजिरलाई अघि सार्दै अब काठमाडौंका अरू सम्पदाहरूको पुनर्निर्माण पनि शंकाको घेराभित्र आएको संकेत दिएको छ ।
उक्त मन्दिर बनाउने जिम्मा महानगरपालिकाले पाएको हो । पुनर्निर्माणमा भएको यो रोकावटको साथसाथै अब युनेस्को, पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच पुनर्निर्माण भनेको कसरी हुन्छ त भन्ने विषयमा बहस पनि सुरु हुन्छ होला ।
गत सालको महाभूकम्पमा क्षति भएका धेरै सम्पदामध्ये रानीपोखरीको बालगोपालेश्वर मन्दिर पनि एक हो । पानीको बीच भागमा उभिएको कारणले यो मन्दिर फरक भए पनि वास्तुका हिसाबले भने त्यति जटिल भने होइन । यति सामान्य मन्दिर त उसको मौलिक शैलीअनुसार पुनर्निर्माण गरिँदैन भने अरू जटिल सम्पदाहरूको पुनर्निर्माण झन् कसरी गरिने होला भन्ने डरलाग्दो प्रश्न यसले उठाइदिएको छ ।
-सदियौंदेखि काठमाडौंको मौलिक सम्पदाका रूपमा रहँदै आएको रानीपोखरीमाथि अहिले भएको असभ्य आक्रमणबाट काठमाडौंका जनता खिन्न छन् ।
अझ त्योभन्दा पनि डरलाग्दो त के हो भने मापदण्ड मिचेर सम्पदाहरू बनाउने यो काम कुनै ठेकेदारले नभई स्वयं आफैं नियामक संस्था रहेको काठमाडौं महानगरपालिकाको नेतृत्वमा भइरहेको छ । पुरातत्त्वले काम रोक्ने निर्देशन दिइसक्दा पनि महानगरपालिकाले आफूलाई त्यस्तो निर्देशन दिने अधिकार पुरातत्त्वसँग नभएको जिकिर गरिरहेछ । वास्तवमा महानगरपालिकाले पनि काठमाडौं महानगरलाई अझै बुझिसकेको रहेनछ, उसको भनाइले यस्तै बताउँछ ।
रानीपोखरी काठमाडौंको सामान्य पोखरी होइन । निकै वर्ष लगाएर यसको निर्माण गरिएको थियो । १७२७ सालको शुक्लपदा पूर्णमास्या तिथि सोमबारका दिन यसले पूर्णता प्राप्त गरेको इतिहासकार शंकरमान राजवंशीद्वारा लिखित पुस्तक 'रानीपोखरीको इतिहास'मा उल्लेख छ । स्थानीय नेपाल भाषामा यसलाई 'न्हूपुखू' भनिन्छ अर्थात् नयाँ पोखरी ।
त्यति बेला काठमाडौं उपत्यकामा आफैं बनेका वा बनाइएका अन्य पोखरीहरू पनि थुप्रै थिए । जस्तै– खिचापोखरी (जुन अहिले छैन), इखापोखरी (जुन अहिले लोप हुने क्रममा छ), कमलपोखरी आदि । कीर्तिपुरको देय्पोखरी । भक्तपुरको सिद्धपोखरी । यी सबै पोखरीभन्दा रानीपोखरी भिन्न छ । इतिहासकार योगेन्द्रमान श्रेष्ठका अनुसार रानीपोखरी काठमाडौंको तत्कालीन सहरभन्दा अलिकति मुनितिर पारी बनाइएको छ ताकि पानी यसमा सजिलै जम्मा हुन सकोस् ।
पोखरीमा सधैं पानी आइरहोस् भनी पोखरीको बीच बीचमा धेरै इनारहरू पनि खनिएका छन् । साथै पानीको 'क्याचमेन्ट एरिया' कायम रहोस् भनी पोखरीसँगै टुँडिखेलको ठूलो चौर पनि खुला छोडिएको छ । पोखरीलाई तीर्थकै रूप दिन यसमा नेपाल र भारतका ५१ वटा तीर्थहरूबाट ल्याइएको पानी खन्याइएको थियो ।
यसमा भारतको वाराणसी, विश्वनाथ, वैद्यनाथ, गंगासागर र समुद्रको पानीका साथै नेपालका कालीगण्डकी, मुक्ति क्षेत्र, सप्तगण्डकी, सप्तकोसी, वराह क्षेत्र, गोसाइँकुण्ड, बूढानीलकण्ठलगायत काठमाडौंका विभिन्न नदीमा अवस्थित तीर्थहरू पर्छन् । यसरी यो पोखरी त्यति बेला पूर्ण रूपले नै नयाँ थियो, त्यसैले यसलाई 'न्हूपुखू' भनियो ।
स्थानीय मानिसहरू हरेक बिहान यो पोखरीमा मुख धोई सँगैको मन्दिरमा भगवान्को दर्शन गर्थे । पोखरीको बीच भागमा अवस्थित मन्दिरसम्म सीधै जान सकिन्थ्यो । तर, कालान्तरमा पोखरीमा फाल हाली आत्महत्या गर्नेहरू बढ्न थालेपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले त्यहाँ फलामे बार र कुरुवासमेत राखिदिएका थिए ।
राजा प्रताप मल्लले पुत्रवियोगमा परेकी आफ्नी रानीको मन बहलाउन यो पोखरी निर्माण गरेको इतिहासमा उल्लेख छ । नेपालको राजनीतिक इतिहासमा राजा प्रताप मल्लको छुट्टै स्थान रहेको पाइन्छ । उनी आफ्ना बुवा राजा लक्ष्मीनरसिंह मल्ललाई 'अपदस्थ' गरी सिंहासनमा पुगेका थिए ।
पछि उनले पनि आफू जिउँदो छँदै कान्छा छोरा चक्रवेर्तिन्द्र मल्ललाई गद्दीमा राखी राजा बनाएका थिए । तर, दुर्भाग्य, छोरा चक्रवेर्तिन्द्र गद्दीमा रहेकै बेला मृत्यु भयो । त्यति बेला प्रताप मल्लका थुप्रै रानी थिए । भनिन्छ, उनका वैध रानीहरू नै नौजना थिए । तीमध्ये सबैभन्दा प्रिय रानी थिइन्— राजमाता अनन्तप्रिया । चक्रवेर्तिन्द्र अनन्तप्रियाबाटै जन्मिएका छोरा थिए ।
-काठमाडौं काष्ठ, प्रस्तर, धातुकलामा मात्र होइन' वास्तुकलामा पनि आफ्नै मौलिकता भएको सहर हो । काठमाडौं उपत्यकाको तीन सहरमा निर्मित तीनवटै दरबार यो मौलिक वास्तुकलाको नमुना हो ।
छोराको मृत्युले आफ्नी सबैभन्दा प्रिय रानीले अत्यन्तै विरह गरेको हेर्न नसकी प्रताप मल्लले यो विशाल पोखरी निर्माण गरेको वंशावलीहरूमा उल्लेख छ । रानीको मन बहलाउन बनाएको पोखरी भएकाले यसलाई पछि 'रानीपोखरी' पनि भन्न थालियो । प्रताप मल्ल तन्त्रविद्यामा अत्यन्तै विश्वास गर्ने भएकाले उनले यो पोखरी पनि तन्त्रविद्यामा आधारित भई निर्माण गरेको विश्वास गरिन्छ ।
रानीपोखरीमा पानी सुक्यो, पानीको रङ फेरियो वा त्यहाँका माछा मर्न थाले भने देशमा विघ्न हुनसक्छ भन्ने जनधारणा छ । भीमसेन थापाको अन्त्यअघि रानीपोखरीको पानी रातो हुँदै आएको देवमाला वंशावलीमा उल्लेख छ ।
प्राचीन कलाविद् डा. गौतम वज्राचार्यका अनुसार प्रताप मल्लले रानीपोखरी निर्माण गरेको बेला त्यहाँ बनाइएको मन्दिरलाई 'लुँ देगः' भन्ने गरिएको थियो । नेपाल भाषामा 'लुँ देगः' को अर्थ 'सुनको मन्दिर' भन्ने हुन्छ । यसबाट थाहा हुन्छ, त्यहाँ सुन लेपन गरिएको छानावाला कुनै मन्दिर रहेको हुनुपर्छ ।
यो मन्दिर निर्माणको ८० वर्षपछि बनाइएको एउटा पुरानो चित्रमा त्यहाँ शिखर शैलीको मन्दिर बनिसकेको देखिन्छ । जंगबहादुरले त्यसलाई पनि भत्काएर गुम्बज शैलीको मन्दिर बनाए । अहिले त्यो गुम्बज पनि ध्वस्त भएर पिल्लरवाला 'बंगला शैली' को मन्दिर बन्न लाग्दैछ । पुनर्निर्माण भनेको त बीचमा जीर्णोद्धार हुँदा हुन गएको त्रुटिलाई समेत सच्याएर 'ओरिजिनल'तिर जाने अवसर पो हो त ।
महानगरपालिकाले यति पनि नबुझ्नु दुःखको विषयमात्र नभई खतरनाक पनि हो । सम्पदा संरक्षणकर्मी आलोक तुलाधर भन्छन्, 'सायद यही खतरालाई इंगित गर्न होला, युनेस्कोले आफ्नो विज्ञप्तिमा दुई पंक्ति थपेको छ- ...रानीपोखरीको यो पुनर्निर्माणले वसन्तपुरको काष्ठमण्डप, मैजुदेगः जस्ता सम्पदाको पुनर्निर्माणमा समेत शंका जन्माइदिएको छ ।'
-काठमाडौंलाई सांस्कृतिक नगरी भनेर प्रचार गरिएको छ । तर, राज्यले आजसम्म यो सांस्कृतिक नगरको चीरहरणबाहेक अरू केही गर्न जानेन ।
यसरी सदियौंदेखि काठमाडौंको मौलिक सम्पदाका रूपमा रहँदै आएको रानीपोखरीमाथि अहिले भएको असभ्य आक्रमणबाट काठमाडौंका जनता खिन्न छन् । तर, प्रसंग यतिमै सीमित छैन । काठमाडौंका सम्पदाप्रेमीले यति बेला महानगरपालिकाकै पहलमा पुरानो बसपार्कमा निर्माण गर्न लागिएको 'काठमाडौं टावर'बारे पनि प्रश्न उठाएका छन् ।
त्यसविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले त्यहाँ २३ तले भवन बनाई पूर्णकालीन व्यापार गर्ने रणनीति बनाएको छ । यसबाट धेरै प्रश्न उठेका छन् । जस्तो, थुप्रै सांस्कृतिक सम्पदाहरू रहेको काठमाडौंमा ती सम्पदाहरूको छेवैमा यति ठूलो भवन बनाउन मिल्छ ? काठमाडौं उसै पनि भूकम्पको जोखिम क्षेत्र हो । यस्तो क्षेत्रमा खुला स्थान (ओपन स्पेस) हरू प्रशस्तै रहनुपर्छ । महानगरपालिकाको यो कामले ओपन स्पेसहरू बचाउँछ कि नाश गर्छ ?
काठमाडौं महानगरपालिकाको काम सेवा हो कि व्यापार ? महानगरपालिकाले त्यहाँ बनाउन लागिएको २३ तले भवनको नक्सा पनि सार्वजनिक गरेको छ । तर, त्यो नक्सामा रहेको घर कुनै पनि कोणबाट काठमाडौंको घरजस्तो लाग्दैन । काठमाडौं काष्ठ, प्रस्तर, धातुकलामा मात्र होइन वास्तुकलामा पनि आफ्नै मौलिकता भएको सहर हो । काठमाडौं उपत्यकाको तीन सहरमा निर्मित तीनवटै दरबार यो मौलिक वास्तुकलाको नमुना हो ।
राणाहरूले बनाएका दरबारहरू बेलायत र फ्रान्सको नक्कल हो । तर, मल्लकालीन दरबार संसारका कुनै पनि दरबारको नक्कल होइन । यी दरबारहरू विश्व सम्पदा सूचीमा पर्नुको कारण पनि यही हो । तर, महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण गर्न लागेको भवनको नक्सा हेर्नोस्, के त्यो काठमाडौं सहरको कुनै मौलिकतासँग जोडिएको छ ? काठमाडौं महानगरपालिकाजस्तो संस्थाले काठमाडौंमा बनाउने भवन यस्तो हुन्छ ?
-महाभूकम्पमा ढलेका सम्पदाहरूको पुनर्निर्माण रानीपोखरीजस्तै गर्दै जाने हो भने काठमाडौंको जीउमा लाज छोप्नका लागि पनि कुनै पहिचान बाँकी रहनेछैन ।
भन्न त काठमाडौंलाई सांस्कृतिक नगरी भनेर प्रचार गरिएको छ । तर, राज्यले आजसम्म यो सांस्कृतिक नगरको चीरहरणबाहेक अरू केही गर्न जानेन । यसले गर्दा काठमाडौं संस्कृतिको मात्र केन्द्र होइन, अरू धेरै अवाच्छित वस्तुहरूको पनि केन्द्र बन्न पुगेको छ । जस्तो राजनीति, अर्थतन्त्र, स्वास्थ्य, फिल्म निर्माण (त्यसैले यसलाई कलिउड भन्ने नाम पनि दिइएको छ), सहरी विकास, शिक्षा, स्वास्थ्य, उद्योग, खेलकुद, अपराध जम्मैको केन्द्र । के काठमाडौंजस्तो एउटा सानो सहर यति धेरै केन्द्रको भारी बोकेर अघि बढ्न सक्ला ?
काठमाडौंले आफ्नो पहिचान गुमाउँदै गएकोमा अहिले व्यापक चिन्ता जाहेर हुँदैछ । महाभूकम्पमा ढलेका सम्पदाहरूको पुनर्निर्माण रानीपोखरीजस्तै गर्दै जाने हो भने काठमाडौंको जीउमा लाज छोप्नका लागि पनि कुनै पहिचान बाँकी रहनेछैन । त्यति बेलाको सहर काठमाडौंबिनाको काठमाडौं हुनेछ ।
http://annapurnapost.com/news/55270

संस्कृति-काठमाडौंको अय्ला

स्नेह सायमी शनिवार, असोज १, २०७३

संस्कृति-काठमाडौंको अय्ला

अय्ला अर्थात् रक्सी खानु (पिउनु) हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयमा आआफ्नै व्यक्तिगत, पारिवारिक, धार्मिक, सामुदायिक मान्यता र विश्वासहरू छन् । तर, जब तपाईं काठमाडौं उपत्यकामा हुनुहुन्छ भने अय्ला यो उपत्यकाका आदिवासी नेवारहरूको विशेष पेय पदार्थ हो भनेर त बुझिसक्नु नै भयो होला । धेरैजसो नेवाःहरूले चामल र अन्य अन्नहरूबाट आफ्नै घरमा घरकै प्रयोजनको निमित्त बनाइने यो पेय पदार्थको बनाउने विधि पनि आफ्नै किसिमको छ ।
काठमाडौं उपत्यकाका समृद्धि मल्ल शासनकोे स्वाधीन जीवनशैली र त्यसबाट बनेको समृद्ध अर्थतन्त्र नै हो । अत्यन्तै मेहनती जनता जसले काठमाडौंमा कृषिबाटै, खान पिउन र बचत गर्न, सरकारलाई कर तिर्न पनि सिकायो । वर्षभरि खानका लागि घरघरमै अन्नको भण्डारण गर्ने चलन थियो । प्रायः सबै किसानको घरमा भकारी हुने गथ्र्यो । खानका लागि बचेको अन्नबाट अय्ला बनाइन्थ्यो । आफैं धान कुट्थे, आफैं चिउरा अर्थात 'बजी' बनाउँथे ।
किसानी पेसा शारीरिक र मानसिक रूपमा मेहनत पर्ने, एकाग्रता चाहिने पेसा भएको कारणले विभिन्न उत्सव र चाडहरूमा खानासँगै अय्ला पनि पिउने संस्कार बसेको हुनुपर्छ ।
त्यही संस्कार सर्दैसर्दै म जन्मेको र हुर्केको घरसम्म आइपुगेको थियो । मेरो बा ससानो व्यापार गर्नुहुन्थ्यो । र पनि म सानै छँदा किसानी अर्थात् कृषि नै मुख्य आधार थियो । धान रोप्ने र धान काट्ने गहुँ छर्ने र गहुँ काट्नेदेखि दुवै अन्नलाई सही ढंगले घरमा भित्र्याउने घरको एक महत्त्वपूर्ण काम नै थियो । किसानी काम गर्ने गराउने भएपछि काम गर्न आउनेका लागि अय्ला ठूलै आकर्षण हुन्थ्यो ।
धान रोप्ने बेलामा पानी फाल्दै बाउसे र रोपारका काम गर्नेहरूका लागि जीउ तताइदिने काम त अय्लाले नै गथ्र्यो । म सानै छँदा मेरी आमा चिउरा, आलुको कवाफ बनाएर र रक्सी लिएर खाजा खुवाउन खेतमै जानुहुन्थ्यो । म आमाको सहयोगी भएर खेतमा जान्थेँ ।
घरको बुइगलमा हुन्थ्यो भान्सा र भान्सासँगै ठूलै स्टोर कोठा हुन्थ्यो त्यसलाई भनिन्थ्यो धुकु कोठा । घरव्यवहार चलाउन सबै सामान त्यहीँ हुन्थ्यो । अय्ला, अय्ला बनाउने सरजाम, थ्वं र थ्वं बनाउने सरजाम घर र खेतमा काम गर्ने औजारहरू सबै त्यहीँ राख्ने चलन थियो र त्यसको रेखदेख पनि आमाले नै गर्नुहुन्थ्यो । अहिले जस्तो प्लास्टिकको जर्किन थिएन । माटाको भाँडा वा तामा पित्तलका भाँडाकुँडाहरू हुन्थे, सिसीको थोरै प्रयोग हुन्थ्यो । आमाले त्यही धुकु कोठाबाट खटाई खटाई अय्ला निकाल्नुहुन्थ्यो ।
जब म सानै थिएँ, मेरी आमाले मलाई चिउरा र अय्लाको खाजा दिनुभएको याद छ । चिउरा मुखमा हालेर पिउँदा मुखमा भएको सबै चिउरा अय्लाले भिज्थ्यो र चिउरा चपाउन सजिलो हुन्थ्यो र एक प्रकारको पिरो पिरो स्वाद पनि आउँथ्यो । त्यसपछि जब म हुर्कें, मैले कुनै पनि अल्कोहल पिइनँ । चुरोट, सुर्ती पनि खाइनँ । त्यसको कारण हुनुहुन्थ्यो मेरो बा ।
मेरो बाले हामीले थाहा पाएदेखि अय्लालगायत कुनै पनि मादक पदार्थ लिनुभएन । हामीले सोध्दा पनि केटाकेटीमै छोडेको भन्नुहुन्थ्यो । उहाँको कडा मिजासका अगाडि पिउने मामलामा काकाहरू नै डराउनुहुन्थ्यो र लुकेर पिउनुहुन्थ्यो भने म त प्रत्यक्ष निगरानीमा परिरहने हुनाले पछिसम्म रक्सी खाइनँ । पाउन त अय्ला घरमा खुलेआम पाइन्थ्यो तर त्यसको खासै तिर्सना हुँदैनथ्यो ।
तर, हाम्रो संस्कारमा बिहानदेखि बेलुकीसम्म जो पाहुना आए पनि एउटा कुखुराको फुल (अहिले त अन्डा भन्ने चलन आयो) अहिलेको डाडुमा तेलमा पकाएर (अहिलेको भाषामा पाँर्च) बनाउने र कचौरामा अय्ला अलिकति दिएर सत्कार गर्ने चलन थियो । सम्भवतः एक दिनमा कमसेकम आधा लिटरदेखि एक लिटरसम्म अय्ला दैनिक अनिवार्य खपत हुन्थ्यो । पाहुनाको स्तरअनुसार घर आएका पाहुनालाई सत्कार गर्न नपाउँदा, नसक्दा, असजिलो र बेइज्जत महसुस हुन्थ्यो ।
अय्लाको गुणस्तर
घरमा बनाउने र घरकै मानिसलगायत पाहुनाका लागि बनाइने हुनाले अय्ला उच्च गुणस्तरको हुन्थ्यो नै । त्यसका लागि चामल कुहाउन प्रयोग गरिने 'मर्चा' र कति कडा बनाउने भन्नेसम्म फरक हुन्थ्यो । अहिलेको भाषामा भन्दा 'माइल्ड' कि हार्ड, बनाउने भन्ने चैं फरक थियो । तर, आधारभूत गुणस्तर भने राम्रै हुन्थ्यो ।
हाम्रो घरको कुरा गर्दा मेरो आमाले पछि आमाको रेखदेखमा बनाउने अय्लाको गुणस्तर कस्तो थियो होला ? आमा हुनुहुन्जेल त मैले त्यो महसुस पनि गर्न सकिनँ ।
पढाइ सकेर काममा लागेपछि र विवाह गरेपछि मेरो संगतको घेरो ठूलो हुँदै गयो । घरमा साथीहरूको आउजाउ बढ्यो । घरको भोजमा साथीहरू डाक्ने पनि गरियो । अहिले म सम्झन्छु, साथीहरू मकहाँ आउँदा 'आमाले बनाउनुभएको'मा प्राथमिकता दिन्थेँ।
०००
२०४६ सालको राजनीतिक परिवर्तनपछि उद्यमीहरूको एउटा संगठन बन्यो 'नेपाल घरेलु तथा साना उद्योग संघ' । त्यसको म संस्थापक महासचिव भएँ । त्यही संघका काठमाडौं जिल्ला अध्यक्ष हुनुहुन्थ्यो मुकुन्द ढुंगाना । उहाँ पनि खानपिन गर्न साथीभाइलाई खुवाउन रुचाउनुहुन्थ्यो । जमघट कहिले उहाँकोमा हुन्थ्यो त कहिले मकहाँ । मेरोमा हुने जमघटको आकर्षण नै नेवाः परिकार र अय्ला थियो । एक दिन दिउँसो ३ बजेदेखि नै मेरोमा खानपिन सुरु भयो ।
अचम्म, राति १० बजिसक्दा पनि साथीहरू जाने सुरसार नै कस्नुहुन्न । १० बजेपछि खानेपिउने कुरा दुवै सकिए । त्यहाँ भएका एकजना मित्रले त बोटलबाट थोपाथोपा झारेर पनि पिउनुभयो । हिजोआज जस्तो टेलिफोन त थिएन । त्यति नै बेला एक साथीले सम्झेर आत्तिएर भन्नुभयो, 'ए आज त ठूलो एकादशी, घरमा श्रीमती नखाईकन कुरिराखेकी छन् ।'
अनि सबै जर्‌याकजुरुक उठेर हिँडे । घरमा साहित्यकारप्रति सम्मान हुनु त स्वाभाविक हो । एकपटक एउटा प्रस्ताव आयो । हाम्रो घरमा बसेर 'ब्रेख्तको रचना पढ्ने र सुनाउने' कार्यक्रमको नाम बन्यो– 'ब्रेख्त पढौं' । सहभागिता थियो प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौला, विमल निभा, राजकुमार केसी, हरिगोविन्द लुइँटेल, गोविन्द वर्तमान, नारायण ढकाल, श्यामल, शदिल भट्टराई' (नाम तलमाथि भएछ भने माफ गर्नुहोला) । खगेन्द्र संग्रौलाले ब्रेख्तको एक बेजोड रचना पढ्नुभो ... । त्यसमा टीकाटिप्पणी भयो । राम्रै ज्ञान आर्जन भयो । अब आयो बेला खानपिनको ।
अय्ला उपत्यकाको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल हो तर यसको व्यावसायिक उत्पादनमा सरकारलगायत सम्बन्धित पक्ष लागेको देखिँदैन । स्कटल्यान्डको स्कच ह्विस्कीझैं काठमाडौंको अय्लाले गौरव गर्ने दिन के कहिल्यै पनि आउँदैन ?
लक्ष्मी मालीजीले ल्याउनुभा छ्वेलालगायत खानेकुरा । मैले ल्याएँ एक बोतल अय्ला । पानीका बोतल र पानी खाने स्टिलका गिलास । त्यहाँ दुई किसिमका साहित्यकार– एक थरी अय्लालाई घृणा गर्ने, अर्को थरी माया गर्ने । नपिउनेहरूका बीच पिउनेहरूलाई अत्यन्तै अप्ठ्यारो भइरहेको थियो । संयोगवश बिजुली गयो । करिब आधा घन्टाजति बत्ती आएन, मैनबत्ती ल्याउन पनि केही समय लाग्यो । बत्ती आउँदा केही साथीहरूका अनुहार उज्यालो थियो । र अय्लाको आधा बोतल घटिसकेको थियो । केही साथी घरमै सुत्नुभयो, केही फर्किनुभयो । त्यतिखेर त केही कुरा भएन ।
पछि गोविन्द वर्तमानले भने, 'नखाने साथीहरूका अगाडि पहिलोपटक लिन अप्ठेरो भइरहेको थियो । बत्ती गएर बडो सजिलो भयो ।'
एक दिन हरिगोविन्द लुइँटेलजीसँग अय्लाबारे छलफल भयो । उहाँहरू परम्परागत रूपमै शुद्ध ब्राह्मण । मासु र रक्सी खाएपछि अशुद्ध हुने उहाँहरूको मान्यता । म ससुरालीको भोज खाएर बाटोमा पर्ने उहाँको घरमा पसेको थिएँ । मैले भनेँ, 'मैले नपिएको रक्सी विवाहपछि पिएँ ।
पिउनुको पछाडि मेरो ससुराली खलकको ठूलो योगदान छ । विशेषतः नाताले साला पर्ने भए पनि मित्र अमर माली हरेकपटकको नखत्यामा जोड गर्दागर्दै थोरथोरै पिउने भएँ म ।' हरिगोविन्दजीले भन्नुभयो, 'कस्तो फरक चलन ! हाम्रोमा भए रक्सी पिलाउनु त कुरै छोडौं, ज्वाइँ रक्सी पिउने रहेछ भन्ने थाहा भयो भने त पारपाचुके नै गराएर छोरी फर्काऊँ कि भन्ने सोच पो छ त ।'
तथिमिति याद भएन, द्वन्द्वको बेला थियो । चितवनका साहित्यकार धनराज गिरी त्यसताका खगेन्द्र संग्रौलाका फ्यान नै थिए । दिनदिनै जस्तो फोनमै उहाँहरूको गजल वार्ता हुन्थ्यो रे । धनराजजीले खगेन्द्र संग्रौलाको प्रशंसामा सानो गजलसंग्रह नै प्रकाशित गरे, कुन्साङ काका । धनराजजीले चितवनमा एक साहित्यिक कार्यक्रम आयोजना गरेर 'कुन्साङ काका' गजलसंग्रह विमोचनको कार्यक्रम राखे । खगेन्द्रजीले मलाई सँगै जाऊँ भन्नुभयो, म पछि लागेँ ।
बाटामा सेना र पुलिसले चेकिङका नाममा दिएका दुःखबारे कुनै दिन लेखौंला । गएर बास बसियो धनराजजीकै निवासमा ताँडीमा । उहाँ त्यहाँको प्रतिष्ठित शिक्षक हुनुहुँदो रहेछ । शिक्षा, चरित्र, व्यवहार सबै किसिमले विद्यार्थीले उहाँलाई आदर गर्दा रहेछन् । हामी जाँदा धनराजजीका जीवनसंगिनी र एक छोरी घरमा हुनुहुन्थ्यो । छोरी पनि गजल लेख्नुहुन्थ्यो । घरमा खान सुत्नको व्यवस्था रहेछ तर पिउने व्यवस्था रहेनछ ।
वास्तवमा 'धनराज सर'को घरमा 'रक्सी' नामको पेय पदार्थले कहिल्यै प्रवेश पाएकै रहेनछ । कुन्साङ काकालाई नभई नहुने त होइन, भए जाती । आफ्नो सबै परम्परा तोडेर एक बोतल कोदोको झोलले धनराज सरको घरमा प्रवेश पायो । मलाई लाग्यो, त्यो दिन धनराजजी आफैंसँग र घरपरिवारसँग पनि अलि लजाउनुभयो । तर, त्यो सुरु भएरै टर्‌यो ।
अय्ला पिउनेहरू, अय्ला पिलाउनेहरू, अयला पिउनेसँगै हिँड्नेहरूसँग यस्ता संस्मरणको पत्रपत्र फुकाउनुपर्ने धेरै होला ।
एउटा कुरा भने मलाई खट्किरहन्छ, अय्लाको कानुनी मान्यता । अय्ला उपत्यकाको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल हो । अहिले बजारमा प्रशस्त विदेशी ह्विस्की, वाइनलगायत अरबौंको आयात हुन्छ तर अय्लालाई सुरक्षित, गुणस्तरयुक्त बनाएर यसको सही व्यावसायिक उत्पादनमा सरकारलगायत सम्बन्धित पक्ष लागेको देखिँदैन । बेलाबेलामा अय्लाका उत्पादनकर्ता पक्राउ पर्छन् । गुणस्तर भएन भन्छन् । कर तिरेन भन्छन् । तर, त्यसका लागि सरकारले विधि बनाएको देखिँदैन ।
मैले दक्षिण कोरियामा अय्लाजस्तै त्यहाँको स्थानीय पेय पदार्थ 'सोजु' पिएको छु । जापानमा 'साके' युरोपेली मुलुकहरूमा 'वाइन'को घरेलु उत्पादनलाई स्थानीय रूपमा कर छुट गरेर प्रयोग गर्न दिने नियम छ । तर नेपालमा अय्लालाई गुणस्तरीयताको सुनिश्चिततासहित उत्पादन गर्ने वातावरण किन छैन ?
स्कटल्यान्डको स्कच ह्विस्कीझैं काठमाडौंको अय्लाले गौरव गर्ने दिन के कहिल्यै पनि आउँदैन ?
http://annapurnapost.com/news/55767