'Sankhu: Historical and Cultural Heritage' launched
31 May 2016 | 13:56pm
REPUBLICA
KATHMANDU, May 31: A book titled ' Sankhu: Historical and Cultural Heritage' aimed at bringing the historic importance of Sankhu to the limelight has been published. Centre for Nepal and Asian Studies (CNAS) is the publisher of the book in the English language.
The 565-pages book attempts to give detailed information about the culture and lifestyle of Sankhu that lies some 18 kilometres north east from the Kathmandu Valley and its historic, religious and cultural aspects. Prof Dr Dilliraj Sharma and Prof Dr Tek Bahadur Shrestha are the writers of the book.
Tribhuvan University (TU) Vice Chancellor Prof Dr Tirtharaj Khaniya launched the book Monday.
It may be noted that Sankhu, an ancient Newari settlement, was worst hit by the last year's April earthquake. RSS
http://admin.myrepublica.com/society/story/43400/sankhu-historical-and-cultural-heritage-launched.html#sthash.hJ4KDj4B.dpuf
Showing posts with label Books. Show all posts

Friday, December 30, 2016
Thursday, December 22, 2016
प्रकाशनको पर्खाइमा सवा लाख श्लोक
प्रकाशनको पर्खाइमा सवा लाख श्लोक - हिमेश

श्रावण २२, २०७३- नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। बुद्ध जयन्तीताका काठमाडौंमा भएको पछिल्लो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा यही घोषणा गरिएको थियो। केहीलाई यो चित्त बुझेन। बौद्ध धर्मको जन्म पनि नेपालमै भएको दाबी प्राज्ञिक रूपमा यो ठीक भएन कि? केही अलमलमा पनि परे। जसले यो नारा अगाडि सारे, उनीहरूको दाबी थियो, अब हामीले बौद्ध धर्मको जन्म पनि नेपालमै भएको भन्न सक्नुपर्छ। र, यसका लागि हामीले प्रस्तुत गर्न सक्ने तर्कका रूपमा रहेको छ– शतसाहस्रिका प्रज्ञापारमिता।
नेपाल संस्कृति विश्वविद्यालयको बौद्ध दर्शन विभागका प्रमुख काशीनाथ न्यौपाने दाबी गर्छन्, ‘बौद्ध धर्म दर्शनका प्राय: सबै पुस्तक हस्तलिखित रूपमा नेपालमै उपलब्ध हुनुले यसको मूल थलो नेपाल नै हो भन्दा अत्युक्ति नहोला।’ पछिल्लो समय न्यौपानेसँगै त्यही बौद्ध दर्शन विभागका टीकाराम न्यौपाने, प्रेमराज न्यौपाने र शारदा पौडेलले गज्जब काम गरेका छन् र यो हो, अहिलेसम्म कसैले गर्न नसकेको, शतसाहस्रिका प्रज्ञापारमिताको पूर्ण संकलन। जति बेला उनीहरूको कामले पुस्तकको आकार लिनेछ, पूरा विश्व अचम्ममा पर्नेछ। र, भन्नेछ, ‘यो त वास्तवमै अद्वितीय काम हो।’
शतसाहस्रिका प्रज्ञापारमिता पच्चीस सय वर्षपहिले गौतम बुद्ध स्वर्यले दिएका उपदेशको सार हो। योभन्दा ठूलो संस्कृत भाषामा लेखिएको पुस्तक अहिलेसम्म अर्को छैन। नामैले भन्छ, शतसाहस्रिका प्रज्ञापारमितामा १ लाख २५ हजार श्लोक छन्। महाभारतमा ८० हजार श्लोक छन्। शतसाहस्रिका प्रज्ञापारमितालाई आधार मानेर बौद्ध धर्म दर्शनका अरू ४० ग्रन्थ लेखिएका छन्। खासमा ती सबै शतसाहस्रिका प्रज्ञापारमिताका छोटकरी रूप हुन्। प्रज्ञापारमिताका जति पनि संस्करण छन्, त्यसमध्ये शतसाहस्रिका प्रज्ञापारमिता सबैभन्दा ठूलो हो भने प्रज्ञापारमिता हृदयसूत्र सबैभन्दा सानो। शतसाहस्रिका प्रज्ञापारमितालाई छाडेर अहिलेसम्म प्रज्ञापारमिताका अरू संस्करण सम्पादन भएर प्रकाशित पनि भइसकेका छन्। तर शतसाहस्रिका प्रज्ञापारमिताको भने सम्पादन र प्रकाशन हुन सकेको थिएन। संस्कृति विश्वविद्यालयका न्यौपाने र उनका साथीहरूले यही काम गरेका हुन्, शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादन। अब यसले प्रकाशनको बाटो कुरिरहेको छ। बौद्ध धर्मको महायानी वैपुल्य सूत्रमा दुई प्रकारका ग्रन्थ पाइन्छ। एक प्रकारमा बुद्ध, बोधिसत्व, बुद्धयानको महत्त्व बताइएको हुन्छ। यसमा उदाहरण हुन्, ललितविस्तर, सद्धर्मपुण्डरीक आदि। अर्को प्रकारको ग्रन्थमा महायानको मुख्य सिद्धान्त शून्यता अथवा प्रज्ञाको महत्त्व बताइएको हुन्छ। प्रज्ञापारमिता सूत्र यस्तैमा पर्छ। महायान साहित्यमा प्रज्ञापारमिता सूत्रको सबैभन्दा ठूलो महत्त्व पाइन्छ। यसलाई बौद्ध विद्वान्हरूले आगम ग्रन्थ पनि भनेका छन्। यो बौद्ध संस्कृति साहित्यको प्राचीन ग्रन्थ हो। सन् १७९ मै प्रज्ञापारमिता सूत्र चिनियाँ भाषामा अनुवाद भइसकेकाले पनि यसको प्राचीनता अनुमान गर्न सकिन्छ। यसको संवाद शैली प्राचीन प्रकारको छ। अरू महायानी ग्रन्थमा गौतम बुद्ध प्राय: अरू कोही बोधिसत्वसँग संवाद गर्छन्। प्रज्ञापारमिता सूत्रमा बुद्ध सुभूति स्थविरसँग कुराकानी गर्छन्। शून्यताबारे यस ग्रन्थमा सुभूति र अर्का स्थविर शारिपुत्रबीच संवाद छ र यो निकै गम्भीर छ। सबैभन्दा महत्त्वपूर्ण तथ्य के भन्दा नेपाली परम्पराअनुसार मूल प्रज्ञापारमिता १ लाख २५ हजार श्लोकको छ। अहिले सम्पादन भएको यही परम्पराअनुसार हो। यति ठूलो प्रज्ञापारमितालाई घटाएर अष्टसाहस्रिका प्रज्ञापारमिता बनाइयो। यसलाई पनि घटाएर २५ हजार, १० हजार र आठ हजार श्लोकको पनि बनाइयो। समग्र शतसाहस्रिका प्रज्ञापारमिताको सारांश स्वरूपलाई प्रज्ञापारमिता हृदयसूत्र भनिन्छ। नेपालमा अष्टसाहस्रिका प्रज्ञापारमिता बढी लोकप्रिय छ र यसलाई नवग्रन्थमा राखिएको छ। नेपाल मण्डलमा मनाइँदै आएको बौद्ध धर्ममा नवग्रन्थको ठूलो महत्त्व रहेको छ। अझै पनि काठमाडौं उपत्यकामा प्रज्ञापारमिता पाठ गर्ने परम्परा छ। यस प्रसङगमा एकपल्ट इतिहासमा फर्कन आवश्यक हुन्छ। भारतमा बौद्ध धर्म लोप भए पनि नेपालमा भने संस्कृतमा आधारिक महायानी बौद्ध धर्म प्राचीनकालदेखि नै जीवन्त थियो। लगभग दुई वर्षअगाडिसम्म संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थ नै लुप्त भइसकेको अनुमान थियो। तर त्यस्तो थिएन। सन् १८३३ मा अंग्रेज सरकारले ब्रायन हडसनलाई काठमाडौंमा आवसीय दूत नियुक्त गरे। उनी सन् १८४३ सम्म आफ्नो पदमा रहे। त्यही बेला उनले काठमाडौंमा संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थका पाण्डुलिपि फेला पारे। तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले फालेका यस्ता बौद्ध ग्रन्थ हडसनले जम्मा गरेर ३ सय ८१ पोका बनाए। ती सबै विदेशीलाई उपहार दिए। त्यही बेला के पनि थाहा भयो भने संस्कृतमा लेखिएका बौद्ध ग्रन्थ पाली भाषाका बौद्ध ग्रन्थभन्दा फरक छन्। तर ती चीन र तिब्बतमा रहेका महायानी बौद्ध ग्रन्थसँग भने मिल्दोजुल्दो छन्। हडसनअगाडि एक प्रकारले कसैलाई यसबारे थाहा थिएन। नवग्रन्थसहित जति बेला यी ग्रन्थबारे अध्ययन सुरु भयो, यसले बौद्ध इतिहासमा क्रान्ति नै ल्यायो। अहिले विदेशमा जति पनि प्रज्ञापारमिताका हस्तलिखित प्रति उपलब्ध छन्, ती सबै नेपालबाटै लगिएका छन्। ती प्रतिमा नेपालको मौलिक रञ्जना, प्रचलित र भुजिंमोल लिपि प्रयोग भएका छन्। पूरा विश्वका बौद्ध धर्मावलम्बी, संस्कृत विज्ञ र अध्ययनकर्ताले लामो समयदेखि शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादनसहित प्रकाशित होस् भनेर प्रतीक्षा गरिरहेका थिए। अहिलेसम्म शतसाहस्रिका प्रज्ञापारमिताको सम्पादन हुन नसक्नु त यसको विशालता, फरक लिपि र एकै स्थानमा सबै पाण्डुलिपि उपलब्ध नहुनु नै हो। नेपालमा बौद्ध दर्शनमा विद्यावारिधि गर्ने न्यौपानेले दुई दशकभन्दा बढी समय भइसकेको छ, यसको काम सुरु गरेको। पछिल्लो तीन वर्षदेखि संस्कृति विश्वविद्यालयका यी चारजनाले प्रत्येक दिन १२ घन्टाका दरले यसमा काम गरिरहेका थिए। शतसाहस्रिका प्रज्ञापारमिताका पाण्डुलिपि मात्र संकलन गर्न उनीहरूले २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन्। पाण्डुलिपि संकलन गर्न उनीहरू कहाँ मात्र पुगेनन्? हाम्रो राष्ट्रि्रय अभिलेखालयदेखि आशा सफू गुठी, इटुंबहाल, भगवान बहाल, पाटन। अनि कोलकाताको एसियाटिक सोसाइटी, नयाँ दिल्लीको इन्दिरा गान्धी राष्ट्रिय अभिलेखालय, बेइजिङको चिनियाँ राष्ट्रिय अभिलेखालय, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय, जापानको क्याटो र टोकियो विश्वविद्यालय। यसरी जम्मा भएका १६ पाण्डुलिपि प्रयोग गरेर न्यौपाने र उनका साथीहरूले समीक्षात्मक संस्करण तयार पारेका हुन्। यसले पुस्तक आकार लिने हो भने कम्तीमा पाँच सय पानाका २० ठेली तयार हुनेछन्। यसले पनि सजिलै अनुमान गर्न सकिन्छ, शतसाहस्रिका प्रज्ञापारमिता वास्तवमै कति विशाल छ भनेर। यसले पुस्तकको आकार लिंदा एक करोड रुपैयाँ खर्च हुन सक्छ। ‘हाम्रो कामबारे थाहा पाएपछि तीन चार विदेशी विश्वविद्यालयले शतसाहस्रिका प्रज्ञापारमिताको विशाल ग्रन्थ हामी छाप्छौं भन्ने प्रस्ताव आइसकेका छन्। हामी चाहन्छौं, यो काम नेपालमै होस्, अझ नेपाल सरकारले नै। यो नेपालको अमूल्य सम्पत्ति हो। शतसाहस्रिका प्रज्ञापारमिता नेपालमा उपलब्ध हुनु सबै नेपालीका लागि गौरवको विषय हो। नेपालमा छापेर बाँकी विश्वले शतसाहस्रिका प्रज्ञापारमिता पढ्न पाओस्।’ अनि पुष्टि हुन सक्नेछ, नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। त्यसो त न्यौपानेले शतसाहस्रिका प्रज्ञापारमितालाई लिएर सरकारी निकायसँग प्रारम्भिक चरणमा कुराकानी पनि गरिसकेका छन्। खासमा उनीहरू अब सरकारको तर्फबाट ठोस उत्तरको प्रतीक्षामा छन्। न्यौपाने भन्छन्, ‘चीनले एकपल्ट भारतलाई चिनियाँ भाषामा रहेको आठ खण्डको महाभारत उपहार दिएको थियो। नेपालले पनि विदेशीलाई शतसाहस्रिका प्रज्ञापारमिता उपहार दिन सक्छ।’ यसले नेपाल ज्ञानको क्षेत्रमा कति धनी छ, त्यो पूरा विश्वले थाहा पाउनेछ।
प्रकाशित: श्रावण २२, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2016-08-06/20160806190354.html

‘ठ्या सफू’ छ कि ?
‘ठ्या सफू’ छ कि ?
पछिल्लो एक दशकदेखि ‘ठ्या सफू’ अर्थात् पवित्र पुस्तक खोज्ने र त्यसलाई ‘डिजिटलाइज’ गर्ने काम गरिरहेका छन् इतिहासविद् शंकर थापा । ठ्या सफू हराइसकेका छैनन् । तर यिनको अचेल अध्ययन अध्यापन हुन्न । खालि देवता मानेर पूजा चाहिँ हुन्छ । - हिमेश

कार्तिक २७, २०७३- नेवार संस्कृतिको एउटा निकै राम्रो पक्ष हो, पुस्तक प्रेम । यो पुस्तक संस्कृति धेरै अगाडिदेखि रहेको मानिन्छ, त्यो पनि विशिष्ट तरिकाले । यसको एउटा उदाहरण यस्तो छ– पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिता र अरू हस्तलिखित ग्रन्थको तीन चार वर्षको अन्तरमा फेरि मिलाउने र सिलाउने आदि हुन्छ । विश्वास गरिन्छ, पुस्तकको पनि न्यास हुन्छ । न्यास अर्थात् प्राण । भनौं, जीवन । त्यसैले त पुस्तकलाई ढोग्ने गरिन्छ ।
खुट्टाले छुँदा पनि पाप हुने डर हुन्छ । हिरण्यवर्ण महाविहारमा रहेका हस्तलिखित ग्रन्थलाई मिलाउने क्रममा सबैभन्दा पहिले पूजाविधि गर्दै त्यसको प्राण झिकेर कलशमा हालिन्छ । त्यसपछि मात्र ती ग्रन्थमा जे गर्नुपर्ने हो, गरिन्छ । काम सकेपछि फेरि पूजा विधिबाट प्राण ग्रन्थमा सारिन्छ । काठमाडौं उपत्यका यस्तै हस्तलिखित ग्रन्थका लागि निकै धनी र समृद्ध छ । प्राय: नेवारको घरमा यस्ता हस्तलिखित ग्रन्थ हुने गर्छन् ।
यी सबै प्रचलित भाषामा ठ्या सफू हुन् । अर्थात् पवित्र पुस्तक । पछिल्लो एक दशकदेखि यिनै ठ्या सफू खोज्ने र त्यसलाई ‘डिजिटलाइज’ गर्ने काम गरिरहेका छन्, इतिहासविद् शंकर थापा । त्रिविविका यी प्रोफेसर डाक्टरले ‘नेवार बुद्धिजम’ मा वरिपरि रहेर १३ पुस्तक लेखिसकेका छन् । यस्तै धेरै जर्नल र अरू पुस्तकमा पनि लेखिसकेका छन् । उनी अहिले त्रिविविको केन्द्रीय इतिहास विभागका प्रमुख पनि हुन् । उनी ‘नेवार बुद्धिजम’ भन्नुलाई संकुचित पनि मान्दैनन् । बरु यसले काठमाडौं उपत्यकामा प्रचलित बौद्ध धर्मलाई विशिष्ट पहिचान मिलेको मान्छन् ।
थापाले वज्रयान बौद्ध धर्ममा केन्द्रित रहेर गहन अध्ययन सुरु गरेको दुई दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय यसमै बढी केन्द्रित छन् । उनका अनुसार केही शताब्दी अगाडिसम्म तिब्बतीहरूका लागि बौद्ध धर्म अध्ययनका लागि नेपाल आउनु ठूलो उपलब्धि हुने गथ्र्यो । युवा तिब्बतीहरू काठमाडौंमा गएर पढ्ने सपना बुन्थे । तिब्बतबाट लामो यात्रा तय गरेर काठमाडौंमा आउने गर्थे र विशेषत: पाटनका वज्राचार्यको घरमा बसेर बौद्ध धर्मको अध्ययन गर्थे । त्यो समयका वज्राचार्य बौद्ध विद्वान्हरू संस्कृतमा पारंगत हुन्थे । अब त यी सबै इतिहास भए । यो परम्परा रहेन । तर त्यति बेला अध्ययनका लागि प्रयोग हुने ठ्या सफू भने अहिलेसम्म पनि ठ्याक्कै हराएका छैनन् । फरक के भने ती ठ्या सफूको अचेल अध्ययन अध्यापन भने हुन्न । खालि देवता मानेर पूजा भने हुन्छ । यी ठ्या सफू पनि हराएर जाने क्रममा छन् । ती पुस्तकको आयु पनि सकिँदै छ । त्योभन्दा पनि बढी चिन्ता, ती विदेशीलाई बेचिने क्रम जारी छ । आजभोलि यी ठ्या सफू किन्नमा चिनियाँहरू अगाडि छन्, उनीहरू अचेल धनी छन् र ठ्या सफूका लागि राम्रै मूल्य तिर्न पनि तयार हुन्छन् । यो लाखौं रुपैयाँमा बिक्री हुने गर्छ ।
पछिल्लो पटकको भूकम्पपछि अझ धेरैलाई आफ्नो घरमा रहेको ठ्या सफूलाई पटक्कै उचित ध्यान दिन सकिरहेका छैनन् । भूकम्पकै कारण कति हराए, कति सधैंका लागि बिग्रिए पनि । यसले ठ्या सफूलाई ‘डिजिटलाइज’ गर्न किनै परिश्रम गरिरहेका थापालाई अझ चिन्तित बनाएको छ । त्यसो त हाम्रै राष्ट्रिय अभिलेखालय, केशर लाइब्रेरी, आशा सफूकुथिमा ठ्या सफूको संग्रह नभएको होइन, त्यहाँ पनि ठ्या सफूको ‘डिजिटलाइज’ नभएका होइनन् । तर व्यक्तिगत र व्यवस्थित रूपमा यो काम गरिरहेका एक्ला व्यक्ति हुन्, थापा । उनले यो काम ब्रिटिस लाइब्ररीले तोकेको खास ‘स्टान्डर्ड’ अनुसार गरिरहेका छन् । अहिलेसम्म उनले हजारभन्दा माथिको संख्यामा ठ्या सफूको ‘डिजिटलाइज’ गर्ने काम गरिसके । उनी यति बेला अनुभव गरिरहेका छन्, यो काम अझ तीव्र गतिले गर्नु छ, किनभने ठ्या सफू धेरै कारणले हराउने र बिग्रिने सम्भावना अहिलेकै समयमा छ । सुरुमा उनले यो काम सुरु गर्दा धेरैले ‘यो बाहुन/क्षत्रीको छोरोले यस्तो काम किन गर्नुपर्यो ?’ पनि भन्थे । तर अहिले उनलाई विश्वास गर्नेहरू बढेका छन् । यिनले पनि बौद्ध धर्मको उत्तिकै अध्ययन गरेको सुन्दा खुसी हुन्छन् ।
ठ्या सफू बौद्ध धर्मका ग्रन्थका रूपमा मात्र सीमित छैनन् । यी वंशावली पनि हुन सक्छन् । केही ठ्या सफू हिन्दु धर्मका पनि छन् । यसमा संस्कृत भाषाको पनि प्रयोग भएको छ, अनि नेपाल भाषाको पनि । यस्तै यसमा रञ्जना, प्रचलित, भुजिंमोलजस्ता लिपि पनि प्रयोग गरिएका छन् । थापा मान्छन्, यी सबै नेपालका अमूल्य सम्पत्ति हुन् । यसमा हाम्रो ज्ञान, धर्म, इतिहास र संस्कृति सबै लुकेको छ ।
नेपाल यी ठ्या सफूमा समृद्ध भनेर बाँकी विश्वले थापा पाएको पनि धेरै भएको छैन, राणाकालमा तिनै ब्रायन हडसन बेलायती प्रतिनिधिका रूपमा नेपाल आएपछि त हो । त्यति बेला उनले पनि यी ठ्या सफूको खुबै अध्ययन गरे र त्यस काममा उनलाई सहयोग गर्ने थिए, पाटनका प्रसिद्ध बौद्ध पण्डित अमृतानन्दले । त्यति बेला भारतबाट हराइसकेको बौद्ध धर्मको एक खास स्वरूप नेपालमा जीवित र जीवन्त छ भनेर कसैलाई थाहा थिएन । हडसनले काठमाडौं उपत्यकामा रहेको संस्कृत बौद्ध धर्मबारे बाँकी विश्वलाई बताए ।
यिनै ठ्या सफूको ‘डिजिटलाज’ गर्न थापालाई सधैंका लागि दिनुपर्छ भन्ने होइन । उनी आफूले पाएका ठ्या सफूको ‘डिजिटलाइज’ गर्छन् र फिर्ता दिन्छन् । होइन, उनीमाथि विश्वास छैन भने आफ्नै घरमा बोलाएर आफ्नै अगाडि तस्बिर खिच्न दिए पनि हुन्छ । थापा घरघरमै आउन पनि तयार छन् । उनको सबैभन्दा ठूलो डर हो, यी ठ्या सफू विदेशीलाई बेचिने क्रमलाई लिएर हो । उचित व्यवस्थापन नभएर पनि ठ्या सफू सधैंका लागि हराउने डर छ उनलाई । थापा केही वर्षसम्म यो काम गरेर आफूले ‘डिजिटलाइज’ गरेका सबै ठ्या सफू राष्ट्रिय संग्रहालय र लोटस रिसर्चस् सेन्टरलाई दिने योजनामा छन् । उनलाई विश्वास छ, यसले ठ्या सफू अध्ययन अध्यायपन गर्न चाहने सबैका लागि सजिलो हुनेछ । किनभने यसमा अहिलेसम्म पनि अध्ययन अध्यापन हुन सक्ने ठाउँ धेरै नै बाँकी छ । उनी भन्छन्, ‘अहिले पनि यी ठ्या सफूको संरक्षण नगर्ने हो भने कहिले गर्ने त ?’ त्यसैले उनी प्रश्न गर्छन्, ‘तपाईंको घरमा पनि ठ्या सफू छ कि ?’
प्रकाशित: कार्तिक २७, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2016-11-12/20161112090028.html

Subscribe to:
Posts (Atom)