Friday, December 11, 2015

तेल मालिस

तेल मालिस - श्रुति श्रेष्ठ, काठमाडौं



श्रावण २७, २०७२- नौ महिनासम्म गर्भमा रहेर जन्मेको शिशु बाहिरी वातावरणसाग घुलमिल हुन सकोस भनेर तेल मालिस गर्ने चलन छ । यसका लागि संस्कृति अनुसार विभिन्न तेल प्रयोग गरिन्छ । नेपालमा प्राय: भुटेको तोरीको तेल प्रचलनमा छ । शिसु जन्मेदेखि एकदुई महिनासम्म प्राय: सबै समुदायमा तेल मालिस गर्ने चलन छ ।  नेवार समुदायमा यसलाई विशेष महत्व दिइन्छ । घरका हजुरआमा वा परिपक्व महिलाले बच्चालाई तेल लगाउने गर्छन् । यही कामका लागि पैसा तिरेर वाह्य व्यक्ति राख्ने समेत गरिन्छ । नवजात शिसुलाई मात्र होइन जन्म दिने आमालाई पनि कम्तिमा एक महिनासम्म विहान र बेलुका तेल मालिस गरिन्छ । मालिसले शिसुको शारिरीक तन्दुरुस्ती मात्र होईन वाह्य सुन्दरता बढाउन पनि मद्दत गर्छ । यसक्रममा विशेष गरी टाउकोलाई गोलो बनाउने, नाक र हातखुट्टाका औलाहरू मिलाउने गरिन्छ । शिशुलाई तेल लगाउदा चिसो लाग्ने र अन्य घाउ, खटिरा आउने सम्भावना पनि कम हुन्छ । घाममा वा आगोको नजिक राखेर मालिस गर्ने चलन बढी छ । मालिस खुट्टाबाट शुरु गरेर हात, ढाड, छाती गरी वाह्य अंगहरुमा गरिन्छ । यसले छाला राम्रो र हातखुट्टा बलियो हुने, भोक जगाउन, निद्रा लगाउन मद्दत गर्छ ।    प्रकाशित: श्रावण २७, २०७२ 

http://kantipur.ekantipur.com/printedition/news/2015-08-12/20150812150646.html

No comments: