Showing posts with label Satya Mohan Joshi. Show all posts
Showing posts with label Satya Mohan Joshi. Show all posts

Sunday, March 31, 2024

कर्मसित के लाग्ने रैछ र...

 दीपक श्रेष्ठ

५ कात्तिक २०७९, शनिबार


विक्रम संवत् २००१ मा ‘औद्योगिक व्यापारिक समाचार अड्डा’ खडा गरियो । तत्कालीन पूर्व १ नम्बर भनिने काभ्रे र सिन्धुको सामाजिक, आर्थिक र भौगोलिक अध्ययनको सुझावलाई कार्यान्वयनमा लैजान यो अड्डा खडा गरिएको थियो । यसको काम ‘औद्योगिक सर्भे’ थियो । औद्योगिक अड्डाका लागि पाँच जना अधिकृत माग गरियो । अड्डामा सत्यमोहन जोशी पहिलो पटक सरकारी जागिरे हुनुभयो । 

सरकारी जागिरे भएपछि ‘औद्योगिक सर्भे’कै लागि झिटीगुन्टासहित केही सहयोगी लिएर सत्यमोहन तनहुँ, लमजुङका गाउँबस्तीतिर पुग्नुभयो । समय थियो, २००१ सालको मध्य जाडो ।

काठमाडौँ छाड्ने बेलामा सत्यमोहनलाई हाकिम भीमबहादुर पाँडेले सुझाव दिएका थिए, “औलतिरको काम जाडोयाममै सक्नू ।” त्यो समय तराईलगायत पहाडका बेँसी भेगमा समेत औलोको चर्को प्रभाव थियो । नभन्दै तनहुँको दक्षिणी भेगतिर काममा खटिएका सत्यमोहनलाई एकाएक औलोले भेट्यो । घिरिङरिसिङतिर उक्लिएपछि दिन बिराएर ज्वरो आउँदा सत्यमोहन थलिनुभयो । “अब यतिकै मर्छु कि क्या हो” भन्ने भयले उहाँ त्रसित बन्न थाल्नुभयो । काठमाडौँको चार भञ्ज्याङ कटेर बाहिर नपुगेका सत्यमोहन अनकन्टार पहाडी बस्तीको गाउँमा एक्ला बिरामी । न औषधिमूलो, न आफन्त साथी । घर, परिवार, सानी छोरी सबैको सम्झनाले सत्यमोहन आत्तिनुभयो । “हे दैव ! के कुसाइतमा जागिर खान पुगेछु,” सत्यमोहनका मनमा यस्तै भावनाले धिक्कारिरहेका थिए । बर्रर्र आँसु खसाल्दै रिसिङघिरिङतिरका एक ब्राह्मणको घरको पेटीपालीमा सत्यमोहन काल पर्खदै हुनुहुन्थ्यो ।  

ग्रामीण बस्तीभित्रको गरिबी, अभाव, असुविधा, विश्वयुद्धले नेपाली बस्तीलाई युवाविहीन बनाएको अवस्थाले युवा सत्यमोहन नैराश्यताको अवस्थामा समेत पुग्नुभयो । त्यो बेला तनहुँतिरकी महिलाले गाएको एउटा लोकगीतले सत्यमोहनको मनमा दर्शनको दियो सल्काइदियो । 

औद्योगिक सर्भेमै कास्कीतिर खटिएका साथी धनबहादुर अधिकारीको सम्झना आयो, उहाँलाई । अन्तिम उपायका रूपमा केही उपचारको आशासहित आफूलाई औलले समातेको व्यहोरा राखी धनबहादुरलाई पत्र लेख्नुुभएछ । नभन्दै धनबहादुरले रातसाँझ गरेर सिपाहीसहित सहयोगी पठाइदिनुभएछ । उहाँहरूले नै बिरामी सत्यमोहनलाई बोकेर तनहुँकै मानहुँ पु¥याउनुभयो । माथि डाँडामा मगरको बस्ती । अलि तल बाहुनगाउँ । त्यही बाहुन गाउँमा सत्यमोहनको बसाइ भयो । औषधि उपचार र फरक हावापानीले उहाँको स्वास्थ्यमा केही सुधार हुँदै गयो । काठमाडौँबाट आएका ‘डोर’ (काममा खटाइएका सरकारी टोली) लाई गाउँलेले मनोरञ्जन गराउने योजना बनाएछन्, एकदिन । मानहुँतिरबाट झरेका तरुनातरुनीले रातभर नाचगान गरेर छर्लङ्ग रात कटाएछन् । त्यो अनकन्टार गाउँमा केटा र केटी सरावर भएर नाचेको गाएको देखेर सत्यमोहन आश्चर्यचकित बन्नुभएछ । त्यति मात्र होइन गीतका शब्द, भाव, सन्देश र मर्मले ग्रामीण जनजीवन, संस्कृति, मान्यताप्रति सत्यमोहनको सोचलाई नै उद्वेलित बनाइदियो । 

नकराउ वनको न्याउली

तिमीभन्दा म छु नि वैरागी

तनहुँ, लमजुङको घुमघामले सत्यमोहनको जीवनको बाटो अर्कैतिर मोडियो । त्यहाँ टिपनटापन गरेका लोक भाका र शब्दलाई समेटेर ऋद्धिबहादुर मल्लले प्रकाशन गरिरहनुभएको 

‘शारदा’ साहित्यिक पत्रिकामा लेख छपाउनुभएका सत्यमोहनको रुचि लोकभाका, लोकजीवन, लोकसंस्कृतितिर लहसियो । जीवन नै यसकै वकालत, वर्णन र संवद्र्धनमा समर्पित गर्नुभयो । 

बदलिएको बाटो

काठमाडौँको चार भञ्ज्याङ नकटेका सत्यमोहनको तनहुँ, लमजुङ यात्रा जीवन दर्शनकै नयाँ यात्रा बनिदियो । राणाकालका जागिरे सत्यमोहन खोज, अध्ययन र अनुसन्धानको बाटोतिर रमाउनुभयो । 

सत्यमोहनको शताब्दी यात्रा हेर्दा लाग्छ, उहाँका जीवनमा यस्ता धेरै संयोग नै संयोग छन् जसले उहाँलाई कला, संस्कृति, सम्पदा, इतिहासको खोज, अध्ययन र अनुसन्धानतिर धकेलिदियो । दरबार हाईस्कुलबाट १९९७ मा प्रवेशिका र त्रिचन्द्र कलेजबाट १९९९ मा आइए उत्तीर्ण सत्यमोहनले स्वअध्ययनबाटै नेपाली कला, साहित्य, संस्कृति, सम्पदा र इतिहासका क्षेत्रमा धेरै खोज र प्रकाशन गर्नुभएको छ । ग्रामीण बस्तीभित्रको गरिबी, अभाव, असुविधा, विश्वयुद्धले नेपाली बस्तीलाई युवाविहीन बनाएको अवस्थाले युवा सत्यमोहन नैराश्यताको अवस्थामा समेत पुग्नुभयो । त्यो बेला तनहुँतिरकी महिलाले गाएको एउटा लोकगीतले सत्यमोहनको मनमा दर्शनको दियो सल्काइदियो ।

के खायो, के लायो होला ?

वनको जुरेली चरीले 

जुरेली चरीको गीत ग्रामीण महिलाको गलाबाट सुनेपछि सत्यमोहन झल्याँस्स हुनुभयो । अङ्ग्रेजी साहित्यका शेली र किट्स त्यहीँ भेट्नुभयो । शेलीको ‘टु अ स्काईलार्क’ र किट्सको ‘ओड टु नाइटिङगेल’ का पात्र त्यहीँ साक्षात्कार गर्नुभयो ।

त्यसमा दर्शन भेट्नुभयो । सदा चिन्तामुक्त जुरेली । सधैँ सुखमय जुरेली । न भोकको चिन्ता न भविष्यको । न सङ्ग्रहको लोभ न अभावप्रति दुःख । जे पायो त्यसैमा गुजारा । जुरेलीजस्तै निस्फिक्री बाँच्ने दर्शनबाट उहाँ जीवनभर प्रभावित हुनुभयो । त्यसैलाई अनुसरण गर्नुभयो । लवाइ, खवाइ र हिँडाइमा त्यही जुरेलीको दर्शन समात्नुभयो । त्यसैले उहाँले चराचुरुङ्गीलाई आफ्नो गुरु मान्नुभएको थियो ।

तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बागलुङतिरको घुमघाम, लोकसंस्कृतिको अध्ययनमा गाउँ, समाज, लोकसंस्कृति, लोकजीवन, लोकसाहित्य चिन्नुभयो । त्यो समय ब्रिटिसले नेपाली युवा भर्ती गरी विश्वका विभिन्न देशका युद्धमा खटाइरहेको थियो । गाउँगाउँमा गल्लावालले नेपाली युवाको छाती नाप्दै थिए । पाखुरा छाम्दै थिए । गाउँ युवाविहीन बनाइँदै थिए । जुन बेला गाउँघरका भाका सत्यमोहनका कानमा यसरी बजारिएको थियो,

गाई पाल्यो रेलीमाई वनको बाघलाई

छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई

अहो ! लोकगीतमा जीवन रहेछ । जगत्का सच्चाइ पाइने रहेछ । गीतभाकामा इतिहास भेटिने रहेछ । समाजको विम्ब देखिने रहेछ । सत्यमोहन उद्वेलित बन्नुभयो । जसलाई डायरीका पन्नामा लिपिबद्ध गर्दै जानुभयो । अब त उहाँ लोकजीवन, लोकसाहित्य, लोकभाका, लोकसंस्कृतिको रसमा यति डुब्नुभयो कि, टाढाटाढा गाउँका गीताङ्गे जम्मा पारेर रातरातभर गाउन लगाउँदै त्यसलाई डायरीमा उतार्न थाल्नुभयो । समाजका घटना, दृश्यलाई कथा, कवितामा उतार्दै जानुभयो । शब्द, लय र भाकालाई रेकर्ड गराउनतिर लाग्नुयभो । शारदा पत्रिकामा छाप्दै पनि जानुभयो । गोपालप्रसाद रिमालले लोकगीतको पृष्ठभूमि र इतिहास पनि खोज्ने सुझाव दिनुभयो । त्यसैअनुसार सत्यमोहनले सङ्कलित लोकगीतलाई समग्रमा लेख्नुभयो । अनि पुस्तक नै तयार पार्नुभयो, हाम्रो लोकसंस्कृति । जसले २०१३ सालको मदन पुरस्कार नै प्राप्त गर्न सफल भयो । नेपालको इतिहासमै उहाँले तीन पटक मदन पुरस्कार पाउनुभयो ।  उहाँले नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णाली लोकसंस्कृति (इतिहास, भाग एक, २०२८) मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नरोउ न वनको न्याउली

तिम्रोभन्दा मन मेरो वैरागी

चरासँग उहाँको साक्षात्कार सानैदेखिकै हो । त्यो बेला काठमाडौँ सहरमा भँगेराको बस्ती निकै बाक्लो थियो । बथानका बथान भँगेरा घरकै खड्प्वाल, खोपा, धुरीमा बास बस्थे । १९९७ सालतिरै सत्यमोहनको कवि हृदयले भँगेराको चिरिबिरी सुनेर मातृभाषामा लेख्नुभएको थियो, चखुँचा हाःगु म्ये अर्थात् भँगेराले गाएको गीत लेख्नुभएको थियो । यसबीचको करिब आठ दशक नेपाली लोकसाहित्य, संस्कृति, इतिहासको खोज, अध्ययन र लेखनमा उहाँले खुबै सक्रियता देखाउनुभयो । १९९८ सालमा गोरखापत्रमा ‘परिचय’ कविता र ‘कर्तव्य’ निबन्ध छापिएपछि उहाँको लेखकीय व्यक्तित्व सार्वजनिक भएको पाइन्छ । उहाँले बालसाहित्य, कथा, कविता, निबन्ध, जीवनी, महाकाव्य, एकाङ्की, पूर्णाङ्की नाटक, मूर्तिकला, चित्रकला, पुरातìव, मुद्रा, कलाप्रविधि, लोकसंस्कृति, लोकसाहित्य, लोकभाका, भाषा शब्दकोश, व्याकरण, लिपि, वर्णमालाजस्ता लेखनको विशाल क्षेत्रमा कलम चलाउनुभयो । उहाँका नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजीमा एउटा गरी करिब ८० पुस्तक प्रकाशनमा छन् । दुई सयभन्दा बढी फुटकर लेख र रचना विभिन्न पत्रपत्रिका, स्मारिकामा प्रकाशित छन् । 

रक्षा मण्डलको नेता

पाटनको भित्री सहर बखुंबहालमा १९७७ वैशाख ३० गते जन्मिएका जोशीले मुलुकका महìवपूर्ण राजनीतिक घटना, परिवर्तन र सामाजिक फेरबदल देख्नुभयो, भोग्नुभयो । राणा शासनको आखिरी तीन दशक, प्रजातन्त्रको एक दशक (२००७–२०१७), दलविहीन पञ्चायती व्यवस्थाको तीन दशक, प्रजातन्त्र पुनस्र्थापनाका करिब दुई दशक, गणतन्त्रको डेढ दशकका घटना क्रममा साक्षी बन्नुभएका जोशीले चार राजाको कार्यकालसमेत अनुभूत गर्नुभयो । 

अरनिकोको विषयमा खासै खोज गर्ने अवसर नपाउनुभएका जोशीले २०३७ सालमा पेकिङको नेपाली भाषा रेडियो ब्रोडकास्टिङ प्रशिक्षक भएर जाँदा अरनिकोका बारेमा थप अध्ययन गर्नुभयो । अरनिको सम्बन्धी चीनमा सत्यमोहनले गरेको खोज र अनुसन्धानकै आधारमा सरकारले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । 

राजा त्रिभुवनको सङ्गत, महेन्द्रसँग सहकार्य, वीरेन्द्रको सद्भाव र ज्ञानेन्द्रको शासन भोगेका जोशी ज्ञानेन्द्र शासनको विरुद्धमा सडकमै उत्रनुभयो । यद्यपि, राजनीतिक विचारप्रति कट्टर समर्थनका रूपमा उहाँ कहिल्यै देखिनुभएन । सबै राज्यव्यवस्थामा उहाँले उत्तिकै मान, सम्मान, सहयोग र सद्भाव प्राप्त गर्नुभयो । कला, संस्कृति, सभ्यता, इतिहासको खोजमा सधैँ आफूलाई केन्द्रित गरी राष्ट्रको सेवा गर्नुभयो ।

२००७ सालको क्रान्तिपछि जोशी सामाजिक नेताकै रूपमा स्थापित हुनुभयो । २००७ सालको सशस्त्र क्रान्तिबाट फालिएका राणा गुमेको शक्ति फर्काउन राजधानी काठमाडौँलगायत देशका विभिन्न भागमा उपद्रो मच्चाइरहेका थिए । भरत शमशेरको गोरखा दलले नाङ्गा खुकुरी घुमाउँदै समाजलाई आतङ्कित पारिरहेका थिए । त्यो बेला यिनीहरूलाई आममानिसले खुकुरी दल पनि भन्थे । त्यसको आतङ्कबाट जनतालाई सुरक्षा अनुभूति दिलाउन जोशीको नेतृत्वमा ललितपुर रक्षामण्डल (केन्द्र) गठन गरिएको थियो । यो संस्थाले २००८ सालमा पाटनमा आदर्श चित्रकला प्रदर्शनी आयोजनासमेत गरेको वरिष्ठ कलाकार मदन चित्रकार स्मरण गर्नुहुन्छ ।  

अरनिकोको खोज

२०१३ साल (कात्तिक ३०–मङ्सिर ५) मा काठमाडौँमा धर्मोदय सभाको आयोजनामा चतुर्थ विश्व बौद्ध सम्मेलन भएको थियो । त्यो सम्मेलनमा चीनबाट समेत बौद्ध प्रतिनिधिको सहभागिता रहेको थियो । धर्मोदय सभाको कार्यकारिणी समितिमा सत्यमोहनसमेत हुनुहुन्थ्यो । २०१६ सालमा धर्मोदय सभाका अध्यक्ष भिक्षु अमृतानन्दको नेतृत्वमा छ सदस्यीय प्रतिनिधि मण्डल चीन गएको थियो, जसमा सत्यमोहन पनि सहभागी हुनुहुन्थ्यो । पेकिङमा बस्दा उहाँले अरनिकोले बनाएको स्वेत चैत्य र बौद्ध महाविहारको अवलोकन गर्नुभएको थियो । नेपाल फर्केपछि ‘पुरातìव एक रोचक कथा’ पुस्तकमा ‘नेपाली कलाकार अरनिको र उनका कलाकृति’ शीर्षक लेख छपाउनुभयो । 

चीन सरकारबाट नेपाली भाषा शिक्षकको माग हुँदा २०२२ सालमा पुनः चीन पुग्नुभएका सत्यमोहन चार वर्ष पेकिङमा रहनुभयो । त्यो समय चीनमा सांस्कृतिक क्रान्तिको धरपकडले स्वेत चैत्यको मूल ढोका नै बन्द गरिएकाले अध्ययनको लालसा पूरा हुन सकेन । यद्यपि, त्यो समय अरनिकोको विषयमा खासै खोज गर्ने अवसर नपाएका जोशीले २०३७ सालमा पेकिङको नेपाली भाषा रेडियो ब्रोडकास्टिङ प्रशिक्षक भएर जाँदा अरनिकोका बारेमा थप अध्ययन गर्नुभयो । अरनिको सम्बन्धी चीनमा सत्यमोहनले गरेको खोज र अनुसन्धानकै आधारमा सरकारले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । अरनिको सम्बन्धी खोजकै आधारमा ‘अरनिको स्वेत चैत्य’ महाकाव्य नै जोशीले लेख्नुभयो । त्यति मात्र होइन अरनिको सम्बन्धी सम्पूर्ण खोज, दस्तावेज, तस्बिर सङ्कलित ‘कलाकार अरनिको’ कृति २०४४ सालमा प्रकाशन गरियो । नेपाली लोकोक्तिमा सीमित कलाकार अरनिकोको चीन यात्रा, त्यहाँ उनले बनाएका कलाकृतिलाई नेपालीबीच प्रस्तुत गर्ने महान् सत्कार्य सत्यमोहनले सम्पन्न गर्नुभयो । 

महत्वपूर्ण घटनाका साक्षी

उहाँ, नेपालका प्रमुख घटनाको साक्षी हुनुहुन्थ्यो । यसलाई उहाँले कुनै न कुनै रूपमा अभिव्यक्त गर्नु नै भएको छ । राणाकालीन काण्ड, १९९० सालको भुइँचालो, २००७ सालको क्रान्ति, २०१७ सालको काण्ड, २०४६ सालको परिवर्तन । अर्थात् राणा शासनदेखि गणतन्त्रसम्मका परिवर्तनका कमै साक्षीमध्ये उहाँ एक हुनुहुन्थ्यो, जसलाई विभिन्न माध्यममार्फत नेपाली समाजलाई छाड्नुभएको छ । लेख, अन्तर्वार्ता, गोष्ठी, छलफल, पुस्तकमार्फत इतिहासका ती घटनालाई उहाँले लिपिबद्ध गर्नुभएको पाइन्छ । नेपाली जनजीवन, संस्कृति, सम्पदाको मात्र होइन औलो, प्लेग, बिफरजस्ता महामारीका भुक्तभोगीसमेत उहाँ हुनुहुन्थ्यो । तिनै महामारीबाट बचेर नेपाली समाजको लोकसंस्कृतिको खोजभित्र पसेका सत्यमोहनलाई कोरोना महामारीले समेत नराम्ररी थलायो । त्यसबाट बचेर लोकसाहित्यकै चिन्तनमा रहँदा डेङ्गुको महामारीले १०३ वर्षको उमेरमा २०७९ असोज ३० गते उहाँ ब्रह्मलीन हुनुभयो ।

राष्ट्रिय इतिहासको चिन्ता

राष्ट्रिय अभिलेखालयको एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रिय इतिहास लेखिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, “हामीसँग शाह वंशका इतिहास छन् । लिच्छवि र मल्लकालका इतिहास छन् । तर, नेपाल एकीकरणपूर्वका थुमे, टाकुरे, ससाना राज्यका इतिहास खोज्न सकिएको छैन । आजको सिङ्गो नेपाल निर्माणमा तिनका पनि आफ्नै इतिहास छन् । तिनलाई जोडेर सिङ्गो नेपाललाई जोड्ने राष्ट्रिय इतिहास लेखिनुपर्छ ।” 

त्यो समयका मकवानपुर, चौदण्डी, विजयपुर राज्य होस् या तनहुँ, ढोर, पाल्पा, पर्वत, लमजुङलगायत चौबिसे र पश्चिमका बाइसे राज्य हुन् भूमिको रक्षामा लडेकै थिए । जसले आफ्नो भूमि बचाए, विस्तार गरे र आज नेपालका रूपमा रहेका छन् । तिनका योगदान नेपाल निर्माणमा थिएन र ? यसरीसमेत नेपालको इतिहासको खोजी र अध्ययन गरिनुपर्ने मत सत्यमोहनको थियो । 

सत्यमोहनको चिना

शताब्दी पुरुष सत्यमोहन जोशीको मृत शरीर मेडिकल अध्ययनका लागि सुरक्षित गरिएको छ । यद्यपि, परिवारले शङ्खमूलको घाटमा कुशको प्रतिमा र चिनोको अन्त्येष्टि गरेका थिए । पारिवारिक स्रोतका अनुसार, सत्यमोहन जोशीको वास्तविक चिना नै जलाइएको थियो । जुन ज्योतिष शास्त्रीय अध्ययनका लागि निकै महìवपूर्ण सामग्रीका रूपमा रहने थियो । शरीर दान गर्नु हिन्दु संस्कृति र परम्पराविरुद्ध थियो । साहित्यकार श्रीओम श्रेष्ठ रोदनका अनुसार शरीर दान परम्पराप्रति एकखालको विद्रोह थियो । जिन्दगीभर जातजातिको संस्कार, संस्कृतिका विषयमा बहस, छलफलमा भाग लिनुभयो । नेपालीलाई बुझाउनुभयो । अन्तिममा आफ्नै शरीर दान गर्नुभयो । यो परम्पराप्रति भयानक विद्रोह थियो । तथापि, सत्यमोहनको जन्मकुण्डली सार्वजनिकै भएकाले अध्ययनका लागि समस्या नहुने धारणा उहाँको छ ।  पाटनका रैथाने जोशीले संस्कार, चालचलन, संस्कृतिको खोज, अध्ययनमा जीवन व्यतीत गर्नुभयो । अन्त्यमा जीवनकै उत्कृष्ट दानका रूपमा शरीर दान गर्नुभयो । जोशीको इच्छामा परिवारका सदस्यले सहर्ष स्वीकृति दिए । नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गुरुङका अनुसार सत्यमोहनको १०३ वर्ष पुरानो चिनो सङ्ग्रहालयमा राख्न लायक, सङ्ग्रह गर्नैपर्ने वस्तु हो । ज्योतिषशास्त्र अध्ययन, अनुसन्धानका लागि पनि त्यो चिना निकै काम लाग्ने सामग्री थियो । 

निमित्त कुलपति डा.गुरुङ भन्नुहुन्छ, “जनताको नामबाट जीवित अवस्थामा उहाँको हुलाक टिकट छापियो । साधारण नागरिकको नामबाट मुद्रा प्रकाशन भयो । यस्तो योग सबैलाई प्राप्त हुन्न । त्यसैले उहाँमा कस्तो योग परेको रहेछ ? त्यो हेर्न पनि सत्यमोहनको चिना काम लाग्छ ।”

पार्थिव शरीर संरक्षण

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई रसायन र औषधिको सहयोगमा सुरक्षित राखिने भएको छ । चिकित्साशास्त्र विद्यार्थीलाई अध्ययन अनुसन्धानमा सहयोग मिल्ने गरी किस्ट मेडिकल कलेजमा जोशीको पार्थिव शरीर राखिएको छ । जोशी जीवित छँदै परिवारका सदस्यको अनुमतिमा शरीरदानको घोषणा र प्रक्रिया मिलाइएको थियो ।किस्ट मेडिकल कजेलका निर्देशक प्राध्यापक डा. सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले रसायन र औषधि प्रयोग गरी सुरक्षित रूपमा बेसिक साइन्स ल्याबमा ‘प्रिजर्भ’ गरिनेछ । ‘प्रिजर्भ कन्डिसन’ मा कति समय सुरक्षित रहन्छ, त्यो अहिले भन्न नसकिने प्रा.डा.बज्राचार्यले बताउनुभयो । चिकित्सा अध्ययनरत विद्यार्थीको अध्ययन र अनुसन्धान कार्यमा प्रयोग गरी अन्तिममा कङ्काल मात्रै भए पनि सुरक्षित गर्न सकिनेछ । यद्यपि, जोशीको शरीरलाई सर्वसाधारणले अवलोकन गर्न पाउने छैनन् । चिकित्सा क्षेत्रका अनुसन्धानकर्ताले समेत अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न सक्ने बताइएको छ ।

लोकसाहित्यमा रूपान्तरण

जीवनको खोजमा जे प्राप्त गर्नुभयो, ती सबै राष्ट्रकै लागि सुम्पेर जोशी ब्रह्मलीन हुनुभयो । खासमा आज उहाँ लोकसाहित्य र लोकसंस्कृतिको पर्यायका रूपमा रूपान्तरण हुनुभएको छ । सत्यमोहनलाई अब लोकसाहित्यमा खोज्न सकिन्छ । लोकसंस्कृतिमा बुझ्न सकिन्छ । लोकसाहित्यको इतिहासमा चिन्न सकिन्छ । 

जीवनमा प्राप्त गरेका मान, सम्मान, पद्वी, विभूषण । सङ्कलन गरेका मुद्रा, कला र ऐतिहासिक दस्तावेज । नेपाल भाषाका करिब ५० कृति, नेपाली भाषाका करिब ३० कृतिसहित सङ्कलन गरेका हजारौँ पुस्तक खोज र अध्ययनकर्तालाई सत्यमोहनले आफू जीवित हुँदै सुम्पनुभएको छ । ती सबै सामग्री सत्यमोहनको जन्मघरकै आडमा रहेको लोकसाहित्य परिषद्मा सङ्ग्रहित छन् । जुन, शताब्दी पुरुषको अन्तिम चाहना पनि थियो । उहाँले आफ्नै जग्गा दिएर ललितपुर महानगरपालिकाको सहयोगमा खडा भएको परिषद्को भवनमा जीवनका आखिरी दिन रमाउनु पनि भयो । उहाँकै अवधारणामा २०४१ सालमा स्थापित लोकसाहित्य परिषद् नै अबका दिनमा सत्यमोहनको पुनर्जन्मका रूपमा लिन सकिन्छ । जहाँ पुगेपछि सत्यमोहन चिन्न, जान्न र बुझ्न पर्याप्त हुनेछ । 

अन्त्यमा,

चरालाई आधार बनाएर मानवको जीवन दर्शनलाई जोशीले लेख्नुभएको छ, 

चरीले हुर्कायो बचरा

कर्मसित के लाग्ने रैछ र ?

(जोशी, २०१४ : १२१)  

https://gorkhapatraonline.com/news/42296

सत्यमार्गी सत्यमोहन

 १३ साउन २०८०, शनिबार


नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा सत्यमोहन जोशी एक अदभुत प्रतिभा हुनुहुन्छ । उहाँको व्यक्तित्वको रसायनिकी अत्यन्तै अनौठो गरी निर्मित भएको पाइन्छ । एकातिरबाट हेर्दा उहाँको कद निकै उँचो देखिन्छ भने अर्कातिरबाट हेर्दा फराकिलो । उहाँको साधनाको धरातल भने निकै गहिरो देखिन्छ । सत्यमोहन जोशी लेखक, अनुसन्धाता र प्रशासक हुनुहुन्छ । उहाँ बहुमुखी प्रतिभा हुनुहुन्छ । उहाँले नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ ।

जोशी जसरी नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान र जागरणमा लागिरहनु भयो, त्यसै गरी उहाँका बारेमा पनि विभिन्न ग्रन्थ निस्कने व्रmम जारी छ । विसं १९७७ को वैशाख ३० गते यस धर्तीमा आँखा खोल्नुभएका उहाँले विसं २०७९ असोज ३० गते आइतबार सदाका लागि आँखा चिम्लिनु भयो । उहाँको योगदानको कदर गर्दै जीवनकालमा मनग्य मानसम्मान र खातिरदारी नगरिएको होइन । उहाँको निधनपछि पनि उहाँका बारेमा लेखिने व्रmम बढ्दो छ । यसैको शृङ्खलामा लेखक, पत्रकार गोपीकृष्ण ढुङ्गानाले एउटा गतिलो ग्रन्थ सङ्कलित गर्नुभएको छ । ग्रन्थका नाम हो, ‘शब्दविम्बमा सत्यमोहन’ ।

सत्यमोहन आफ्नो जीवनकालमा कोही नपुगेको ठाउँमा पुग्नुभयो अनि कसैले गर्न नसकेको काम पनि गर्नुभयो । न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीका रूपमा इतिहासले उहाँलाई सम्झिने छ भने नेपालभित्रका विविध भाषा–संस्कृतिका अभ्यर्थकका रूपमा वाङ्मयले सम्झिने छ । कहिले कविताका अनुवादक भएर अनि कहिले नेपाली लोकलयका प्रवर्धक भएर उहाँले आफ्नो प्रतिभाको विराट स्वरूपको नमुना प्रस्तुत गर्नुभएको छ ।

शब्दविम्बमा सत्यमोहन किताबलाई विभिन्न खण्डमा विभक्त गरिएको छ । लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्क, समाचार, कविता र तस्बिर गरी सात खण्डमा सत्यमोहनप्रति समर्पित शब्दपुष्प उनिएका छन् । भैरव रिसाल, जगमान गुरुङ, गार्गी शर्मा, सीके लाल, गोविन्द टन्डन, रामभरोस कापडीलगायत गीता त्रिपाठी, श्रीओम श्रेष्ठ, रतन भण्डारी, अमृत भादगाउँले, जयदेव भट्टराईलगायत दर्जनौँ स्रष्टाले सत्यमोहनको योगदान र सत्कर्मको बखान गर्नुभएको छ । यति मात्र नभई धीरेन्द्र प्रेमर्षि, शीतल गिरी र माया ठकुरीका अनुभूतिहरू समेटिएका छन् । प्रत्येक खण्डमा अलग अलग विषय, सन्दर्भ र प्रस्तुति छन् । पुस्तकमा उनिएका विविध सामग्रीहरू केवल शब्दका गुजुल्टा मात्रै छैनन्, बरु सिर्जना, सम्झना र समर्पण भावका दसी पनि छन् ।

तिमी बाँच्यौ होसले एक शताब्दी

म बेहोसले बाँच्ने छु अनन्त शताब्दी 

सत्यमोहन !

सत्यमोहनका लागि सरुभक्तले बुनेका काव्यरूपी शब्दामृत हुन् यी । यस्ता अनेक स्मृतिका उदाहरण छन् किताबमा । सत्यमोहनले के गर्नुभएन ? ‘हाम्रो लोकसंस्कृति’ अनि ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यलाई उर्भर बनाउनु भयो । समालोचना, कविता, कथा, नाटक, खोज, संस्कृति, भाषा र निबन्धलगायत ४० भन्दा बढी पुस्तक लेख्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा गाईजात्रा महोत्सवलाई प्रभावकारी बनाउने काम मात्र गर्नुभएन कि नेपालभित्रका विभिन्न चौध भाषाको पर्यायवाची कोशको निर्माण गर्नुभयो ।

‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक कृति प्रकाशित गर्नुभयो । इतिहासको कालखण्डमा संसारकै सबैभन्दा सानो मुद्रा नेपालमा प्रचलनमा थियो भनी प्रमाणित गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गराउनु भयो । नेपालको सांस्कृतिक राजदूतसरह बनी विभिन्न मुलुकको भ्रमण गर्नुभयो । जहाँ पुग्दा पनि नेपाली टोपीको साथ छोड्नु भएन । यस पुस्तकमा उहाँका यस्तै कर्मको साक्षीका रूपमा विभिन्न स्रष्टाले आफ्नो अदबपूर्ण अभिमत अभिव्यक्त गरेका छन् ।सत्यमोहन जोशीलाई कतिपयले तीन/तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने भाग्यमानी स्रष्टाका रूपमा लिन्छन् । खासमा उहाँ भाग्यमानी होइनन्, कर्मशील हुनुहुन्छ । बुद्धले भन्नुभएको थियो, “तिम्रा हरेक दुःख र सुख तिम्रो आफ्नै कर्मको परिणाम हो ।” सत्यमोहनले पनि आफ्नै कर्मको बलमा आफ्नो ज्ञान र क्षमताको प्रकाशले नेपाली कला, साहित्य र संस्कृतिको आकाशलाई आलोकित पार्नुभयो । कस्तो हुन पुग्यो भने नेपालको कुनै इतिहास, संस्कृति र भाषाका बारेमा कोही अलमलमा प-यो भने त्यसलाई प्रामाणिक बनाउन सत्यमोहनले बोलेपछि सकियो । कसले भनेको भन्दा सत्यमोहनले भनेको । यस्तो हैसियत, यस्तो उचाइ र यस्तो विश्वास त्यत्तिकै आर्जन भएको होइन । उहाँले यसका लागि धेरै मेहनत र परिश्रम गर्नुभएको छ ।

यी सबै कुरालाई थप उजागर गर्न राष्ट्रकवि माधवप्रसाद घिमिरे, तेजेश्वरबाबु ग्वंगः, तुलसी दिवस, रामदयाल राकेश, खेम कोइराला बन्धु, डा.तीर्थबहादुर श्रेष्ठलगायत स्रष्टाका विचारले पुस्तक सुशोभित छ । पुस्तकको समग्र सम्पादन गरेपछि सम्पादक ढुङ्गानाले केही निचोड निकाल्नुभएको छ, निचोडभित्रको निचोड एक वाक्यमा लेख्नुभएको छ सम्पादकीय सम्प्रेषणको रूपमा– ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय ।’ ढुङ्गानाका सत्यमोहनबारेका धारणा यस्ता छन्, ‘सत्यमोहन अर्थात् शताब्दी लामो समयको प्रतिबिम्ब ।’ ‘जसरी बग्छ पानी त्यसरी नै बगे ‘सत्यमोहन’ पनि सार्वभौम बनेर ।’ ‘असत्यको पर्दामा गुम्सिएनन्, सत्यको सत्मार्गमै दौडिरहे ।’ ‘शालीनता भन्नु सत्यमोहन, सम्मोहनको अर्को नाम सत्यमोहन ।’ ‘संस्कृतिको पर्याय सत्यमोहन, साहित्यको संसारमा पनि सत्यमोहन ।’ ‘सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई सङ्घर्ष सिकाए ।’ ‘न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा ।’ आदि । उहाँको यो निष्कर्ष आमपाठक, लेखक र चिन्तकको पनि हो भन्दा दुईमत नहोला । 

भुँडीपुराण प्रकाशनले ४२६ पृष्ठमा छापेको यो पुस्तकमा मुलुकका गिनेचुनेका लेखक, साहित्यकार, पत्रकार र चिन्तकहरूका संस्मरण, धारणा र अनुभूतिहरू सङ्कलित छन् । सत्यमोहनको इहलीला २०७९ असोज ३० गते समाप्त भयो । कर्मशील मानिसहरू कहिल्यै मर्दैनन्, बरु अमर हुन्छन् । सरकारको सत्यमोहनलाई गरेको सम्मान हो, ‘वाङ्मय शताब्दी पुरुष’ अनि युनेस्कोले भन्यो, ‘जिउँदो मानव सम्पदा’ । महाविद्यावारिधिसमेत प्राप्त गर्नुभयो उहाँले । यी सबै पाउने महामानव कहलिनु भयो । नेपाली जनमानसले उहाँलाई सदा हृदयमा राख्ने छ ।

तेजेश्वरबाबु ग्वंग लेख्नुहुन्छ, ‘सत्यमोहन जोशी संस्कृतिविद्, साहित्यकार मात्रै हुनुहुन्नथ्यो । उहाँ महापुरुष हुनुहुन्थ्यो । उहाँ देशकै सम्पत्ति हो । राष्ट्रको धरोहर हो ।’ सत्यमोहनको प्रसंशा, स्तुति, चर्चा र वर्णनका लागि सायद शब्दहरू नै कम्ती लाग्न सक्छन् । यस्तो समयमा गोपीकृष्ण ढुङ्गानाको सम्पादकत्वमा प्रकाशित ‘शब्दविम्बमा सत्यमोहन’ किताबले गहन अर्थ पक्कै राख्छ, जसले सत्यमोहनको सत्यमार्गको चर्चा गरेको छ ।

https://gorkhapatraonline.com/news/72799

सत्यको खोज : देशको खोज

 समीक्षा

गोपीकृष्ण ढुंगाना

फागुन १९, २०८० शनिबार १०:४७:१४


सत्यमोहन जोशीले कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्‍याए, चिनाए ? आदि ‘सत्यको खोज’भित्र छन्।

‘नेपालमा थुप्रै इतिहास छन्। मल्लकालीन इतिहास छन्, शाहकालीन इतिहास छन्। तर, मुलुकको इतिहास छैन। मेची–महाकाली जोड्ने इतिहास छैन। नेपाली–नेपाली जोड्ने इतिहास छैन।’ नेपाल प्रज्ञा प्रतिष्ठानको २०२६ सालमा गठित नयाँ प्राज्ञ परिषद्को पहिलो बैठकमा सदस्य सूर्यविक्रम ज्ञवालीले नवनियुक्त कुलपति केदारमान व्यथितलाई भनेका वाक्य हुन् यी। २६ सालमा एकेडेमीको नयाँ विधान बनेको पाइन्छ। त्यसअघि राजा कुलपति हुने चलन थियो। पहिलोपटक जनताको छोरो कुलपति बनेको अवस्था थियो त्यो। कुलपति व्यथितले भन्नुभएछ, ‘प्राज्ञज्यूहरू ! म बिल्कुल नवीन छु। म काम गर्न खोज्दैछु। के गर्दा उपयुक्त हुन्छ ? सुझावको अपेक्षा गर्दछु।’ त्यसपछि ज्ञवालीले यस्तो सुझाव दिएको सन्दर्भ शताब्दी–पुरुष सत्यमोहन जोशीले ‘सत्यको खोज’मा साहित्य एवं सञ्चारकर्मी जितेन्द्र रसिकलाई बताएका रहेछन्।

त्यसपछि ज्ञवालीले निचोढ सुनाएछन्, ‘त्यसकारण तपाईंको नेतृत्वमा सर्वप्रथम राष्ट्रको पूर्ण इतिहास लेखियोस्।’ सत्यको खोजभित्र सर्वाधिक महत्त्वपूर्ण सन्दर्भ छ यो। राष्ट्रिय सबालमा सबैभन्दा घतलाग्दो यो विषय सम्भवतः २०२६ सालपछि अर्थात् ५५ वर्षपछि आज सबैभन्दा पुरानो आमसञ्चार माध्यम अर्थात् पुस्तकमा पुनः उठाइएको हुनुपर्छ। नेपाल र नेपाली कमजोर भएको पनि ज्ञवालीले उठाएका यिनै तीन मूलकुरा नहुनुले हो– ‘नेपाली–नेपाली जोड्ने, मेची–महाकाली जोड्ने इतिहास नभएर। मूलतः नेपालको खास इतिहास नभएरै हो।’ ‘मभन्दा माथि मेरो देश’ भन्ने नेपाल र नेपालीको चुरो–कुरो यो वाक्यांशलाई मूलमन्त्र बनाउन नसक्दा हामी नेपाली र हाम्रो देश नेपाल आजसम्म पछाडि परिरहेछ। देश विकास हुन सकिरहेको छैन।

अनि हामी नेपाली समृद्ध हुन सकिरहेका छैनौं। झन्डै तीन करोड नेपालीको सामूहिक हित यो ‘चुरो–कुरो’ उत्खनन गर्दिएकोमा यतिबेला सत्यमोहन जोशी र जितेन्द्र रसिक दुवैलाई अन्तरमनबाटै विशेष धन्यवाद दिन्छु। सत्यमोहन त्यस प्राज्ञ परिषद्मा सदस्य भएकाले प्रतिष्ठानका तत्कालीन गतिविधि (इतिहास) यसरी छताछुल्ल हुन सकेका हुन्।

लाग्छ, राजनीतिबाट यो काम सम्भव छैन। इतिहासकारले पनि यसलाई महत्त्व दिन चाहेनन् वा सकेनन्। त्यसैले लागिरहेछ, साहित्यकारबाट मात्र अब यो काम सम्भव छ। साहित्यकारले नै उठान गरेको यो विषय साहित्यकारले नै बैठान गर्नुपर्छ भन्ने सन्देश पनि यो पुस्तकले दिएको छ। पुस्तकमा सत्यमोहनले भन्नुभएको रहेछ– ‘परिवर्तित समयको प्रभावले कामको गतिलाई किचिदियो। ज्ञवालीको त्यो जोस, जाँगर र मेहनत अलपत्रै पर्‍यो। उनले सुरु गरेको इतिहास लेखनको कामलाई त्यसपछि कसैले कोट्याएनन्।’ हो, त्यसैले साहित्यकारहरूले यतिमात्र गर्न सक्यौं भने पनि ‘सत्यको खोज’ले सार्थक परिणाम पाउनेछ। सत्यमोहन जोशीप्रति पनि सच्चा श्रद्धाञ्जलि हुनेछ। लेखकले खर्चिएको दशकको मेहनतको पनि कदर हुनेछ। तीन करोड नेपालीलाई समेत गौरव हुनेछ अनि नेपालको शिर विश्वमा सदा उचो बन्नेछ, बनिरहनेछ।

त्यसो त सत्यको खोजभित्र यस्ता अनेक सन्दर्भ छन्। जब यो पुस्तक हात पर्‍यो, तब थाहा भयो– यस्ता अनेकौं राष्ट्रिय विषय, सन्दर्भ र घटनाहरू रहेछन् सत्यको खोजभित्र। सत्यमोहनले सय वर्ष पार गरेपछिको अन्तर्वार्तामा आधारित रहेछ यो पुस्तक। जुन पढेपछि मलाई छटपटी भयो। सत्यमोहनले निधनअघि नै मलाई आफूसँग भएका यस्ता गहन खुराक समेटेर पुस्तकमा उतार्नु भन्नुभएथ्यो। भन्दाभन्दै पनि मैले यो काम किन गरिनँ ? दस वर्षअघि अन्तर्वार्ताका क्रममा जोशीकै निवास बखुम्बहा पुग्दा भन्नुभएथ्यो, ‘मसँग भएका ज्ञानगुनका कुरा किताबमा उतार्न पाए हुने।’

जे होस्, कसै न कसैले यो काम गर्‍यो। इतिहासका छुटेका पानाहरू समेटिए पुस्तकमा। रसिकलाई यसकारण पुनः धन्यवाद। इतिहास लेखिनै पर्छ नत्र कसरी नयाँ पुस्ताले यति महत्त्वपूर्ण खुराक जान्न बुझ्न पाउँछन् र ? जोशीको निधनपछि त्यसबेला सबै अखबारमा धेरथोर सत्यमोहन लेखिए। धेरै सामग्री त अन्नपूर्ण पोस्ट्मै छापिए। पंक्तिकार फुर्सद र ओपेडको मूल जिम्मेवारीमा बस्नु र इतिहास बोकेका संस्कृतिविद् जोशीलाई नजिकबाट चिन्नुले पनि यसरी छापिएको हो। अनि लाग्यो, यी सबै लेख, आलेख, समाचार, सम्पादकीय समेटेर एउटा ग्रन्थ त तयार पार्नैपर्छ नत्र यी यसै हराएर जानेछन्, नदीमा बगेको पानीजस्तै कहीँकतै पुगेर हराउनेछन्। ती सामग्री समेट्न सकें भने १० वर्षअघि सत्यमोहनले गरेको मप्रतिको भरोसा पनि पूरा हुनेछ। विश्वासको गुन तिर्नेछु। यी सबै संयोगको परिणाम हो, म गोपीकृष्ण ढुंगानाको परिकल्पना, संयोजन र सम्पादनमा भुँडीपुराण प्रकाशनले छापेको ४२४ पृष्ठको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन।’ लाग्छ, सत्यको खोज र शब्दबिम्बमा सत्यमोहन परिपूरक बनेर सत्यमोहन र नेपाललाई प्रतिबिम्बित गरिरहनेछन्।

‘शब्दबिम्बमा सत्यमोहन’मा टेकेर अर्को कृति लगभग तयार छ, ‘समीक्षकको कसीमा शब्दबिम्बमा सत्यमोहन’ शीर्षकमा। गिरीश गिरीले ‘सत्यमोहन’ नामक पुस्तक लेखेका छन्। यसरी उसरी जसरी पनि सत्यमोहन र उनका योगदानलाई लिपिबद्ध गर्न सक्यौं भने देशको इतिहास लेखिनेछ। हुन त, यी सबै सन्दर्भ भन्न र जोड्न जरुरी थिएन, तर छ पनि। किनकि सबै सन्दर्भ शताब्दी पुरुषसँगै सम्बन्धित छन्। सत्यमोहनका एक होइन, अनेक पाटा जान्नु, बुझ्नु र खोतल्नु जरुरी छ। नखोतलिएका थुप्रै पक्ष सार्वजनिक गर्नु छ। एक जनाले हेर्ने र लेख्ने भनेको एउटा आँखाले मात्र हो, त्यसैले हामी सबैले आआफ्ना आँखाले सत्यमोहनलाई हेर्नु छ, लेख्नु छ। जसरी ‘सत्यको खोज’मा रसिकले सत्यमोहनलाई भिन्न आँखाले हेरेका छन्। अनेक सत्य खोतलेका छन्। उनले यस पुस्तकलाई सात खण्डमा विभाजन गरेर सत्यमोहनको सिंगो जीवन उतारेका रहेछन्।

यसमा मेरो फरक बुझाइ छ, सत्यको खोज सत्यमोहनबारेको मात्र खोज होइन, समग्र नेपालबारेकै खोज हो। यसकारण पनि यो सत्कर्म प्रसंशनीय छ। सत्यमोहनभन्दा २० वर्ष कान्छा अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले यसै पुस्तकमा भन्नुभएको छ, ‘जोशी दाइको सिंगो जीवनका सांगोपांगो जीवनाभूति आउने गरी लेखक जितेन्द्र रसिकले लेखेको यो कृति नयाँ पुस्ताका लागि मार्गनिर्देशक बन्न सक्छ।’ र, यथार्थ पनि यही हो। ग्वंगःको भनाइ किन पनि यथार्थ हो भने पुस्तकका सात खण्डभित्र जोशीका बाल्यकाल, शैक्षिक यात्रा र सरकारी सेवामा प्रवेश, जन्मथलोबाट लमजुङ, न्युजिल्यान्ड र पोखरा पुगेर गरेका सन्दर्भ, राजा महेन्द्रको ‘कू’, विश्व बौद्ध सम्मेलन र चीनमा अरनिकोको खोज, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जोशीको यात्रा, उनले तीन पटक मदन पुरस्कार पाएका सन्दर्भ र विविध सामग्री समेटिएका छन्। जसभित्र १९९० सालदेखि २०७२ सालको भूकम्पसम्मका अनुभव छन्। एउटा खरदार कसरी एकैपटक डाइरेक्टर बने ? र त्यत्रो जिम्मेवारी कसरी सम्हाले ? काठमाडौंको नेवार समुदायको उनी कसरी नेपालका कुनाकाप्चा पुगे त्यो बेला ? र नेपालको लोकसंस्कृतिको गहन अनुसन्धान गरे ?

कसरी तीन–तीनपटक नेपालको सर्वाधिक ठूलो राशिको पुरस्कार पाएर आजसम्म इतिहास बचाइराखे ? अनि कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्‍याए, चिनाए ? आदि यस्तै थुप्रै विषय, सत्य र तथ्य रसिकको सत्यको खोजभित्र छन्। ज्युँदो इतिहास लिपिबद्ध गरेकोमा लेखक जितेन्द्र रसिक बधाइका पात्र बनेका छन्।

https://annapurnapost.com/story/453077/

Tuesday, December 19, 2023

नेपाली वंशावलीमा नभेटिएका अरनिको

 सत्यमोहन जोशी

असोज १३, २०८० शनिबार १३:३९:५४


‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी’ जसले नेपाली लोकसाहित्य, इतिहास र संस्कृतिका क्षेत्र उर्वर बनाएर २०७९ असोजमा देहान्त भए। उनले आफ्नो जीवनको लोकसाहित्य र अरनिको खोजयात्रालाई जीवनकै महत्तवपूर्ण कार्य माने। उनले १३औं शताब्दीमा नेपाली कलाकार अरनिकोले चीनमा निर्माण गरेका त्यहाँका सबैभन्दा सुन्दर श्वेत चैत्यदेखि अन्य थुप्रै सम्पदा निर्माणकार्यको खोजसँगै अरनिको नेपाली भएको पत्ताा लगाउने काम गरे। चीनमा प्रख्यात रहेका तर नेपालले थाहै नभएका निधि ‘अरनिको’को खोज गरेर ल्याएका थिए। जोशीले त्यसबेला अरनिकोलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गराउन महत्तवपूर्ण भूमिका खेलेका थिए। प्रस्तुत छ, उनै जोशीसँग पुस्तक लेखनका क्रममा झन्डै पाँच वर्षअघि लेखक जितेन्द्र रसिकले गरेको संवादको आधारमा अरनिकोको खोजसम्बन्धी वाङ्मय शताब्दीपुरुष जोशीको अनुभूति :

म दुईपटक चीन पुग्दा पनि अरनिकोको खोज अनुसन्धानले गति लिन सकेन। २०१६ सालमा चीन पुग्दा अरनिकोबारे थाहा पाएँ। २०२२ सालमा चीन पुगेर नेपाली भाषा, साहित्य र संस्कृति प्रशिक्षणका लागि क्वाम्पोसुयन महाविद्यालय, पेकिङ (बेइजिङ) पुग्दा ४ वर्ष रहें। २०२२–२०२५ सालसम्म त्यहाँ रहँदा श्वेत चैत्यबारे सामान्य जानकारी संकलन भने गरिसकेको थिएँ। २०३७ सालमा फेरि रेडियो पेकिङको नेपाली प्रसारण सेवामा सघाउ पुर्‍याउने दायित्व काँधमा आयो। तेस्रोपटक चीन पुगें। ‘उक्त भ्रमण अरनिकोको खोजका हिसाबले असाध्यै महत्त्वपूर्ण रहनेछ’ भन्ने लाग्यो।

त्यतिबेला श्रीमती राधादेवी लिएर चीन गएँ। त्यसपटक भने दुई वर्षमात्र बसें। अघिल्लो भ्रमणमा नेपाली भाषा पढाएका विद्यार्थी पेकिङका जिम्मेवार ओहोदामा पुगिसकेका थिए। उनीहरू रेडियो पेकिङदेखि परराष्ट्र सेवा हुँदै अध्ययन संस्थान र विभिन्न परियोजनामा रहेर काम गर्दै थिए। त्यसबेला चीनमा सांस्कृतिक क्रान्ति पनि सकिएको थियो। चीन नयाँ उमंग र उत्साहका साथ अघि बढ्न थालिसकेको थियो।

पेकिङ पुग्नासाथ अर्थात् २०३७ असार १९ गते सिन्ह्वा समाचारले श्वेत चैत्य पर्यटकका निम्ति खुला गरेको समाचार प्रकाशित गर्‍यो। त्यसबारे खोज अनुसन्धान गर्ने बाटो खुल्यो। यो मेरा लागि वर्षा हटेर घाम लागेजस्तै भयो। वर्षौंंदेखि अरनिकोबारे अनुसन्धान गर्न तत्पर मलाई सान्त्वना मिल्यो। सबै हिसाबले त्यो भ्रमण अरनिकोबारे बुझ्न उपयुक्त भयो।

पढाएर बाँकी रहेको समय अरनिकोको खोज अनुसन्धानमा लगाएँ। खोज्दै जाँदा उनलाई समाधिस्थ गरेपछि लेखिएको अन्त्येष्टि शिलालेख (युनरल इन्स्क्रिप्सन) छ भन्ने पत्तो पाएँ। त्यो शिलालेखको प्रतिलिपि खोजी गरें। मेरा चिनियाँ विद्यार्थीसँग सहयोग मागें। उनीहरूलाई के गर्न खोज्दैछु, अत्तोपत्तो थिएन। अरनिकोबारे कतै केही फेला पर्ने बित्तिकै त्यसैमा लाग्थें। विद्यार्थी ‘यो के गर्न लागेको हो ?’ भनेर छक्क पर्थे। तर पनि उनीहरू भरमग्दुर सहयोग गर्थे।

बहुमुखी प्रतिभा र सीप देखेपछि नै सम्राट्ले अरनिकोलाई राजकीय कलागुरुको पदले विभूषित गरे। त्यसपछि वास्तुकला विभाग प्रमुखमा नियुक्त अनि मन्त्रीसरहको उपाधि ‘क्वाङलू ता फू ताश थू’ प्रदान गरे।

एउटा विद्यार्थी अलि टाठो थियो। उसैले पेकिङको कुन चाहिँ विश्वविद्यालयको लाइब्रेरीबाट खोजेरै शिलालेखको कपी ल्याइदियो। तर, त्यसमा लेखिएको कुरा कसरी पढ्ने ? हामीलाई त चिनियाँ अक्षर सबै उस्तै लाग्छन्। सबै चिनियाँले त्यो अक्षर बुझ्छन् भन्ठान्छौं। मलाई चीनमा लिपि पढ्ने मान्छेको खाँचो भयो। अरनिकोको अन्त्येष्टि शिलालेख अब कसले पढेर मलाई बुझाइदिने ? मेरा विद्यार्थीको त बसको कुरै थिएन। अर्कोतिर मैले त्यो अरनिकोको खोजी कुनै सरकारी स्तरबाट गरिरहेको थिइनँ। भाषाशिक्षक रूपमा एउटा प्रयोजन बोकेर चीन पुगेका बेला निजी तवरमै अध्ययन गर्न खोजेको थिएँ। यस्तो बेला सरकारी सहयोग पाउने कुरै थिएन।

‘शिलालेखको प्रतिलिपि ल्याएरमात्र पुग्दैन, यसको अर्थ पनि बताइदेऊ’ भनेर तिनै विद्यार्थीलाई भनें। उनीहरू बढो अनुशासित थिए। ‘गुरुले अह्राएपछि जस्तो काम पनि गर्नुपर्छ’ भन्ने किसिमका। उनीहरूले नै पुराना मानिससँग भेटघाट गरेछन्। बल्लतल्ल त्यो शिलालेखको उतार गरिदिने एकजना वृद्ध ‘स्कलर’ फेला परे। मसँग अलिअलि पैसा थियो। त्यो पैसा दिएपछि उनले नै त्यो शिलालेखलाई आधुनिक चिनियाँ भाषामा लेखिदिए।

त्यसपछि अथ्र्याइदिने त मेरा विद्यार्थी छँदै थिए। यसैबीच एकजना जापानी एम इसिदाले निकैअघि अरनिकोबारे शोध गरेर लेख तयार पारेका रहेछन्। त्यो पनि चीनमै थाहा पाइयो। त्यतिबेला जापानमा बद्रीप्रसाद श्रेष्ठ राजदूत थिए। मैले त्यो लेखबारे जानकारी गराउँदै जापानमा खोजी गरिदिन अनुरोध गरें। उनले ‘धेरै कोसिस गर्दा पनि भेटिएन’ भनेर लेखी पठाए। फेरि अर्को चिठी आयो। ‘मैले फेला पारें’, लेखिएको थियो, ‘तपाईंलाई छिट्टै त्यसको कपी पठाउने व्यवस्था गर्दैछु।’

अभिलेखअनुसार अरनिकोका बुबा लाखाँना। आमा सुमाखची। तिनै बुबाआमाको कोखबाट सन् १२४४ मा ललितपुरमा जन्मेका थिए बलबाहु (अरनिको)। अरनिकोका बाजेको नाम मितिअर, बजैको नाम सुङती लाछिमे हो। बाल्यकालदेखि नै अरनिकोको बुद्धि तेज थियो।

अत्यन्तै आनन्द लाग्यो। उसबेला एक जापानीले चीन बसेर अरनिकोबारे अनुसन्धान गरेर लेखेको लेख थियो त्यो। जापानीज भाषामा लेखिएको लेख त आयो। समस्या उही। कसरी बुझ्ने ? मेरा विद्यार्थीलाई जापानी भाषा आउँदैनथियो। उनीहरूले नै जापानी र चिनियाँ भाषा जानेका मानिस खोजेर ल्याए। त्यसको चिनियाँ भाषामा अनुवाद मेङ ग्वाङ जीले गरिदिए। यसरी जापानी अध्ययनलाई पनि चिनियाँ भाषामा ढालेर विद्यार्थीमार्फत नै मैले बुझ्ने मौका पाएँ। त्यतिबेलै चाइना डेलीले एकपटक अरनिकोबारे एउटा सामग्री प्रकाशित गर्‍यो। त्यो सामग्री पछ्याउँदै चाइना डेलीका सम्पादकलाई पत्र लेखें। पत्रमा अरनिकोको चिहान र शिलालेख हराएको अवस्थामा त्यसलाई फेरि खोजी गरिनुपर्ने औंल्याएको थिएँ। त्यो पत्रको कुनै असर भने परेजस्तो लागेन।
मैले प्रशिक्षण दिएका विद्यार्थीमा गुरुलाई गर्ने आदर, सम्मान र समर्पण गज्जबको थियो। मेरा चिनियाँ विद्यार्थीले पेकिङ विश्वविद्यालयको पुस्तकालयमा पहुँच हुने बनाइदिए। विशेषतः अरनिकोसम्बन्धी अध्ययन–अन्वेषण सामग्रीको मूलस्रोत मानिएको ग्रन्थ ‘स्वएलौची’ उपलब्ध भयो। विद्यार्थीले त्यसमा लेखिएका कुराको व्याख्या पनि गरिदिए। उनीहरूलाई सिकाएको भाषा अन्ततः मलाई पनि काम लाग्यो। विदेशी लेखक लुसिनो पेटिकले नेपालको मध्यकालीन इतिहासबारे ग्रन्थ लेखेका थिए। त्यस पुस्तकमा त्यतिबेला खासै सम्बन्ध नरहेको चीनबारे उनी धेरै गहिराइमा गएका थिएनन्। केवल एक ठाउँमा मात्र अरनिकोबारे थोरै उल्लेख गरेको थियो। उक्त पुस्तक बेइजिङमा फेला पारेर आमनेपाली पाठकसम्म ल्याउने काम मैले नै गरेको थिएँ।

चीनबाट फर्केपछि त्यहाँ देखे–भोगेको आधारसमेत समेटेर अरनिकोमै केन्द्रित भएर लेखें। त्यसपछि बल्ल अरनिकोका कुरा बाहिर आए। नेपाल भाषा परिषद्बाट अरनिकोमै केन्द्रित महाकाव्य ‘अरनिकोकृत श्वेतचैत्य’ लेखें। जुन सुरुमा नेपाल भाषामा लेखें। महाकाव्य २०४० सालमै छापियो। त्यसपछि ‘कलाकार अरनिको’ भन्ने अनुसन्धानात्मक कृति लेखें। २०४४ सालमा उक्त कृति छापियो। अनि त हामी कति धनी भयौं कति ! एउटै अरनिकोको योगदानले हाम्रो सान र मान बढ्यो। यसरी अरनिकोको नाम चल्यो। ग्रन्थमार्फत अरनिकोले नेपाल र चीनको सांस्कृतिक सम्बन्ध, मैत्री सम्बन्ध, बौद्धिक सम्बन्धलाई मजबुद बनाउन मद्दत गर्‍यो। पछि अरनिकोबारे दुईवटा टिकट नै निस्कियो। सरकारले एउटा १५ पैसा जाने एउटा १५ रुपैयाँ जाने टिकट निकाल्यो। यसरी चीन र नेपालको सम्बन्धबारे पृष्ठभूमि दिने काम गरें।

अरनिकोको खोज : संयोग नै संयोग

राजा महेन्द्रको ‘कू’कै कारण मैले अरनिकोको खोज अनुसन्धानका लागि बाटो खुलेको अनूभूति गर्छु। यदि त्यसो नभएको हो भने अरनिकोको खोज हुने थिएन। यदि भए पनि अवसर पाउने थिइनँ। मध्यकालमै तिब्बत हुँदै बेइजिङ पुगेका उनी त मेरै थलो ललितपुरका प्रतिभा पो रहेछन्। मैले लेखेका अरनिकोसम्बन्धी कृतिहरू अहिले पनि नेपाल चीन राजकीय भ्रमणका लागि पनि एउटा दरिलो मियो बनिरहेका रहेछन्। चीनको श्वेत चैत्य अगाडि उभिएर हेर्दा यस्तो लाग्थ्यो, त्यहाँ श्वेत चैत्य होइन, अरनिको उभिइरहेका छन्। चैत्यभित्र बाँचिरहेका ती कलाकार थिए बलबाहु। 

चिनियाँहरू ‘अरनिकोलाई पलपाउ’ पनि भन्थे। उनीहरू नामोच्चारण बिगार्ने पनि गर्छन्। जस्तो कि नेपाललाई ‘निपर’ भन्छन्। जोशीलाई योशी। अरनिको चिनियाँ नाम हो। कोही चिनियाँ अरनिकोलाई आनिक पनि भन्छन्। उनै आनिक अरनिको थिए। तर उनको नेपाली नाम बलबाहु थियो। अरनिको चीन प्रस्थान गर्दा नेपालमा राजा अभय मल्लको (१२१६–१२५५) शासनकाल थियो।

यसरी अनेकन संयोगका कारण अरनिकोको खोज अनुसन्धान सफल भयो। २०१३ सालमा काठमाडौंमा चतुर्थ विश्व बौद्ध सम्मेलन नभएको भए, भएर पनि चिनियाँ प्रतिनिधि मण्डल नआएको भए वा आएर पनि २०१६ सालमा हामीलाई अवलोकन गर्न नबोलाएको भए यो सत्यमोहनले होइन, कुनै समयमा अर्के कुनैले अरनिकोलाई चिनाउँथे होलान्। तर सबै संयोग मिल्यो र आठ सय वर्षअगाडिको इतिहासलाई सार्वजनिक गर्ने अवसर मिल्यो।

अन्यथा यो विभूतिको नाम र कामबारेमा सुन्ने अवसर कहिले पाउँथ्यौं ? उनले निर्वाचित प्रधानमन्त्रीलगायत मलाई पनि अपदस्थ नगरेका भए म डाइरेक्टरको पदमै टाँसिरहेको हुन्थें वा अर्को नियुक्ति खान दौडिरहेको हुन्थें अरनिकोको खोज अवधिका बेला। जब पुरातत्त्व तथा संस्कृति विभागको निर्देशक पद खोसियो, त्यही कारण खोज अनुसन्धानका लागि नयाँ अवसर जुर्‍यो। अरनिकोको खोजको आधारभूमि तयार भयो। अझै भनौं खोजको मनस्थिति बन्यो। चिनियाँसँग सम्बन्ध विस्तार हुन सफल भयो। तर, चीनमा सांस्कृतिक क्रान्तिका कारण खोज अनुसन्धान सफल हुन सकेन। विक्रम संवत् २०३७ सालमा पेकिङको नेपाली प्रसारण सेवामा जान नपाएको भए पनि अरनिकोसम्बन्धी खोज अनुसन्धान पूरा गर्न पाउने थिइनँ। जे भयो राम्रैका लागि भयो।

को थिए अरनिको ?

प्राप्त अभिलेखअनुसार अरनिकोको बुबा लाखाँना। आमा सुमाखची। तिनै बुबाआमाको कोखबाट सन् १२४४ मा ललितपुरमा जन्मेका थिए बलबाहु (अरनिको)। अरनिकोका बाजेको नाम मितिअर, बजैको नाम सुङती लाछिमे हो। बाल्यकालदेखि नै अरनिकोको बुद्धि तेज थियो। भनेका कुरा चाँडै बुझ्दथे। सिकाएका कुरा चाँडै सिक्ने स्वभावका थिए। अन्य बालकभन्दा मेहेनती। अलि ठूलो भएपछि यिनले बौद्ध धर्मका पुस्तकहरू तिनमा रहेका अर्थहरू जानीबुझी सम्झिराखे।

अरनिकोका साथीमध्ये कसैले चित्रकला त कसैले नापतौलसम्बन्धी ज्ञान लिए। कसैले मूर्तिकला सिकेका थिए। बौद्ध ग्रन्थ पढेका बेला एकपटक सुनेपछि सबै स्मरणमा राख्न सक्ने क्षमता अरनिकोमा थियो। चित्र र मूर्ति बनाउनमा यिनी निपुण भए। यिनले धातुका मूर्तिहरू ढाल्ने काम पनि गर्न सक्थे। उनको जीवनकालमा नै सन् १२५५ मा ठूलो भूकम्प गएको थियो। त्यस भूकम्पबाट धेरै जनधनको नोक्सानी भएको थियो। उनको नेपालमै बिहे भइसकेको थियो। उनको पत्नीको नाम चैत्य लक्ष्मी थियो।

बलबाहु (अरनिको) कसरी चीन पुगे ?

चिनियाँ सांस्कृतिक प्रतिनिधिमण्डलमा सदस्य भई नेपाल आएका विद्वान् च्वाङ चेन सियाका अनुसार चिनियाँहरू ‘अरनिकोलाई पलपाउ’ पनि भन्थे। उनीहरू जुनसुकै बिरानो नाम वा शब्दलाई आफ्नो भाषामा भावार्थ गरेर नामकरण गर्छन्। अथवा नामोच्चारण बिगार्ने पनि गर्छन्। जस्तो कि नेपाललाई ‘निपर’ भन्छन्। इन्डियालाई इन्दु भन्छन्। शाक्यलाई सच्चा भन्छन्। जोशीलाई योशी। अरनिको चिनियाँ नाम हो। कोही चिनियाँ अरनिकोलाई आनिक पनि भन्छन्। उनै आनिक अरनिको थिए। तर उनको नेपाली नाम बलबाहु थियो। अरनिको चीन प्रस्थान गर्दा नेपालमा राजा अभय मल्लको (१२१६–१२५५) शासनकाल थियो।

अरनिको चीनसम्म पुग्दाका सन्दर्भ पनि रमाइला छन्। तिब्बतमा ब्रह्मपुत्र नदीको दक्षिणतिर त्रोम नदी बग्छ। त्यसैको किनारमा शाक्य बस्ती छ। त्यसैको तल पर्ने शाक्या गुम्बा काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने महत्त्वपूर्ण गुम्बा थियो। नेपालका बौद्ध विहार र यो गुम्बाबीच नजिकको सम्बन्ध थियो। यो गुम्बाका संघनायक थिए पाहसपा। भोटले एउटा विशाल स्तूप बनाउने भएछ। त्यसका लागि उसलाई अनुभवी र दक्ष कलाकारहरू चाहिएको रहेछ। त्यहीबेला अर्थात् सन् १२६० मा युआन वंशका संस्थापक शचु (कुबलाई खाँ)ले नेपालका राजालाई सयजना कालिगड पठाउन अनुरोध गरे। कुब्लाई खाँले आफ्नो राजगुरु पाहसपालाई नेपालबाट भोटमा नेपाली कालिगड ल्याउने जिम्मेवारी दिए। पाहसपा कुब्लाई खाँको आज्ञा लिएर कालिगड लिन नेपाल आए। राजाले भोट जान इच्छुक कलाकारहरूको खोजी गर्दा बल्लबल्ल ८० जना भेला पारे।

तत्कालीन चीनमा कुब्लाई खाँ असाध्यै शक्तिशाली शासक थिए। विद्वान् पाहसपाले राजालाई रिझाएका थिए। कुब्लाई खाँले यिनै पाहसपालाई आफ्नो राजगुरु बनाई बौद्ध धर्मदर्शनको दीक्षा ग्रहण गरेका थिए। फलस्वरूप सम्राट्ले पछि यिनै पाहसपालाई तिब्बती क्षेत्रको धर्मानुशासक बनाएर पठाएका थिए। यसरी तिब्बत फर्किएका पाहसपाले आफ्नो शाक्या गुम्बाको चौतर्फी विकास योजना बनाए। नेपालबाट गएका ८० सदस्यीय कालिगड टोलीका नेतृत्वकर्ता थिए अरनिको। युआन राजवंशीय वंशावलीअनुसार उनी एक सिद्धहस्त वास्तुकलाविद्, कालिगड, चित्रकलाविद्, मूर्ति कलाकार अहिलेको भाषामा इन्जिनियर थिए। उनी एक बौद्धमार्गी नेपाली थिए। मन्दिर, चैत्य, मूर्तिका आकृति हेरेरै थरीथरीका रङको बडो सुन्दर पाराले समायोजन गर्थे। कलाकारहरू भोट लानेबेला नाइके कसलाई बनाउने भनेर सोधनी हुँदा कोही अघि सरेनन्। अन्तमा सबैले हाम्रो नाइके बलबाहु (अरनिको) भनेपछि उनै अगुवा बने।

भोट पुगेपछि सम्राट्का गुरुले स्वर्ण चैत्य निर्माणको नेतृत्व कसले गर्ने भनेर सोधे। १७ वर्षको कलिलो उमेरका अरनिकोले आफू त्यो कार्यका लागि टोलीको नाइके बन्न तयार भएको बताए। विरोध गर्नेहरूले कच्चा उमेरका छन् भनेर विरोध गरे। तर उनले ‘उमेरमा कच्चा छु, तर मनको कच्चा चाहिँ होइन’ भने। त्यसपछि भने नेतृत्वको जिम्मा उनीमाथि नै सुम्पिइयो। उनलाई देखेर सम्राट्का गुरुले अचम्म मान्दै स्वर्ण चैत्य बनाउने आदेश दिए। अरनिकोको नेतृत्वमा दोस्रो वर्ष सन् १२६१ मा स्वर्ण चैत्य बनाउने काम सम्पन्न भयो। उमेरमा बच्चै देखिएकाले सम्राट्का गुरुले स्वर्ण चैत्य बनाउन लगाएर उनको परीक्षा लिएका थिए। स्वर्ण चैत्यको बनावट उत्कृष्ट ठहरियो। निर्माण सम्पन्न भएपछि ‘अब म आफ्नो देश फर्कन्छु’ भनेर अरनिकोले सम्राट् गुरुलाई अनुरोध गरे। गुरुले भने, ‘अहिले नै कहाँ नेपाल फर्कने ? तिमीले मुख्य कामको थालनी नै गरेको छैन। लौ यो कलाकार त विचित्रको रहेछ। म यसलाई सम्राट्कहाँ लिएर जान्छु।’ भन्दै कपाल खौरन लगाए र उनलाई आफ्नो शिष्य बनाए।

अरनिकोले चीनमा के गरे ?

सम्राट् गुरुले अरनिकोलाई आफूसँगै सम्राट्को दरबारमा लिएर गए। पहिलो भेटमै सम्राट् कुब्लाई खाँले अरनिकोलाई फेरि एउटा बिग्रिरहेको पुरानो तामाको मूर्ति बनाउन लगाएर उनको शिल्प परीक्षण गरे। अरनिकोले त्यो मूर्ति पहिलेभन्दा दस गुणा राम्रो बनाइदिए। सम्राट् अत्यन्त सन्तुष्ट भए। पहिलो भेटमै सम्राट्लाई प्रभावित पारेपछि सम्राट्ले उनलाई एउटा विशाल श्वैत चैत्य र ‘ता शन् सौ वान् आन् श’ नामको बौद्धविहार बनाउने जिम्मा दिए। यो कुरा चीनको युआन वंशावलीमा छ।

श्वेत चैत्य अरनिको स्वयंले डिजाइन गरी साथमा गएका कलाकार, चिनियाँ कलाकार र ज्यामीहरूसँग मिलेर निर्माण सुरु गरे। यो परियोजना लक्ष्यअनुसार पूरा हुन आठ वर्ष लागेको थियो। श्वेत चैत्य निर्माण भएपछि श्वेतचैत्यको वास्तुकला र शैलीले चीनको बौद्ध धर्म सांस्कृतिक क्षेत्रमा एउटा नौलो अध्याय थपियो। एउटा रमाइलो उखान चीनमा प्रचलित छ, ‘श्वैत चैत्यको छाया हुँदैन’। चिनियाँले उखान बनाए। त्यसको स्वरूप यति मिलेको छ कि छाया फेलै नपर्ने रहेछ। अनुपम सिर्जना हो त्यो। आश्चर्यजनक वास्तुकलाको नमुना।

अरनिकोले श्वेत चैत्यमात्र बनाएनन्, राजकीय गुम्बाहरूमा धेरै बुद्धमूर्ति निर्माण गरे। सप्तरत्न जडित एक अति कलापूर्ण लौहचक्र पनि तयार पारे। रेशमी कपडामा सम्राट् कुब्लाई खाँ र उनका रानीका चित्र तयार पारे। यो बहुमुखी प्रतिभा देखेपछि नै सम्राट्ले उनलाई राजकीय कलागुरुको पदले विभूषित गरेका थिए। अरनिको सीप र बहुमुखी प्रतिभाबाट प्रभावित भएर सम्राट् कुब्लाई खाँले उनलाई वास्तुकला विभाग प्रमुखमा पनि नियुक्त गरे। त्यसैगरी मन्त्रीसरहको उपाधि ‘क्वाङलू ता फू ताश थू’ प्रदान गरे। त्यसपछि उनलाई चीनमा बस्न करै लाग्यो।

सम्राट् कुब्लाई खाँका कान्छी श्रीमतीले ‘यसलाई मेरै एउटी भतिजी दिन पाए हुन्थ्यो’ भनेरै राजामा बिन्ती चढाएरै बिहे भएको प्रसंग मेरो किताबमा उल्लेख गरेको छु। नेपालमै परिवार भएको एउटा ठिटोको उता एकदमै फरक जन्म र हुर्काइ भएको बेग्लै समाजकी केटीसँग बिहे भयो। चिनियाँ पद्धतिमा त्यहाँ नेपाली मिसिएको छ। बेग्लै भाषा, बेग्लै देशका मानिसबीच कसरी अन्तरसम्बन्ध विकास भयो ? यो सबको बयान छ मेरो महाकाव्यमा। शक्तिशाली सम्राट् कुब्लाई खाँको दरबार पुगेका अरनिकोले चीनमा रहँदा तयार पारेका सिर्जनाको ठूलै सूची छ। उनी दरबारको अत्यन्त निकट शक्तिशाली व्यक्ति भए। अरनिकोले शाक्या गुम्बामा एउटा अग्लो मन्दिर र त्यहाँ राख्न शाक्यमुनि बुद्धको विशालकाय सुवर्ण मूर्तिमात्र बनाएनन्, त्यसबाहेक सुवर्ण चैत्य र अनेकन बौद्ध मूर्तिहरू पनि बनाए। यी सन्दर्भ पाहसपाले नै सुनको अक्षरले लेख्न लगाएको ‘कंग्यूर’ र ‘तंग्यूर’ जस्ता बौद्धधर्मका ग्रन्थहरूमा उल्लिखित छन्।

अरनिकोले नेपाल रहँदा बिहे गरेका भए पनि चीन पुगेपछि नौ वटीसँग उनको बिहे भयो। नेपालको सहित उनका १० वटी श्रीमती थिए। उनीहरूबाट ६ जना आफूतुल्य शिल्पी छोरा जन्मिए। आठवटी छोरी जन्मिए। उनका छोरा र शिष्यले मृत्युपर्यन्त अरनिकोका शैलीलाई निरन्तरता दिए। तत्कालीन चिनियाँ सामाजिक अवस्थाका कारण नै उनले धेरै विवाह गर्नु परेको पाइन्छ। जति पत्नीहरू भए त्यति नै प्रतिभाशाली सन्तानहरू प्राप्त हुन्छ भन्ने विश्वास र मान्यताले गर्दा नै उनका धेरै पत्नी भएका हुन्।

नेपाली वंशावलीमा भेटिएनन् अरनिको

यी महान् कलाकारका बारेमा नेपाली वंशावलीमा कहीँ कतै नामसमेत लिइएको पाइँदैन। धन्न चीनका युआन वंशका इतिहासकारले खोजबिन गरेर लेखिदिए र यी कलाकार आज हाम्रा राष्ट्रिय विभूति बन्न पुगे। सात सय वर्षपछि आज पनि अरनिकोको अमर’ श्वेतचैत्य पेकिङको मिङ्याङ बिहारमा जस्ताको तस्तै छ। जसलाई आज पनि चीनमा भएका सम्पूर्ण चैत्यमा सबैभन्दा ठूलो र सबैभन्दा आकर्षक मानिएको छ। सन् १९६१ मा चीन सरकारले श्वैत चैत्यलाई राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्ति रूपमा सूचीकृत गर्‍यो।

​​​​​​​यसरी यो नेपाल–चीनबीच परम्परादेखि चलिआएको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको महत्त्वपूर्ण प्रतीकको रूपमा श्वेत चैत्य रहिरहेको छ। अरनिकोको ६२ वर्षको उमेरमा सन् १३०६ मा देहान्त भएको थियो। उनको समाधिस्थल बेइजिङकै वाङफिङ जिल्लास्थित ‘स्याङ शान स्याङ काङ च थुआन’ रहेको बताइन्छ। त्यहाँ उनको मृत्युको पाँच वर्षपछि उनको जीवनी र कृतिको विस्तृत वर्णन गरिएको प्रशस्तिसहित कलात्मक स्तम्भ खडा गरिएको थियो। चीनको साम्राज्यकालीन इतिहासमा थोरैमात्र विदेशीका जीवनी समेटिएका छन्। जसमध्ये नेपालका अरनिको पनि एक हुन्।

https://annapurnapost.com/story/443516/

Wednesday, November 29, 2023

लोकसंस्कृतिका उन्‍नायक सत्यमोहन जोशी

 

अविच्युअरी

पुष २३, २०७९ शनिबार ११:२०:०

रामदयाल राकेश

सत्यमोहन जोशी लोकसंस्कृतिका साँच्चिकै अर्थ र आशयमा लोकसंस्कृतिका उन्नायक नै हुनुहुन्थ्यो। लोकसंस्कृतिका विभिन्न आयामका अध्येता, अन्वेषणकर्ता र अनुसन्धाताको रूपमा उहाँ अजर र अमर भएर आजीवन समर्पित व्यक्तित्वको रूपमा आदरणीय एवं अविस्मरणीय रहनुहुन्छ।

जोशीको योगदान र अवदान यस क्षेत्रमा स्वर्णाक्षरमा अंकित हुन गएको छ। उहाँमा लोकसंस्कृतिको क्षेत्रमा अन्मजात अभिरुचि थियो। नेवार संस्कृतिमा अभिरुचि हुन त स्वाभाविक नै भइहाल्यो तर उहाँ नेपालको लोकसंस्कृतिको अध्ययन एवं अनुसन्धानमा आफूलाई आजीवन नै समर्पित भएर लाग्नु भयो।

संकलित लोकगीत ‘सँगालो लोकसंस्कृति’ले उहाँलाई २०१३ सालमा मदन पुरस्कारबाट पुरस्कृत गरायो। यो सुखद संयोगनै भन्न सकिन्छ कि मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उहाँले यो पुरस्कार प्राप्त गर्नुभयो।

जोशीका संस्कृतिसम्बन्धी १० वटा पुस्तक प्रकाशित भएर प्रशंसित पनि भइसकेका छन्। जुन नेपाली लोकसंस्कृतिको मानक ग्रन्थका रूपमा सुपरिचित एवं सुविख्यात भइसकेका छन्। यी बहुपठित कृतिहरूमा पनि आउँछन्। 

लोकसंस्कृतिमा बचपनावस्थादेखि नै व्यस्त भएकाले उहाँको जीवनशैली पनि सरल र सादा नै आजीवन रहिरह्यो। सादा जीवन उच्च विचारको प्रतिमूर्ति सत्यमोहन जोशी सराह्रनीय र प्रशंसनीय व्यक्तित्वको रूपमासर्वप्रिय हुनुहुन्थ्यो। 

जब उहाँ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सहसदस्यका रूपमा नियुक्त हुनुभयो तबदेखि लोकसंस्कृतिको क्षेत्रमा काम गर्ने जोश र जाँगर झन् बढ्न गयो। त्यहाँको भव्य भवनमा आरामसित बसेर पनि अध्ययन र अनुसन्धानको काम गर्नसक्नुहुन्थ्यो।
तर एउटा कर्मठ, कर्मवीर र कर्मयोगीको रूपमा एउटा विद्वान्हरूको टोलीको नेतृत्व गर्दै लोकसंस्कृतिको अध्ययन एवं अनुसन्धान गर्न कर्णाली अञ्चलमा गइकन त्यहाँका लोकभाषा र लोकसंस्कृतिको संकलन मात्र होइन, विशद् विश्लेषण गरेर ‘कर्णालीको लोकसंस्कृति’ नामक ग्रन्थ तयार गर्नुभयो । 

उक्त कृति पनि मदन पुरस्कारबाट पुरस्कृत हुन पुग्यो। टिममा सम्मिलित सबैजनाले सामूहिक रूपमा सो पुरस्कार प्राप्त गर्नुभयो। लोकसंस्कृतिको क्षेत्रमा अध्ययन एवं अनुसन्धातात्मक यो दोस्रो कृति पनि पुरस्कृत भएर प्रसिद्ध भयो। यो तेस्रो पटकको पुरस्कार हो। यसप्रकार लोकसंस्कृतिका सच्चा साधकको रूपमा स्थापित व्यक्तित्वको रूपमा स्मरणीय हुन पुग्नु यो सौभाग्यको कुरा हो। जोशीको अध्ययन एवं अुनसन्धान सिर्फ लोकसंस्कृतिमा मात्र सीमित रहेन। उहाँ बहुमुखी प्रतिभाको धनी व्यक्तित्व भएकाले उहाँमा नेपाली मुद्राको अध्ययन एवं अनुसन्धान गर्ने अभिरुचि पनि भएकाले नेपालमा लिच्चविकालदेखि आधुनिककालसम्म प्रचलित मुद्राहरूको शोधखोज गरेर ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक मानक ग्रन्थ प्रकाशित गर्नमा पनि उहाँ सफल हुनु भयो। यसप्रकार उहाँ यस अनुसन्धानात्मक कृतिको लागि पनि प्रतिष्ठित मदन पुरस्कार पाउनु भयो। यसप्रकार उहाँ तेस्रो पटक मदन पुरस्कार प्राप्त गर्ने एक्लै व्यक्तित्वको रूपमा आजसमम परिगणित हुनुहुन्छ।लोकसंस्कृतिको अनुसन्धान र मुद्राको ज्ञाताको रूपमा बहुप्रशंसित व्यक्तित्वको रूपमा सम्पूर्ण देशमा प्रसिद्ध हुनुभयो। उहाँ यस क्षेत्रमा एकल व्यक्तित्व नै सावित हुनुभयो।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा उहाँको योगदानलाई कदर गर्दै उहाँलाई सुप्रबल गोर्खादक्षिणबाहु, विख्यात त्रिशक्तिपट्टको मानपदवीको अतिरिक्त आदिकवि भानुभक्त पुरस्कारबाट पनि पुरस्कृत हुनुभयो। नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मान गरेर उहाँलाई सम्मानित गरेको छ। काठमाडौं विश्वविद्यालयलेउहाँलाई विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेर अलंकृत गरेको छ।
सत्यमोहन जोशीका संस्कृतिसम्बन्धी १० वटा प्रकाशित पुस्तकहरूउहाँलाई संस्कृति क्षेत्रमा अमर बनाउनमा सहायक सिद्ध भएका छन्। यसबाहेक उहाँको कलासम्बन्धी पनि दुईवटा कृतिहरू प्रकाशित भएका छन्।

छिमेकी मुलुक चीनमा नेपाली पढाउन जाँदा पनि उहाँको अनुसन्धानात्मक अभिरुचिमा केही कमी आएन। त्यहाँ बस्दा र पढाउँदा उहाँले नेपाली कलाकार अरनिकोको जीवनीको समग्र अध्ययन गरेर कलाकार अरनिको एउटा प्रामाणिक पुस्तक प्रकाशित गरेर प्रशंसनीय काम गर्नुभएको छ। त्यसबाहेक नेपालको प्राचीनएवं मध्यकालीन कलाको परिचयात्मक पुस्तक लेखेर कलाको क्षेत्रमा अविस्मरणीय योगदान गर्नु उहाँको कलात्मकप्रतिभाको परिचायक हो।

जोशीको नेपाली चाडबाडको बारेमा लिखित पुस्तक पनि विविधतापूर्ण छन्। यी सबैका लागि पठनीय र संग्रहणीय छ। यस सन्दर्भमा उहाँको मत राष्ट्रिय स्वाभिमानले पनि मननीय छ। मेरो जन्म र हुर्काइकोआज पनि त्यही परिवेश छ र मौलिकता छ। यी आज पनि म ओझेलमा परेका सांस्कृतिक पर्व नै नेपालको खास मौलिक परिचय भएकाले यतातिर सकेसम्म सबैको ध्यान पुग्नुपर्ने कुरामै जोड दिइरहेको छु।

नेपालको सबैभन्दा महत्त्वपूर्ण भनेकै यहाँको प्रकृति र त्यस अनुकूलको संस्कृति हो। मेचीदेखि महाकालीको यो रोचक भौगोलिक परिवेशमा कति धेरै जातजातिका अनेक जनजातिका सांस्कृतिक विविधता छन्। यी सबैभित्र नेपालीको पठनीय राष्ट्रिय स्वभिमान मननीय छ र मौलिकता छ। यो आज पनि हाम्रा निम्ति अमूल्य सम्पत्ति हुन्। नेपाली राष्ट्रिय गौरव भन्न यिनै संस्कृतिभित्र छ।

नेपाली लोकसाहित्य र लोकसंस्कृतिका लोकगीतहरूलाई पुस्तकाकारमा संकलित गरेर लिपिबद्ध गर्ने उहाँ प्रथम व्यक्तित्व हुनुहुन्थ्यो। नेपाली लोकगीतको संकलन गर्ने उहाँबाट नै सुरुभएको पाइन्छ। यसबाहेक पनिउहाँ नेपाली वाङ्मयका विभिन्न विधाहरूमा कलम चलाउने एउटा सशक्त हस्ताक्षर हुनुहुन्थ्यो।

लोकसाहित्य र लोकसंस्कृतिका संवाहक र सम्पे्रषकको रूपमा उहाँद्वारा सम्पादित कार्य सर्वथा सराह्रनीय मानिएको छ। उहाँ ठोस र प्रामाणिकरूपमा नै यसलाई प्रस्तुत गर्ने प्रशंसनीय काम गर्नु भयो र आजीवन गर्दै रहनु भयो। यस अर्थमा उहाँ अथक लोकसंस्कृतिका साधकहुनुहुन्थ्यो। 

  • साहित्य र संस्कृतिका शीर्ष पुरुष सत्यमोहन जोशीको अन्तिम अभिलाषा थियो, ‘चक्रसंबर’ पौभा चित्र पूरा भएपछि अन्तिम सास लिने। तर दुःखद् कुरो के भयो भने त्यो अपूर्ण नै रह्यो।
  • सत्यमोहन जोशी एउटा सफल नाटककारको रूपमा पनि सुपरिचित नाम हो। उहाँद्वारा लिखित केही महत्त्वपूर्ण नाटकहरू मञ्चित भएर प्रशंसित पनि भइसकेका छन्। ‘फर्केर हेर्दा’ नाटक धेरै लोकप्रिय भयो। 
  • निष्कर्षमा के भन्न सकिन्छ भने सत्यमोहन जोशी नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा एक्लो वृहस्पति हुनुहुन्थ्यो। उहाँलाई साहित्यिक र सांस्कृतिक क्षेत्रमा पहिलो नेपाली भन्न सकिन्छ किनभने उहाँ जेमा पनि पहिला हुनुहुन्थ्यो।
  • मिथिलाको सम्पन्न एवं समृद्ध संस्कृतिबाट सत्यमोहन पूर्ण परिचित हुनुहुथ्यो। मिथिला संस्कृति र दर्शनका ज्ञाता उहाँले मिथिलाका प्रसिद्ध महर्षि याज्ञवल्क्यको जीवनमा आधारित नाटक ‘दैलाको बत्ताी’को रचना गर्नुभयो। यसरी उहाँ मिथिलाको दार्शनिक गौरवलाई गौरवन्वित र महिमामण्डित गर्न प्रतिबद्ध हुनुहुन्थ्यो।

लोकसाहित्य र लोकसंस्कृतिको विकासबिना आधुनिक साहित्यको पनि विकास सम्भव छैन भन्ने कुरा उहाँलाई राम्रोसित थाहा थियो। तसर्थ लोकसाहित्यको पृष्ठभूमि र आधारमा उहाँले साहित्यको अन्य विधाजस्तो काव्य, काव्यात्मक नाटक, यात्रासंस्मरण र जीवनी लेखन विधामा पनि उहाँको योगदान सराह्रनीय मानिन्छ।

सत्यमोहन जोशी एउटा सफल नाटककारको रूपमा पनि सुपरिचित नाम हो। उहाँद्वारा लिखित केही महत्त्वपूर्ण नाटकहरू मञ्चित भएर प्रशंसित पनि भइसकेका छन्। ‘फर्केर हेर्दा’ नाटक धेरै लोकप्रिय भयो। उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य–सचिव हुँदा यस नाटकको रचना गर्नुभएको थियो।

मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’को सफलता एवं लोकप्रियतापछि यस्तै लोकशैलीमा सृजित गरेको नाटक ‘फर्केर हेर्दा’ले पनि एउटा नाटक क्षेत्रमा कीर्तिमान नै गढेको पाइन्छ।
तदुपरान्त नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति सूर्यविक्रम ज्ञवालीको परामर्शमा सत्यमोहन जोशीले जनजीवनमा निथ्रुक्क भिजेर ‘फर्केर हेर्दा’ नाटकको रचना गर्नु नाट्य क्षेत्रको ठूलो उपलब्धि सावित भयो। यसले उहाँलाई एउटा निपुण नाटककारका रूपमास्थापित र प्रशंसित गरायो। त्यसपछि जोशीले ‘जब घामलाग्छ’ र ‘दैलाको बत्ती’जस्ता नाट्य कृतिहरूको सिर्जना गरेर मञ्चित गराएपछि उहाँ एउटा निपुण नाटककार नै प्रमाणित हुनुभयो र प्रशंसित पनि। त्यसपछिउहाँले ‘बाघभैरव’ र ‘मजिपालाखे’ नाटकहरूको रचना गरेर थप कीर्तिमान स्थापित गर्न पुग्नु भयो।

सत्यमोजन जोशीको मिथिलाञ्चल मोह 

मिथिलाको सम्पन्न एवं समृद्ध संस्कृतिबाट उहाँ पूर्ण परिचित व्यक्तित्व एवं विद्वान् हुनुहुथ्यो। मिथिला संस्कृति र दर्शनको यशस्वी भूमिका रहेको ज्ञानबाट पनि उहाँ पूर्ण परिचित हुनुहुथ्यो। तसर्थ उहाँले मिथिलाका प्रसिद्ध महर्षि याज्ञवल्क्यको जीवनमा आधारित नाटक ‘दैलाको बत्ती’को रचना गर्नुभयो। यसरी उहाँ मिथिलाको दार्शनिक गौरवलाई गौरवन्वित र महिमामण्डित गर्नप्रतिवद्ध हुनुहन्थ्यो।
त्यसैले यस नाटकको रचना गरेर मिथिला भूमिलाई महिमामण्डित र गौरवान्वित गर्नुभयो। मिथिलाका वर्तमान विद्वत् मण्डलीबाट हुन नसकेको अपूर्व काम उहाँले गरेर एउटा कीर्तिस्तम्भ नै स्थापित गरिदिनु भयो। यो मिथिलावासी विद्वान्हरूका लागि अनुकरणीय रउदाहरणीय रचना भएको छ।

याज्ञवल्क्यलाई नेपाली विद्वत मण्डलीसित परिचितमात्र होइन, उनको योगदानबाट सम्पूर्ण नेपाललाई नै सुपरिचित गराएर सधैं स्वागतयोग्य सत्कार्य गरेर एउटा मिसाल नै खडा गरिदिनु भयो। प्रसंग थियो, दैलोको बत्ती नाटकको रूपान्तरको। विद्वान् टीका धमलाज्यूले यस नाटकको संस्कृतमा रूपान्तरण गर्नु भएर यलमाया केन्द्रमा सार्वजनिकीकरण गर्ने एउटा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्नुभएको थियो। जसमा मलाई पनि आमन्त्रित गरिएको थियो र सत्यमोहन जोशीजी प्रमुख अतिथि हुनुहुन्थ्यो।

टीका धमलाज्यूलाई के थाहा थियो भने प्रसिद्ध आख्यानकार मदनमणि दीक्षितज्यूले महर्षि याज्ञवल्क्यको जीवनी लेखेर प्रकाशित गर्नुभएको थियो। त्यो कुरा टीकाजीलाई थाहा भएर नै मलाई त्यस अन्तरक्रिया कार्यक्रममा बोलाउनु भएको थियो। मलाई पनि त्यसमा बोल्न लगाउनुभएको थियो किनभने मैले मदनमणि दीक्षितद्वारा लिखित याज्ञवल्क्य कृतिमा भूमिका लेखेको थिएँ।

सत्यमोहन जोशीले आफ्नो विद्वतापूर्ण विचार व्यक्त गर्नुभएको थियो याज्ञवल्क्यको बारेमा। डा. टीका धमलाज्यूले पनि आफ्नो रूपान्तरको बारेमा रचनात्मक कुरा अग्रसारित गर्नुभएको थियो। उक्त कार्यक्रममा मधेस प्रदेशका भाषा, साहित्य र संस्कृति तथा पर्यटनका‘ठेकेदार’ पनि उपस्थित हुनुहुन्थ्यो। मैले के प्रस्ताव राखेको थिएँ भने मधेस सरकारले विद्वान्द्वय सत्यमोहन जोशी र मदनमणि दीक्षितज्यूलाई मधेस सरकारले जनकपुरमा आमन्त्रित गरेर यथोचित सम्मान गर्नुपर्छ। किनभने यस्तो महान् कार्य अहिलेसम्म कसैले पनि गरेको छैन। तर उनले यो संवाद मधेस सरकारसमक्ष सम्प्रेषित गरेनन् र उहाँहरू सम्मानित पनि हुनुभएन। यो सबैभन्दा दुःखद् घटनाको रूपमा मैले अनुभव गरें र मधेस सरकार यस महान् कार्यबाट वञ्चित हुन पुग्यो। जुन धेरै शर्मनाक काम सावित भयो।

मैले बोल्ने क्रममाव्यक्तिगत तर्फबाट कृतज्ञताका केही शब्दहरू व्यक्त गरें। त्यो मेरो आत्मसन्तोषको कुरा थियो। तर मधेस प्रदेश सरकारको तर्फबाट केही सार्थक प्रयास अहिलेसम्म भएको छैन। जुन निन्दनीय छ, म मान्दछु।

अर्को प्रसंग छ,उहाँको काव्यसंग्रह ‘क्रान्तिको लहर’ पढेर यसको समीक्षा शिरीष प्रधानको सम्पादकत्वमा प्रकाशित ‘जन्मभूमि’ साप्ताहिकमा प्रकाशित गराएको थिएँ।सो कुरा मैले उहाँलाई सूचित गरिसकेको थिएँ।
जोशी जनुसुकै कार्यक्रममा भेट्दा त्यसको बारेमा सोधिहाल्नुहुन्थ्यो। तर मैले पटकपटक शिरीष प्रधानज्यूलाई अनुरोध गर्दा पनि त्योप्रति उपलब्ध गराइदिनु भएन। जुन अहिले सम्झँदा पनि मलाई चुकचुक लागिरहेकोछ।

जोशीसँग धेरैजसो कार्यक्रममा भेट्दा उहाँले त्यो कुरो उप्काउनु हुन्थ्योर टाउको निहुराएर सुन्नुबाहेक मसँग कुनै विकल्प हुँदैनथ्यो। उहाँ महान् उदार व्यक्तित्वको मानिस हुनुहुन्थ्यो। मसँग भेट्दा भन्नु हुन्थ्यो कि मिथिला संस्कृतिबारे मलाई सोध्दा जहिले पनि म तिम्रो नाम रेफर गरिदिन्छु।

अरू व्यक्तिकहाँ यस्तो उदारता र महानता देखाउन सक्छन्?उहाँसँग धेरैपटक म्युजिक नेपाल र लोकवार्ता परिषद्को कार्यक्रममा भेट हुन्थ्यो। जहाँ जहिले पनि उहाँ प्रमुख अतिथिको रूपमा आमन्त्रित भएर आउनुहुन्थ्यो। म पनि यी दुइटै संस्थासँग सम्बन्धित भएकाले प्रत्येक कार्यक्रममा जाने गर्दथें। उहाँमा न साम्प्रदायिक भावना थियो र न संकुचित विचारधारा नै। देशका सबै भाषा र संस्कृतिको बारेमा ज्ञान जोशी राख्नुहुन्थ्यो। कुनै पनि कार्यक्रम त्यसैअनुसार शब्दसंयोजनमा कुशल हुनुहुन्थ्यो। न लामो बोल्ने र न धेरै बोलेर श्रोतालाई असहज स्थितिमा पुर्‍याउने काम गर्नुहुन्थ्यो।

तेस्रो प्रसंग मैलेपुजनीय आमाकोस्मृतिमा प्रत्येक वर्ष एउटा पुरस्कार प्रदान गर्ने प्रबन्ध मिलाएको छु। हिन्दी र मैथिली भाषाभाषी सो पुरस्कारबाट पुरस्कृत हुने प्रावधान छ। पूर्वमन्त्री र विद्वान् लेखक रामहरि जोशीज्यूलाई त्यही पार्वती स्मृति प्रतिठानले पुरस्कृत गर्ने निर्णय गरेको थियो।

मैले रामहरिज्यूलाई सूचित गर्दा उहाँले ठाडै के भन्नु भयो भने म कुनै मन्त्रीको हातबाट पुरस्कार लिन्नँ,लिन्छु भने वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीज्यूको हातबाट लिन्छु। अब मलाई समस्या के भयो भने सत्यमोहनज्यूलाई कसरी प्रमुख अतिथिको रूपमा सूचित गर्ने ? भनेर। किनभने मलाई उहाँको घरको ठेगाना पनि थाहा थिएन। मैले फोनमा कुरा गरेंउहाँसँग। उहाँले मलाई लिनकसैलाई पठाइदिनुस् भन्नुभयो।कवि मुरारी सिग्देलज्यूलाई त्यो अभिभारा दिएँ। उहाँले ट्याक्सीमा सत्यमोहन जोशीलाई लिएर आउनु भयो।पुरस्कार कार्यक्रम सकिएपछि फेरि उहाँको घरमा पुर्‍याइदिनु भयो।

चौथो प्रसंग, रमेशनाथ खनालज्यूले आफ्नो हाइकु संग्रहको विमोचन समाहरोहमा मलाई वक्ता बनाउनु भयो। सो कार्यक्रम वरिष्ठ संस्कृतिविद् जोशीज्यूको घरमा आयोजना गरिएको थियो। मलाई उहाँको घर थाहा नभएकाले रमेशजीलाई नै अनुनय विनय गरेपछि सो व्यवस्था मिलाउनु भयो।
उक्त कार्यक्रमा मैले हाइकुका बारेमा बोलें। उहाँले धेरै ध्यानपूर्वक सुन्नु भयो। त्यसपछि खाजाको व्यवस्था पनि गरिएको थियो।नेवारी खाजामा च्युरा, अन्डा, तरकारी र अचारथियो। मअलिकति हिच्किचाएँ। उहाँले भन्नुभयो,खानुपर्छ। अनि मैले मिठो मानेर खाएँ पनि।

पाँचौंप्रसंग, म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको आफ्नो कार्यकक्षमा बसिराखेको थिएँ। वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीज्यू टुप्लुक्क ढोका खोलेर कोठाभित्र पस्नु भयो। मैले अचम्म मान्दै उठेर उहाँलाई अभिवादन गरें। उहाँ एकछिन बस्नुभयो र आफ्नो हस्तलिखित दुई पृष्ठको एउटा लेखोट दिनुभयो। त्यसपछिभन्नुभयो, यो भक्ति गीत यहाँस्थित मठमन्दिर, पौवापाटीमा बेलुका बेलुका गाइने महाकवि विद्यापतिको रचना हो। मलाई साह्रै खुसी लाग्यो। मैले गर्नुपर्ने काम उहाँले गरेर मलाई दिँदा मलाई लज्जाबोध पनि भयो कि महाकवि विद्यापतिको पदावली यहाँ गाइँदो रहेछ।

भक्तिभाव र श्रद्धापूर्वक गाइने यो भक्ति गीतहरूको संकलन गरेर प्रकाशित गरे त गजबको काम हुन्थ्यो। मैले मिथिलाक्षेत्रका एकदुईजना व्यक्तिलाई अनुरोध पनि गरें।तपाईको संकलनलाई यहाँबाट प्रकाशित गर्ने जिम्मा मेरो तर कसैले यसमा अभिरुचि देखाएन। संस्कृति र पुरातत्त्व विभागको दुईलाख बजेट स्थलगत निरीक्षण र संकलन सूचीमा नै सकिसकेको थियो। तसर्थ यो योजना मेरो कार्यकालमा पूरा भएन।

छैटौं प्रसंग,उहाँलाई मैले प्रमुख अतिथिको रूपमा एउटा संस्कृतिसम्बन्धी गोष्ठीमा आमन्त्रित गरेको थिएँ। सो गोष्ठी दनुवार भाषा–साहित्यसम्बन्धी थियो। पूर्व सांसद र संस्कृतिविद् नथुनी सिंहको अनुरोधमा सो गोष्ठीको आयोजना गरिएको थियो।

एकजना दनुवार भाषाविद् प्राध्यापकले कार्यपत्र प्रस्तुत गरेका थिए। श्रद्धेयसत्यमोहनजीले उनलाई सोध्नुभयो। दनुवार भाषाको लिपि छ कि छैन भन्दा उनले हाम्रो भाषाको लिपि छैन। उहाँ अलिकति उदास हुनुभयो। उनलाई लिपिको खोज गर्न भन्नुभयो।

निष्कर्षमा के भन्न सकिन्छ भने सत्यमोहन जोशी नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा एक्लो बृहस्पति हुनुहुन्थ्यो। उहाँलाई साहित्यिक र सांस्कृतिक क्षेत्रमा पहिलो नेपाली भन्न सकिन्छ किनभनेउहाँ जेमा पनि पहिला हुनुहुन्थ्यो। जस्तोः न्युजिल्यान्डमा पहिलो नेपाली नियात्रा लेखक, मदन पुरस्कार प्राप्त गर्नेमा प्रथम व्यक्तित्व, मदनपुरस्कार प्राप्त गर्नेहरूमा पनि तीनपटक पुरस्कार प्राप्त गर्ने विशेष व्यक्तित्व, साहित्य कला संस्कृतिकै क्षेत्रमा प्रथम प्रशासक।उहाँले नेवारी र नेपालीमा कविता, नाटक र महाकाव्य तथा नियात्रा लेखेर यसलाई धनी तुल्याउनु भएको छ। चीनमा पनि नेपाली पढाउन दुईपल्ट जाने प्रथम नेपाली।

अपूर्ण अभिलाषा

जसरी राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम अभिलाषा थियो, ऋतम्भरा महाकाव्य लेखेर यस संसारबाट बिदा हुने। तर उहाँको यो अभिलाषा अपूर्ण नै रह्यो। यस्तै, साहित्य र संस्कृतिका शीर्ष पुरुष सत्यमोहन जोशीको अन्तिम अभिलाषा थियो,‘चक्रसंबर’ पौभा चित्र पूरा भएपछि अन्तिम सास लिने। तर दुःखद् कुरो के भयो भने त्यो अपूर्ण नै रह्यो। कलाकार लोक चित्रकारको भनाइअनुसार, एक महिना अरूउहाँ बाँच्नु भएको भए यो चक्रसंबर पौभा लोकचित्र पूरा हुन्थ्यो। तर त्यो पूरा हुन सकेन। हामी उदास र अभिभावकविहीन तथा हतोत्साहित छौं।

सत्यमोहन बारेमा डा. गीता त्रिपाठी लेख्नुहुन्छ– ‘पहिलो पटकको जस्तो वैभवपूर्ण उपस्थिति, व्यवस्थापन र बैठकको ढाँचा अरू पटकको मदन पुरस्कार सभामा आफूले देख्न नपाएको बताउँथे उनी। उपस्थिति मात्र व्यापक थिएन, प्रतिस्पर्धा पनि अत्याधिक थियो।त्यत्रो प्रतिस्पर्धामा पनि नेवारहरू दुई जनामात्र परेका थिए, चित्तरञ्जन नेपाली र उनी स्वयं। नम्बर वानमा चाहिँ आफू नै रहेको बताउँदा उनका अनुहारमा खिचिएका धर्काहरू बिहानी घामको किरण झैं उज्यालिएको थियो।’

https://annapurnapost.com/story/222352/