Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Wednesday, November 29, 2023

विशिष्ट विद्वान‍्‍को दृष्टिदोष

 पुष २६, २०७६ शनिबार १५:२९:०

डा. नयनाथ पौडेल

हाम्रो देशको प्राचीन इतिहास, भाषा, संस्कृति एवं सभ्यताको विषयमा अध्ययन अनुसन्धान गर्न प्रमुख आधार तात्कालिक अभिलेखहरू नै हुन्छन्। यिनै अभिलेखहरूको अध्ययनको आधारमा नै हामी हाम्रो देशको इतिहास एवं संस्कृतिसम्बन्धी विविध विषयमा अनुसन्धानात्मक ग्रन्थहरूको सिर्जना गर्न सक्षम हुन्छौं। यस्ता प्राचीन लिपिमा लेखिएका अभिलेखहरूको पाठ पढ्दा प्राचीन लिपिविशेषज्ञहरूले शब्द-शब्दमा, अक्षर-अक्षरमा अझ भनौं भने मात्रा-मात्रामा सूक्ष्म तरिकाले दृष्टि पुर्‍याउनुपर्ने हुन्छ। यस लेखमा यस्तै किसिमको लिच्छवि लिपिमा लेखिएको रेफसहितको वर्णको आकार-मात्राको पाठ-पढाइमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ।

विषयवस्तुमा प्रवेश गर्नुअघि यस सम्बन्धमा एक प्रसंग जोड्नु उपयुक्त नै हुने देखिन्छ। कुरा के भने राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त विद्वान् मित्रवर डा. महेशराज पन्तले २०७६ भदौ ३० गते एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिनुभएको रहेछ। त्यहाँ इतिहाससम्बन्धी शास्त्रचर्चा हुँदै गर्दा डा. पन्तले नामोल्लेख गर्नुभएका सीमित व्यक्तिमध्ये मेरो पनि नामोच्चारण भएको सुन्न पाउँदा मलाई रमाइलो लागेको छ। त्यसमा डा. पन्तले मलाई ‘कायर’ शब्दले सम्बोधन गर्नुभएको पनि सुन्न पाइयो। किन यसो भन्नुभएको रहेछ त भन्दा मेरा भाइछोराहरूले डा. पन्तको नाम लिएर पत्रिकाहरूमा सम्पादकलाई चिठी लेखेकोमा डा. पन्त रिसाउनुभएको रहेछ। उनीहरूलाई मैले लेख्न लगाएको भन्ने उहाँलाई परेछ। के उनीहरूले आफ्नो अभिव्यक्ति दिनै नपाउने ? पत्रिकामा सम्पादकलाई चिठी लेख्नै नपाउने ? कुन जमानाको कुरा होला यो ?

मैले एक पटक डा. पन्तको लेखमा देखिएको अशुद्धिलाई संशोधन गर्दै यस्तो लेखेको थिएँ, ‘संशोधनको कुरा आइसकेपछि यस्ता विद्वान्ले ठीक भए ठीक, बेठीक भए बेठीक त भनिदिनुपर्ने हो। अहिले त अचम्म ! “शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि” भन्ने यो सिद्धान्त पनि अरूहरूको संशोधन आफूले गर्दा लागू हुने, आफ्नो संशोधन अरूले गरेमा चाहिँ लागू नहुने हो कि भन्ने शंका पैदा भएको छ। डा.पन्त जस्ता विशिष्ट विद्वान्लाई यो कुरा सुहाउला र ? (रचना १५५, पृ. ७०)।’

यो लेखाइले डा. पन्तलाई छोएछ कि ? उहाँले मेरा लेखहरूको कुनै जवाफचाहिँ दिनुभएको छैन। अहिलेको अन्तर्वार्तामा यसैको प्रतिक्रिया देखिएको पो हो कि ?

अब लागौं विषयवस्तुतर्फ- पाटन मंगलबजारबाट पूर्वपट्टिको सडकमा केही अगाडि बढेपछि ह :खागल्ली आउँछ। यस गल्लीबाट दायाँपट्टि लागेपछि चक्रबहाल नपुग्दै गणेशस्थान पुगिन्छ। त्यही गणेशमन्दिरमा भगवान् गणेशको मूर्तिको तलतिर लिच्छविकालको एउटा शिलालेख रहेको छ।

सर्वप्रथम यस शिलालेखलाई श्री श्यामसुन्दर राजवंशीले रोलम्ब पत्रिकाको वर्ष १८ अंक १ (२०५४ वि.संं) मा छपाउनुभएको थियो। त्यसको १७ वर्षपछि यस अभिलेखलाई परिमार्जित पाठ, अनुवाद एवं विस्तृत व्याख्यासहित डा. श्री महेशराज पन्तले पूर्णिमा पूर्णांक १४१ (वि.सं.२०७१ चैत्र) मा छपाउनुभएको छ।

‘पूर्णिमा’ पत्रिका पारिवारिक भयो भन्नेहरूलाई जवाफ दिन हो कि किन हो, धेरै अंकदेखि पूर्णिमा पत्रिकामा डा. महेशराज पन्त एक जनाको मात्र लेखहरू छापिँदै आइरहेकोमा यस लेखमा चाहिँ प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठहरूका नाम पनि सहायकका रूपमा देखिएका छन्। पूर्णिमा पत्रिकामा लेख छाप्नका लागि बाहिरिया विद्वान्हरूको लेख नछाप्ने, केवल संशोधन मण्डलका सदस्यहरूको मात्र लेख छाप्ने परम्परा रहिआएकोमा निजहरूको समेत यस लेखमा नाम छापिएको देख्दा अब प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठहरू पनि संशोधन मण्डलको सदस्य भइसकेका देखिन्छन्।

विद्वान् लेखकले परि श्रमपूर्वक पूर्वसूरिको पाठलाई समेत परिमार्जन गरी यस शिलालेखको अनुवादसहित प्रकाशन गराउनुभएको भए पनि कतिपय विषयमा संशोधन मण्डलको पत्रिकाको पनि संशोधन गर्नुपर्ने अवस्था आइपरेको हुँदा यस पंक्तिकारद्वारा ‘एउटा लेख’ सन्दर्भ श्री पत्रिकाको वर्ष १६ अंक १ (२०७२ वि.सं.) मा प्रकाशित गरिएको थियो।

हाल उक्त अभिलेखको पाठलाई सूक्ष्मेक्षिकाले हेर्दा पुन : त्रुटि फेला परेको र संशोधन मण्डल जस्तो संस्थाबाट प्रकाशित पत्रिकामा अशुद्धि रहिरहनु उपयुक्त हुने नदेखिएकाले यस विषयसम्बन्धी विद्वान्हरूको जानकारीका लागि यो लेख लेख्ने धृष्टता गरिएको छ।

लिच्छविकालका अभिलेखहरूमा उत्कीर्ण अक्षरहरूमा ‘जलतुम्बिकान्यायेन रेफस्योद्ध्र्वगमनं भवति’ अर्थात् पानीमा तुम्बालाई फालिदिएपछि जसरी पानीको सतहमाथि त्यो तुम्बा टक्रक्क तैरिएर बस्छ, त्यसै गरी रेफ पनि वर्णहरूको शिरोरेखाभन्दा माथि टुक्रुक्क बस्छ भन्ने मान्यता रहेको पाइन्छ। यही परम्परालाई अनुसरण गर्दै धेरै शदीपछि अहिलेको देवनागरी लिपिमा आइपुग्दासम्म पनि रेफलाई वर्णको शिरोरेखाभन्दा माथि राख्ने प्रचलन चलिरहेकै देखिन्छ।

लिच्छवि कालका अक्षरमा संयुक्त वर्ण लेख्दा पहिलो वर्णमा संयुक्त रूपले लगाइने वर्णहरू लम्ब रूपमा तल जाने हुन्थे। यसैले धेरैजसो ठाउँमा संयुक्त वर्णमा लगाइने मात्राहरू संयुक्त वर्णको पहिलो अक्षरमा नै लगाइने गरिन्थ्यो। यसरी मात्रा लगाइँदा वर्णको शिरोरेखाकै दायाँ, बायाँ, माथि लगाइन्थ्यो। परन्तु रेफ-संयुक्त वर्णमा मात्रा लगाउँदाचाहिँ रेफ नै वर्णको शिरोरेखामा बस्ने हुँदा मात्राहरू पनि शिरोरेखाभन्दा माथि रेफमा नै लगाउने प्रचलन रहेको देखिन्छ।

नेपालको लिच्छविकालका अभिलेखहरूको पाठ पढी प्रकाशित गर्ने इ.शि बाबुराम आचार्य, श्रीगुरु पं. नयराज पन्त, गुरु धनवज्र वज्राचार्य लगायतका स्वदेशी विद्वान्हरू र भगवानलाल इन्द्रजी, सेसिल बेन्डाल, सिल्भाँ लेभी तथा रेनिइरो नोली लगायतका विदेशी विद्वान्हरूले यसै गरी रेफ-संयुक्त वर्णमा लगाइएका मात्राहरूको पाठ पढ्नुभएको पाइन्छ।

स्रोत  : लिच्छविकालका अभिलेखका शब्दहरूको प्रतिच्छवि डा. डिल्लीरमण रेग्मीको ‘इन्स्क्रिप्सन्स् अव् एन्सिन्ट’ नेपाल भाग ३ बाट लिइएका हुन्।

अब जाऊँ, ह :खागल्लीको लिच्छवि कालको शिलालेखतर्फ- उक्त शिलालेखको लिपिको रेफसहितको वर्णको आकार मात्राको पाठ-पढाइ निम्नबमोजिम रहेको देखिन्छ-

अब हेरौं- संयुक्त य्य वर्णमा लगाइएको रेफको चिह्नमाथिको आकार-मात्रा तर्फ-

रेफको चिह्न

यताबाट संयुक्त य्य वर्णमा य को बीचको दण्डमाथि रेफ लगाइएको र त्यसमाथि दायाँतिर थोरै तानिएको आकारको मात्रा-चिह्न प्रस्ट देखिन्छ।

आकारको मात्राचिह्न नभएको रेफ-चिह्न र आकारको मात्राचिह्न भएको रेफ-चिह्नका विषयमा यही शिलालेखको दोस्रो पंक्तिमा दुइटैको उदाहरण पाइन्छ। यताबाट रेफमा आकार लगाइएको छ वा छैन भन्ने स्पष्टसँग थाहा पाउन सकिन्छ। यसको प्रतिच्छवि हेरौं-

१. भगवताय्र्यावलोकित (रेफको चिह्नमाथि आकारको मात्रा चिह्न लगाइएको)

यसमा य्य संयुक्त वर्ण लेखी सोको शिरमा रेफ-चिह्न दिएर अनि रेफबाट दायाँपछि सानो रेखा तानी आकारको मात्राचिह्न लगाइएको छ।

२. विजिरगुप्ताय्र्यभिक्षुणी- (रेफको चिह्न भएको, आकारको मात्राचिह्न नलगाइएको)

यसमा संयुक्त य्य वर्ण लेखी सोको शिरमा लम्ब रूपमा सानो रेफचिह्न दिइएको छ। यसमा आकारको मात्रा-चिह्न लगाइएको छैन।

यसैले एउटै शिलालेखको एकै पंक्तिमा संयुक्त य्य वर्णमा रेफ लगाएर आकारको मात्राचिह्न लगाइएको उदाहरण पाइन्छ भने सोही पंक्तिमा संयुक्त य्य वर्णमा रेफको चिह्न लगाइएको, त्यसमा आकारको मात्रा-चिह्नचाहिँ नलगाइएको समेत दुवै उदाहरण पाइन्छन्। यसबाट संशय हुनुपर्ने अवस्था नै देखिँदैन। दुवै उदाहरण एकै पंक्तिमा स्पष्टसँग उल्लेख गरिएका छन्।

यसैले यस अभिलेखको २ पंक्तिमा भगवताय्र्यावलोकित, ३ पंक्तिमा पञ्चभिम्र्मान्या, ३ पंक्तिमा पुष्पधूपदीपस्तृभिर्मान्या एवं ४ पंक्तिमा भगवताय्र्यावलोकितश्वर नै शुद्ध पाठ हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ। (ह :खा गल्लीको लिच्छविकालको अभिलेखको प्रतिच्छवि पूर्णिमा १४१ बाट लिइएको हो।)

यस लेखको अलि नरमाइलो पक्षचाहिँ के छ भने यस अभिलेखका सम्बन्धमा डा. पन्तले यसरी टिप्पणी गर्नुभएको छ, ‘यस शिलालेखको भाषा कहीं लिपिबद्ध गर्नेको र कहीं कुँद्नेको कमजोरीले गर्दा त्यति शुद्ध छैन। यसको उदाहरणको लागि समस्त पदमा भगवदाय्र्यावलोकितेश्वरमुद्दिश्य हुनुपर्नेमा भगताय्र्यवलोकतश्वरमुद्दिश्य (मूलको ४ पंक्ति) लेखिएकोलाई देखाए मात्र पनि पुग्ला। आय्र्याको य्र्यामा कान्दानी छुटेकोचाहिँ कुँद्नेको गल्ती हो।” (पूर्णिमा १४१ पृ. ७)

माथिको छलफलबाट यो स्पष्ट भइसकेको छ कि आय्र्याको य्र्यामा कान्दानी छुटेकै छैन। अभिलेखको पाठ पढ्ने विद्वान्ले नै नपढिदिएपछि कसको के लाग्छ ?

‘यहाँ झूटो गुण अथवा दोष नलाइदिनुहोला’ भनेर आफ्नो सम्पूर्ण जीवन अध्ययन-अध्यवसायमै समर्पण गरेर विद्यार्जनमा लागिरहनुभएका यस्ता विशिष्ट विद्वान्ले शिलापत्र कुँद्नेको गल्ती नभएको अवस्थामा पनि आफूले राम्रोसँग नपढी ‘आय्र्याको य्र्यामा कान्दानी छुटेको चाहिँ कुद्नेको गल्ती हो’ भनी ठोकुवा गरी कलाकारलाई दोष लगाएको देख्दाचाहिँ नरमाइलो लाग्ने रहेछ।

यसैले माथिको छलफलबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लिच्छवि लिपिको रेफसहितको वर्णको आकार-मात्राको पाठ-पढाइमा संशोधन मण्डलका हस्ती डा. महेशराज पन्तले संशोधन गरी पढ्नुभएको पाठ, जो छ सो, अशुद्ध छ भन्ने कुरा ठोकेरै भन्न सकिन्छ।

https://annapurnapost.com/story/145245/

Tuesday, January 5, 2021

खोकनाको चीत्कार सुन !

 विकास र प्रगति हुन्छ भन्ने नारा दिने तर कसरी हुन्छ भन्ने प्रश्नको उत्तर गायब गर्ने, झन् विकास कसैको विनाशमाथि गर्न मिल्दैन भन्यो भने विकासविरोधी बिल्लाको लाठोले ठोक्ने प्रवृत्तिलाई अब पनि खपिरहन नेपाली समाज किन बाध्य हुनुपर्ने ?

आहुति



झडपको खबर फैलिएपछि थोरै भए पनि त्यसतिर मानिसहरूको ध्यान खिचिन थालेको छ । तर जुन स्तरमा बहस सृष्टि हुनु जरुरी छ, त्यो भने हुन सकेको छैन । राज्यका निकाय र कतिपय व्यक्तिले खोकनाले उठाएको आवाजलाई केवल जग्गाको मुआब्जा नपुगेको असन्तुष्टिको स्तरमा सीमित बनाउन चाहेको देखिन्छ । विषयको गम्भीरता भने त्योभन्दा निकै गहिरो छ । द्रुतमार्गका लागि खोकना र बुङमती क्षेत्रको जमिन अधिग्रहण गर्ने निर्णयसँगै राज्यले तोकेको मुआब्जा लिन आह्वान गरेको समयसीमाभित्रै सरोकारवाला समुदायले आफ्नो असन्तुष्टिको निवेदन २०७२ सालमै जिल्ला प्रशासन र प्रधानमन्त्री कार्यालयमा पेस गरेका थिए । तर त्यसको सुनुवाइ भएन, बरु धमाधम निर्माणको योजना जारी राखियो । समुदायले संघर्षका कार्यक्रमहरूमार्फत आफ्नो असहमतिलाई संगठित रूपमा व्यक्त गर्न थालेपछि २०७५ सालमा त्यस क्षेत्रका संघीय सांसदको रोहबरमा सरोकारवाला प्रतिनिधिहरू, द्रुतमार्ग आयोजना प्रमुख, विद्युत् प्राधिकरणका निर्देशक, बाहिरी चक्रपथ आयोजना प्रमुख आदिबीच समस्यालाई निकास दिन सम्झौता भयो । तर त्यो पनि कता थन्क्याइयो, अत्तोपत्तो भएन । राज्यले निर्माण गर्ने आयोजनाहरूसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय बासिन्दाको चासोलाई प्राथमिकतामा राख्नुपर्ने विश्वव्यापी मान्यतालाई ६ वर्षसम्म ठोस सम्बोधन गर्ने इच्छा राज्यले नदेखाउनु र उल्टै आज दमनमा उत्रिने ढाँचाकाँचा देखाउनुलाई कदापि सही मान्न सकिन्न ।

करोडौं पर्ने जमिन अत्यन्तै कम मूल्यमा गुमाउनुपर्ने पीडा त खोकनाको चीत्कारभित्र छ नै, त्यसभन्दा पनि बढी सिंगै बस्ती र आफ्ना सांस्कृतिक सम्पदाहरू ध्वस्त हुने आकलनबाट समुदाय आतंकित अनि आक्रोशित छ । विश्वकै सम्पदाविज्ञहरूको ध्यान खिच्न सफल रातो मच्छिन्द्रनाथदेखि थुप्रै धार्मिक–सांस्कृतिक सम्पदाहरू खोकना र बुङमतीमा छन् । त्यसो त परम्परागत नेवार बस्ती नेपालका सन्दर्भमा आफैंमा सांस्कृतिक सम्पदाको स्तरका हुन् । वास्तवमा त्यस्तो सयौं वर्ष पुरानो सम्पदामय बस्ती र सम्पदाको रक्षाको सवालमा पूरै देशको ध्यान जानु आवश्यक छ ।

काठमाडौं–तराई द्रुतमार्ग, १३२ केभी विद्युत् प्रसारण लाइन, बाहिरी चक्रपथ, वाग्मती कोरिडोर, नयाँ स्याटेलाइट सहर अनि काठमाडौं–तराई रेलमार्गजस्ता चालु वा परिकल्पित ठूला आयोजनाहरूको एउटा मुख्य द्वारविन्दु बनेको छ खोकना–बुङमती क्षेत्र । यदि त्यस सम्पदामय बस्तीको सुरक्षाको सवाललाई केन्द्रमा नराख्ने हो भने ती आयोजनाहरूले बस्तीलाई सर्लक्कै निल्ने भविष्यको दृश्य जोकोहीले आज सजिलै देख्न सक्छ । त्यसमध्ये पनि बाहिरी चक्रपथ कुन आवश्यकताले बनाउन लागिएको हो भन्ने विषय निकै खतरनाक देखिन्छ । आज वाग्मती उपत्यकाका सबै वडासम्म मोटरबाटो पुगेको छ, तब नयाँ चक्रपथ केका लागि ? अहिले पुगिसकेका बाटाहरूको स्तरोन्नतिले बस्तीको कुनचाहिँ आवश्यकता धान्न सक्तैन ? हालको चक्रपथबाट बढीमा पाँच किलोमिटर दूरीमा अर्को चक्रपथको निर्माण कुनै तर्कबाट पनि सही ठहर्दैन । बाहिरी चक्रपथ बनाउने अवधारणा भूमाफियाहरूको स्वार्थबाट स्वतन्त्र छ भन्ने पुष्टि गर्ने कुनै ठोस दलिल छैन । बाहिरी चक्रपथ बनाएपछि वाग्मती उपत्यकाको बचे–खुचेको प्राकृतिक पर्यावरण पनि सकिनेछ र यो एउटा शुद्ध कंक्रिटको जंगलमा रूपान्तरण हुनेछ । यही हो त अबको नेपालको वैज्ञानिक सहरीकरणको दिशा ? अनि सामुदायिक रूपमा चाहिँ सबैभन्दा बढी मार नेवार समुदायलाई नै पर्नेछ । एउटा चक्रपथको निर्माणपछि नेवारको

जनसंख्या बहुमतबाट ह्वात्तै तल झर्ने परिस्थिति आयो, अर्को चक्रपथ पनि बनेपछि नेवारको जनसंख्या निरीह अल्पसंख्यकमा पुग्नेछ । वाग्मती उपत्यकामा नेवारको जनसांख्यिक अल्पसंख्यता भनेको यहाँका सम्पदाहरूमाथिको तीव्र विनाशकरणको सिलसिला नै त हुनेछ ! त्यसैले हजार वर्षमा पनि बनाउन नसकिने सम्पदाहरू विकासका नाममा क्षणभरमै भताभुंग हुन सक्नेतर्फ सबैको ध्यान जानैपर्छ । अर्को कुरा, के नेपालमा खेतीयोग्य जमिनको रक्षाको मुद्दा नै अन्त्य गरिएको हो र ? होइन भने विकास–निर्माणका सन्दर्भमा त्यस पक्षलाई मनग्गे ख्याल त गर्नैपर्छ । त्यस कोणबाट पनि खोकना–बुङमतीको आजको सवाललाई हेरिनु नै पर्छ किनभने त्यहाँको खेतीयोग्य जमिन मात्र वाग्मती उपत्यकामा थोरै बचेको सग्लो खण्ड हो । ठूला आयोजनाहरू ठीक वा बेठीक जस्तो नियतले तर्जुमा गरिए पनि त्यससँग बहुआयाममा अर्बौं पुँजीको चलखेल हुन्छ । मूल ठेकेदार, साना ठेकेदारहरू, राजनीतिक र प्रशासनिक क्षेत्रका कमिसनखोरहरू, निर्माण सामग्री उत्पादक कम्पनीहरू, सप्लायरहरू र आयोजना निर्माणपछि सबैभन्दा बढी लाभ उठाउने समूहहरूको दृश्य–अदृश्यमा चलखेलको बवन्डर नै चल्छ । यस प्रकारका आयोजनावरपर नेपालमा भूमाफियाहरूको सलबलाहट सबैभन्दा बढी हुने गरेको छ ।

राज्यको रोहबरमा हुने त्यस किसिमको आर्थिक चलखेलको बवन्डरबीच आयोजनाको लपेटमा आउने गरेको स्थानीय समुदायचाहिँ सबैभन्दा निरीह अनि असहाय अवस्थामा थिलथिलो हुने दृष्टान्त नै आम रूपमा बढी छ । नेपाली समाजको सचेत तप्काले उपेक्षा गर्ने हो भने, खोकनाको चीत्कारलाई पनि अन्ततः विकासविरोधीका रूपमा डामेर त्यसमाथि डोजर कुदाई किचीपिची पार्ने सम्भावना नै बढी छ । शाह र राणा शासकहरूले गरेको सामुदायिक सम्पत्ति र सम्पदाहरूको लुटको सिलसिलाले विशाल कमलपोखरीहरूमा आज निजी छायादेवी कम्प्लेक्सहरू बन्न पुगे । टुँडिखेल टीठलाग्दो गरी खुम्चियो । सामुदायिक पोखरी, चरीचरनहरूमा भटाभट निजी दरबार र हवेलीहरू खडा गरिए । २००७ सालदेखि सुरु भएको आधुनिक विनाशकारी विकासको मोडलले वाग्मती उपत्यकाका खेतीयोग्य जमिन, सङ्ला नदीहरू, हराभरा पोखरीका स्रोतहरू र ढुंगेधाराहरू भटाभट निल्यो । हेर्दाहेर्दै काठमाडौं मलको जगले सुनधारा खायो । शासक–प्रशासकहरूका भातभान्सालाई न्यानो बनाउने कर्तुतकै काखीबाट वाग्मती उपत्यकाका चारैतिर पर्यावरणीय महत्त्वका थुम्काहरूमा सयौं अदृश्य कर्मका गुम्बाहरू बन्न पुगे र थपिँदै छन् । त्रिभुवन विश्वविद्यालयका निम्ति बलात् जग्गा अधिग्रहणका पीडित कीर्तिपुरका नेवारको आँसु अझै ओभाइसकेको छैन । यस्तो सरकारी अधिग्रहणहरूको मैमत्त नृत्यबाट थातथलो गुमाएर दरपुस्ता क्रूर उठीबासमा धकेलिएका उपत्यकावासीको कथाका पीडादायी दहहरू निकै गहिरा छन् । शाह र राणाहरूको शासनदेखि आजसम्म चाहे शासकहरूको भोगविलासका निम्ति होस् चाहे आधुनिक विकासका नाममा, वाग्मती उपत्यकामा सबैभन्दा मारमा परेको समुदाय नेवार नै हो । आफ्नो जमिन, आफ्ना परम्परागत सभ्यताकृत सम्पदाहरू विकासका नाममा गुमाएर नेवार समुदायले त्यसको लाभांश कति प्रतिशत पायो ? वास्तवमा आजको खोकनाको चीत्कारलाई इतिहासदेखि हुँदै आएको बेइमानीप्रति उठाइएको एउटा गतिलो सवालका रूपमा बुझ्नैपर्छ । खोकनाले भन्यो, ‘हामीसँग वार्ता गर्ने भए हाम्रो भाषा बुझ्ने मान्छे लिएर आऊ !’ यो भनाइको सानदार प्रतीकात्मक ऐतिहासिक अर्थ यही त लाग्छ— हामीसँग कहिल्यै ठीक ढंगले संवाद नै गरिएन; षड्यन्त्र मात्र गरेर लुटियो ! खोकनाको आजको प्रतिरोधलाई अझ यतिले मात्र पनि गहिराइमा अनुभूति गर्न नसकिएला । त्यसका निम्ति समाजशास्त्रका आप्रवासीबारेका केही निचोड र नेपालको विगत अढाई सय वर्षको इतिहासलाई पनि अगाडि राखेर हेर्नु आवश्यक छ ।

वाग्मती उपत्यकामा गोपालवंशी, महिषपालवंशी, किरात आदि जातिको बसोबास रहेको उल्लेख इतिहासमा पाइन्छ । तर उपत्यकालाई सर्वांगीण रूपमा सभ्यताकृत गर्ने कामचाहिँ लिच्छवि र मल्लहरूको राज्यकालमै बढी हुन पुग्यो । इसाको दोस्रो शताब्दीमा लिच्छविहरूको वाग्मती उपत्यकामा प्रवेशदेखि मात्र गणना गर्दा पनि यो सभ्यता करिब २,००० वर्षको हो । विभिन्न समयमा उपत्यका प्रवेश गरी बसोबास गरेका विभिन्न प्रजातिबीचबाट विकसित नेवार भाषाले एउटा राष्ट्रका रूपमा नेवार समुदाय निर्मित हुन पुग्यो र २,००० वर्षको सम्पदामय सभ्यताको सबैभन्दा पछिल्लो उत्तराधिकारीका रूपमा नेवार जाति अगाडि आयो । यो उत्तराधिकार नेवार समुदायले स्वाभाविक प्रक्रियामा प्राप्त गरेको थियो । त्यसैले त्यससँग गहिरो लगाव पनि उसैको हुने भयो र अझै छ । तर पृथ्वीनारायण शाहको शासनपछि उपत्यकाको हालहुकुम आप्रवासीका हातमा गयो । शाह या राणाहरू या आजसम्मकै मूल शासकको डफ्फा उपत्यकाबाहिरबाटै आउने क्रम चलिरहेकै छ । आप्रवासीको मूल ध्याउन्ना आफूलाई रैथाने बनाउनेमा हुनु स्वाभाविक छ । आप्रवासी जमात शासक भए शासन कसरी दीर्घजीवी बनाउने र स्रोत कसरी कब्जा गर्ने भन्ने नै मुख्य उद्देश्य हुने भयो । आप्रवासी जमात सामान्य नागरिक रहेछ भने, जीविका कसरी सुगम बनाउने भन्ने नै मुख्य सरोकारको विषय बन्न पुग्छ । आप्रवासीका निम्ति नयाँ ठाउँको पर्यावरण, सम्पदा र संस्कृति जोगाउने विषय प्राथमिकतामा पर्नै सक्तैन किनभने त्यसको महत्त्व र व्यापकतासँग उसको अनुराग जोडिएकै हुन्न । आप्रवासीहरू रैथाने बन्ने पुस्तौंको प्रक्रियापछि मात्र त्यहाँको प्रकृति, सम्पदा र संस्कृतिप्रति स्वाभाविक अनुराग निर्माण हुने हो । वाग्मती उपत्यकामा अढाई सय वर्षदेखि आप्रवासीसम्बन्धी यही समाजशास्त्रीय परिघटना लगातार घट्दै आयो । जो शासक रहँदै आए, उनीहरूलाई वाग्मती उपत्यकाको प्रकृतिको लय, सम्पदा र संस्कृतिबारे न गम्भीर ज्ञान नै भयो न त अनुराग नै । जो २,००० वर्षदेखिको सभ्यताको उत्तराधिकारी नेवार समुदाय थियो, उसले प्रकृति, सम्पदा र संस्कृतिबारे मूलतः निर्णय गर्नै पाएन, बरु दमनमा पो पर्दै आयो । प्रत्येक जाति–समुदायलाई एकअर्कोबाट तलमाथि सिद्ध गर्ने जातवादी शासनको वैचारिकीले नेवारबारे ‘नेवार इष्ट र बाउ दुष्ट कहिल्यै हुँदैन’ भन्ने भाष्यलाई प्रचार गर्‍यो, जसका कारण जनस्तरमा स्वाभाविक रूपमा पैदा हुने सुमधुरतामा समेत लगातार बाधा उत्पन्न हुँदै आयो । वाग्मती उपत्यकाको पर्यावरण, खेतीयोग्य जमिनको विनाश अनि सम्पदाहरूको नष्टीकरणको मुख्य ऐतिहासिक गुदी कारण यही नै हो, नत्र नदीभित्र अपान वायुसम्म छाड्न हुन्न भन्ने संस्कृतिको नेवार ज्ञानले निर्णय गर्न पाएको भए वाग्मतीमा फोहोर मात्रै बग्ने आजको दुर्भाग्यपूर्ण परिस्थिति जन्मिन सम्भव हुन्थ्यो होला त ? कदापि हुने थिएन ।

त्यसकारण नेपालको इतिहासका दुर्भाग्यपूर्ण यी कटु सत्यहरू, आधुनिक पुँजीवादी राज्यहरूले विकासका नाममा स्थानीय जनतामाथि लादेका तमाम दलनहरू र पर्यावरण एवं सम्पदाविरोधी हर्कतहरूलाई एक ठाउँमा राखेर हेर्ने हो भने, पहिलो निष्कर्ष सबैका अगाडि टड्कारो भएर आउँछ— स्थानीय समुदायको सरोकारलाई सर्वप्रथम न्याय गर्नुपर्छ, उनीहरूलाई चित्त बुझाउनैपर्छ र उनीहरूसँग कपटमा आधारित होइन जीवन्त संवाद गरिनुपर्छ । विकास र प्रगतिविरोधी एकाध व्यक्ति नियतवश हुन सक्छन्, तर सिंगै समुदाय कहिल्यै हुनै सक्तैन । विकास र प्रगति हुन्छ भन्ने नारा दिने तर कसरी हुन्छ र कसको प्रगति हुन्छ भन्ने प्रश्नको उत्तर गायब गर्ने, झन् विकास कसैको विनाशमाथि गर्न मिल्दैन भन्यो भने विकासविरोधी बिल्लाको लाठोले ठोक्ने प्रवृत्तिलाई अब पनि खपिरहन नेपाली समाज किन बाध्य हुनुपर्ने ? आधुनिक पुँजीवादी राज्यहरूले विकासका नाममा विश्वव्यापी रूपमा स्थानीय जनतामाथि बीभत्स कहरको पराकाष्ठा नाघेपछि नै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अभिसन्धि जन्मिन पुगेको तथ्यलाई नेपालका शासकहरूले कदापि बिर्सन मिल्दैन । नेपालका वर्तमान शासकहरूले आफूलाई जनहित पक्षको महानतम योद्धा दाबी गरिरहेका छन् । तर त्यति धेरै महानतम उदारता पनि परेन, कम से कम विश्वका निकृष्टभन्दा निकृष्ट शासकहरूले समेत प्रतिबद्धता जनाएको आईएलओको

अभिसन्धिको बुँदा १६९ को व्यवस्था त इमानदारीपूर्वक खोकनाका सन्दर्भमा अख्तियार गर्न तयार होऊन्, जसमा लेखिएको छ— ‘सम्बन्धित जनताले भोगिआएको भूमिबाट उनीहरूलाई हटाइनेछैन’ र ‘ठाउँसारी आवश्यक भएमा उनीहरूको स्वतन्त्र र सुसूचित सहमति लिएर मात्र त्यस्तो ठाउँसारी गरिनेछ ।’ यति गर्न पनि शासकहरू तयार हुन्नन् भने स्वाभाविकै रूपमा यी मुद्दा खराब व्यवस्था र खराब शासकविरुद्धको आगामी कठोर राजनीतिक आन्दोलनको एउटा अनिवार्य पृष्ठभूमि बन्ने नै छन् ।

प्रकाशित : असार २८, २०७७ ०९:५२

https://ekantipur.com/opinion/2020/07/12/159452549487828797.html

Friday, August 11, 2017

युवराज दीपेन्द्रले भने- कुमारी नफेरे देश निकाला गरिदिन्छु

अन्नपूर्ण शनिवार, असार २५, २०७३ 

युवराज दीपेन्द्रले भने- कुमारी नफेरे देश निकाला गरिदिन्छु
६४ वर्षीया धनकुमारी बज्राचार्य

आजीवन कुमारीको कथा


२०४७ साल । भोटो देखाउने जात्रा हेर्न स्वर्गीय राजा वीरेन्द्रसँगै युवराज दीपेन्द्र पनि सवार थिए । रथमा थिइन्, ३८ वर्षीया जीवित कुमारी धनकुमारी बज्राचार्य । धनकुमारीलाई देख्नेबितिकै दीपेन्द्रले ‘यति ठूली केटी पनि कुमारी हुन्छ र ?' भन्ने प्रश्न गरेका थिए। सामान्यतः सानी उमेरकी कुमारी देखिरहेका दीपेन्द्रले ‘ठूली' कुमारी देखेर प्रश्न उठाउनु स्वाभाविक थियो । त्यसपछि दीपेन्द्रले कुमारीबारे छानबिन समिति नै गठन गरे आफ्नै नेतृत्वमा ।

महिनावारी नभइन्जेल कुमारीका रूपमा कुमारीघरमा रहने पाउने कुमारी प्रथा छ । तर, धनकुमारी भने ३२ वर्षको उमेरमा पनि महिनावारी भइनन् । छानबिन समितिले धनकुमारीको शारीरिक अवस्था जाँच गर्‍यो । सम्पूर्ण चेकअपपछि पनि कुमारीको शरीरमा कुनै दोष भेटिएन, सबै ठीकठाक थियो ।
दुई वर्षकी हुँदा २०११ सालमै कुमारी बनेकी धनकुमारी बज्राचार्य २०७३ सालसम्म पनि कुमारी छिन् ।
अझै पनि दीपेन्द्रको चित्त बुझेन । त्यसपछि उनले दरबारका पुरोहितलाई बोलाई ‘धनकुमारीको ठाउँमा सानो कुमारी राख्नू अन्यथा तपाईंलाई देश निकाला गर्छु' भनेर धम्की दिए । पुरोहित धर्मसंकटमा परे । पुरोहितले ‘यति ठूलो भगवान्लाई म कसरी हटाउन सक्छु' भन्दै रोइकराइ गरे । कुमारीहरू हत्तपत्त परिवारका सदस्यबाहेक अन्य आगन्तुकसँग नबोल्ने नियम छ । यति हुँदाहुँदै पनि त्यति बेला भने धनकुमारीले मुख खोलिन् । 

उनले भनिन्, ‘तिमीलाई जे हुकुम भएको हो त्यही गर, यसमा तिम्रो केही दोष हुनेछैन ।' त्यसपछि धनकुमारी आफैँ कुमारीघरबाट हटिदिइन् र कुमारीले गर्ने सम्पूर्ण नियम पालन गरी आफ्नै घरमा कुमारीका रूपमा बस्न थालिन् । कुमारीघरमा औपचारिक रूपमा साना उमेरका अन्य कुमारी राखिए पनि धनकुमारी आजीवन कुमारीका रूपमा अहिलेसम्मै पुजिँदै आएकी छन् । दीपेन्द्रले देशनिकाला गर्छु भनिएका दरबारका ती पुजारी अहिले मरिसके ।
...
केही दिनअगाडि धनकुमारीलाई भेट्न म गाःबहालस्थित उनकै निवास पुगेकी थिएँ । उनी आफ्नै कोठामा पूजामा व्यस्त थिइन् । फलफूल, नैवेद्यले भरिएको उनको पूजाकोठा धुपको वासनाले मगमगाइरहेको थियो । रातो र झिलझिल चम्किने पहिरनमा सजिएकी थिइन् कुमारी ।
परेलीको छेउदेखि कानसम्म गाजलको लामो धर्को तानिएको थियो । आँखा झुकाइरहेकी थिइन् । कसैसँग आँखा नजुधाउने र परिवारबाहेकका आगन्तुकसँग बोलचाल नगर्ने कुमारीको नियम हुन्छ । आफ्नो आसनमै बसिरहेकी थिइन् उनी । कुमारीले आफ्ना दुई खुट्टा पूजाथालीमाथि राखेकी थिइन् । नजिकै परालका चकटी बिछ्याइएका थिए।
कुमारीले थालीबाट अक्षता निकालेर मेरो निधारमा टाँसिदिइन् । केही छिनपछि आफ्नो खुट्टाको फूल मेरो शिरमा राखिदिइन् ।
म धनकुमारीकी भदैनी चनिरासँग कुरा गर्न थालेँ । चनिरा स्वयं पनि पूर्वकुमारी हुन् ।
...
धनकुमारी बज्राचार्य दुई वर्षको उमेरमा कुमारी बनेकी थिइन् २०११ सालमा । त्यसपछि उनी आजीवन नै कुमारी भइन् । अहिले उनी ६४ वर्षकी भइन् । कुमारी प्रथाकै इतिहासमा धनकुमारी एक दुर्लभ कुमारी मानिन्छिन् । सबैभन्दा लामो समय कुमारी बनेकी उनी एक्लो उदाहरण हुन् । कुमारीप्रथामा रजस्वला सुरु हुनुअघिसम्म कुमारी भएरै कुमारीघरमा बस्न पाइने नियम हुन्छ । रजस्वला सुरु हुने समयमा कुमारी फेरिन्छिन् । तर, धनकुमारीको हकमा भने निकै फरक छ । ६४ वर्षसम्म पनि उनको रजस्वला भएको छैन । २००९ सालमा जन्मेर २०११ सालमै कुमारी बनेकी धनकुमारी बज्राचार्य २०७३ सालसम्म पनि कुमारी छिन् ।
...
उनको दैनिकी पूजापाठमै बित्छ । बिहानै उठेर नुहाइधुवाइ गरेपछि उनी कुमारी-पहिरन र मेकअपमा सजिन्छिन् । कुमारी पहिरन रातो र झिलझिल अनि चम्किने नै हुनुपर्ने चनिराले बताइन् । ‘ठूलोठूलो पूजाआजामा गहना लगाए पनि अरू बेला लगाउने चलन छैन', चनिराले भनिन् । मैले कुरा गरिरहेको समयमा पनि धनकुमारीले गहना लगाएकी थिइनन् । कुमारी परम्पराअनुसार उनीहरूले प्रयोग गरेका गहना एकबाट अर्को कुमारीलाई हस्तान्तरण गरिने चलन छ तर उनी ‘आजीवन कुमारी' भएकाले अरू कसैलाई गहना हस्तान्तरण गर्नु परेन ।

उनको सबै समय भक्तजनसँगै बित्छ । उनलाई पूजा गर्न थुप्रै भक्तजन आइरहन्छन् । पूजा सकिएपछि मात्रै उनी भोजन गर्छिन् । सामान्य भोजन गर्छिन् तर कुखुराको मासु र माछा भने कडा रूपमा प्रतिबन्ध गरिएको हुन्छ । चोखोनितो बनाएर कुमारीलाई खुवाइसकेपछि मात्रै घरका अन्य सदस्यले खाने चलन रहेको चनिराले बताइन् । फुर्सदको समयमा बिरुवामा पानी हाल्दै टहलाउन मन पराउँछिन् धनकुमारी । 

त्यसो त बाहिरी संसार भनेकै घरको छतसम्म पुगेर बिरुवामा पानी हाल्नु हो । त्योभन्दा बाहिर त उनी निस्कँदै निस्किन्नन् । उनी कतै निस्कनु परे बोकेर लैजाने चलन छ । धनकुमारी कहिलेकाहीँ पत्रपत्रिका पल्टाउँछिन्, पढ्न भने सक्दिनन् । रेडियोमा समाचार सुन्छिन्, टीभीमा धार्मिक कार्यक्रम हेर्छिन् । नेपाली राम्ररी बुझ्दिनन् । परिवारका सदस्यसँग एकदमै थोरै बोल्छिन्, त्यो पनि नेवारीमा मात्रै ।

कुमारी छान्ने परम्परा काठमाडौं उपत्यकाका नेवारहरूमा रहेको पुरानो परम्परा हो । गाःबहालमा बज्राचार्य समुदायको बालिकाहरूबाट नै छनोट गरिन्छ । बत्तीस लक्षणयुक्त भएकी बालिकालाई कुमारी छानिन्छ । राजसंस्था रहुन्जेल दरबारका बडागुरुज्यले कुमारी छनोट गर्थे । राजसंस्था नरहेपछि तलेजु मन्दिरका पुजारीले कुमारी छनोट गर्ने गरेका छन् । त्यसका लागि आवश्यक परीक्षण पनि उनी नै गर्छन् । 

इतिहासविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार कुमारी प्रथा लिच्छविकालका राजा अंशुबर्माको पालादेखि नै सुरु भएको हो । मल्लकालमा कुमारी प्रथाको निकै महव थियो । त्यति बेला कुमारीलाई निकै सम्मान गरिन्थ्यो । बौद्ध धर्मावलम्बी शाक्य र बज्राचार्य समुदायका बालिकालाई हिन्दु पुजारीले छनोट गर्नु धार्मिक सामञ्जस्यताको द्योतक रहेको ग्वंगको मत छ ।
शिक्षा ग्रहण गर्ने पहिलो कुमारी
आमाका कारण अध्ययन गर्ने सुवर्ण मौका पाएकोमा पूर्वकुमारी चनिरा बज्राचार्यलाई गर्व लाग्नु स्वाभाविक हो । उनी शिक्षा ग्रहण गर्न पाउने पहिलो ‘भाग्यमानी' कुमारी हुन् । पाटनमा उनीबाट नै कुमारीले पनि शिक्षा लिने चलन सुरु भएको हो । कुमारी प्रथाअनुसार कुमारीहरूलाई बाहिरका मानिससँग बोल्न प्रतिबन्ध लगाइएको हुन्छ । तर, उनकी आमाले सामान्य जीवनमा फर्केपछि कुमारीहरूलाई समस्या पर्नसक्ने भन्दै चनिराले पढ्न पाउनुपर्ने माग राखेकी थिइन् । उनको मागलाई मनन गर्दै चनिरालाई पढ्ने व्यवस्था मिलाइएको थियो ।

चनिराका अनुसार उनको अध्ययनका लागि एउटा विद्यालयसँग सम्पर्क गरेर उनको शिक्षादीक्षाको व्यवस्था मिलाइएको थियो । विद्यालयका शिक्षक उनकै निवासमा आएर सबै विषय पढाउँथे । पछि दुईजना शिक्षकको व्यवस्था गरियो । शिक्षकहरूले चारचारवटा विषय बाँडेर पढाउँथे । चित्रकलामा रुचि भएकाले उनले चित्रकला पनि सिकिन् । अहिले संगीत र अन्य अतिरिक्त सीप सिक्ने व्यवस्था पनि कुमारीहरूलाई गरिएको छ ।
यसले गर्दा कुमारीपछिको जीवन पनि उनीहरूका निम्ति असहज छैन । पन्ध्र वर्षको उमेरमा कुमारीघरबाट बाहिरिएकी चनिराका निम्ति संसार दुर्बोध्य नै थियो । पाँच वर्षको उमेरदेखि १० वर्षसम्म कुमारीघरमा बस्दा उनले ससम्मान जीवन बिताइन् । तर सामान्य जीवनमा फर्किंदा निकै गाह्रो भएको थियो । सानैदेखि कुमारीघरमा सीमित उनलाई बाहिरको ठाउँ चिन्न समस्या भयो ।
कुमारी भइन्जेल एक्लै पढ्ने बानी परेकाले कलेजमा धेरै साथीसँग पढ्न जाँदा समस्या भयो । अन्य कुमारीहरूलाई त्यस्तो समस्या नपरोस् भनी बाहिरी संसारबारे पनि जान्नेबुझ्ने अवसर दिनुपर्ने चनिराको धारणा छ ।

अहिले उनी काठमाडौँ विश्वविद्यालयबाट बीबीए अध्ययन गर्दैछिन् । आफू अध्ययन गरेको विद्यालयमा स्वेच्छाले काम गरिरहेकी छन् । सिभिल बैंकले पढाइ पूरा भएपछि रोजगारी दिने वचन पनि दिएको छ । उनी एमबीए पूरा गर्न चाहन्छिन् ।

चनिराको कुमारीकालका केही रमाइला कीस्सा साच्चै नै सुन्न लायक छन्, भन्छिन्  ‘मैले धेरै राजाहरु भेटेँ । म कुमारी भएको समयमा राजा वीरेन्द्र, दीपेन्द्र आए । त्यसपछी छ वर्षसम्म त ज्ञानेन्द्र आए ।'

राजा हटेपछी एक वर्ष गिरीजाप्रसाद कोइराला आए र दुई वर्ष रामवरण यादव । उनीहरु सबैलाई टीका लगाइदिएको क्षण सम्झनामा मात्रै कैद गरिएको भए पनि अविस्मरणीय क्षण भन्न रुचाउँछिन् उनी । 

उनको अनुसार, जीवीत कुमारीमा साच्चै नै एकप्रकारको शक्ति आउँछ जुन कुरा चनिराले खुद अनुभूती गरिन । चनिराको अनुसार, पूजा लिएर आउने मान्छेको भाकल पुरा हुने जस्तो लागेमा आसनमा बस्दा आनन्द लाग्ने, रमाइलो लाग्ने हुन्थ्यो तर कसैको भाकल पुरा हुनुछैन भने आफूलाई जर्बजस्ती आशनमा राख्नुपर्ने हुन्थ्यो जुन कुरा दैविशक्तिको कारण भएको हो ।
  
कुमारीप्रथा यथावत भए पनि सरकारले गरेको मासिक सहयोग थोरै मात्रै थियो । उनी कुमारी बस्दा मासिक पन्ध्र सय रुपैयाँ दिन्थ्यो । जुन पैसाले महिनाभरी हुने विभिन्न चाडपर्वमा सबैलाई भोज खुवाउनु, कुमारीको शिक्षाको लागी जोहो गर्नुपर्ने हुँदा पैसा नपुग्ने हुन्थ्यो । 

त्यो बाहेक पूर्व कुमारीलाई मासिक हजार रुपैयाँ सरकारले दिदै आएको छ । तर यो पैसा भन्दा पनि शिक्षा तथा रोजगारीको लागि सरकारले सहुलियत दिनुपर्ने वा कोटा छुट्याइदिएको भए राम्रो हुने विचार चनिराको छ ।
http://annapurnapost.com/news/51824

Thursday, June 29, 2017

‘Four major Asian ethnic groups orginated in Nepal’

Jul 20, 2014-A team of researchers has found out that Nepal and the eastern Himalayas is the birthplace of four major ethnic groups in Southeast Asia and Pacific.
The team’s findings debunk the widely-accepted story that indigenous people of Nepal, such as Tamang, Newar and Kiranti, migrated from Tibet and Mongolia.
“It’s the other way round,” said noted historical linguist Georg Van Driem, who was involved in the research. Driem shared the findings to an audience in the Capital last Sunday.
The Switzerland-based Dutch researcher and his team used genetics and linguistics to locate the origin of Tibeto-Burman, Hmong-Mien, Austroasiatic and Austro-Tai ethnic groups. People who speak Newari, Tamang, Lepcha, among other languages, fall under the Tibeto-Burman ethnicity. Vietnamese- and Khmer-speaking population fall under Austroasiatic family.
Linguists applied the theory that males are more dominant in disseminating languages than females to understand spread of ethnic groups and languages.
The geneticists in the team then mapped the mutations in y-chromosomes of the four ethnic populations. Y-chromosomes are found only in male DNAs and are passed down from fathers to sons.
The research team found that one Y-chromosomal mutation, called haplogroup ‘O’, is spread throughout Southeast Asia and the Pacific, among populations that speak Tibeto-Burman, Hmong-Mien, Austroasiatic and Austro-Tai. “And we found out that the origin of that Y-chromosomal haplogroup O is in Nepal and eastern Himalayas,” Driem said. “This also suggests that we are extremely close to each other than we think and should celebrate our rich diversity,” said the linguist who has been studying Himalayan languages since 1983.
 Published: 20-07-2014
http://kathmandupost.ekantipur.com/news/2014-07-20/four-major-asian-ethnic-groups-orginated-in-nepal.html

Sunday, April 2, 2017

नेवारी लिपि प्रतिस्पर्धामा गैरनेवार विद्यार्थी



मंसिर १०, २०७३- हयातुल्लाह अन्सारी र रोहित कुमार राजधानीको भोटेबहालस्थित आजाद निमाविमा कक्षा ५ पढ्छन् । उनीहरू बुधबार नेवारी लिपि (प्रचलित लिपि) लेखनको प्रतिस्पर्धा गर्दै थिए ।
प्रतिस्पर्धामा २३ विद्यालयका विद्यार्थी सहभागी थिए । नेपालभाषा (नेवारी) यी छात्रछात्रामध्ये कसैको पनि मातृभाषा होइन । तर सबैले नेपालभाषा बुझ्छन्, धेरथोर बोल्छन् । कक्षामा गुरु–गुरुआमासित नेपालभाषा बोल्छन् । सहभागी सबै बालबालिका सरकारी विद्यालयका हुन् । कतिका बाबु–आमाको चिया पसल छ । दोकान छ । सहरको बीचमा नेवार बस्ती छ । उनीहरूसित व्यवहार गर्नुपर्ने भएकाले नेपालभाषा सिकेर व्यापार गर्न सजिलो भएको एक विद्यार्थीले बताए ।
‘नेवारी बोल्दा व्यापार गर्न सजिलो हुन्छ,’ अन्सारीले भने, ‘स्कुलमा पनि सर, मिसले नेपालभाषा ढाउनुहुन्छ । लिपि सिकाउनुभएको छ । अरू बेला साथीहरूसित नेपालीमै बोल्छौं ।’ भाषा र लिपि प्रशिक्षणमा संलग्न शिक्षक सिर्जना शाक्यले भित्तामा सेतो पाटीमा नेपालभाषाका शब्दहरू देवनागरीमा लेखिन् : कलम, मत, सल, थलबल, लापा, खापा, लजगा, लाभा, भसला, खाचा, माखा ... ... । त्यसलाई सहभागी ४६ विद्यार्थीले सार्दै गए । एकातर्फ देवनागरी र अर्कोतर्फ नेपाल भाषाको प्रचलित लिपिमा लेख्दै गए । एक घण्टाको समयमा कतिले आधा घण्टामै पूरा गर्दै थिए । कतिले कपी थप्दै थिए । 
मुलुकको एक मात्र महानगरपालिकाले स्थानीय नेपालभाषा (नेवारी) लाई सम्पदाका रूपमा बजेट उपलब्ध गराउँदै आएको छ ।
त्यसैअनुसार महानगरका २३ सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नेपालभाषा विषयगत रूपमा पठनपाठन हुँदै आएको छ ।
यस अघिदेखि नै डल्लुस्थित जगत्सुन्दर ब्वनेकुथि माविमा नेपालभाषाका माध्यमबाट पठनपाठन हुँदै आएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३/७४ मा २० लाख रुपैयाँ बजेट छुटयाएको नेवार शिक्षक मञ्चका सचिव वरुणप्रसाद वैद्यले जनाए छन् । राष्ट्रिय जनगणना, २०६८ को तथ्यांकअनुसार काठमाडौंको कुल जनसंख्या १७ लाख ४४ हजार छ, जसमा दोस्रो स्थानमा नेवार जाति ३ लाख ८३ हजार १ सय ३६ छन् ।
प्रकाशित: मंसिर १०, २०७३


http://kantipur.ekantipur.com/news/2016-11-25/20161125083232.html

घर थाम्ने कछुवा

आइतबार, ०९ माघ २०७३
घर थाम्ने कछुवा
घर थाम्ने कछुवा

शान्ति लामा
काठमाडौं- अघिल्लो वर्षको विनाशकारी भूकम्पले भक्तपुर नासमनाकी बुद्धलक्ष्मी शिल्पकारको घर भत्कियो। अहिले बुद्धलक्ष्मी सोही स्थानमा भग्नावशेष हटाएर  नयाँ घर बनाउँदै छन्। तल्लो तलाको गाह्रो उठाउने काम भइरहेको छ। नयाँ घरको जगमा भने उनले ढुंगाको राखेकी छन्। घर बलियो हुने विश्वासले घरको जगमा कछुवा राखेको उनी बताउँछिन्।
'कछुवाले घर थामिराख्छ नि। पहिलेको घर भत्कियो अब नभत्कियोस् भनेर कछुवा राखेको,' उनले भनिन्। नासमनाकै मूर्तिकारले बनाएको कछुवाको मूर्ति उनले जगमा राखेकी हुन्।
कछुवाले भार थाम्ने विश्वास
कछुवाले घरको भार थाम्ने र जग बलियो हुने विश्वास काठमाडौं उपत्यकाका नेवारी समुदायमा विद्यमान छ। नेवारी संस्कृतिका जानकार भूप्रकाश जोशी भन्छन्, 'घरको भार थाम्ने विश्वासका कारण नेवार समुदायमा घरको जगमा कछुवाको मूर्ति राख्ने चलन छ।'
प्राचीन कालदेखि नै प्रचलनमा रहेको यो परम्परालाई काठमाडौंका नेवार समुदायले निरन्तरता दिँदै आएको हो। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ पनि नेवार समुदायले यसलाई कुनै न कुनै रुपले निरन्तरता दिँदै आएको बताउँछन्।
भूकम्पपछि निजी तथा सामुदायिक आवास पुनर्निर्माणका क्रममा पनि काठमाडौं उपत्यकाका नेवारले जगमा कछुवा राख्ने चलनलाई निरन्तरता दिँदै आएका छन्।
दुई सयदेखि १५ सयका कछुवा
ढुंगाका कलात्मक कछुवा बेच्नेले अहिले प्रशस्त व्यापार गरिरहेका छन्। भक्तपुर नागपोखरीका आशाकाजी रञ्जितकार मूर्ति बनाउँछन्। घर बनाउने साइत परेका बेला दैनिक १५ वटासम्म कछुवाको मूर्ति बिक्री गरेको उनी बताउँछन्।
झन्डै नौ वर्षदेखि ढुंगाका सामान बनाउँदै आएका रञ्जितकार भन्छन्, 'यसपालि वर्षाको मौसम गएपछि व्यापार बढ्न थालेको हो। मानिसहरू दुई सय रुपैयाँदेखि १५ सयसम्मका कछुवा खरिद गर्छन्।'
भूकम्पले भत्किएका घर बनाउन थालिएकाले हिजोआज अरु देवीदेउताका मूर्ति र सामानभन्दा कछुवा नै बनाइरहेको उनले बताए।
'अरु मूर्ति कहिलेकाहीँ मात्र बिक्री हुन्छ तर आजभोलि धेरै बिक्री हुने कछुवा नै हो,' उनले भने। नयाँ भवन बनाउँदा जगमा ढुंगाको कछुवाको मूर्ति राख्ने चलनले गर्दा नेपाली प्रस्तर कलाको पनि प्रवर्द्धन भएको रञ्जितकारको भनाइ छ।
माटो र तामाको कछुवा
उपत्यकाका नेवार समुदायमा घर बनाउँदा जगमा ढुंगाको कछुवा राख्ने चलन भए पनि कसैकसैले माटो र तामाका कछुवा पनि राख्ने गर्छन्। कछुवालाई लक्ष्मीको प्रतीकको रुपमा मात्र राखिने भएकाले सजिलोका लागि माटो र तामाका कछुवा राख्ने गरेको भूप्रकाश जोशी बताउँछन्।
वास्तुशास्त्र अनुसार घरको जग किटान गरिसकेपछि जग हाल्ने साइत हेरिन्छ। साइतको दिन विधिपूर्वक जगमा पूजाप्रार्थना गरिन्छ। घर बनाउने जमिनको पञ्चतŒवलाई समेबजी छरिसकेपछि जगमा ढुंगाको कछुवा राखिने जोशीले बताए। नयाँ जगको पूर्व र उत्तरको बीचमा पर्ने इशानकोण पर्ने स्थानमा कछुवाको मूर्ति राखिने उनले बताए।
निरन्तर प्रचलनमा रहेको परम्पराको वैज्ञानिक र वास्तुशास्त्रीय महŒवको अध्ययन गर्न आवश्यक रहेको जानकार बताउँछन्। 
पुराताŒिवक महŒवका स्तम्भ र भौतिक संरचनाको जगमा ढुंगाका कछुवा राख्ने चलन भए पनि यसको प्राविधिक महŒवको भने त्यति अध्ययन नभएको इन्जिनियर गोपाल झाले बताए।
इन्जिनियर झाका अनुसार ढुंगाको कछुवा राख्नु प्राविधिक भन्दा पनि सांस्कृतिक हिसाबले महŒवपूर्ण  छ। यद्यपि ढुंगाले जग बलियो बनाउने भएकाले ढुंगाको कछुवा राख्ने यसको चलन सुरु भएको हुन सक्ने उनले बताए।
धार्मिक तथा सांस्कृतिक महत्व
सांस्कृतिक सहर भक्तपुर पुगेका धेरैजसोले दत्तात्रेय मन्दिर अवलोकन गरेका हुन्छन्। मन्दिर वरपर घुम्दै तस्बिर लिन्छन्। मन्दिरको दर्शन गर्छन्। मन्दिरका विभिन्न भागमा कुँदिएका काष्ठकला पनि मानिसको मन लोभ्याउन पर्याप्त छ।
त्यही मन्दिरको प्रांगणमा रहेको गरुड स्तम्भ र सिंह स्तम्भको जगमा भने कमैको आँखा पुगेको हुनुपर्छ। दत्तात्रेयको गरुड स्तम्भ र सिंह स्तम्भ ढुंगाको कछुवामाथि उभिएका छन्, जसले नेपाली वास्तु परम्पराको चाखलाग्दो इतिहास बोल्छ।
नेपालको हिन्दू संस्कृतिमा कछुवालाई लक्ष्मीको प्रतीकको रुपमा मान्ने चलन छ। घरमा कछुवा वा कछुवाको मूर्ति राखेमा धन प्राप्ति हुने विश्वास गरिन्छ। कछुवा धनकी देवीको रुपमा पूजा गरिने लक्ष्मीको वाहन पनि हो। त्यसकारण कुनै पनि पक्की संरचना बनाउँदा जगमा कछुवाको मूर्ति स्थापना गर्ने प्रचलन रहेको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।
त्यति मात्र होइन, कछुवालाई गंगाको रुपमा मानिन्छ। कछुवालाई पाताल लोकको जलाशयको प्रतीकको रुपमा समेत मान्ने गरिएको संस्कृतिविद् श्रेष्ठ बताउँछन्। 'पाताल लोकको जलाशयमाथि बसेर कछुवाले मर्त्य लोक वा पृथ्वी लोकको भार थाम्ने जनविश्वास छ,'  श्रेष्ठले भने, 'कछुवाले संसार थाम्ने परम्परागत विश्वासले जगमा कछुवाको मूर्ति राख्ने चलन चलेको पाइन्छ।'
भक्तपुर दरबार क्षेत्रको तलेजु मन्दिरमाथि कछुवा वाहनसहित लक्ष्मीको मूर्ति पनि रहेको छ। यसरी कछुवालाई लक्ष्मीको प्रतीक र पाताल लोकको प्रतीकको रुपमा वास्तुकलाको महŒवपूर्ण पक्षको रुपमा अंगीकार गरेको परम्परा भेटिन्छ। काठमाडौं उपत्यका प्राचीन इतिहास बोकेका मन्दिर तथा भवनमा कछुवाको मूर्तिलाई विभिन्न रुपमा स्थापित गरिएको जानकार बताउँछन्।

मन्दिर र स्तम्भ मात्र होइन घर, मठ, देवल, फल्चा, स्मारक जस्ता पक्की भौतिक संरचना बनाउँदा समेत जगमा कछुवाको प्रतिमा राख्ने चलन छ। यो चलन विशेषगरी काठमाडौं उपत्यकाको पुराना घर र पुराताŒिवक महŒवका भवन तथा मन्दिरमा देख्न सकिन्छ। जगमा कछुवा राखेर भौतिक संरचना निर्माण गर्ने चलन प्राचीनकालदेखि नै रहेको भए पनि काठमाडौं उपत्यकाका पुराना संरचना हेर्दा मध्यकालमा यसको प्रचलनले व्यापकता पाएको संस्कृतिविद् श्रेष्ठ बताउँछन्।
http://www.nagariknews.com/news/12985/

Saturday, December 21, 2013

हस्तलिखित पुरानो पात्रो

नेवारी बस्तीमा मात्र नभएर नेपालको दुर्गम पहाडी भेगको एउटा ब्राह्मण बस्तीमा पनि ६० वर्षअगाडिसम्म नेपाल संवत्अनुसारको पात्रो प्रयोगमा आएको कुरा ब्राह्मणकै घरमा भेटिएको यो हस्तलिखित पात्रोले प्रमाणित गर्दछ।
old-nepali-patroपुराना कागजपत्र खोज्ने क्रममा खाँ ँडीको रुमालको पोको बेला–बेलामा फुकाइन्थ्यो तर चिनाजस्तो बेरेर राखिएको पुरानो नेपाली कागजमा खासै ध्यान गएको थिएन। एक दिन उत्सुकतावश सो बेरिएको कागज फुकाएर हेरें। त्यो त चिना नभई चान्द्रमासअनुसार तयार गरिएको ६० वर्ष जति अगाडिको हस्तलिखित पात्रो पो रहेछ।
यस पुरानो हस्तलिखित पात्रोमा चान्द्रमासअनुसार कार्तिक सुदि, कार्तिक वदि आदि भनेर शुक्ल र कृष्णपक्षका नाममा महिनाको नाम उल्लेख गरिएको छ। त्यसैले यसमा १ गतेबाट महिना शुरू भएको छैन, प्रतिपदा तिथिबाट महिना शुरू गरिएको छ। त्यसमा पनि तिथिलाई महत्त्व दिएर सबैभन्दा अगाडि तिथि नै लेखिएको छ भने त्यसपछि क्रमशः नक्षत्र, बार र गते लेखिएको छ। गतेलाई सबैभन्दा पछि राखेर कम प्राथमिकता दिएको देखिन्छ। शायद हाम्रा चाडपर्व, जन्म–मृत्यु संस्कार एवम् अन्य संस्कृतिहरू गतेअनुसार नभई तिथिअनुसार मनाइने गरिएकाले पनि यसरी तिथि र पक्षलाई बढी महत्त्व दिइएको हुनुपर्छ। नेपाल संवत्ले पनि तिथिलाई बढी प्राथमिकता दिएकाले यो पात्रो नेपाल संवत्अनुसारको क्यालेन्डर भएको पुष्टि हुन्छ।
वि.सं.को हिसाबले हेर्ने हो भने २०११ सालको यो पात्रो नेपाली कागजमा दुवैपट्टि लेखिएको छ। कागजको दुवैपट्टि लेखिएको भए पनि चिना बेरेझैं बेरेर राखिएकाले अहिलेसम्म सुरक्षित रहेको हुन सक्छ। नेपाल संवत् केवल नेवारी सम्प्रदायको मात्र हो भन्नेहरूका लागि गुणराज शर्माद्वारा रचना गरिएको यो हस्तलिखित पुरानो पात्रोले नेपाल संवत् नेवारको मात्र नभएर सम्पूर्ण नेपालीको हो भन्ने कुरालाई पुष्टि गरिदिएको छ।
हुन त त्यस बेला छापापात्रोको प्रचलन आइसकेको थियो तर दोलखा जिल्लाको दुर्गम गाउँ ँ हिलेपानीमा छापापात्रो कसले पुर्याउने ? त्यसैले स्थानीय ज्योतिषीहरू आफैं यस्तो पात्रो तयार पार्न बाध्य हुन्थे। त्यस ठाउँ ँका सबै जना यस्तै हस्तलिखित पात्रोअनुसार आ–आफ्ना जन्म–मृत्यु संस्कार, चाडपर्व, जात्रा मनाउने गर्थे।
चान्द्रमासलाई महत्त्व दिनु नेपाल संवत्को महत्त्वपूर्ण पक्ष हो। विक्रम संवत्अनुसार तयार गरिएको पात्रोमा चान्द्रमासको पाटोलाई छुटाइएको छ भन्न खोजिएकोचाहिँ ँ होइन, चान्द्रमासको पाटोलाई अलग्याउने हो भने पञ्चा· नै तयार हुन सक्दैन। अर्थात् पात्रोमा हुनुपर्ने मुख्य अंगहरू नै छुट्छन्। यति मात्र भन्न खोजिएको हो कि हाम्रा पूर्वजहरूले अंगिकार गरेको चान्द्रमासको पाटोलाई प्राथमिकता दिई सोही अनुसार तयार गरिएको पात्रोलाई किन तिरस्कृत गर्ने ?
नेवारी बस्तीमा मात्र नभएर नेपालको दुर्गम पहाडी भेगको एउटा ब्राह्मण बस्तीमा पनि ६० वर्षअगाडिसम्म नेपाल संवत्अनुसारको पात्रो प्रयोगमा आएको कुरा ब्राह्मणकै घरमा भेटिएको यो हस्तलिखित पात्रोले प्रमाणित गर्दछ।

Saturday, September 17, 2011

बुद्धाचार्य शाक्य

Sad to read that no one published his articles.

http://nagariknews.com/saturday/31332-2011-09-17-09-00-59.html

बुद्धाचार्य शाक्य
SATURDAY, 17 SEPTEMBER 2011 14:38 नागरिक

मनोज दाहाल- असारमा भोटो देखाउनु केही दिनअघि 'माइन्ड-बडी लाइब्रेरी'का कुमार श्रेष्ठले फोनमा निम्ता दिए, 'पाटनका एकजना वृद्ध संस्कतिविदले रातो मच्छिन्द्रनाथबारे किताब लेखेका छन्, रथ राखिरहेकै स्थानमा सार्वजनिक गर्ने कार्यक्रम छ, आउनू है!'

पाटनका वृद्ध संस्कृतिविदले मच्छिन्द्रनाथबारे लेखेको किताब रथ राखिरहेकै स्थानमा सार्वजनिक हुने थाहा पाएपछि लोभिएँ। तीनकुनेबाट हिँडेर महादेवस्थान हुँदै शंखमुलको पुल काटेर बगलामुखीको मन्दिरको बाटो पाटन दरबार स्क्वायर र त्यहाँबाट थतिटोल पुगेँ जहाँ मन्छिन्द्रनाथको रथ राखिएको थियो। केही दिनमै भोटो देखाउन रथ तानेर जावलाखेल पुर्‍याउने कार्यक्रम थियो।
लौ, त्यहाँ त किताब सार्वजनिक हुने कुनै छाँटकाँटै छैन।
वरिपरिको वातावरण भने रमाइलो थियो। म यसै रमाएँ। थतिटोलमा जात्राको उल्लास थियो। स्थानीय भजन गाइरहेका थिए। रथवरिपरि थुप्रै दियो बालिएका थिए। स्थानीय महिलापुरुष आएर दियोमा तेल थपिरहेका थिए। धूपबाती बालिरहेका थिए। रथमा भेटीप्रसाद चढाइरहेका थिए। पूजाआजा चलिरहेको थियो।
दियो, धूपबाती, फलफूल बेच्नेको भिड थियो। रमिते पनि थुप्रै थिए। यसै त पाटनका साँघुरा भित्री सडकमा जात्राको चटारोले जाम थियो।
रमाइलो हेर्दै गर्दा थतिटोलकै एउटा कुनामा 'माइन्ड-बडी लाइब्रेरी'का कुमार देखिए जसले मलाई यहाँ आउन निम्ता दिएका थिए। 'खै, कुनै सुरसार नै छैन त, कहाँ हुने हो कार्यक्रम?' मैले उनलाई सोधेँ।
उनले मेरो हात समाए र अर्को कुनातिर लगे जहाँ एकजना वृद्ध एउटा हातले घाम छेक्दै अर्को हातमा झोला बोकेर मच्छिन्द्रनाथको रथ हेर्दै थिए। कुमारले उनीसँग मेरो परिचय गराए। कान कम सुन्दा रहेछन्। मैले उनलाई आफ्नो नाम दुईतीन चोटि भन्नुपर्‍यो। साधारण सर्टप्यान्ट र प्लास्टिकको चप्पल लगाएका उनको अनुहारमा खासै चमक थिएन। चर्को गर्मीका कारण हो वा वृद्धावस्थाले, त्योचाहिँ मैले खुट्याउन सकिनँ।
रातो मच्छिन्द्रनाथको नालीबेली पुस्तकमा केलाएका पाटनका संस्कृतिविद, लेखक तथा पत्रकार बुद्धाचार्य शाक्य, ७२, सँग यसरी मेरो पहिलो भेट भएको थियो।
उनको नाम यसअघि पनि मैले सुनेको थिएँ। उनले 'निर्वाण'बारे विभिन्न धर्ममा उल्लेख गरिएका प्रसंगको व्याख्या गरेर नेवारीमा लेखेको किताबको नेपाली अनुवादको पाण्डुलिपि कुमारले मलाई देखाएका थिए। (कुमारसँग चाहिँ मेरो चिनजान शिवपुरी बाबाको समाधि दिवसमा गत माघमा धु्रवस्थलीमा भएको थियो।) त्यो किताब छापियो/छापिएन, थाहा भएन। सर्सर्ती पढ्दा निर्वाणबारे जान्न चाहनेका लागि उपयोगी नै होला भन्ने लागेको थियो।
एकैछिनमा रथको मुख्य भागअघिल्तिर 'पुस्तक विमोचन समारोह' लेखेको एउटा तुल टाँगियो। बुद्धाचार्य, कुमार र अरू एकदुई जना रथमै चढे। गातामा मच्छिन्द्रनाथको तस्बिर राखेको सानो किताब वरिपरिका मानिसलाई देखाए। दुईचार जनाले ताली पड्काए। कसैले एकदुई तस्बिर खिचे। बस्, कार्यक्रम सकियो।
मैले सोचेँ, अब जाँदा पनि त भयो!
कुमारलाई भनेँ, 'लौ, अब म जान्छु, पछि भेटौंला।'
उनले 'एकैछिन' भन्दै नजिकैको पाटीमा लगे जहाँ चिया खाने व्यवस्था रहेछ। चिया खाएँ। बुद्धाचार्यले हातमा कतैबाट आइपुगेको झुप्पोबाट एउटा लिची मलाई पनि दिए। आफैंले पनि एउटा लिचीको बोक्रा खोसलेर मुखमा क्वाप्प पारे।
कुमारले भर्खरै सार्वजनिक 'रातो मत्स्येन्द्रनाथ' शीर्षक किताब झोलाबाट निकाले र 'रिभ्यु कपी' लेखेर मलाई दिए। मैले त्यसमा बुद्धाचार्यको हस्ताक्षर गराएँ। उनले नेपाल भाषामा लेखेको 'बुंगद्य' शीर्षक किताब कसैले अनुवाद गरेको रहेछ र कुमारको संस्थाले छापेर यो रूपमा आएको रहेछ। किताबका पाना सरर्र पल्टाएँ। रातो मच्छिन्द्रनाथबारे प्रसस्त जानकारी थिए।
कुमारलाई भनेँ, 'आज त त्यस्तै भयो, एक दिन उहाँसँग भेटेर मजाले गफ गर्ने व्यवस्था मिलाउनुस् न!'
कुमारले 'हुन्छ' भन्ने संकेतमा टाउको हल्लाए।
मंगलबजारको बाटो पाटनढोका निस्केर काठमान्डु सुन्धारा आउँदै गर्दा सोचेको थिएँ, एकदुई दिनमै बुद्धाचार्य शाक्यसँग भेटेर रातो मच्छिन्द्रनाथको जात्राबारे थप कुरा गर्नुपर्ला र बल्ल उनी र किताबको परिचय पत्रिकामा छाप्नुपर्ला!
...
त्यत्तिकै भयो!
कुमारले पनि फोन गरेनन्, मैले पनि गरिनँ। बुद्धाचार्यको किताबबारे पत्रिकामा एकै शब्द लेखिएन। अरू पत्रपत्रिकामा पनि खासै समाचार आएको देखिनँ।
एक सातामै यो वर्षलाई मच्छिन्द्रनाथको जात्रा सकियो। किताब र्‍याकमा कतै थिचियो। मैले बुद्धाचार्य र किताब दुवैलाई लगभग बिर्सें।
महिना पनि बितिसकेपछि एक दिन थापाथलीमा अचानक कुमार भेट भए। मैले पनि झल्याँस्स बुद्धाचार्य र उनको किताब सम्झेँ। 'उहाँसँग भेट्ने टाइम मिलाउनुस् न!' मैले भनेँ।
कुमारले भने, 'जहिले भेटे पनि हुन्छ नि, तपाईंलाई कहिले फुर्सद छ?'
म एकछिन घोरिएँ र भनेँ, 'ल यो शुक्रबार मिलाउनुस् न!'
उनले भने, 'हुन्छ, हाम्रै अफिस (माइन्ड-बडी लाइब्रेरी) मा शुक्रबार एक बजे भेटौं न!'
'हुन्छ' भनेर म बाटो लागेँ।
...
चार साताअघि (भदौ २ गते शुक्रबार) कुमारको कार्यालय पुग्दा बुद्धाचार्य अघि नै आइवरि मलाई पर्खिरहेका रहेछन्। एक बजे भेट्ने वाचा गरे पनि डेढ बजिसकेको थियो।
हामीले पाटनको संस्कृति, विशेषगरी खानपान र रहनसहनबारे लामो कुरा गर्‍यौं।
उनले भ्याबर (मकैको रक्सी) बारे बताए।
'हाम्रो जमानामा भ्याबर खान कि तिखिदेवल, कि सातदोबाटो जानुपर्थ्यो। त्यहाँमात्र भट्टी थिए, त्यो पनि तामाङहरूले चलाएका,' खानपानका विषयमा कुरा गर्न उनलाई निकै चाख रहेछ, 'चार दिन भ्याबर खायो भने मान्छे तन्दुरुस्त हुन्थ्यो, त्यसबेलै एक मोहोर पर्थ्यो। नेवारले तामाङबाट सिकेर बल्ल भ्याबर बनाउन थालेका हुन्।'
ललितपुरका पूर्वदक्षिणी गाउँका तामाङहरूले पाटन वरिपरि भट्टी खोलेका रहेछन्। पाटनका युवा बुबाआमाको आँखा छलीछली भ्याबर र अरू जातका रक्सी खान त्यहाँ पुग्दा रहेछन्।
बुद्धाचार्य युवक छँदा पाटनका तीन पसल खानाका लागि प्रसिद्ध रहेछन्। पिरो आलु खान 'होनचाःको पसल', थ्वँ खान भौ छ्याकको पसल, छ्वय्ला खान ज्ञानमुनिको पसल। सबै अहिलेको पाटन दरबार स्क्वायर वरिपरि नै।
मानिसहरू काठमान्डु, भक्तपुरतिरबाट पनि आलु, थ्वँ, छ्वय्ला खान पाटन आउँथे। पाटनका त यसै भइहाले। होनचाः, भौ छ्याक र ज्ञानमुनिको पसलमा वर्षैभरि भिड लाग्थ्यो।
भौ छ्याक र ज्ञानमुनिको पसल त अहिले छैनन्। मासिएर गए। कृष्णमन्दिर पछाडि होनचाःको प्रसिद्ध आलुपसल भने अहिले पनि उसैगरी चलिरहेकै छ। आगोको रापले दलिन कालै भएको घरमा आलु पकाउन अहिले होनचाः छैनन्, उहिल्यै बितिसके। उनका ज्वाइँका छोरीहरूले अहिले उसबेला भौ छ्याकको पसलमा पाइने थ्वँ, ज्ञानमुनिकहाँ पाइने छ्वय्ला, जाडोयाममा मात्र खान पाइने बारा, चटामरीजस्ता नेवारी परिकार बाह्रै मास 'होनचाःको पसल' मा बेच्छन्।
उनले पुराना कुरा सुनाए- मासु खान दसैं आउनुपर्थ्यो, मासुपसल हुँदैन थिए, दसैंको बेला टोलमा राँगा काट्यो, सबैले भाग लगायो।
चटामरी खान देवाली नै आउनुपर्थ्यो।
एउटा हाँसको फुल खान कि ज्वाइँ हुनुपर्थ्यो, कि बिहेमा जानुपर्थ्यो, कि तिहार आउनुपर्थ्यो।
चाकु, मास, अरू दाल हालेर बनाउने योमरी रोटी त वर्षको एक दिनमात्र खान पाइन्थ्यो।
योमरी भनेकै 'सबैले मन पराउने रोटी' हो रे, वर्षमा एक दिन मिठामिठा चिजबिज हालेर बनाएको रोटी सबैले मन नपराउने कुरा पनि भएन।
उनले गाह्रोसँग जिउ तन्काउँदै भने, 'उसबेलाका खाना सबै औषधि हुन्थे, अहिले त सबै डाक्टरको औषधि खान्छन्, वैद्यको औषधि पनि काम नलाग्ने भइसक्यो।'
अलि बिरामी रहेछन्। पेटको समस्या छ, केही खानै हुँदैन, डायरिया भइहाल्छ भन्थे। 'पेट र यो कान नसुन्नेबाहेक अरू कुनै समस्या छैन,' बुद्धाचार्यमा जोस भने कायमै देखिन्थ्यो।
...
'बस्नु र खानु आफ्नो खुसीमा, रहनसहन अर्काको खुसीमा,' उनले समाजको मर्म केलाए, 'लिच्छिवीकालदेखिको प्रजातन्त्र भनेको यही हो।'
नेपालमा 'हिन्दु' भन्ने शब्द धेरै पछि भित्रिएको उनले बताए। सात सालको प्रजातन्त्रसम्म पनि नेपालमा तीन धर्ममात्र हुन्थ्यो रे- शैव, वैष्णव र बौद्ध। शैव पशुपतिनाथ जाने। वैष्णव नारायणस्थान। बौद्ध स्वयम्भु।
'२०१५ सालको संविधानमा राजा महेन्द्रले हिन्दु अधिराज्य लेखेपछि बल्ल नेपालमा 'हिन्दु धर्म' भन्न थालिएको हो। नत्र सनातन धर्म भन्ने चलन थियो- शैव सनातन, बौद्ध सनातन, वैष्णव सनातन,' उनले भने।
बुद्धाचार्यले मलाई नेवार संस्कृतिका थुप्रै राम्रा पक्ष सिकाए। सहिष्णुता, मौसम अनुसारको खानपान, जात्राबारे निकै बेर बताइरहे। 'लामो समयदेखि यी तीनवटा धर्म शैव, वैष्णव र बौद्धलाई मिलाएर ल्याएको नेवार संस्कृतिले हो,' उनले भने। पूजाआजा गर्दा नेवारहरूले वज्राचार्यलाई पुरेत मान्ने गरे पनि 'वज्राचार्यहरूको कट्टरता र जेमा पनि मासु चाहिने परम्पराले' अहिले बाहुनहरूले पूजाआजाको काममा उनीहरूलाई विस्थापित गरेको बुद्धाचार्यले सुनाए।
'नेवार संस्कृति एकदमै वैज्ञानिक र सम्पन्न छ,' बुद्धाचार्यले भने र म्हपूजाको उदाहरण दिए, 'तपाईंका लागि जीवनमा सबैभन्दा महŒवपूर्ण तपाईं आफैं होइन? अरूको पूजा गर्नुभन्दा पहिले आफ्नै पूजा गर्नुपर्छ किनभने पहिला आफैंलाई बचाउने हो, सुदृढ गर्ने हो, बल्ल तपाईंले अरूलाई बचाउन, सुदृढ गर्न सक्नुहुन्छ।'
त्यसैले पो नेपाल संवतको पहिलो दिन आफ्नो पूजा गरेरमात्र नेवारहरू अरू पूजा/काम गर्दा रहेछन्!
योगीहरू पनि त 'आत्मपूजा'लाई जीवनको प्राथमिक कर्म नै ठान्छन्। भन्छन्, आफूभित्र नछिरी, आफूलाई बलियो नपारी, आफूलाई नचिनी लोकको सेवा गर्न सकिँदैन, अरूबारे थाहा पाउन सकिँदैन।
त्यसैले पनि, मलाई बुद्धाचार्यका कुरा रमाइला लागे।
उनले भने, २०१४ सालअघि कृष्णमन्दिर पाटनबाहिर चर्चित थिएन। त्यो वर्ष राजा महेन्द्र कृष्णाष्टमीका दिन यहाँ आएर पूजा गरेपछि यसबारे रेडियाले फुक्यो, गोरखापत्रले लेख्यो, बल्ल यसले देशभरि चर्चा पायो, बाहिरबाट पनि मान्छे दर्शन गर्न आउन थाले।
२०३१ देखि २०४९ सालसम्म राष्ट्रिय समाचार समितिमा ललितपुर संवाददाताका रूपमा काम गरेर पाटन क्षेत्रका थुप्रै समाचार लेखेका बुद्धाचार्यसँग संस्कृति, परम्परा, इतिहास र सम्पदाबारे गहिरो ज्ञान रहेछ।
उनले पाटन क्षेत्रको धर्मसंस्कृतिबारे नेपाल भाषा र नेपाली भाषामा आधा दर्जनभन्दा बढी किताब लेखिसकेका रहेछन्। पाटन डबलीमा बर्सेनि हुने कात्तिकनाच ब्युँताउन पनि उनको भूमिका रहेछ।
ललितपुर उपमहानगरपालिका कार्यालयभन्दा झन्डै दुई सय मिटरभित्र पाटन श्रीबहालमा जन्मेका बुद्धाचार्यले आफ्नो टोललाई पहिला 'सिबहाल' भन्ने गरेको बताए। सि भनेको अन्तिम सिमाना, त्यसैले पाटनको पश्चिमी सिमानाको अन्तिम विन्दुवरपरलाई सिबहाल भनिएको रहेछ।
'२०१३ सालमा हामीले टोलमा 'शिक्षा मन्दिर' खोल्दा ठेगाना सबैले बु‰न सकुन् भनेर श्रीबहाल लेखिदियौं। त्यही बेलादेखि यो टोललाई श्रीबहाल भन्न थालियो,' यति भनेर उनले टोलमा पुस्तकालय खोल्दाका सास्तीबारे लामो कथा हाले।
हामीले कुरा गरेको दुई घन्टा भइसकेको थियो। गफमा स्वाद आइरहेकै थियो। उनको त साह्रै काम थिएन, मलाई भने अर्को मान्छे भेट्नु थियो। कुरा सक्दै गर्दा उनले पुरानो जमानामा उपत्यकामा चलेको एउटा सामाजिक तुक्का सुनाए-
पाटन बिग्र्यो प्रधानकाजीले
काठमान्डु बिग्र्यो रानीको नाठोले
भक्तपुुर बिग्र्यो थ्याः मथ्याःले
कुमारजीको 'माइन्ड-बडी लाइब्रेरी'मा चियाबिस्कुट खाँदै गर्दा मैले बुद्धाचार्यबाट यो तुक्काको सविस्तार व्याख्या सुनेँ। पृथ्वीनारायण शाहले कब्जा गर्नुअघि दाजुभाइमा भागबन्डा लागेर यसै कमजोर भइसकेका काठमान्डु उपत्यकाका तीनै सहर भित्रभित्रै कति खोक्रो भइसकेका थिए भन्ने बुझाउन यो तुक्का रचिएको रहेछ।
कुमार, लाइब्रेरीकी बहिनी र मैले चियाबिस्कुट खाँदै बुद्धाचार्यका कुरा सुनिरह्यौं। उनले भने तातोपानीमात्र खाए। भने, 'शरीरमा केही अडिँदैन, चिया पनि खानु हुँदैन अचेल।'
सोचेँ, 'पाटनको खाना परम्पराबारे यति विस्तार र रुचिपूर्वक बताउने बुद्धाचार्यको शरीरले भने अहिले एकदमै सादा र थोरै खानेकुरा मात्र स्वीकार गर्दोरहेछ।'
जीवनको लीला!
चियाबिस्कुट खाँदै गर्दा मैले मोबाइलमा उनका केही तस्बिर लिएँ।
...
थापाथलीको भिएस स्कुलनजिकैबाट म र बुद्धाचार्य हिँड्दै थापाथली चोकसम्म आयौं। मलाई अनामनगर जानुथियो, उनलाई घर- पाटन श्रीबहाल।
बाटोमा उनले भने, 'मलाई लेख्न रुचि छ, तर कहाँ पठाउने, अब त साह्रै भेउ पनि पाउँदिनँ।'
'धर्मसंस्कृति, पाटनको रहनसहनबारे राम्रो लेख लेखेर पठाउनुस् न, हामी छापौंला,' मैले आफ्नो इमेल ठेगाना भएको कार्ड उनलाई थमाउँदै भनेँ।
उनले खुसी हुँदै भने, 'मलाई त इमेल चलाउन आउँदैन, लेख लेखेर छोरालाई पठाउन भन्छु नि त!'
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ।
नभन्दै केही दिनपछि मेरो इमेलमा उनको लेख आयो। बुद्धधर्मबारे लेखिएको त्यो लेख खासै सान्दर्भिक हुने नठानेर मैले 'ओप एड ब्युरो'मा फरबार्ड पनि गरिनँ।
रातो मच्छिन्द्रनाथबारे उनले लेखेको किताबको पनि अहिले खासै सन्दर्भ थिएन, पत्रिकामा लेख्न। न्युजपेपरमा केही लेख्न त सन्दर्भ चाहियो नि!
कुनै बेला पाटनबारे केही लेखिहालियो भने उनको भर्सन कोट गर्नुपर्ला भन्ने लागेको थियो।
पच्चीस दिन यसै बितेर गए। बुद्धाचार्यलाई सम्झन मिल्ने कुनै सन्दर्भ आएन।
...
अस्ति बुधबार (भदौ २८) बिहानै पत्रिका खर्खर्ती पल्टाउँदै थिएँ। पत्रिकामा काम गर्ने भएर होला, आफूलाई बिहानै अधिकांश समाचार बासी लागिसकेको हुन्छ।
'रिपब्लिका' दोस्रो पृष्ठको 'इन ब्रिफ'मा आँखा पुगेँ- असी शब्दजतिको समाचारको हेडलाइन थियो, 'अथर शाक्य पासेज अवे।'
हेडलाइन पढ्दासम्म पनि बुद्धाचार्य शाक्य नै बितेका होलान् भन्ने कुनै कल्पना गर्न सकेको थिइनँ।
को लेखक बितेछ भन्ने उत्सुकताले समाचार पढेँ। लेखेको थियो, 'अथर, जर्नलिस्ट एन्ड प्रमोटर अफ ट्राडिसनल कल्चर बुद्धाचार्य शाक्य डाइड मन्डे इन ललितपुर, एज्ड सेभेन्टी टु।'
असाध्यै नरमाइलो लाग्यो- उनको किताब र उनीसँग गरिएको कुराकानीबारे त समाचार बनाउन पाइएन नै, निधनमा समेत दुई शब्द लेख्न भ्याइएन। रिपब्लिकामा समाचार आउँदा उनी बितेको तीन दिन भइसकेको रहेछ।
अब के समाचार लेख्ने? भित्री पृष्ठको समाचाररेखामा 'शाक्य रहेनन्' भनेर घुसाउने?
आधा घन्टाजति मैले उनीसँगका भेट र संवाद सम्झेँ। मोबाइलमा उनको तस्बिर हेरेँ। एकछिन टोलाएँ।
लौ, अब यही भयो- उनको समाचार, अन्तर्वार्ता वा श्रद्धाञ्जली जे भने पनि!

Friday, July 24, 2009

Jhee Muna - Newah TV Station

Wish you all the best newah tv crew!

Thursday, July 9, 2009

Sad state of Nepal Bhasa Academy and Arniko Gallery

ग्यालरीमा अरनिकोका दुर्लभ सामग्री
आइतवार, 28 जून 2009 05:29 नागरिक

ओमआस्था राई- मूर्ति बनाउन चीन पुगेको एउटा कलिलो नेपाली ठिटो हेर्दै डरलाग्दो यूआनी राजासँग नडराई आँखा जुधाउँछ। राजा आश्चर्य मान्दै सोध्छ 'मेरो अगाडि टाउको ठड्याएर उभिन कोही सक्दैन तिमीलाई चाहिँ आँखा जुधाउँदा पनि डर लाग्दैन ' ठिटो भन्छ 'आफ्नै बुबासँग आँखा जुधाउन के को डर हामी त हाम्रा राजालाई आफ्नै बुबासरह मान्छौं।'
स्कुलमा बलबाहुको कथा पढ्नेहरु सम्भवतः यो प्रसंग आउँदा रोमान्चित हुन्थे। कथा छापिएको पानाको एकापट्टि कलिला बलबाहुको निर्दोष मुखाकृति हुन्थ्यो अर्कोपट्टि यूआनकालीन चीनका सम्राट कुब्ला खाँको रौद्र रुप। हातमा तलवार लिएर घोडामा बत्तिदै गरेका देखिने भीमकाय सम्राटका अगाडि बलबाहुले 'नेपाली टाउको' नझुकाएको रोमााचक किंवदन्ती पढेर एउटा सिंगै पुस्ता हुर्किएको छ अहिलेसम्म।

बलबाहु को थिए सजिलै उत्तर आउँछ एउटा नेपाली कलाकार जो १२ औं शताब्दीतिर चीन गई अरनिकोको नाउँले चिनिए। तर उनी कसरी चीन पुगे शाक्य विहारमा बसेर के-के बनाए उनले बनाएको विख्यात श्वेत चैत्यको रुपाकृति कस्तो छ यो स्तूपसँग गाँसिएको दर्शन के हो शून्यवाद र उनको सम्बन्ध के छ चिनियाँ साहित्यमा उनको कस्तो स्थान छ यी प्रश्नको उत्तर भेट्न चाहिँ गाह्रै छ।

शिलालेख सभ्यताको राम्रो विकास नभइसकेको युगमा चीन गएर उतै बसोबास गरेकाले अरनिकोसँग सम्बन्धित तथ्यगत विवरण अत्यन्तै कम भेटिन्छ। पुस्तकालय चाहर्दा होस् वा 'गुगल सर्च' गर्दा अरनिकोबारे थोरै जानकारी मात्रै पाइन्छ। बरु भ्रम भने प्रशस्तै छन्। राष्ट्रिय विभूतिसँग जोडिएका यी सबै भ्रम चिर्न र लुकॆर रहेका तथ्यको बिस्कुन फिजाउन स्थापित भएको छ अरनिको श्वेत चैत्य ग्यालरी।

कीर्तिपुरको 'सानो चक्रपथ' बाहिर हालसालै स्थापित यो ग्यालरीलाई अरनिको सङ्ग्रहालय भन्दा पनि फरक पर्दैन। नेपाल भाषा एकेडेमीको भवनभित्र रहेको यो ग्यालरीमा अरनिको र उनले बनाएका विभिन्न चैत्यका चित्र एवम् तस्बिर मात्रै छैनन् उनीबारे लेखिएका चिनियाँ कविता तिनका अनुवाद र सोधपत्र पनि छन्। र सबैभन्दा महŒवपूर्ण कुरा त्यहाँ सत्यमोहन जोशी छन् जो ८८ वर्षको उमेरमा पनि झर्को नमानी आगन्तुकलाई अरनिकोका अनुद्घाटित तथ्य र श्वेत चैत्यको दर्शनबारे व्याख्या गर्छन्।

काठमाडौंको नेवार समुदायले दुई वर्षअघि चन्दा उठाएर निर्माण गरेको एकेडेमी भवनभित्रको ग्यालरी भने सम्भवतः जोशीको एक्लो प्रयासमा बनेको हो। २०१७ सालको 'कु' पछि भएको कर्मचारी पजनीमा परेर पुरात्तत्व विभाग निर्देशकको जागिर गुमाएपछि चीन पुगेका जोशीले त्यहाँ नेपाली पढाउने क्रममा अरनिकोबारे खोजी गर्न थालेका थिए। नेपाल फर्किएपछि पनि उनको खोजी रोकिएन। 'मसँग अरनिकोबारे धेरै सामग्री जम्मा भयो जसलाई घरमै थुपार्नुभन्दा ग्यालरीमा राख्नु राम्रो ठानें' उनी भन्छन्।

सन् १२६० मा कोदारी हुँदै तातू हालको पेचिङ वा बेइजिङ पुगेका अरनिकोले बनाएको विश्वविख्यात श्वेत चैत्य पहिले कस्तो थियो जीर्णोद्वारपछि यसको रुपाकृति कस्तो देखियो यसको सन्देश के हो ग्यालरीले यसबारे विस्तृत जानकारी दिन्छ। यति मात्र होइन चिनियाँ कविहरु याङ श चशु ऊ को चन् थ्वी र सिये चेले अरनिकोबारे लेखेका कविता २०२९ सालमा प्रकाशित अरनिकोको हुलाक टिकट चीनका पत्रपत्रिकामा छापिएका अरनिकोबारेका समाचार र लेख अरनिकोको समाधिस्थल एवम् शिलालेख र चिनियाँ गुम्बाका बुद्ध मूर्ति र चित्र पनि ग्यालरीमा छन्।

बेइजिङको प्राचीन रुप यूआन सभ्यता र कुब्ला खाँको शासन व्यवस्थाको झलक पनि ग्यालरीले दिन्छ। जोशीद्वारा लिखित नाटक 'बाघभैरव' लाई माचमा उतार्ने रंगकर्मीका विभिन्न भाव र भंगिमाका तस्बिर हेर्दै दोस्रो तला उक्लिएपछि एउटा सानोतिनो पुस्तकालय पुगिन्छ जहाँ अरनिकोबारे लेखिएका थुप्रै शोधपत्र र पुस्तक छन्। ग्यालरीमा चिनियाँ राजा सिन लोङले आफ्नै हातले लेखेर श्वेत चैत्यलाई उपहार दिएको 'ह्दयसूत्र'को दुर्लभ तस्बिर पनि छ जसले शून्यवाद र दर्शनको बोध गराउँछ।

तर विडम्बना ! यति दुर्लभ चित्र मूर्ति र अनुद्घाटित तथ्यले भरिएको ग्यालरीबारे धेरैलाई जानकारी छैन। स्थापना भएयता मुस्किलले एक दर्जन आगन्तुकले ग्यालरी अवलोकन गरेका छन्। गैरनाफामूलक ग्यालरी भएकोले तलबी कर्मचारी राखिएका छैनन् तसर्थ यसको उचित स्याहार हुन सकेको छैन। थुप्रै तस्बिरका 'क्याप्सन' उप्किएका छन् जसले आगन्तुकलाई अल्मल्याउँछ। भुइँभरि धूलो छ। भित्ताका रोगन पनि मेटिन थालेको छ। ग्यालरीको यो दुर्दशाले अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरी आफ्नो दायित्व पूरा भएको ठान्ने राज्यको सोंच र चरित्रलाई उदांगो पारेको छ।

अहिले नेपाल भाषा एकेडेमीका उपकुलपति रहेका जोशी हरेक दिन पाटनस्थित आफ्नो निवासबाट सार्वजनिक सवारी चढेर कीर्तिपुर जान्छन्। आफैं आफ्नो कार्यालयको ढोका खोल्छन्। र धूलो टक्टक्याउँदै कुर्चीमा बस्छन्। 'सहरभन्दा टाढा छौं बाहिरबाट कोही मान्छे आयो भने एक कप चिया खुवाउन पनि सक्दैनौं' उनी भन्छन् 'यही भएर पनि हामीले ग्यालरीको प्रचारमा खासै जोड दिएका छैनौं।' प्रचार नहुँदा कसैको आँखामा पर्न नसकेको ग्यालरी स्थापना भएको केही समयभित्रै आर्थिक अभावले थलिएको देखिन्छ।

http://www.nagariknews.com/ent/movies/2365-2009-06-28-05-45-41.html