Showing posts with label buddhism. Show all posts
Showing posts with label buddhism. Show all posts

Wednesday, November 29, 2023

फोटोसाहेबको तस्बिरकोष

 चैत २०, २०७७ शनिबार ४:४४:०

रामकला खड्का


उमेरले आठ दसक पार गरिसक्यो। तर पनि सानुराज शाक्यको मानसपटलमा लुम्बिनीका हरेक दृष्य उनले खिचेकै तस्बिरसरह स्पष्ट छन्। लुम्बिनीको हरिया धानका फाँटदेखि त्यहाँ बनेका धेरै संरचनाहरूको तस्बिर उनी स्वयंले खिचेका छन्। यिनै तस्बिरहरूलाई समेटेर तस्बिरकोष बनाउने चाहना राखेका छन् उनले। पुरातत्व विभागमा जागिरको क्रममा लुम्बिनीलाई हरेक कोणले केलाएर तस्बिरमा उतार्ने अवसर पाएका थिए।

तत्कालिन शिक्षा सामग्रीबाट उनले जागिरे जीवन सुरु गरेका हुन्। त्यहाँ काम गर्ने क्रममा अमेरिकी परामर्शदाताहरूसँग उनले फोटोग्राफीको तालिम लिएका थिए। यसअघि हङकङबाट आएर फोटो स्टुडियो खोलेका आफ्नै दाजुसँग पनि उनले फोटो खिच्न सिकेका थिए। कार्यालयमा ती अमेरिकी नागरिकले कहिले सानोठिमीमा लगेर भर्खर बन्दै गरेको आफ्नै कार्यालय जनक शिक्षा सामग्रीको भवन त कहिले टुँडिखेलमा लगेर खुला मैदानको फोटो खिच्न सिकाउने गर्थे। २०२१ सालमा शिक्षा सामग्रीमा काम गरेका उनले अर्को वर्ष पुरातत्व विभागमा फोटोग्राफरकै पदमा जागिर खाए। यहाँबाट पुरातात्विक सम्पदाहरूको फोटोग्राफी तालिम लिन उनलाई ६ महिना दिल्ली पठाइयो।

सामान्य फोटोभन्दा पुरातात्विक सम्पदाहरूको फोटो खिच्न अलि मेहेनत गर्नुपर्ने उनको अनुभव छ। तस्बिर खिच्दा कुनै पनि किसिमको वाधा हुनुहुन्न। एउटा ठूलो साइट खिच्दा त्यहाँ करिव दुई सयजनाले सरसफाई गरेपछि मात्र उनले खिच्न पाउँथे। त्यहाँ राखिएको २० फिटको टावरमा स्ट्यान्ड राखेर घाम लाग्नु अगाडि नै फोेटो खिचिसक्नु पर्ने हुन्थ्यो उनलाई।

लुम्बिनीमा त्यतिबेला बत्तीको लाइन थिएन। डार्क रुम पनि नभएकाले फोटो धुलाउन उनलाई निकै मुस्किल पथ्र्यो। आफू बसेको घरको  ट्वाइलेटमा पर्दा लगाएर डार्क रुम बनाउँथे। लालटिन बालेर त्यसलाई रातो रंगको कागजले छोपेपछि बलेको रातो बत्तीको सहायताले उनी फोटो धुलाउँथे। हरेक दिन खिचेको फोटो त्यसै दिन धुलाएर देखाउनुपथ्र्यो। फोटो खिचेको मिलेन वा हुनुपर्ने जति सफा आएन भने तुरुन्त भोलिपल्ट खिचेर त्यसलाई पुनः धुलाउनु पथ्र्यो। 

लुम्बिनीमा मार्कर स्टोन (बुद्ध जन्मिएपछि पहिलोपटक टेकेको ठाउँ) पत्ता लगाउने टोलीमा उनी पनि एक थिए। त्यतिबेला पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान सरकारले गरेको उत्खनन्का क्रममा करिब १५ फिटको गहिराइमा मार्कर स्टोन पत्ता लागेको थियो। जापान बुद्धिष्ट फेडेरेसनले सन् २००५ मा एक पुस्तक नै प्रकाशन गरी सन् १९९२ देखि १९९५ सम्म उक्त टोलीले लुम्बिनीमा गरेको कामको डकुमेन्टेसन गरेको छ। उक्त पुस्तकमा राखिएका तस्बिरहरू पनि शाक्यकै हुन्। ‘यस्ता रेकर्ड विदेशीले बनाउँछन् अनि उनीहरूले नै लैजान्छन्’, शाक्य भन्छन्। जापानीसँग काम गर्दा निकै गाह्रो हुने उनको अनुभव छ। एकैछिन पनि समयको लापरबाही गर्न नपाइने। एकजना साथीले आफ्नै विवाहका लागि विदा माग्दासमेत नपाएर तलब काटिएको उनलाई सम्झना छ।

धेरैजसो मानिस लुम्बिनी जान्छन्, घुम्छन्, फोटो खिच्छन् अनि फर्किन्छन्। तर त्यहाँ बुद्धको बारेमा केही अध्ययन गर्ने व्यवस्था पनि भइदिए मानिसले लामो समय बिताउने थिए भन्नेमा सानुराज शाक्यलाई विश्वास छ।

सन् १९६७ तिर संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त नेपाल आएका थिए। त्यतिबेलाको तस्बिर पनि शाक्यसँगै छ। बर्माका नागरिक र बुद्ध धर्म मान्ने उ थान त्यतिबेला लुम्बिनीलाई देखेर निकै निराश भएका उनी सम्झन्छन्। त्यतिबेला माइदेवीको मन्दिर र अन्य दुई गुम्बाबाहेक अरू सबै धान खेत मात्र देख्दा उत्थान धेरै दुःखी भएका उनले बताए। लुम्बिनी आएर यसको विकासका लागि तपाईंहरूलाई के चाहिन्छ भन्दा त्यहाँका मानिसले ‘यहाँ एउटा मात्र इनार छ। चैत पूर्णिमामा मेला लाग्दा सबलाई पानी पिउनसमेत पुग्दैन। पानीको व्यवस्था भए हुन्थ्यो’ भने। उनले बोरिङ गरेर पानी निकाल्ने व्यवस्था गरिदिए। त्यही पानी पिउने, निर्माणमा प्रयोग गर्ने, बगैंचामा हाल्नेदेखि अहिलेसम्म प्रयोग भइरहेको उनले बताए।

पछि उनी संयुक्त राष्ट्रसंघमा गएर लुम्बिनी विकासका लागि १५ वटा बौद्ध धर्म मान्ने राष्ट्रहरूका समिति बनाएर काम सुरु गर्न लगाएको पनि शाक्यलाई सम्झना छ। कोरिया, चीन, नेपाल, बर्मा, जापानलगायतका बिहार बनाउँदा खिचेका जगदेखि कै तस्बिर उनीसँग छन्। माइदेवीको मन्दिरमा राजा वीरेन्द्र, उनको मुमा र जीजुमुमासँगै जाँदाको फोटो पनि उनले खिचेका थिए।

२०५३ सालमा शाक्यले जागिरबाट अवकास लिए। त्यसपछि पनि उनी लुम्बिनी आउन जान छाडेका छैनन्। ललितपुरको कुमारीपाटीमा बस्ने शाक्य वर्षको ५÷६ पटक जान्छन्। अहिलेसम्म कतिपटक लुम्बिनी गए भन्ने गन्ती गर्न छाडिसके। सयौंपटक पुगिसक्यो। त्यहाँ जाँदा भारतीय पर्यटकहरूले लुम्बिनीको बारेमा हेर्ने कुरा केही छैन भनेर एकैछिन घुमेर फर्केको देख्दा उनलाई नरमाइलो लाग्थ्यो। त्यसैले उनले आफूले खिचेका तस्बिरहरू धुलाएर लगेर त्यहाँ राख्न थाले। उनले तस्बिर छरेर राखेका टेबुलभरि पर्यटक भरिभराउ हुन्थे। धेरैले मन पराएर किन्न पनि थाले। त्यसपछि उनले केही ठूला पोस्टरहरू र केही तस्बिरलाई समेटेर एल्बम जस्तो बनाएर बेच्न थाले। पाँच हजार कपी, दस हजार गर्दै वर्षमा तीस हजार कपीसम्म छापेर उनले बेचे।

उमेरको क्रमसँगै त्यहाँका धेरै मानिसलाई उनले बिर्सिदै गइसके। तर आज पनि त्यहाँ पुग्दा धेरैले उनलाई चिन्छन्। फोटोसाहेब भन्दै बोलाउँछन्। गुम्बाको गुरुले पनि साथी भनेर माया गर्ने हुनाले गएको बेला त्यतै बस्छन्। उनले जागिरे जीवन सुरु गरेदेखि अहिलेसम्म लुम्बिनीमा हेर्दा हेर्दै ठूलो परिवर्तन भइसक्यो। पहिले घरमा फोन गर्न भैरहवा आउनुपथ्र्यो। तैपनि लामो लाइन बसेपछि फोन गर्ने पालो आउँथ्यो। बाटो धुलाम्मे थियो। पछि राजा महेन्द्रले बाटो बनाइदिएपछि अलि सहज भएको उनको अनुभव छ।

अहिले जाँदा त स्वर्गझैं लाग्छ उनलाई लुम्बिनी। यति धेरै स्वर्गीय आनन्द आउने ठाउँ अन्त कतै लाग्दैन। पहिले बत्ती नभएको अन्धकार ठाउँमा अहिले बाटोको दुवैतिर बत्ती बलेको झिलिमिली देख्दा उनलाई रमाइलो लाग्छ। यही लुम्बीनीलाई अझै धेरै विकास गर्न सके, नेपालले पर्यटकीय क्षेत्रबाट ठूलो फड्को मार्न सक्ने उनले बताए। धेरैजसो मानिस लुम्बिनी जान्छन्, घुम्छन्, फोटो खिच्छन् अनि फर्किन्छन्। तर त्यहाँ बुद्धको बारेमा केही अध्ययन गर्ने व्यवस्था पनि भइदिए मानिसले लामो समय बिताउने थिए भन्नेमा उनलाई विश्वास छ।

कोरोना देखिएपछि उनी लुम्बिनी जान पाएका छैनन्। तर काठमाडौंमै बस्दा पनि उनी बेलाबेलामा जात्राहरूको फोटोहरू खिच्छन्। कतै मठमन्दिरमा गए पनि फोटो खिचौं खिचौं लाग्छ उनलाई। आफू आवद्ध  संस्था धम्मसाकच्छा संघको कार्यक्रमहरूको फोटो खिचेर फेसबुकमा राखिदिन्छन्। फोटो हेरेर सबै खुसी हुँदा उनलाई पनि खुसी लाग्छ। संस्थाले शाक्यको फोटोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रदर्शन गर्ने विषयमा पनि छलफल गर्ने गरेको छ। सबैले उनलाई लुम्बिनीमा पुराना तस्बिरहरूको ग्यालरी बनाउन आग्रह गर्छन्। हामीहरू पनि त्यहाँ जाँदा हेर्नु हुन्छ पनि भन्छन्। ‘म एक्लैको प्रयासले यो सम्भव हुँदैन’ उनले गुनासो गरे।

https://annapurnapost.com/story/177572/

बुद्ध र बेपत्ता रुख !

 चैत २०, २०७७ शनिबार ४:४७:०

रामदयाल राकेश


लुम्बिनी दर्शन गर्ने सुअवसर पाँच वर्षपछि प्राप्त गरेको थिएँ। जब नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित अनुदान गोष्ठीमा भाग लिन भैरहवा गएँ। योभन्दा पूर्व पनि दुई–तीनपटक लुम्बिनीको भ्रमण गर्ने पर्यटकको रूपमा गएको थिएँ। यस भ्रमणपछि भारतको उत्तरप्रदेशको वाराणसीबाट प्रकाशित ‘आज’ हिन्दी दैनिकमा ‘लुम्बिनी जहाँ गौतम बुद्ध का जन्म हुआ था’ दुईवटा मेरो आलेख प्रकाशित भएको थियो। एक दैनिक अखबारमा पनि मेरो एउटा आलेख ‘लुम्बिनी जहाँ डलरको वर्षा हुन्छ’ शीर्षकमा प्रकाशित भएको थियो।

यसपल्टको लुम्बिनी भ्रमण/दर्शनको अवसर प्रदान गरेको थियो। नव स्थापित शान्ति र सद्भावका लागि लुम्बिनी अनुसन्धान केन्द्र, लुम्बिनी विकास कोष र लुम्बिनी विश्वविद्यालय तथा नेपाल विश्व सम्बन्ध परिषद् जो निःशुल्क र निष्क्रिय रूपमा सहभागी थिए। म नेपाल विश्व सम्बन्ध परिषद्को कार्यकारिणी सदस्य छु। अध्यक्ष हेमन्त खरेल, उपाध्यक्ष उमेशबहादुर मल्ल र कोषाध्यक्ष रवीन्द्र भट्टराई पनि सहभागी थिए। संगोष्ठीको विषय थियो ‘शान्ति तथा समझदारी’ र यो अन्तर्राष्ट्रिय संगोष्ठी भएको हुनाले यसमा छिमेकी राष्ट्र भारत, मलेसिया, फिलिपिन्स तथा सार्क सचिवालयका प्रतिनिधि पनि सहभागी थिए। अन्य राष्ट्रलाई पनि आमन्त्रित गरिएको थियो तर तिनीहरूका प्रतिनिधि अनुपस्थित थिए। उद्घाटन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नु भएको थियो।

त्रिदिवसीय अन्तर्राष्ट्रिय संगोष्ठीमा सिर्जना कलेजका कलाकारहरूद्वारा निर्मित शान्ति तथा समझदारीसम्बन्धी विभिन्न कलाकृतिको उद्घाटन अभिनेत्री मनिषा कोइरालाले गर्नुभएको थियो। यस आयोजनामा आकर्षण थप्नका लागि नै उहाँलाई आमन्त्रित गरिएको थियो। यहाँ संगोष्ठी कति सफल या असफल भयो त्यो चर्चाको विषय होइन, अपितु लुम्बिनीको विकास नै मुख्य मुद्दा हो। लुम्बिनी विश्वका बौद्धधर्मीहरूको आस्था र श्रद्धाको निर्विवाद केन्द्र बनेको छ तर लुम्बिनी दर्शन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सुविधाको अनुभव कति हुन्छ र तिनीहरू के अनुभव लिएर फर्कन्छन् त्यो मुद्दा महत्वपूर्ण छ।

आजको सन्दर्भमा शान्तिका अग्रदूत र नेपालका सपूत सिद्धार्थ गौतमलाई संसारले राम्रोसित चिनिसकेको छ। अब उनलाई चिनाउनु पर्ने आवश्यकता छैन। उनको जन्म नेपालमा भएको पनि निर्विवाद रूपमा प्रमाणित भइसकेको छ। आज विश्वमै अशान्ति छ। संसारमा कहीँ शान्ति छैन। दक्षिण एसिया र मध्यपूर्वमा मात्र होइन, अपितु युरोप र अमेरिकाको पनि कुनै देशमा शान्ति छैन। तसर्थ गौतम बुद्धको आदर्श र सन्देश आजको सन्दर्भमा धेरै समसामयिक एवं सान्दर्भिक छ। यसै महत्वलाई प्रचारित र प्रसारित गर्न संगोष्ठीको आयोजना गरिएको थियो।

बोटविरुवाको विशाल वन लुम्बिनीमा थिए। वनसित सिद्धार्थ गौतमको अन्योन्याश्रित सम्बन्ध थियो। चलनचल्तीको भाषामा नङ र मासुको जस्तो अनुस्यूत सम्बन्ध थियो तर आज लुम्बिनीमा जाँदा वनको त सर्वथा अभाव देखिन्छ।

जब अध्यक्ष हेमन्त खरेलज्यूले मलाई सूचित गर्नुभयो। म धेरै उत्साहित र उर्जाशील भएर लुम्बिनीमा आयोजित उक्त संगोष्ठीमा भाग लिन दिवा बसबाट प्रस्थान गरें। सकुशल बेलुकी ५ बजे लुम्बिनी पुगें तर भैरहवादेखि नै उदेकलाग्दो दृश्य परिदृश्य देखिन थाल्यो। सडक धुलाम्य त छँदै थियो, विकासको कुनै संकेत भैरहवादेखि लुम्बिनीसम्म देखिएन। आजसम्म कति वनमन्त्री भए तर तिनीहरूको गिदीमा यो कुरो कहिले पनि आएन कि भैरहवादेखि लुम्बिनीसम्म सडकको दुवै छेउमा हरियालीको अनुभव होस् र वृक्षारोपण गरेर यसको सौन्दर्यमा अभिवृद्धि होस् जुन सरकारको लागि कुनै ठूलो काम होइन।

सिद्धार्थ गौतम बुद्धको जन्म साल वृक्षको छायाँमुनि भएको थियो जब उनकी अमा यसको हाँगा समातिरहँदा फलीभूत भएको थियो। उनले सिद्ध प्राप्त गरे बोधगयास्थित बोधीवृक्ष मुनि। भनाइको अर्थ के छ भने बोटविरुवाको विशाल वन लुम्बिनीमा थिए। वनसित सिद्धार्थ गौतमको अन्योन्याश्रित सम्बन्ध थियो। चलनचल्तीको भाषामा नङ र मासुको जस्तो अनुस्यूत सम्बन्ध थियो तर आज लुम्बिनीमा जाँदा वनको त सर्वथा अभाव देखिन्छ। यतिसम्म मात्र कहाँ हो र मायादेवी मन्दिरको परिसरमा प्रवेश गर्दा पनि यसको दर्शन हुँदैन। सुरुमा एउटा पोखरी देखिन्छ जुन फोहोरको डंगुर भएको छ। पाँच वर्ष पहिला जाँदा त्यहाँ कमलका फूल फक्रेको देखेको दिएँ तर आज त्यो पनि नदारथ छ। त्यहाँ एउटा चौर पनि देखिन्छ जुन दर्शनार्थीहरूको आँखामा कसिंगरजस्तो घोच्छ।

मायादेवी मन्दिरमा प्रवेश गर्दा त्यो रुख पनि जसको हाँगा समातेर मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् त्यो रुख पनि वेपत्ता छ। सुनिन्छ, त्यो रुखलाई टुक्रा टुक्रा पारेर विदेशीलाई बेचिएका छन्। विदेशी मुद्राको त वर्षात् नै भएको होला र त्यसमा केही नेता र केही अन्य लुम्बिनीसँग सम्बन्धित मानिसको निहित स्वार्थ स्पष्ट देखिन्छ। दर्शनार्थीहरूलाई श्रद्धाभाव देखाउन नक्कली रुख भए पनि हुन्थ्यो तर त्यो पनि देखिँदैन।

कस्तो अचम्म ? मायादेवीको स्मारक स्थलमा दर्शनार्थी पत्रम् पुष्पम्देखि केही स्वदेशी र विदेशी कागजी नोट चढाएको देखिन्छ। यति मात्र त होइन मायादेवीको महत्व। आजको लुम्बिनीलाई के गरिएको हो म केही बुझ्न सक्दिनँ जहाँ डलको वर्षा हुन्छ दिन रात त्यहाँको दयनीय र सोचनीय स्थिति हेरेर दया लागेर आउँछ। मायादेवी मन्दिरको पश्चिमतिर अवश्यमेव ठूला–ठूला दुई तीनवटा रुख देखिन्छन् जसको छायामुनि बौद्ध भिक्षुहरू त्रिपिटक पढिरहेका थिए। त्यो सक्कली रुख हेर्न गएको थिएँ र विशेष गरेर मायादेवीको प्राचीन महत्व बुझ्नका लागि। हामीलाई संगोष्ठीपछि प्रदान गरिएको प्रेम प्रतीकमा पनि मायादेवीको त्यो सक्कली रुखको हाँगा समातेकी मायादेवीको प्रतिमा उत्कीर्ण गरिएको छ तर त्यो साविक रुख गायव भए पनि नक्कली रुखको नामोनिसान देखिँदैन, मायादेवीको मन्दिरमा। न त स्थानीय सरकार न त प्रदेश सरकार लुम्बिनीको चतुर्दिक विकासमा दत्तचित्त देखिन्छ।

आजको लुम्बिनी बजार व्यवस्थित देखिन्छ र यहाँ आएपछि दुनियाँदारीको अनुभव त जरुर हुन्छ तर कहीँ पनि शन्तिदूतको सन्देशको अनुभूति हुँदैन। धेरैजसो बौद्धमार्गी देशहरूले यहाँ अतिथि गृहको निर्माण करोडौँ रुपियाँ खर्च गरेका छन् कि लुम्बिनी दर्शन–भ्रमण गर्न आउने अतिथिहरूलाई बुद्धत्वको आभास मिलोस्, शान्तिको अनुभूति होस्, धार्मिक भावनाको अनुभव होस् तर यहाँको व्यवस्थापनदेखि दिक्क लाग्छ। हामीलाई भियतनामद्वारा निर्मित अतिथि गृहमा आवासको व्यवस्था मिलाइएको थियो र हामी धेरै उत्साह एवं उमंगको साथमा बेलुका त्यहाँ पुग्यौं।

त्यहाँ निर्मित कोठाहरू पनि बजेट टुरिस्टहरूका लागि सुविधाजनक नै देख्यौ। हामी आफ्नो मालसामान कोठाहरूमा थन्क्याएर संलग्न शौचालयमा जाँदा त पानी नै छैन। जहाँ पानीको व्यवस्था नै छैन त्यहाँ बास बस्ने कुरै भएन। हामी मुसाजस्तो आफ्नो मालसामान बोकेर फेरि आधुनिक वातावरणमा निर्मित होटलमा बास बस्नका लागि बाहिरिन बाध्य भयौं। तीन चार दिन लुम्बिनीमा बास बस्दा केही मानसिक शान्ति प्राप्त होला भनेको त झन् मानसिक उद्धेलन एवं द्वन्द्वको शिकार हुन पुग्यौं।

हामीहरू होटलबाट पठाएको गाडीको प्रतीक्षा गर्दा भियतनामी अतिथि गृहका व्यवस्थापकबाट के आश्वासन प्राप्त गर्‍यौं भने तपाईहरू यहीँ बस्नुस् मालसामान यही छाडेर होटलबाट खाना खाएर अउनुस् तबसम्म पानी उपलब्ध भइहाल्छ। अन्त्यमा के भनियो भने हाम्रो जेनेरेटर नै खराब छ अब के गर्ने ? यस्तो छकाउने काम पनि विदेशीद्वारा निर्मित अतिथि गृहमा हुँदोरहेछ, त्यसको छनक पाइयो। विदेशी सरकारहरूले यसैका लागि अतिथि गृह बनाएको त होइन क्यारे ? यिनीहरूले त स्वदेशी तथा विदेशी अतिथिहरूलाई सुख–सुविधा प्राप्त होस् भनेर बनाइदिएका हुन् तर यहाँको व्यवस्थापन देखेर हर्ष र विस्मातको अनुभूति हुँदोरहेछ। 

हामी नेपालीहरू कस्ता छौं भनेर विदेशी सरकारले प्रदान गरिएको सुविधाबाट पनि हामी लाभान्वित हुन सक्दैनौं। चारैतिर यस्तै लथालिंग देखियो लुम्बिनीमा। लुम्बिनी भ्रमण वर्ष २०१९ मनाउँदा त्यहाँका स्थानीयहरूले भन्दै थिए, अब सन् २०१९ को अन्त्य हुन लाग्यो तर लुम्बिनी वर्ष २०१९ को अनुभूतिको आभाष पनि पाउन सकेका छैनौं। यस्तै अनुभव पोखे त्यहाँस्थित सम्पूर्ण पुस्तक पसलका विक्रेताहरूले।

हामी लुम्बिनीतिर लम्किएका थियौं, केही मानसिक शान्ति प्राप्त होस् भनेर तर फेरि दुनियाँदारीको दुनियाँमा नै बस्ने बाध्यता भयो। लुम्बिनीस्थित होटलहरू त नेपालीका लागि ठीकै लाग्यो तर यहाँ सबै होटलहरूमा माछा, मासु र मदिराको प्रयोग हुँदोरहेछ। यसको प्रत्यक्ष अनुभव लुम्बिनीमा गएको पहिलो रात मै भयो। हामी भोकले लखतरान भएका थियौँ तर होटलवाला भन्दै थियो, माछा पाक्दैछ। हामीलाई त सादा खाना खानका लागि पेटमा मुसा कुदिराखेको थियो तर माछा पाक्दै छ भन्ने कुराले झन् भोकलाई बढाइदियो। 

गौतम बुद्धले अहिंसाको सन्देश दिएर अमर भए तर उनको जन्मस्थलमा माछा, मासु र मदिराको यस्तो खुलमखुल्ला प्रयोगले उनको आत्मालाई त अवश्य नै दुखाएको होला। जीवहत्यालाई उनले कहिल्यै पनि समर्थन गरेनन् तर आज बौद्ध धर्मावलम्बी पनि माछा, मासु र मदिराको प्रशस्त मात्रामा प्रयोग गर्दछन्। के हो त बुद्धको सन्देश संशोधित भएको छ ? मलाई थाहा छैन तर म त के भन्न चाहन्छु भने सम्पूर्ण लुम्बिनी क्षेत्रमा माछा, मासु र मदिरामाथि कडा प्रतिबन्ध लगाउनु पर्दछ। तर यस मतलाई आज कसले समर्थन गर्ला ?

यसमा पनि मलाई शंका–उपशंका लाग्दछ। यहाँ कतिपय स्टार वनदेखि स्टार फाइभसम्म होटल उपलब्ध छन् र यहाँ यसको प्रशस्त मात्रामा प्रयोग हुने गर्दछ।

बजारस्थित होटलहरूको गुनासो के छ भने हामीलाई पर्यटक त के नेपालीहरू पनि वास्ता गर्दैनन्। सबै पर्यटकलाई तारे होटलहरूले हाइज्याक गरेर लग्दछन् र हाम्रो व्यापार सुख्खा हुन्छ। यस्ता गुनासाहरू पनि नसुनिएको होइन लुम्बिनीमा। हो पनि विदेशी पर्यटकहरू आआफ्ना देशबाट नै लुम्बिनी भ्रमणका लागि रिजर्भेसन गराउँछन् लोकल होटलहरूलाई त थाहा पनि हुँदैन। सबै काठमाडौंबाट भैरहवा हवाईजहाजमा जाने यी र होटलहरूद्वारा सञ्चालित गाडीबाटै सोझै आफ्नो सुरक्षित होटलमा जाने यी गाडीहरू पनि शीत ताप नियन्त्रित र सुविधाजनक भएकाले पर्यटकहरूलाई भैरहवादेखि लुम्बिनीसम्मको बाटोको सही स्थिति पनि थाहा हुँदैन। यस्तो बिग्रेभत्केको सडकमा त हामी मध्यम वर्गीय मानिस हुन्छौं। हाम्रा गुनासाहरू सुन्ने कसलाई फुर्सद छ र ?

https://annapurnapost.com/story/177573/

संसारको प्रतिबिम्ब स्वयम्भू महाचैत्य

 पुष ३, २०७८ शनिबार ८:४९:०

प्रा.डा. नरेशमान बज्राचार्य


स्वयम्भू नेपालको सबैभन्दा प्राचीन तथा ठूलो बौद्ध तीर्थस्थल, नेपालको बौद्ध धर्म–संस्कृतिको मुहान तथा केन्द्रबिन्दु हो। यस चैत्यसँग सम्बन्धित अनगिन्ती संस्कृति छन्, केही लोप भएर पनि धेरै बाँकी नै छन्।

काठमाडौं उपत्यकाको लगभग पश्चिम दिशामा अवस्थित डाँडामाथि रहेको विशाल ‘स्वयम्भू चैत्य’ले नेपाली मात्र होइन, विश्वका सम्पूर्ण मानिसलाई आकर्षित तुल्याएको छ भन्दा अत्युक्ति नहोला। विश्वको सरोकार भएकाले विश्वसम्पदामा सूचीकृत पनि छ। विश्वको धरोहर स्वयम्भू चैत्यको उत्पत्ति र निर्माण सम्बन्धमा एउटै मात्र बौद्ध ग्रन्थ हो– ‘स्वयम्भू भट्टारको द्देश’, जुन ‘स्वयम्भू–पुुराण’का नामले अहिले प्रख्यात छ। यो नेपाल (उपत्यका)को स्थानीय ग्रन्थ हो। यस ग्रन्थका अनुसार उहिले नेपाल उपत्यका कालीदह नामको एक विशाल तलाउ थियो। चारैतिर अग्ला–अग्ला जामाचो (नागार्जुन पर्वत), सिफुचो (शंखोदक पर्वत– शिवपुरी डाँडा), फुल्लचो (फुलचोकी पर्वत), धिलाचो (ध्यानगिरि– चन्द्रागिरी पर्वत) र अन्य ससाना डाँडाले घेरिएका छन्। विपश्वी बुद्धले नागार्जुन पर्वतमा रही एक कमलको बीउ तलाउमा फ्याँक्नुभयो। कालान्तरमा त्यस बीउबाट सह्रस्रदल कमल फुल्यो। उक्त कमलमाथि पञ्चरश्मीले युक्त ज्योति उत्पन्न भयो। ज्योति आफसेआफ उत्पन्न भएकाले ‘स्वयम्भू ज्योतिरूप’ अर्थात् आफसेआफ उत्पन्न भएको ज्योतिरूप नामले प्रसिद्ध भयो।

धेरै समयपछि तत्कालीन महाचीनमा अवस्थित पञ्चशीर्ष पर्वतमा रहनु भएका आदिबुद्ध मञ्जुश्रीका अवतारी मञ्जुदेवाचार्य चीनका राजकुमार धर्माकर र अन्य केही जनतासहित स्वयम्भू ज्योतिरूप दर्शनार्थ आउनुभयो। तलाउको पानी सुकाउन सकेमा त्यस स्थान मानव बस्तीका लागि अत्यन्त योग्य हुने देखेर तलाउको दक्षिणमा रहेको सबभन्दा होचो कोटुवाल डाँडा काट्नुभयो र पानी बाहिर निस्कियो। स्वयम्भू ज्योतिरूपसहितको सहस्रदल कमल ढल्कँदै पानी बगे पछि देखिएको पद्मगिरी पर्वतमा अडेश लाग्यो। उही पर्वत स्वयम्भू पर्वतका नामले प्रसिद्ध भयो। मञ्जुदेवाचार्यले साथमा ल्याइएका धर्माकर राजकुमारलाई र जनतालाई क्रमश: यस क्षेत्रको राजा र प्रजा, बस्तीलाई ‘मञ्जुपट्टन’ नामकरण गरी देश निर्माण भयो। राजाले नियमपूर्वक शासन गरी प्रजालाई पालनपोषण गरेकाले देशको नाम ‘नेपाल’ रहन गयो।

स्वयम्भू ज्योतिरूप देशवासीको आस्थाको केन्द्रबिन्दु थियो। यसको प्रसिद्धि बढ्दै देशान्तरसम्म पुग्यो। कालान्तरमा तत्कालीन गौड देश (सम्भवत: बंगाल) का राजा प्रचण्डदेव राज्य त्याग गरी स्वयम्भू ज्योतिरूप दर्शनार्थ आए। दर्शनपश्चात् स्वयम्भू ज्योतिरूपको संरक्षण गर्ने सोच बनाए। तदनुसार यहाँका तत्कालीन बौद्ध गुरु गुणाकर आचार्य (बज्राचार्य) बाट प्रव्रजित भई शान्तिश्री भिक्षु र अन्तमा आचार्यत्व प्राप्त गरी शान्तिकर आचार्य (बज्राचार्य) नामले प्रसिद्ध भए। शान्तिकर आचार्यले गुरुको निर्देशानुसार विविधत् स्वयम्भू ज्योतिरूपलाई छोपी एक ठूलो चैत्य निर्माण गरी उही स्वयम्भू चैत्य तथा ‘स्वयम्भू धर्मधातु वागीश्वर’ नामले प्रख्यात छ।

स्वयम्भू चैत्य वरिपरि क्रमश: वसुपुर (पृथ्वीतत्त्वको प्रतीक बसुन्धरादेवीको मन्दिर), नागपुर (जलतत्त्वको प्रतीक नाग देवताको मन्दिर), वायुपुर (वायुतत्त्वको प्रतीक वायु देवताको मन्दिर), अग्निपुर (अग्नितत्त्वको प्रतीक अग्नि देवताको मन्दिर) र शान्तिपुर (आकाशतत्त्वको प्रतीक एवं शुद्ध चित्तको प्रतीक शून्यागार–गुफा)निर्माण भए। अन्तमा आपूm शान्तिपुरमा आस्फानकयोगमा अद्यापि रहनु भएको छ भने उल्लेख तथा स्थानीय बौद्ध विश्वास छ।स्वयम्भू चैत्य सुरुमा अर्ध–अण्डाकार, दूबो आदि घाँस उम्रिएको भित्रदेखि केन्द्रमा यष्ठि (काठको स्तम्भ) ठडाइएको, त्यसमाथि वर्गाकार संरचनामा बनाइएको छ। त्यसमाथि १३ वटा चक्र, सबभन्दा माथि उष्णीष रहेको हुनपर्छ, जस्तो कि ललितपुर–लगनखेलमा विद्यमान अशोक चैत्य। कालान्तरमा चैत्य वास्तुकला विकास हुँदै वर्तमान अवस्थामा पुग्न आएको बुझ्न सकिन्छ।

स्वयम्भू चैत्यको अर्ध–अण्डाकार वरिपरि दिशामा क्रमश: पञ्चबुद्ध–वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि, विदिशामा क्रमश: मामकि, लोचनि, पद्मिनी र तारादेवी छन्। यी सम्पूर्ण संरचनाले यो संसार र सांसारिक जीवनको प्रतिनिधित्व गर्दछन्। त्यसमाथि रहेको वर्गाकारको संरचनालाई अकनिष्ठ भवन भनिन्छ। जसको अर्थ संसारभन्दा माथिको भुवन भन्ने हुन्छ। त्यस अकनिष्ठ भुवनको चारैतर्फ प्रत्येकमा अति आकर्षित अर्धनिर्मिलित नेत्र युगल र साँचो खोल्ने प्वालको प्रतीकात्मक चिह्न छ। यी चारै वटा अकनिष्ठ भुवन प्रवेश गर्ने मूल ढोकाका प्रतीक हुन्। जुन ढोकाबाट पसिसकेपछि लोकोत्तर भुवन त्रयोदश भूमि क्रमश: चढिन्छन् र अन्तमा बुद्धत्वसम्म पुगिन्छ। अकनिष्ठ भुवनदेखि त्रयोदशभूमि र उष्णीषले बुद्धत्व लाभ गर्नलाई गरिने अभ्यास बोधिसत्व चर्याबाट क्रमश: प्राप्त हुने आध्यात्मिक भूमि, बुद्धत्व र बुद्धद्वारा गरिने बुद्धचर्या र निर्वाणलाई दर्शाइरहेका छन्। छोटकरीमा भन्नु पर्दा, स्वयम्भू चैत्यले संसार र निर्वाणलाई दर्शाइरहेको छ, यो बौद्ध दर्शन हो। महायान तथा बज्रयान दृष्टिकोण हो।

नेपालको इतिहासका लागि प्रमाणको रूपमा मानिने गोपालराज वंशावलीमा ‘राजा श्रीविश्वदेव (वृषदेव) वर्ष १०० तेनकृत सीनगु बिहार चैत्य भट्टारिक प्रतिष्ठित सम्पूर्णकृतम्।’ पंक्ति उल्लेख छ। नेपालभाषा (नेवारी भाषा)मा अद्यपि स्वयम्भूलाई सिंगु भन्ने प्रचलन रहेकाले गोपालराज वंशावलीमा उल्लेखित ‘सीनगु बिहार चैत्य’ भनेको वर्तमान स्वयम्भू चैत्य हो र सो चैत्य लिच्छवि राजा मानदेवका जिजु बुवा राजा वृषदेवले बनाउन लगाएको हुुनुपर्छ भनेर केही इतिहासकार बताउँछन्। स्वयम्भू चैत्यको पश्चिम–उत्तर कोणमा अद्यापि सिंगु बिहार—साम्ह्यागुं महाबिहार छुट्टै रहेकाले राजा वृषदेवभन्दा पहिले स्वयम्भू चैत्य अस्तित्वमा रहेको र राजा वृषदेवले सिंगु बिहार परिसरमा अन्य कुनै एक चैत्य निर्माण गरी प्रतिष्ठा गरेको हुन सक्ने सम्भावना छ।

गोकर्णमा अवस्थित लिच्छवि (राजा) अंशुवर्माको नाम कुँदिएको खण्डित शिलालेखमा ‘(स्वयम्)भू चैत्य भट्टारक’ र ‘(व)ज्रयान’ उल्लेख छ। त्यसैले लिच्छविकालीन राज्यमा नेपालमा ‘बज्रयान’ परम्पराको उन्नत अवस्था रहेको र स्वयम्भू चैत्यको राजकीय सम्मानका साथ विशिष्ट स्थान रहेको स्पष्ट छ। उपत्यका बाहिरका राजाहरूको पनि स्वयम्भू चैत्यप्रति आस्था रहेको छ। स्वयम्भू चैत्यको प्रसिद्धि तत्कालीन प्राचीन भारत, चीन र तिब्बत, भुटान, सिक्किमसम्म फैलिएको थियो।

चीनको ताङ्वशको इतिहासमा नेपालको स्वयम्भू चैत्यको विषयमा उल्लेख गरिराखेको, चीनका बादशाह हेनले आफ्ना दूत वाङ्हुएनचेमार्फत् स्वयम्भू चैत्यलाई ‘काषायवस्त्र’ चढाएको, तत्कालीन भारतका बौद्ध प्रण्डितहरू सुनयश्री मिश्र, शान्तरक्षित, गुरु पद्मसम्भव, अतिशा दीपंकरवनरत्न आदिले स्वयम्भू चैत्य दर्शन गरेको, त्यस्तै तिब्बती भिक्षु धर्मस्वामीले स्वयम्भूमै बसेर गुरु रत्नरक्षितबाट शिक्षा प्राप्त गरेको पं. हेमराज शाक्यले स्वकृति स्वयम्भू महाचैत्य ग्रन्थमा उल्लेख गर्नुभएको छ। प्रमाणअनुसार लगभग बाह्रौं शताब्दीमा शाक्यभिक्षु मैत्रीचन्द्रबाट जीर्णोद्धार भएको थियो। तेह्रौं शताब्दीमा राजा श्री जयराजदेवको पालामा दक्षिणबाट आएका मुसलमान समसुद्दिनको आक्रमणले ने.सं. ४७० मा स्वयम्भू चैत्यसहित अन्य थुप्रै मूर्ति–मन्दिरहरू ध्वस्त पारेको प्रचूर मात्रामा मन्दिरका सुन आदि बहुमूल्य सम्पत्ति लुटेर लगेको थियो।

ने.सं. ४९२ अर्थात् ध्वंस भएको २२ वर्षपछि मात्रै राजा जयस्थिति मल्लको पालामा महापात्र राजहर्ष भल्लोकद्वारा स्वयम्भूको पुनर्निर्माण भयो। त्यसपछि महामन्त्री जयसिंहराजर्द्धनबाट ने.सं. ५३३ तिर, ज्योतिर्मल्लबाट ने.सं. ७१५ मा राजा शिवसिंहबाट जीर्णोद्धार भयो। प्राकृतिक प्रकोप चट्याङले भत्केको स्वयम्भू चैत्य शाक्यभिक्षु जयलक्षबाट जीर्णोद्वार भयो। यसरी विभिन्न समयमा जीर्णोद्धार भएको पाइन्छ। सर्वसाधारणदेखि राजकीय व्यक्तित्व, स्वदेश र छिमेकी राष्ट्रका बौद्ध धर्मगुरु, राष्ट्र«प्रमुख आदिले बेलाबखत स्वयम्भू चैत्यमा विभिन्न बहुमूल्य वस्तुहरू अर्पण गर्दै आएको पनि पाइन्छ। लिच्छवि राजा धर्मदेवले स्वयम्भू चैत्य परिसरमा धर्मशाला बनाए, मानदेवले स्वर्णछत्र चढाए। तिब्बतका स्यामार  लामाले स्वर्णतोरण, राजा लक्ष्मीनरसिंह मल्लले स्वर्णविमान, राजा प्रताप मल्लले स्वर्णगजुर, राजा योगनरेन्द्र मल्लले घण्ट चढाए। पुन: राजा प्रताप मल्लले स्वयम्भू चैत्यको पूर्व दिशामा अक्ष्योभ्य तथागतको अगाडि रहेको शिलाको धर्मधातु मण्डललाई सुनको मोलम्वा लगाइएको तामाको धर्मधातु मण्डलले छोपे। त्यसमाथि सुनको मोलम्बा लगाइएको ठूलो बज्र स्थापना गरे। दायाँबायाँ क्रमश: प्रतापपुर र अनन्तपुर मन्दिर स्थापना गरे। यी अद्यापि जीवित छन्।

पृथ्वीनारायण शाहले उपत्यका जितिसकेको थियो। उनले स्वयम्भू चैत्य आदि अन्य बौद्ध धार्मिक स्थलहरू नबिगारुन् भन्ने उद्देश्यले तिब्बतका बौद्ध धर्मगुरुले पृथ्वीनारायण शाहलाई सन्देश पठाइएको पाइन्छ। स्वयम्भू चैत्य परिसरमा रहेका विभिन्न मन्दिरमध्ये शान्तिपुर (गुफा) बडा रहस्यमय छ। नेपालमा अनावृष्टि भई अनिकाल परेको बेला नवनाग साधन गरी नागको रगतबाट एक पौभा र एक ग्रन्थ रचिएका थिए। त्यसलाई घाममा राख्दा वृष्टि भई सहकाल आएको र सो पौभा र ग्रन्थ उही शान्तिपुरमा सुरक्षित रहेको विश्वास गरिन्छ। 

स्वयम्भू चैत्यको नजिकै पश्चिम–उत्तरकोणमा अवस्थित हारती मन्दिर पनि कम रोचकको छैन। मनुष्यका बालबालिकालाई चोरी गर्दै आफ्नो आहार बनाइरहेकी हारती नामको यक्षणीलाई बुद्धले मनोचिकित्साबाट भक्षकबाट बालबालिकाको रक्षकमा रूपान्तरण गराइदिएको प्रसिद्ध घटना स्वरूप हारतीदेवीको स्वयम्भू चैत्य परिसरमा छ। विपश्वी बुद्धले गराएको बीजारोपणबाट उत्पत्ति भएको स्वयम्भू ज्योतिरूप एक विशाल चैत्यको रूपमा परिणत भयो। नेपालको सबैभन्दा प्राचीन तथा ठूलो बौद्ध तीर्थस्थल, नेपालको बौद्ध धर्म–संस्कृतिको मुहान तथा केन्द्रबिन्दु हो। स्वयम्भू चैत्यसँग सम्बन्धित अनगिन्ती संस्कृति केही लोप भएर पनि धेरै बाँकी नै छ। वर्तमानमा विश्व सम्पदामा सूचीकृत स्वयम्भू विश्वका लागि धरोधर बनेको छ।

स्वयम्भू परिसरमा विद्यमान स्वयम्भू र अन्य मन्दिरले नेपालमा बुद्धधर्मको उच्चतम अवस्थाको कला–वास्तुकलामा निपूणता, सुसंस्कृतिले सम्पन्नता आदि समृद्धिका तथ्यहरूलाई उजागर गर्दै आइरहेका छन्। मानव मात्रलाई आकर्षित गर्दै आइरहेका छन्। जो कोही पनि स्वयम्भूमा पुग्छन्, हर्षले उल्लासित भएको देख्न सकिन्छ। स्वयम्भू क्षेत्रको संरक्षण–सम्र्द्धन र विकासका लागि नेपाल सरकारको उचित ध्यान आकर्षण भई नराखेको महसुस हुन्छ। नेपाल सरकारले पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष आदिको व्यवस्था गरेझैं स्वयम्भू विकास कोषको व्यवस्था गर्नु जरुरी देखिन्छ।

लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका निवर्तमान उपकूलपति हुन्। 
(स्रोत : स्वयम्भू पूराण, गोपालराज वंशावली, लिच्छविकालीन अभिलेख, स्वयम्भू महाचैत्य र अवलोकन अध्ययन)

https://annapurnapost.com/story/192244/

Tuesday, November 28, 2023

प्राचीन चित्रको नवीन वृत्तान्त

 गौतमवज्र वज्राचार्य

संस्कृतमा माया शब्दले भ्रान्ति वा छलकपट बुझाउँछ । यो प्राकृत शब्द हो । प्राकृत भाषामा मायाको अर्थ हुन्छ– आमा वा आमाको जस्तो निःस्वार्थ स्नेह । मायादेवी मातृदेवता हुन् । त्यसैले वैशाख पूर्णिमाका दिन नेपालमा अझै ‘रूखमुनि माई’ अर्थात् ‘मातृ देवता’ को पूजा गरिन्छ ।

दसौं शताब्दीको अन्त्यतिर ताडपत्रमा लेखिएको नेपालको सबैभन्दा पुरानो चित्र न्युयोर्कको एक संग्रहालयमा सुरक्षित छ । संग्रहालयका भूतपूर्व क्युरेटर मार्टिन लर्नरको टिप्पणी छ, ‘त्यो नवौं शताब्दीमा लेखिएको विहार बेङ्गालको दुर्लभ कलाकृति हो ।’ लर्नरको आलोचनामा प्रतापादित्य पालले लेखे, ‘त्यो चित्र दसौं शताब्दीको अन्त्यतिर नेपालमा लेखिएको हो ।’ त्यस चित्रमा प्रज्ञापारमिता र बुद्ध शाक्यमुनिको जन्मदेखि महापरिनिर्वाणसम्मका दृश्य क्रमशः देखाइएको छ । लर्नर र पालले चित्र–चर्चा गरेको चार दशकपछि कला, संस्कृति र इतिहासका अध्येता गौतमवज्र वज्राचार्यले त्यस चित्रमाथि आफ्ना सहमति–असहमति ‘कोसेली’ को यो अंकमा लेखेका छन्, प्रामाणिक रूपमा ।


चावहिलको लिच्छविकाल (अन्दाजी २००–८७९) को अभिलेखमा किन्नरी जातक भन्ने बौद्धकथाको वर्णन गरी लेखिएको रंगीन भित्तिचित्रको उल्लेख आएको छ (वज्राचार्य धनवज्र, लिच्छविकालका अभिलेख, विसं २०३० : १–२; पन्त, महेशराज, ‘जो शान्तपदमा जानुभयो’, नेपाल राष्ट्रिय साप्ताहिक, विसं २०७६, वैशाख १२) । त्यो भित्तिचित्र बच्न सकेको भए त्यहि नै नेपालको सबभन्दा पुरानो चित्र मानिन्थ्यो होला । तर, त्यो भित्तिचित्र बचेको हुनुपर्छ भनेर कल्पनासम्म पनि गर्न सकिँदैन किनभने यस्ता भित्तिचित्र मात्रै होइन कि पौभा (पटचित्र), ताडपत्र वा काठमा लेखिएका अरू कुनै पनि लिच्छविकालको चित्रकला नेपालको ओसिलो हावापानीमा बच्न सकेका छैनन् । त्यसैले दसौं शताब्दीको अन्त्यतिर लेखिएको चित्र सबभन्दा पुरानो नेपालको चित्रमध्ये पर्छ । त्यो चित्र ताडपत्रमा लेखिएको हस्तलिखित ग्रन्थका लागि बनेको लामो, तर सानो काठको गातामा लेखिएको छ । अहिले त्यो गाताचित्र न्युयोर्कर्को मेट्रोपोलिटन म्युजियम आर्ट भन्ने एक प्रसिद्ध संग्रहालयको (एसेसन नं १९७९.५११) शीतातप नियन्त्रित कोठामा सुरक्षित छ (चित्र. १) ।


काठको गातामा लेखिएको सबभन्दा पुरानो नेपाली चित्र, दशौं शताब्दीको अन्त्यतिरको। मेट्रोपोलिटन् म्यूजियम् अफ् आर्ट, न्यूयोर्क, एसेसन् नं १९७९.५११ ।

त्यस गाताचित्रबारे सन् १९८४ मा म्युजियमका क्युरेटर मार्टिन लर्नरले त्यही साल भएको प्रदर्शनीको क्याटलगमा ‘द फ्लेम् एण्ड द लोटस’ शिर्षकमा विस्तारपूर्वक लेखेका छन् (लर्नर, मार्टिन, द फ्लेम् एण्ड द लोटस : इन्दिअन् आन्द् सोउथ् एशिअन् आर्ट् फ्रम् द क्रोमस् कलेक्शन्स् १९८४ः८६–८९) । लर्नरको भनाइअनुसार, त्यो गाताचित्र नवौं शताब्दीमा लेखिएको विहार बेङ्गालको दुर्लभ कलाकृति हो । त्यसको चार वर्षपछि सन् १९८८ मा प्रतापादित्य पालले ‘बुद्धिस्ट बुक इलुमिनेसन्स’ भन्ने ग्रन्थमा लर्नरको आलोचना गर्दै त्यस गाताचित्रबारे आफ्नो विचार पोखेका छन् (पाल, प्रतापादित्य, पेकारिक्, जुलिया, बुद्धिस्ट बुक इलुमिनेसन्स’, १९८८ः५–८) । उनको अध्ययनअनुसार, त्यो गाताचित्र दसौं शताब्दीको अन्त्यतिर नेपालमा लेखिएको हो । अहिले झन्डै चार दशकपछि त्यस चित्रमाथि म लेख्दै छु । मेरो अनुसन्धान अनुसार यी दुवै विद्वानसँग आफ्ना सहमति–असहमति जनाउँदै मैले देखे–बुझेको कुरो प्रामाणिक रूपमा प्रस्तुत गर्ने प्रयास यहाँ गरेको छु ।

प्रज्ञापारमिता देवी। सोही गाता।

यस गाताचित्रमा जम्मा पाँच दृश्य छन् । मध्यभागमा प्रसिद्ध बौद्ध देवता प्रज्ञापारमिता (चित्र. २) र उनका दायाँबायाँ बुद्ध शाक्यमुनिको जन्मदेखि महापरिनिर्वाणसम्मका चारवटा महत्त्वपूर्ण दृश्य क्रमशः देखाइएका छन् ।

प्रज्ञापारमिता वास्तवमा एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम हो । महत्त्वपूर्ण धार्मिक ग्रन्थलाई देउता मानेर पूजा गरिने हुनाले प्राचीन परम्पराअनुसार चार हात भएकी देवीको रूपमा प्रज्ञापारमिताको प्रतिमा बनाउने चलन बन्यो । माथिल्लो दुई हातले अक्षमाला र पुस्तक लिएकी, अर्को दुई हातले झट्ट हेर्दा अञ्जली मुद्राजस्तो देखिने धर्मचक्र प्रवर्तन भनिने मुद्रा बनाएर पद्मासनमा बसेकी देवीको रूपमा यहाँ प्रज्ञापारमिताको चित्रण गरिएको छ । धर्मचक्र प्रवर्तनको शाब्दिक अर्थ हुन्छ– ‘धर्मको चक्र घुमाउनु’ । तापनि बौद्ध साहित्यमा बुद्ध अथवा अरू बौद्ध देवताहरूले धर्मोपदेश दिएको भन्ने बुझाउन यो शब्द प्रयोग हुन्छ । कुनै गम्भीर विषयमा व्याख्या गर्दा महत्त्वपूर्ण बुँदाहरू क्रमशः एक, दुई, तीन गरि गणना गर्दा कुरा बुझाउन सजिलो हुने हुनाले गुरु अथवा धर्मोपदेशकहरू अक्सर दुवै हातका औंला प्रयोग गर्थे । यही कुरा कलाकृतिमा चित्रण गर्दा दुवै हात जोडेर बनेको धर्मोपदेश मुद्राको अर्को नाम धर्मचक्र प्रवर्तन रहन गयो ।

इन्द्रेणीजस्तो देखिने रंगीन प्रभामण्डलले घेरिएको सुनको आसनमा बुट्टेदार रातो बालेस्टमा अडेस लिएर प्रज्ञापारमिता देवी दर्शकहरूतिर हेरेर बसेकी छन् । यी देवीको दायाँपट्टि फुलेको ठूलो कमल बायाँ हातले समातेर बसेका जटाधारी देवता हुन्– बोधिसत्त्व पद्मपाणि । अनि देवीको बायाँपट्टि दायाँ हातले वज्र समातेर बसेका सुनौलो मुकुट लगाएका बोधिसत्त्व वज्रपाणि हुन् ।


लुम्बिनीको दृश्य। सोही गाता।

प्रज्ञापारमिताको यो दृश्यबाहेक अरू सबै दृश्य बुद्ध शाक्यमुनिको जीवनीसँग सम्बद्ध छन् । लुम्बिनी वनमा मायादेवीले सिद्धार्थ गौतमलाई जन्माएको दृश्य यस गाताको सबभन्दा बायाँपट्टि (चित्र. ३) छ । यस दृश्यको बीचमा कालो बादलजस्तो झांगिएको बाक्लो रूखमुनि हाँगा समातेर मायादेवी त्रिमङ्ग मुद्रामा उभिएकी छन् । लहराजस्तो दायाँबायाँ तीन फन्को मारेर उभिएको लच्किलो अंगविन्यासलाई बुझाउने अर्को शब्द हो– त्रिमङ्ग । अलौकिक ढंगले भर्खरै काखीबाट जन्मको बच्चालाई सत्कार गर्न हातमा रुमाल लिएर देवताहरूका राजा इन्द्र मायादेवीको दायाँतिर हाजिर छन् । इन्द्रलगत्तै पछाडि हातमा कमण्डलु लिएका चतुर्मुखी ब्रह्मा र उनको पछाडि सुनौलो मुकुट लगाएका हरियो, नीलो रङका विष्णु पनि त्यहाँ उपस्थित छन् । विष्णुको लगत्तै पछाडि फेरि अर्को उभिइरहेको देवताको रूपरेखा देखिन्छ । नेपालको अरू चित्रकलामा जस्तै यहाँ पनि विष्णुको पछाडि महादेवको चित्रण गरिएको हुनुपर्छ ।

मायादेवीको बायाँपट्टि दुई परिचारिका छन् । नजिकैको परिचारिका हातमा चामर लिएर उभिएकी छन् । यी परिचारिका साँच्चिकैको परिचारिका नभइ मायादेवीकी बहिनी पजापती गोतमी हुन सक्छिन् । उनको पछाडि अलि सानो कदकी साह्रै राम्री परिचारिका दुवै हातले ठूलो बास्केट बोकर रानीको सेवा गर्न तयार छन् । सिद्धार्थ जन्मनासाथ हिँड्न सक्थे । उनले जहाँ–जहाँ पाइला टेके त्यहाँ–त्यहाँ कमल फुलेका थिए भन्ने कथाअनुसार यहाँ भुइँमा तीनवटा कमल फुलेका देखाइएको छ ।


नालागिरि हात्तीको दृश्य। सोही गाता।

यस दृश्यको दायाँपट्टि शाक्यमुनिको जीवनसँग सम्बन्ध राख्ने नालागिरि भन्ने हात्तीको चाखलाग्दो कथाको दृश्य (चित्र. ४) छ । लुम्बिनीको दृश्यसँग यो दृश्य छुट्याउन यी दुई दृश्यबीच रंगीन थामको प्रयोग गरिएको छ । यस गाताचित्रमा अन्त पनि यसरी नै दृश्य छुट्याइएका छन् ।

रंगीन थामसँगै गेरुवा रंगको चीवर पहिरेका भिक्षु आनन्द बुद्ध शाक्यमुनिको सबभन्दा मनपर्ने अनुयायीका रूपमा बुद्धका पछाडि शान्तिपूर्वक उभिइरहेका छन् । आनन्द र शाक्यमुनि दुवैको शिर अण्डाकार प्रभावलीले घेरिएका छन् । बुद्धले पनि गेरुवा रंगको चीवर लगाएका छन् । उनको अगाडि अजंगको सेतो हात्ती नालागिरि नतमस्तक भई बुद्धप्रति श्रद्धाभक्ति व्यक्त गरी भुइँमा बसेका छन् । कथाअनुसार, नालागिरि राजगृह दरबारको बुद्धिमान् हात्ती थियो । बुद्धलाई साह्रै मन नपराउने ईर्ष्यालु राजकुमार देवदत्तको कुरो सुनेर नालागिरिको बुद्धि बिग्रियो र राजदरबारबाट निस्केर उत्पात मच्यायो । बहुलाएको त्यो हात्ती सहरमा जताततै दगुर्न थाल्यो र उसले मान्छेहरूलाई खुट्टाले किचेर, सूँडले समातेर फाल्न थाल्यो । यसैबेला बुद्ध शाक्यमुनि र आनन्द भिक्षा माग्दै त्यस सहरमा पुगे । बहुलाएको हात्ती दौडेर आफूतिर आइरहेको देखेपछि पनि कत्ति नहडबडाईकन शान्तिपूर्वक उनीहरू आफ्नो बाटामा हिँडिरहेका थिए ।


नालागिरि हात्तीको दृश्य, अन्दाजी तेस्रो शताब्दीतिरको । तस्बिर : अमरावती स्तूप, सरकारी संग्रहालय, मद्रास।

बुद्धको यस्तो शान्त स्वरूप देख्नासाथ हात्तीको मन पग्ल्यो र विनीत भएर क्षमा माग्यो । नालागिरिको यो कथा तेस्रो शताब्दीतिरको अमरावतीको प्रस्तरमूर्तिमा पनि वर्णन गरिएको छ (चित्र. ५) । तर, अमरावतीको मूर्ति र यो गाताचित्रको वर्णन अलि फरक छ । यहाँ गाताचित्रमा हात्तीको शरीरभन्दा माथि आकाशमा उफ्रिरहेका दुई सिंहको चित्रण गरिएको छ । यस्तो चित्रण अमरावतीको प्रस्तरमूर्तिमा छैन । तर, लस एन्जेलस काउन्टी म्युजियम अफ् आर्टको संग्रहमा रहेको नेपालको सचित्र गातामा पनि नालागिरिको कथाको बयान गर्दा चारवटा सिंहले हात्तीलाई आक्रमण गरेको देखाइएको छ । पाश्चात्य जगत्मा सबभन्दा पहिले नेपाली कलाको प्रदर्शनी गरि प्रदर्शनीकै किताब लेख्ने विदुषी स्टेला काम्रिस्कको भनाइअनुसार, सिंह भनेको बुद्ध शाक्यमुनिको अलौकिक शक्तिको प्रतीक हो । यही अदृश्य शक्तिले नालागिरिको दमन गरिएको भन्ने भाव झल्काउन सिंहको चित्रण गरिएको हुनुपर्छ ।

नालागिरिको यस दृश्यपछि माथि वर्णन गरिएअनुसारको प्रज्ञापारमिता र बोधिसत्त्वहरूको वर्णन आउँछ (चित्र. २) । अष्टसाहस्रिका प्रज्ञापारमिता देवीको मूर्ति मुख्य प्रतिमाका रूपमा गाताको मध्यभागमा चित्रित गरिएको हुनुपर्छ ।


बुद्ध शाक्यमुनिको सबभन्दा पहिलो धर्मोपदेश। सोही गाता।

यही मध्यभागको लगत्तै दर्शकहरूको दायाँपट्टि बुद्ध शाक्यमुनि सुनको सिंहासनमा पलेंटी मारी प्रज्ञापारमिताले जस्तै दुवै हातले धर्मचक्र प्रवर्तन मुद्रा बनाई धर्मोपदेश दिइरहेका छन् (चित्र. ६) । उनको शिरपछाडि रातो प्रभावली तथा आसनमा नीलो, रातो र पहेँलो रंगको बुट्टा भएको ठूलो बालिष्ट देखिन्छ । त्यसैमा अडेस लगाएर शाक्यमुनि बसेका छन् । बुद्धले सबैभन्दा पहिले मृगदाव भन्ने तपोवनमा आफ्ना अनुयायीहरूलाई धर्मोपदेश दिएको महत्त्वपूर्ण दृश्य यो हो भन्ने बुझाउन सिंहासनमुनि धर्मचक्र र त्यसको दायाँबायाँ शान्तपूर्वक भुइँमा बसेका दुई मृग देखाइएका छन् । बुद्धले जस्तै रातो चीवर लगाएका भिक्षुहरू बुद्धको दायाँतिर अनि सुनको मुकुट र जटामुकुट लगाएका बोधिसत्त्वहरूचाहिँ बायाँतिर देखाइएका छन् ।



बुद्ध शाक्यमुनिको सबभन्दा पहिलो धर्मोपदेश। सोही गाता।

गाताको दायाँतिर पुछारमा देखाइएको सबभन्दा पछिल्लो दृश्य (चित्र. ७) बुद्ध शाक्यमुनिको महापरिनिर्वाण तथा उनले निर्वाण प्राप्त गर्नुपहिले आफ्ना अनुयायीहरूलाई दिएर गएको पछिल्लो धर्मोपदेशसँग गाँसिएको छ । चित्रको माथिल्लो भागमा फिक्का पहेँलो चीवर लगाएका बुद्ध शिरमा हात राखेर पल्टिरहेका छन् । त्यसको सोझै तल रातो रंगको चीवर पहिरेर पद्मासन बाँधी बसेका बुद्ध दुवै हातले धर्मचक्र प्रवर्तन मुद्राको प्रदर्शन गरी धर्मोपदेश दिइरहेका छन् । उनको दायाँबायाँ बुद्ध शाक्यमुनिजस्तै देखिने अरू बौद्ध देवताहरू ठूलठूला कमलमा पलेंटी मारेर बसेका छन् । लर्नर तथा पालको भनाइअनुसार, यो दृश्यले शाक्यमुनिले श्रावस्तीमा गरेको ऋद्धिप्रातिहार्य अर्थात् अलौकिक शक्तिको प्रदर्शनसँग सम्बन्ध राख्छ । यस प्रदर्शनमा बुद्धले आफूलाई बहुरूपमा परिवर्तन गरी देखाएका थिए । यसैले यहाँ बुद्धजस्तै देखिने आठवटा प्रतिमा देखाइएका हुन् तथा माथि पल्टिरहेका बुद्ध मैत्रेय बुद्ध हुनुपर्छ भनी उनीहरूले अन्दाज लगाएका छन् । यो कुरो अलि मिलेन, किनभने बुद्धको ऋद्धिप्रातिहार्यसँग मैत्रेयको कुनै सम्बन्ध देखिँदैन ।

संस्कृतमा ऋद्धिप्रातिहार्यलाई यमक प्रातिहार्य भनिन्छ । नेपाल, भारतका प्राचीन ताडपत्र र गाताचित्रहरूमा यो प्रातिहार्य देखाउँदा बुद्ध शाक्यमुनिबाहेक अरू दुइटा बुद्धको प्रतिमा दायाँबायाँ देखाइन्छन् । आठवटा बुद्धको प्रतिमा देखाउने चलन कतै देखिँदैन । अनि नियालेर हेर्दा बुद्धजस्तै देखिने प्रतिमाले वास्तवमा अर्कै घटनाको संकेत गर्छ । उनीहरूले चीवर पहिरेको तरिका साधारणतया अरू बेला लगाउने तरिकाभन्दा फरक छ । अक्सर शाक्यमुनिसहित अरू सबै भिक्षुहरू बायाँ काँध छोपेर दायाँ काँध खुलाएर चीवर लगाउँछन् । यसरी चीवर धोती अथवा उत्तरीय (शरीरको माथिल्लो भागमा लगाउने लुगा) लगाउने चलन बुद्धधर्म आउनुभन्दा पनि पुरानो चलन हो । यसरी लगाइएको वस्त्रलाई उपवीत भनिन्थ्यो । धर्मोपदेश सुरु हुनुभन्दा अगाडि अथवा गुरुचेलाहरू जम्मा भएर अध्ययन, अध्यापन सुरु गर्नुभन्दा अघि गुरु र चेला दुवैले यसरी बायाँ काँध छोपेर वस्त्र लगाउनुपर्ने नियमजस्तै थियो । धेरै शताब्दीको विकासपछि यस नियमले यज्ञोपवीतको जन्म दियो । अहिले यज्ञोपवीत भन्नाले डोरीजस्तो जनैलाई बुझाउँछ तापनि प्रारम्भमा बायाँ काँध छोपेर लगाइएको उपवीत वस्त्रलाई बुझाउँथ्यो ।

तर, ध्यान दिनुपर्ने विषय के भने बुद्धजस्तै देखिने बौद्ध देवताहरूले यहाँ दुवै काँध छोपेर चीवर लगाएका छन् । आफन्त अथवा विशिष्ट व्यक्तिको देहावसानपछि शोक प्रकट गर्न यसरी चीवर लगाइन्थ्यो । भारतमा कुषाणकाल (अन्दाजी ५०–२५०) मा बनेको ग्रीक र रोमनहरूको कलाशैलीसँग सम्बन्ध राख्ने गान्धारको कलाकृतिमा र त्यसको अनुकरणमा बनेका गुप्तकाल (अन्दाजी ३२०–६४७) को कलामा पनि यस्तो प्राचीन नियमको अनुसरण पूर्णतया हुँदैनथ्यो । तैपनि निर्वाणको दृश्य देखाउँदा गान्धारकै कलामा जहिले पनि सुभद्र भन्ने बुद्ध शाक्यमुनिका सबभन्दा पछिल्लो शिष्यले शोक मनाइरहेको भन्ने देखाउन उनले आफ्नो चीवरले दुवै काँध छोपेर ध्यान मुद्रामा दुवै हात काखमा राखेर बुद्धको खाटनजिकै बसिरहेको देखाइन्छ । यसरी चीवर लगाउनुको अर्थ बुझेरै गाताचित्रमा आठजना बुद्धका अनुयायीहरूलाई सुभद्र जस्तै देखिने गरी चित्रण गरिएको हुनुपर्छ भन्ने सजिलैसँग बुझ्न सकिन्छ ।

त्यसैले मेरो विचारमा गाताचित्रको यो पछिल्लो दृश्य बुद्ध शाक्यमुनिको यमक प्रातिहार्यसँग होइन बरु महापरिनिर्वाणसँग सम्बन्ध राख्ने दृश्य हो । तर, यहाँ बुद्धको निर्वाणको दृश्य र उनको अन्तिम धर्मोपदेशको दृश्य छुट्टाछुट्टै देखाउनुको सट्टा दुइटै दृश्य एकै ठाउँमा गाभेर देखाइएको छ । यस दृश्यको मध्यभागमा रातो चीवर पहिरेर पद्मासन बाँधेर ठूलो कमलमा बसेका देवता बुद्ध शाक्यमुनि नै हुन् । यो उनको अन्तिम धर्मोपदेश हो भन्ने बुझाउन निर्वाणको दृश्यसँगै बुद्धको प्रतिमा धर्मचक्र प्रवर्तन मुद्रामा देखाइएको छ । निर्वाण प्राप्त गर्नुअघि बुद्धले अनुयायीहरूलाई लामो धर्मोपदेश दिएका थिए भन्ने वर्णन त प्राचीन बौद्ध ग्रन्थहरूमा पाइन्छ । यो धर्मोपदेश कस्तो थियो भन्नेबारे चाहिँ महायान र तान्त्रिक विचारअनुसार अर्कै व्याख्या सुरु भयो । सो व्याख्याअनुसार, बुद्धको अन्तिम धर्मोपदेश कालान्तरमा प्रसिद्ध हुने भिन्नै किसिमको अनौठो बौद्ध धर्मबारे थियो । भविष्यमा आउने यो बौद्ध धर्म बुद्धले आफू छँदै प्रचार गरेको धर्मभन्दा अत्यन्त फरक थियो । कहिल्यै नसुनेको अनौठो ‘धर्म व्याख्या’ सुन्दा उनका अनुयायीहरू आश्चर्यचकित भएर भुइँमा लडे भन्ने वृत्तान्तको चित्रण यहाँ गरिएको छ । धर्मोपदेश दिइरहेका बुद्धको मुनितिर दायाँबायाँ चारजना व्यक्ति एक हात उठाएर अर्को हातले भुइँमा टेकेर आश्चर्यचकित भएर बुद्ध शाक्यमुनितिर हेरिरहेका छन् । नेपाली चित्रहरूमा देखाइने ऋद्धिप्रातिहार्यको दृश्यसँग यस दृश्यको केही सामन्जस्य देखिएको हुनाले नै यस विषयमा लेख्ने विद्वान्हरूलाई भ्रम पारेको हो । नेपाली कलाको इतिहासमा शृंखलात्मक वर्णन (कन्टिन्युस न्यारेसन) को चलन (वज्राचार्य गौतम, ‘नेपाली कालियदमनको कान्ति’, हिमालखबर, २ फागुन, विसं २०७९) लिच्छविकालदेखि नै चलेर आएको हुनाले यहाँ पनि कलाकारले बुद्धको निर्वाण र उनको अन्तिम धर्मोपदेश जोडेर प्रस्तुत गरेका हुन् ।

यस गाताचित्रमा योबाहेक अरू पनि नेपाली चित्रकलाको शैली र प्रतिमा (आइकनोग्राफी) सँग सम्बन्ध राख्ने विशिष्ट लक्षण देखिएका छन् । तीमध्ये सबभन्दा चटक्क छुट्टिने विशेषता लालुपाते रंगको पृष्ठभूमि हो । ताडपत्रमा लेखिएका अरू नेपाली चित्रमा पनि यस्तो पृष्ठभूमि प्रयोग भएका उदाहरण सजिलैसँग पाउन सकिन्छन् । नेपालको कुनै–कुनै प्राचीन चित्रहरूमा नीलो र रातो पृष्ठभूमि आलोपालो गरी प्रयोग गरिएका छन् । तर, यहाँ नीलो पृष्ठभूमिको अभाव छ ।

अलि सूक्ष्म दृष्टिले हेर्‍यौं भने स्वास्नीमान्छेहरूको भावपूर्ण लाम्चो आँखाको चित्रण गर्दा नेवारीमा न्यामिखा भनिने एक किसिमको माछाजस्तो देखिने गाजलु आँखाको प्रयोग यहाँ भएको देखिन्छ । यो नेपाली शैलीको अर्को लक्षण हो । लुम्बिनीको दृश्यमा धेरै ठाउँमा पाप्रो उडेको हुनाले मायादेवीको मुख यथावत बच्न सकेको छैन (चित्र. ३) । तर, परिचारिकाहरूको मुख अझै पनि स्पष्ट देखिन्छ । उनीहरूको माछापुच्छ्रे लामो आँखा नेपाली चित्रहरूमा देखाइने स्वास्नीमान्छेहरूको आँखासँग हुबहु मिल्दोजुल्दो छ । नियालेर हेर्दा यो बाहेक नेपाली कलामा देखिने मुखाकृति (फिजियोग्नमी) सँग सम्बन्ध राख्ने अरू लक्षणहरू पनि यहाँ देखापर्छन् । बिहार बंगालका पाल राजाहरूका पालामा लेखिएका चित्र र तात्कालिक नेपाली चित्रमा देखिने मुखाकृतिको भिन्नताबारे मैले अन्त लेखिसकेको छु (वज्राचार्य गौतम, वाट्सन् कलेक्शन् अफ् इन्दियन् मिनेचर्स् आर्ट् द एल्वेह्जेम् म्युजियम् अफ् आर्ट् २००२ः ५६) ।

हिन्दु देवताहरू पनि बुद्ध शाक्यमुनिको समान गर्थे भन्ने देखाउन नेपाली चित्रहरूमा इन्द्र मात्रै होइन ब्रह्मा, विष्णु र महादेवसमेत देखाइन्छन् । यही चलनअनुसार, यहाँ लुम्बिनीको दृश्यमा भर्खरै जन्मेको सिद्धार्थलाई स्वागत गर्न देवताहरूका राजा इन्द्रसहित अरू तीन हिन्दु देवताहरू उपस्थित भएको देखाइएको छ । भारतको प्रस्तरमूर्ति र चित्रकलामा मायादेवीले सिद्धार्थलाई जन्म दिएको दृश्यमा इन्द्र अपरिहार्य रूपमा देखाइन्छन् तापनि ब्रह्मा, विष्णु र महादेवको उपस्थिति त्यहाँ देखाइँदैन । यसरी चारैवटा प्रमुख हिन्दु देवताहरू भेला भएर बुद्धप्रति आफ्नो सम्मान देखाएको दृश्य त नेपालकै चित्रकलामा मात्रै पाइन्छ । यस विषयमा प्रतापादित्य पालले आफ्नो ग्रन्थमा विस्तारपूर्वक लेखेका छन् । (पाल १९८८ः ५–१०) यो गाताचित्र नेपालकै चित्र हुनुपर्छ भन्ने देखाउन उनले यहाँ अरू पनि प्रमाणहरू प्रस्तुत गरेका छन् । तर, लर्नर तथा पाल दुवैको अध्ययनमा एक महत्त्वपूर्ण पक्ष छुटेको छ, त्यो हो– लुम्बिनीको दृश्यमा मायादेवी र रूखको चित्रण गर्दा नेपाली कलाकारहरूले धेरै शताब्दीअघिदेखि निरन्तर अपनाउँदै आएको विशिष्ट शैली ।


अन्दाजी दोस्रो शताब्दी। स्मिथसोनियन् इन्स्टिच्युशन्, फ्रीयर् ग्यालरी अफ् आर्ट्, वाशिङ्ग्टन् दि. सि.

मायादेवीले सिद्धार्थलाई जन्म दिएको दृश्य सबभन्दा पहिले दोस्रो शताब्दीको गान्धारको कलामा अनि तेस्रो शताब्दीतिर अमरावतीको कला तथा नवौं शताब्दीदेखि एघारौं शताब्दीतिरको पाल राजाहरूका पालामा बनेका प्रस्तरमूर्ति र ग्रन्थचित्रहरूमा आ–आफ्नै शैलीमा देखाइएको छ । तर, यी सबै मूर्तिकला र चित्रकलामा मायादेवी रूखअगाडि बीचमा हाँगा समातेर उभिइरहेको देखाइन्छ (चित्र. ८, ९) । यसले गर्दा रूख सम्पूर्णतया देखिँदैन । रूखको थम्बा जहिले पनि मायादेवीको शरीरले छोपिएको हुन्छ । तर, नेपाली कलामा भने लुम्बिनीको दृश्य देखाउँदा रूखको थम्बा कहिले पनि सम्पूर्णतया छोपिएको हुँदैन । मायादेवीको बायाँपट्टि प्रतीक रूपमा थामजस्तो अथवा प्राकृतिक रूपमा रूखको थम्बा मात्र होइन कि ठुटोसम्म पनि देखिने गरी फूल फुलेको रूखको वर्णन गरिएको हुन्छ ।


लुम्बिनीको दृश्य। नेपालको प्रस्तरमूर्ति, अन्दाजी नवौं शताब्दी। राष्ट्रिय संग्रहालय, छाउनी, काठमाडौं।

यस सम्बन्धमा जयवागिश्वरीको मन्दिर नजिकै धारामा पाइएको अहिले छाउनीको राष्ट्रिय संग्रहालयमा रहेको नवौं शताब्दीतिरको प्रस्तरमूर्ति (चित्र. १०) तथा क्याम्ब्रिजको युनिभर्सिटी लाइब्रेरीमा सुरक्षित एघारौं शताब्दीको अष्टसाहस्रिका प्रज्ञापारमिताको ताडपत्रमा (चित्र. ११) चित्रित गरिएको लुम्बिनीको दृश्य उदाहरणका रूपमा यहाँ प्रस्तुत गर्न सकिन्छ । यही पुरानो नेपाली परम्पराको अनुसरण गरी मेट्रोपोलिटन म्युजियम आर्टको गाताचित्रमा पनि संस्कृतमा छायावृक्ष भनिने कालो बादलजस्तो झ्याम्म परेको सिंगै रूख थम्बासमेत देखिने गरी देखाइएको छ । मायादेवीको शरीर पनि रूखको बीचमा होइन कि रूखको दायाँतिर माथि उल्लिखित नेपाली प्रस्तरमूर्ति र चित्रमा जस्तै रूखको थम्बा नछोपिने गरी छेउमा देखाइएको छ ।


लुम्बिनीको दृश्य। पश्चिमी तिबेत, अन्दाजी चौधौं शताब्दी। अपरिचित व्यक्तिको संग्रहमा। तस्बीर साभार : उलरिच भोन स्क्रोडर

यसरी लुम्बिनीको दृश्य देखाउँदा नेपाली कलामा रूखलाई गौण रूपमा होइन विशिष्ट रूपमा देखाउनुमा के कारण थियो भन्ने बुझ्न सकिन्छ । मायादेवीको प्रतिमा वास्तवमा दोस्रो शताब्दीभन्दा पनि निकै पुराना प्रस्तरमूर्तिहरूमा बराबर देखाइने शाल भञ्जिका अथवा वृक्षदेवताहरूको अनुकरणमा बनेका हुन् । यस विषयमा कलाको इतिहास लेख्नेहरूले धेरै वर्षअघि नै सप्रमाण लेखिसकेका छन् । तर, एक महत्त्वपूर्ण कुरामा उनीहरूको ध्यान गएको देखिँदैन । प्राचीन नेवारी पञ्चाङ्गहरूमा वैशाख पूर्णिमामा मनाइने बुद्ध जयन्तीको दिनलाई स्वाँया पुन्ही ‘फूल फल्ने पूर्णिमा’ भनेर लेखिएको पाइन्छ । यस्तो भन्ने चलन नेवारहरूको मात्रै पक्कै होइन । कोरिया र जापानमा अहिले पनि बुद्धजयन्तीको दिनलाई ‘फूलको पूर्णिमा’ भनिन्छ । दक्षिण एसियाको ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने यो विशिष्ट दिनमा वसन्तोत्सव मनाइन्थ्यो । धर्मसँगभन्दा ऋतुसँग गाभिएको यो प्राचीन पर्वबारे शाक्यमुनिभन्दा पहिलेका व्याकरणाचार्य पाणिनिले समेत उल्लेख गरेका छन् । त्यो पर्व राजदरबारभित्र पनि धुमधामसँग मनाइन्थ्यो । त्यो दिन राजाले छानेकी सबभन्दा राम्री केटीले रूखलाई अँगालेर अथवा रूखमुनि उभिएर, हाँगा समाएर प्रेयसीको रूपमा रूखसँग सम्पर्कमा आएपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ र फूल फुल्न थाल्छन् भन्ने विश्वास थियो । माथि उल्लिखित शालभञ्जिका भन्ने संस्कृत शब्दको सम्बन्ध यही पर्वसँग छ । यसको शाब्दिक अर्थ हो– ‘साल रूखको हाँगा भाँच्ने (स्वास्नीमान्छे) ।’ लुम्बिनीको दृश्यमा मायादेवीको आकृति जहिले पनि शालभञ्जिकाजस्तो देखिने गरी चित्रण गरिएको हुन्छ ।


लुम्बिनीको दृश्य । सन् १०१५ मा अष्टसाहस्रिका प्रज्ञापारमिता भन्ने ग्रन्थको ताडपत्रमा लेखिएको नेपाली चित्र। युनिभर्सिटि लाइब्रेरी, क्याम्ब्रिज्

यो सत्य हो कि आजभोलि वैशाख पूर्णिमा ग्रीष्म ऋतुमा पर्छ । तर, प्राचीनकालमा भदौ महिनामा वर्षा ऋतु पर्थ्यो (वज्राचार्य गौतम, फ्रग् हिम्न्स् आन्द् रेन् बेबिज् : मान्सुन् कल्चर आन्द् आर्ट् अफ् आन्सिएन्त् साउथ् एशिआ २०१३ : ३३–३४) । त्यही अनुसार, नौ महिनाजति पछि वैशाख महिनामा वसन्त ऋतुको आरम्भ हुन्थ्यो । वैशाख पूर्णिमाको दिनलाई ‘फूलको पूर्णिमा’ भन्ने पुराना नेवारहरूले पक्कै पनि यो कुरो पूर्णतया बिर्सिसकेका थिएनन् । गोपालराज वंशावलीअनुसार, वैशाख पूर्णिमाको दिन होली मनाइनुपर्छ भन्ने विचारले राजा मानदेवले यही दिन होली मनाएका थिए । (मेरा काका धनवज्र वज्राचार्य र कमलप्रकाश मल्लले गोपालराजवंशावली प्रकाशित गर्दा त्यहाँ पोष्पपूर्णमी ‘फूलको पूर्णिमा’ को सट्टा भ्रमवश पोष्यपूर्णमी ‘पौष महिनाको पूर्णिमा’ भनी छापिएको छ ।) स्वाँया पुन्ही अर्थात् ‘फूल पूर्णिमा’ को दिन मायादेवीले सिद्धार्थलाई जन्माएको हो भन्ने देखाउनै नेपाली प्रस्तरमूर्ति र चित्रकलामा जहिले पनि मायादेवीको रूखमा विभिन्न किसिमका फूल फुलेको देखाइन्छ (चित्र. १०) ।

अन्त्यमा भनिहाल्नुपर्ने अर्को विषय छ । संस्कृतमा माया भन्नाले भ्रान्ति अथवा छलकपटलाई बुझाउँछ । मायादेवीको नाम यो संस्कृत शब्दसँग छैन । यो त प्राकृत शब्द हो । प्राकृत भाषामा माया भन्नाले आमा अथवा आमाको जस्तो निःस्वार्थ स्नेहलाई जनाउँछ । मायादेवी वास्तवमा मातृदेवता हुन् । त्यसैले वैशाख पूर्णिमाको दिन नेपालमा अहिले पनि धेरै ठाउँमा ‘रूखमुनि माई’ अर्थात् ‘मातृ देवता’ को पूजा हुन्छ । यी कुरा मैले केही वर्षअघि हार्वड युनिभर्सिटीमा दिएको लामो प्रवचनमा प्रमाणसहित प्रस्तुत गरेको छु । (यो प्रवचन पूर्णतया छापिएको छैन ।) यसरी मेट्रोपोलिटन म्युजियम अफ आर्टको संग्रहमा रहेको यो गाताचित्र प्रतिमा र कलाशैलीको आधारमा मात्रै होइन कि नेपाली संस्कृतिको गम्भीर अध्ययनको आधारमा पनि नेपालकै योगदान हुनुपर्छ भन्ने बुझ्न सकिन्छ ।

https://ekantipur.com/koseli/2023/02/25/167729125027642676.html

Wednesday, January 20, 2021

Newar Buddhism: Problems and Possibilities

 by: Min Bahadur Shakya

OVER THE LAST FEW DECADES, the Kathmandu valley has become the meeting place of Tibetan and Western Buddhists for the study of Buddhism. Renowned Tibetan Buddhist masters are busy offering initiations, conducting seminars and teaching sessions. Serious Western Dharma practitioners participating in these initiations and seminars seem to be less aware of the existence of a strong Buddhist tradition practised by the Newars of the Kathmandu Valley. Very few of the Western and Japanese Buddhist have thought it worthwhile to explore indigenous Buddhist tradition in the Kathmandu Valley.

Most of these Western Buddhists hold the view that Tibetan Vajrayana Buddhism is in all respects exhaustive in character while Newari Vajrayana Buddhism is only a corrupt form of Buddhism and hence warrants no observation, investigation or research. Of course, this view is erroneous. One needs to carefully consider the situation in a logical way before making such a hasty conclusion.

Some Problems in Newar Buddhism

The Newari form of Buddhism may be the oldest living tradition of Buddhism in the world. Buddhism as practised by the Newari Buddhists of the Kathmandu Valley has some characteristic features not found in other Buddhist countries. It was the Buddhism of Shakyamuni as it manifested itself in the Himalayan region. Newar Buddhism can be classified along the tradition of Indian Vajrayana or Tantric Buddhism which derives its lineages from the Siddha tradition of the Nalanda and Vikramashila Monastic Universities of India. This traditional Buddhism of Newars has recently become the subject of great interest and detailed study by Lienhard, Gellner. M. Allen, Bechert, and others. Although some observers professed as early as the last century the hasty disappearance of this form of Buddhism, it has proved to be remarkably durable an important factor in its conservation and social structure.

Some observers have found it to be in a pitiful condition. Not being able to cope with the modern situation the Shakyas and Vajracharyas are taking little interest in their own traditional religion and culture. The Vajracharyas are beginning to neglect taking Acharya Diksa (master initiation) with the result that there is a conspicuous decline in the number of Buddhist priests. The patrons (Skt. Jajaman) pay too little respect to these Buddhist priests because of their ignorance of Buddhist doctrine. These Vajracharyas get little remuneration in return for their services to their patrons in life cycle rituals. Thus, they are compelled to take up various secular professions. These are the obvious reasons for the decline of the traditional Buddhism of the Kathmandu Valley. Furthermore, most of the Bahas and Bahis (Buddhist monasteries) of three illustrious cities, owing to the lack of proper conservation, are in a dreadful state of dilapidation. Nowadays, we see these Bahas and Bahis being replaced by concrete buildings. In addition, the rare Buddhist manuscripts which Nepal takes pride in, are being sold in the common markets for exorbitant prices. We also see the ancient Buddhist sculptures and thankas, being exported to foreign markets. For all these reasons, scholars have begun to speculate about the hasty disappearance of this traditional Buddhism by the end of this century.

The importance of Newari Buddhism

The importance of Newaris in South Asian Buddhist History has been discussed at great length by Lienhard in his paper "Nepal ! The Survival of Indian Buddhism in a Himalayan Kingdom." Similarly in 1898 Prof. Sylvian Levi, who wrote "Le Nepal", discussed the survival of Sanskrit Buddhism in the Kathmandu Valley. He, with the help of Pt. Kulaman Singh of Kvabahal, translated into French the Mahayana Sutralankara of Arya Maitreyanath. Buddhism disappeared in India. The Theravada tradition flourished in Sri Lanka, Burma and Thailand whereas the Vajrayana/Mahayana traditions were kept alive in Tibet, China, Japan, Korea and Nepal.

How Buddhism disappeared in India is still the subject of great controversy. How Newars kept Vajrayana Buddhism alive in the Kathmandu Valley is an interesting topic in itself. These are some of the topics:

-Westerners, many lay people, educated, urban, more wealthy people need/want teachings and practices that have been adapted to lay life, i.e, non-celibate people with family and jobs.

-Newari Buddhism is unique because it has survived without a permanent, celibate Sangha.

-It has something unique to offer lay people seeking high level practice and teachings but unwilling or unable to ordain as monks or nuns permanently.

Nepal as the Land of Buddhas

The Kingdom of Nepal, endowed with enchanted snowy peaks, lakes and caves, has been aptly described as the land of the Buddhas. The discovery of three Ashokan Pillars has revealed the native towns of three Buddhas, namely: Krakuchchand, Kanakamuni, and Shakyamuni at Gotihawa, Niglihawa, and Lumbini respectively in the South-West Terai regions of Nepal.

Lumbini, the birthplace of Lord Shakyamuni Buddha is a sacred place for Buddhists from all over the world.A veteran Asian traveller writes, "as millions of Christians look to Jerusalem for inspiration, as millions of Muslims turn to Mecca, so do the millions of Buddhists see the sacred kingdom of Nepal." Nepal is a holy land not only because it is the birthplace of the Buddha Shakyamuni, but also because it is the land where the self existing primordial one Swayambhu, was created. If we study Nepalese historical records, we can see that the Kathmandu valley was the center of Buddhist learning in the medieval period.

At that time Buddhism was in its height or apex of glory. This is corroborated by the inscription of NS. 350 (1230 AD) found in Guita Vihara of Patan written on the statue of Dipamkara Buddha. It runs as follows:- Vikhyata Lalitpuriti Nagari Diskhu Sarvasvapy Vidyabhyam (Trans: Lalitpur is famous in all directions for its academic life.)

Nepal as a treasure trove of Sanskrit Buddhist Manuscripts

In 1824. Mr. Brian Hodgson, a British diplomat in Nepal, discovered a great number of Sanskrit Buddhist manuscripts in Nepal. The existence of these before his time was unknown, and his discovery has entirely revolutionized the history of Buddhism as it was known to Europeans in the early part of this century. Copies of these works, totaling 381 bundles, have been distributed so as to render them accessible to European scholars. Prof. Jayadeva Singh writes in his "Introduction to Madhyamika Philosophy".

Books on Mahayana Buddhism were completely lost in India. Their translation existed in Chinese, Japanese and Tibetan. Mahayana literature was written mostly in Sanskrit and mixed Sanskrit. Scholars who have made a study of Buddhism, hardly suspected that there were also books on Buddhism in Sanskrit.

In similar matter, Dr. Suniti Kumar Chatterji writes,

"One great service the people of Nepal did particularly the highly civilized Newars of the Nepal valley, was the preservation of all the manuscripts of Mahayana Buddhist literature in Sanskrit. it was the contribution of Sri Lanka to have preserved for humankind the entire mass of the Pali literature of Theravada Buddhism. This was also on to Burma, Cambodia and Siam. It was similarly the great achievement of people of Nepal to have preserved the equally valuable original Sanskrit texts of Mahayana buddhism."

http://www.aioiyama.net/lrc/articles/article2.htm

Monday, January 18, 2021

पाटनसँग बौद्ध धर्मको ऐतिहासिक साइनो, तर पहिचानमै संकट

तुलनात्मक रूपमा बौद्ध धर्म र संस्कृति पाटनमै मजबुत देखिन्छ । प्रमाण अनेक छन् ।

१८ पुस २०७५ बुधबार
काठमाडौं


जो कोही भन्न सक्छन्, लुम्बिनी । तर विश्वको पुरानो 'बुद्धिस्ट सेटलमेन्ट' चाहिँ कुन हो ? यसबारे विदेशी मात्र होइन, स्वदेशीमा पनि अनभिज्ञता छ । लुम्बिनीपछि बौद्धमार्गीको आकर्षणको केन्द्र कहाँ हुन सक्छ ? बुद्धको नाम जति जपे पनि यतातिर सरोकारवालाको ध्यान छैन ।

यी दुई प्रश्नको जवाफ एउटै हो, पाटन । उपत्यकाको यो पुरानो सहरलाई प्राचीन मूर्त/अमूर्त सम्पदाले ख्याति दिलाएको छ तर बौद्ध धर्म/दर्शनको ऐतिहासिक र मौलिक सहरको पहिचान दिइएको छैन । जबकि, पाटनमा बौद्ध धर्मावलम्बी जोडिएको दुई हजार वर्ष नाघिसकेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्य भन्छन्, "वंशावली र ग्रन्थलाई आधार मान्ने हो भने त बुद्धकालमै पाटनमा बौद्ध धर्मको प्रवेश भएको थियो ।" विहार-चैत्य र जात्रा-पर्व त्यसका जिउँदा प्रमाण हुन् ।

अहिलेको काठमाडौँ उपत्यकामा बुद्धकालमै बौद्ध धर्म छिरेको उल्लेख छ, मूलसर्वास्तीवादविनय सूत्र ग्रन्थमा । तिनताका यो क्षेत्रलाई नइपाल प्रदेश भनिन्थ्यो । आनन्द नाम गरेका गौतम बुद्धका शिष्य आफन्तलाई भेट्न नइपाल आएका थिए । उनले केही समय यहीँ बिताए । सोही कारण ती भिक्षुले यहाँ बौद्ध धर्मसम्बन्धी ज्ञान बाँडेको विश्वास गरिन्छ ।

पाटनस्थित हिरण्यवर्ण महाविहार


अशोककालीन प्रभाव

पाटन र बौद्ध धर्मलाई जोड्ने अर्को आधार हो, डेनियल राइटद्वारा लिखित वंशावली हिस्ट्री अफ नेपाल । यो वंशावलीमा प्रस्ट उल्लेख छ, सम्राट अशोक रानी र दलबलसहित ललितपुर आएका थिए, उनीसँग गुरु पनि थिए । उनैले बस्ती निर्माण र धर्मको प्रचार गरे । यही कारण हुनुपर्छ, ललितपुरलाई पहिले 'अशोकपतन' भनिन्थ्यो, जसको अर्थ हुन्छ, अशोकको सहर । अर्थात्, अनेक कोणबाट पाटनमा अशोकको उपस्थिति र प्रभावको छनक मिल्छ । संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, "यो वंशावली र यहाँका अशोक स्तुपका आधारमा सम्राट अशोक पाटनमा आएको र उनको युगमा बौद्ध धर्मको प्रवेश भइसकेको थाहा हुन्छ ।" तर कतिपय विद्वान् अशोकको पाटन आगमनमाथि नै प्रश्न उठाउँछन् । उनीहरूको तर्क छ, चन्द्रागिरि छिचोलेर अशोक यहाँ आउन सम्भव थिएन ।

पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशकसमेत रहेका संस्कृतिविद् जोशीचाहिँ प्राप्त तथ्य वा किंवदन्तीलाई आधार मानेर विस्तृत अध्ययन नगरी अशोक पाटनमा आएकै थिएनन् भन्न नमिल्ने बताउँछन् । त्यसका लागि एउटा उदाहरण दिन्छन्, लुम्बिनीमा अशोकस्तम्भ भेटिएको एक शताब्दी बित्दैछ । एलोवस फुइरर नेतृत्वको उत्खनन् टोलीले पत्ता लगाएको अशोकस्तम्भबाटै सारा संसारले थाहा पाएको हो, बुद्ध नेपालमा जन्मिएका । स्तम्भमा अशोकले ब्राह्मी लिपिमा 'मेरो शासनकालको १४ वर्षपछि तीर्थयात्रा गरेको' भनेर लेखेका छन् । जोशी भन्छन्, "पाटनमा उत्खनन् र अध्ययन हुने हो भने बौद्ध धर्म र अशोकसँग जोडिएका ऐतिहासिक प्रमाण फेला पर्न सक्छन् ।"

सम्राट अशोकको बौद्ध धर्मप्रतिको अनुराग साँच्चै गज्जबको थियो । यसमा चाहिँ कसैको विमति छैन । लडाइँबाट दिक्क भएपछि अशोकले बौद्ध धर्मलाई 'राज्य धर्म' कै रूपमा अवलम्बन र प्रचार गरेका थिए । इतिहासकार र संस्कृतिविद्हरू अशोकले आत्मसात नगरेको भए बौद्ध धर्म यतिविघ्न विस्तार नहुने दाबी गर्छन् । उनले आफ्ना भाइबहिनीलाई बौद्ध धर्मबारे बुझाउनकै लागि लंका पठाएको प्रमाण भेटिन्छ । उनी आफैँ पनि अन्य धेरै क्षेत्रमा पुगेका थिए ।

जोशीका अनुसार आर्ट अफ नेपाल पुस्तकको भूमिकामा 'लंकामा बौद्ध धर्मको प्रचारकै लागि भाइबहिनीलाई पठाउने, लुम्बिनीमा स्तम्भ बनाउने अशोक चन्द्रागिरि र चुरेलाई छिचोलेर दर्शन गर्न पाटन आएनन् भन्न सकिन्न' लेखिएको छ । बौद्ध धर्मसम्बन्धी अध्ययन गरेका रवि दर्शनधारी भन्छन्, "अशोक आए/आएनन् भन्ने विवादमा विभिन्न उत्खनन्सँगै सुल्झन्छ तर पाटन बौद्धमार्गीको पुरानो केन्द्र हो भन्नेमा कसैको विमति छैन ।"

त्यसो त, उपत्यकाका अन्य दुई सहर काठमाडौँ र भक्तपुरमा पनि बौद्ध धर्मको ऐतिहासिक प्रभावका प्रमाण नभेटिने होइनन् तर त्यसको आयतन र प्रभाव पाटनजस्तो देखिँदैन । तुलनात्मक रूपमा बौद्ध धर्म र संस्कृति पाटनमै मजबुत देखिन्छ । प्रमाण अनेक छन् । मुख्यचाहिँ चैत्य-विहार नै हुन् । पुरानो पाटनमा अहिलेको शंखमूलदेखि लगनखेल अनि पुल्चोकदेखि ग्वार्कोसम्म अटाउँछन् । चारै दिशामा अशोक चैत्य छन् । केन्द्रमा छ, पिम्वहाल । यी सबै अशोकले बनाए भन्ने आधार छैन । तर अशोककै युग वा प्रभावमा बनेकामा शंका नरहेको विद्वानहरु बताउँछन् ।

अर्को महत्त्वपूर्ण तथ्य जोन के लकको पुस्तक द वहाज एन्ड वहिज् अफ द काठमाडौँ भ्यालीमा पाटनमा १ सय ८६ सानाठूला विहार रहेको उल्लेख छ । जबकि, काठमाडौँमा १ सय ६ र भक्तपुरमा २३ विहार छन् । पाटनका हरेक बौद्धमार्गी ती चैत्य-विहारमा जोडिएका हुन्छन् । अध्येता शाक्यका अनुसार मूल रूपमा पाटनमा १५-१५ वहाः र वहीः छन् । वहाः पहिले भिक्षुहरु बस्ने स्थान हो, अहिले त्यहाँ बौद्धमार्गी संस्कारको अभ्यास हुन्छ । वहीः चाहिँ अध्ययन केन्द्र हुन्, जसमा चक्रशम्भरको दीक्षा दिइन्छ । शाक्य भन्छन्, "वहाः र वहीः को यो अटूट परम्परा अहिले होइन, हजारौँ वर्षदेखि चलिआएको हो ।" पाटन वरपर मूर्ति नभएका चैत्यलाई अशोक चैत्य भनिन्छ । यसले पनि अशोक र बुद्धप्रति पाटनको प्रेम दर्शाउँछ ।

भनिहालियो, विहारले पाटनको शोभा बढाएको छ, त्यही विहारले पाटनसँग बौद्ध धर्मको ऐतिहासिक सम्बन्धलाई स्थापित गरेको छ । अनि, तिनै विहारले बौद्ध संस्कारलाई अझै जीवित राख्न प्रभावकारी भूमिका खेलिरहेका छन् । त्यसमध्ये केन्द्रमा छ, हिरण्यवर्ण महाविहार । हिरण्य अर्थात् सुन । वर्ण अर्थात् आकृति । यो विहार गोल्डेन टेम्पलका रूपमा संसारभर प्रसिद्ध छ । पाटन क्षेत्र घुम्ने जोकोही आगन्तुक यहाँ पुगेकै हुन्छन् । मुसाले बिरालोलाई धपाएको स्थानमा यो विहार बनाइएको जनविश्वास छ । विहारभित्र अहिले पनि मुसा हुन्छन् तर तिनलाई मारिँदैन ।

सुनको आकृति भएकाले मात्र होइन, संस्कारलाई अझै मौलिक ढंगले जीवित राखिएकाले संस्कतिविद् जोशी यो विहार नमुनालायक भएको बताउँछन् । यहाँ अहिले पनि पूजा गर्न १२ वर्षे कुमार केटो चाहिन्छ । विहारका 'केयरटेकर' वाफचः ले पूजाका लागि केटोलाई गाइड गर्छन् । कसैले छुन हुँदैन । उसलाई खाना बनाउने नै बेग्लै हुन्छन् । एक-एक महिनामा पूजा गर्ने केटो फेरिन्छ । जोशी भन्छन्, "यहाँका हरेक संस्कार र पूजाविधि मौलिक परम्पराअनुसार जस्ताको तस्तै गरिन्छ । अन्य विहारले पनि यसको अनुसरण गर्न आवश्यक छ ।" हिरण्यवर्णबाहेक पुल्चोकको यक्षश्वर, सुन्धारा नजिकैको उकुवहाः, तीन हजार बुद्धको मूर्ति भएको महाबौद्ध पनि उत्तिकै विशेष मानिन्छन् ।

रातो मच्छिन्द्रनाथको जात्रा


सहिष्णुताको पाठशाला

संस्कृतिविद् जोशीले ६ डोरे जनै लगाउँछन् तर उनको घरको आँगनमा बुद्धको मूर्ति छ । उनी बुद्धको नित्य पूजा गर्छन्, श्रद्धा गर्छन् । जोशी मात्र नभएर, हरेक पाटनबासीको दिनचर्या हो यो । जो हिन्दु धर्मका संस्कारलाई पनि पछ्याउँछन्, बौद्ध धर्मप्रति पनि अगाध स्नेह राख्छन् । संस्कृतिका अध्येता यसलाई सहिष्णुताको पाठशाला भन्दै पाटनको 'ब्युटी' का रूपमा व्याख्या गर्छन् । पाटनको जन्मसँगै यी दुई धर्मबीचको अन्योन्याश्रति सम्बन्ध सुरुआत भएको विश्वास गरिन्छ, जुन अहिले पनि उस्तै मजबुत छ । तलेजु मन्दिरका सहायक पुजारी निरण ज्वालानन्द राजोपाध्याय भन्छन्, "पाटनमा यस्तो मन्दिर, पर्व, जात्रा सायदै छन्, जसमा बौद्ध र हिन्दु दुवै धर्मावलम्बीको सहभागिता नहोस् । कहीँ न कहीँ जोडिएकै हुन्छ ।" जस्तो, तलेजु हिन्दुको मन्दिर हो तर यहाँ दसैँको नवमीमा बौद्धमार्गीले छोरीचेलीलाई कुमारी बनाएर मन्दिरभित्र पूजा गर्छन् । नवमीकै दिन यहाँ महाद्वीप प्रज्वलन गर्ने बौद्धमार्गी नै हुन्छन् ।

अन्यत्रजस्तै पाटनको हकमा पनि लिच्छविकाल बौद्ध धर्मका लागि स्वर्ण युग मानिन्छ । जयदेव द्वितीयको अभिलेखमा 'सुगतशासन पक्षपाती' भन्ने उल्लेख छ । अर्थ हुन्छ, बुद्धको शासनलाई समान अवसर दिएको, पक्षपात नगरेको । लिच्छविकालीन अर्का राजा अंशुवर्माको हाँडीगाउँको अभिलेखमा राज्यतर्फबाट विहारलाई बजेट दिने उल्लेख छ । तर लिच्छविकालका विहार, चैत्य, संस्कारबारे यथेष्ट प्रमाण खासै भेटिँदैन ।

पाटनको सुन्धारा


पाटनका सबै विहार लिच्छविकालमै बनेको एक थरीको मत छ । सबैले स्वीकार्ने तथ्य के हो भने मल्लकालमा पाटनमा बौद्ध धर्मसम्बन्धी गतिविधि र विहारले व्यापकता पाए । मल्ल राजा हिन्दु थिए तर बौद्ध धर्मप्रतिको स्नेह पनि गहिरो थियो । अध्येता शाक्य भन्छन्, "बौद्ध धर्मका लागि लिच्छविकाल स्वर्ण युग थियो । मल्लकालमा पनि राजासँगै जनताले बौद्ध दर्शनको विस्तारमा अहं भूमिका खेलेको देखिन्छ ।"

नेपाल संवत् ७४१ मा सिद्धिनरसिंह मल्ल पाटनका राजा भए । उनले रत्नाकर विहारमा बस्नेलाई सुनको काम गर्ने अवसर दिएको प्रमाण भेटिन्छ । सिद्धिनरसिंहका छोरा श्रीनिवास नेपाल संवत् ७६४ मा राजा भए । उनको बौद्ध धर्मप्रतिको प्रेम अझ घनीभूत थियो ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण जात्रा हो, रातो मच्छिन्द्रनाथको रथयात्रा । यसलाई निरन्तरता र विस्तार गर्न सबैभन्दा ठूलो भूमिका श्रीनिवासकै छ । उनले मछिन्द्रनाथको रथ जात्रा जीवित राख्न धेरै जग्गा-सम्पत्ति जोगाड गरेका थिए । अहिले यो रथयात्रा हिन्दु र बौद्ध धर्मावलम्बीबीच सहिष्णुताको प्रतीक बनेको छ । हिन्दु यसलाई ऐतिहासिक सन्त गुरु करुणामय र बौद्धमार्गी पञ्चबुद्धमध्ये चौथो बुद्ध पद्यपाणिका रूपमा पुज्छन् । पुरेतदेखि कथित तल्लो जातसम्मको रथ बनाउन उत्तिकै स्थान हुन्छ । पहिल्यैदेखिको चलन हो यो ।

अष्टमीका दिन बस्ने व्रतको इतिहास बुद्धकालमा जोडिन्छ, लोकेश्वरको पूजा गरिन्छ । लोकेश्वर भनेको बोधिसत्व हो, त्यसको रूपचाहिँ मच्छिन्द्रनाथ । श्रीनिवास लोकेश्वरका भक्त थिए । चार-चार वर्षमा मनाइने सम्यक पर्वमा काठमाडौँका सबै ठूला बुद्धका मूर्ति ललितपुरको नागवहालमा ल्याइन्छ र दुई दिन राखेर फिर्ता लगिन्छ । सम्यक पर्वमा वेद पढ्ने बाहुन, पूजा गर्ने आचार्यदेखि डकर्मीसम्म सँगै हुन्छन् । अगाडिबाटै सुरु भए पनि मल्लकालमा यो पर्वले विशेष महत्त्व पायो । जात्रा पर्वमा सक्रिय रहने पाटनकै शुक्र वज्राचार्य भन्छन्, "सबैलाई जोडेर बनाइएका यस्ता पर्वले समाजमा मैत्रीमाहोल सिर्जिएको छ । अहिले हामी अझ मजबुत बनाउन लागिपरेका छौँ ।" जयस्थिति मल्लले भिक्षुहरूलाई गृहस्थी बनाइदिएका थिए । फरक धर्मप्रतिको श्रद्धा पाटनमा अझ कायम छ ।

पुनर्निर्माणका क्रममा महाबौद्ध


चाहे जात्रा होस्, चाहे पर्व । चाहे विहार हुन्, चाहे मन्दिर । जहाँ पनि हिन्दु र बौद्ध जोडिन्छन् । सहिष्णुता ह्रास हुँदै गएको अहिलेको अवस्थामा पाटनको यो सौन्दर्य संसारका लागि उदाहरणीय हुन सक्छ । अर्कातिर, पाटन लिच्छविकालबाटै बौद्धमार्गीको केन्द्र थियो, मल्लकाल, शाहकाल हुँदै गणतन्त्रसम्म आइपुग्दा त्यसलाई बचाइराखिएको छ । जात्रा, पर्वमा स्थानीयको सक्रियता लोभलाग्दो हुन्छ । तर काठमाडौँ उपत्यका संरक्षण कोषका नेपाल निर्देशक रोहित रञ्जितकार बुद्ध र पाटनको यो ऐतिहासिक सम्बन्धलाई स्थापित र बजारीकरण गर्न नसकिएको दुखेसो पोख्छन् ।

"पाटनमा कहाँ र कसरी बुद्धिज्मको अभ्यास सुरु भयो । प्रभाव कत्तिको छ, कुन कालमा के-के भयो भन्ने गहन अध्ययन आवश्यक छ," मूर्त/अमूर्त सम्पदा जोगाउन सक्रिय रञ्जितकार भन्छन्, "पाटनलाई 'बुद्धिस्ट टाउन' का रूपमा स्थापित र प्रचार गर्ने हो भने बौद्ध धर्मका अनुयायीको भीड लाग्छ । अध्ययन केन्द्र बन्छ ।"

https://nepalmag.com.np/contemporary/2019/01/02/20190102172927