नेवारी संगीतका गुरु
काठमाडौँको पुरानो बस्ती यट्खामा काठका झ्यालढोका भएको एउटा प्राचीन शैलीको घर छ। त्यहाँबाट साँघुरा झ्याल, ढोका र बुइगल हुँदै बाहिरनिे धुनले हरेक साँझबिहान टोल नै संगीतमय हुन्छ। त्यही सांगीतिक जात्रामा रमाउँछन्, घरमालिक धर्म मुनिकार, ४५।
बाँसुरी, धिमे, वय, धिं, कोंचखीं, पछिमा, मादललगायत प्राचीन नेवारी बाजागाजाले भरिएको छ, उनको कोठा। बाँसुरी मात्रै सानाठूला गरी दर्जनौँथरी छन्। पेसाले काठमाडौँ महानगरपालिकाका नायब सुब्बा यी धर्मसँग संगीतमा औपचारकि पढाइको प्रमाणपत्र छैन। तर, अनुभवले दिएको परपिक्वता यस्तो छ कि, ०५७ सालदेखि नियमित रूपमा नेवारी बाजा सिकाउँदै आएका छन्।
बालबालिका र किशोर-किशोरीहरू नेवारी बाजा सिक्न उनको घरसम्मै आउँछन्। खुम्चिँदै गएको नेवारी बाजा, गायन र नाचलाई समेत केही तहसम्म उकासेका छन् उनले। खासगरी आधुनिक, पप हुँदै रक गीतमा एकोहोरिएको नेवार युवा पुस्ता आफ्नै लोकबाजातिर तानिएको छ।
गुठीका केही गुरुले पनि विशेष चाड र जात्रामा मात्रै यस्ता बाजा देखाउँथे। यतिसम्म कि महिलाका लागि नेवारी बाजा सिकाउने चलन नै थिएन। धर्म भन्छन्, "गुठीका गुरुहरू यति संकुचित थिए कि अन्य समुदायका मान्छेलाई बाजा सिकाउन हुँदैन भन्ने परम्परामा सीमित थिए।"
आफ्नै छोराछोरीको बिहेमा पनि नेवारी बाजा बजाउन छाडेर हिन्दी गीत घन्काउने चलनले नेवारी संगीत र वाद्यवादन संकुचित बन्दै गएको बुझेर उनले थानकोटदेखि भक्तपुरसम्म १ हजार १ सय जना त सांगीतिक चेला बनाइसकेका छन्। ती युवा ३८ वटा खलः वाद्य वादन समूह अन्तर्गत आबद्ध छन्। र, आफ्नै अध्यक्षतामा छाता संगठन पनि बनाएका छन्, नाशः सृष्टि कला खलः।
यही समूहले हरेक वर्ष आकर्षक धनराशिसहित वाद्यवादनको प्रतिस्पर्धासमेत गराउँदै आएको छ। केहीअघि मात्रै उनकै पहलमा काठमाडौँमा बाँसुरी वादन प्रतियोगितामा २१ समूह प्रतिस्पर्धामा सहभागी भए, जहाँ पहिलो हुने समूहलाई ५० हजार रुपियाँ पुरस्कार थियो। अघिल्लो वर्ष मात्रै जनकपुर, बुटवल, चितवन, पोखरालगायत देशका ठूला सहरमा उनको टोलीले ८० ठाउँमा आफ्नो सांस्कृतिक प्रस्तुति दियो।
धर्म मुनिकार आफैँ बाँसुरीका साधक हुन्। काठमाडौँका ३२ प्राचीन टोलमध्ये एक भोटाहिटीमा हुर्केका उनले आठ वर्षकै उमेरमा भव्य पूजा गरी विधि पुर्याएर बाँसुरी सिकेका रहेछन्। त्यसो त धिमे, खें, वय, मादल, पछिमा र कोचंखें पनि उनी कुशलताका साथ बजाउँछन् र सिकाउँछन्। उनले पहिलोपल्ट प्लास्टिकको बाँसुरी बनाएर प्रयोगमा ल्याएका रहेछन्।
१२ वर्षदेखि निरन्तर नेवारी वाद्यवादन र संगीतको श्रीवृद्धिमा लागेका उनले कतिपय नेवारी गीत र संगीतका मौलिक बोललिपि र स्वरलिपिसमेत सिर्जना गरेका छन्। अझ नेवारी वाद्यवादनका लागि मौलिक शैलीको पाठ्यक्रम नै बनाएका छन्। भन्छन्, "सधैँभर ियसरी नै संगीतमा रमाउन पाऊँ।"

No comments:
Post a Comment