Saturday, April 2, 2016

गोधूलिमा दुर्गालाल


- प्रभाकर गौतम
फाल्गुन १५, २०७२- दुर्गालाल श्रेष्ठ जन्मे हुर्केको टोल न्हैकन्तलाको छिमेकी टोल थाय्मदुका केटाहरूले न्हूबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली नाटकको तयारी गरिरहेका थिए । आफ्ना साथीहरूको साथमा दुर्गालाल पनि त्यहाँ गइरहन्थे । उनीहरूलाई अभ्यास कोठाभित्रै बसेर रिहर्सल हेर्न दिइन्थ्यो । तर एक दिन उनीहरूलाई रोकियो । ढोका ढक्ढक् गर्दा पनि खुलेन । भित्रको संवाद र गानाबाजाना बाहिरसम्म गुन्जिइरहेको थियो । दुर्गालालले ढोकाको प्वालबाट चिहाएर हेर्न के खोजेका थिए, उनको आँखामा भित्रबाट कसैको औंलाले घोचिदियो । घोचेको त आँखा मात्रै थियो, तर उनको मुटु नै बिझायो । उनको आत्मसम्मानमा बेस्सरी ठेस लाग्यो ।  

त्यो घटनाले दुर्गालालको जीवनमा अपमानको भावनामात्र जगाएन, प्रेरणाको स्रोत नै बन्यो । उनले आफैं नाटक लेख्ने अठोट गरे । उनका साथीहरूले पनि छिमेकी टोलका केटाहरूको अपमानको प्रतिशोध लिने यही नै उचित माध्यम ठाने । यसरी दुर्गालालले पहिलोपटक नाटक लेखे र खेले । नाटककै लागि गीत पनि लेखे । यहीबाट उनको कला र साहित्य यात्रा सुरु भयो । यो २००४ सालको कुरा हो, जतिबेला उनी बाह्र वर्षका थिए । नाटकको नाम थियो ‘प्रेमजीवन अन्धकार’ । उनको पहिलो नाटक नै हिट भयो । त्यसबेला नाटक क्षेत्रमा हिन्दी, उर्दू र फारसीको दबदबा कायमै थियो । नाटकका लागि गीत त नेपालीमै लेखे तर हिन्दीको लय चोरेर । नाटकमा संगीतज्ञ हुतराज शर्माले संगीत दिएका थिए । यसपछि लामो समयसम्म दुर्गालाल गाईजात्रे कलाकारका रूपमा सक्रिय भए र ख्याति पनि कमाए । 

सुरुआती दिनमा हिन्दी गीतको नक्कल गर्ने कलाकार कसरी जनकवि/जनगीतकार बने त ? दुर्गालाल भन्छन्, ‘यसको श्रेय खेत र खेतमा पसिना चुहाउने किसानलाई जान्छ ।’ कहिले कलाकार त कहिले कलाकार, कहिले भाषिक/सांस्कृतिक अभियन्ताका रूपमा किसानसँग नजिक भएपछि उनले खेतको महिमा बुझेका हुन् । अहिले काठमाडौं उपत्यकाका खेतसँगै लोकको ज्ञान, अनुभव र संस्कृति नै मर्दै गएकोमा उनी चिन्तित छन् । यस्तै चासो र चिन्ताकै कारण दुर्गालालले आफ्नो जीवनको ८ दशकको धेरै हिस्सा नेपाली भाषा तथा नेपाल भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि समर्पित गरे । यसैकारण उनले जगदम्बा पुरस्कारलगायतका अनेक सम्मान पाएका हुन् ।  

जनकवि हुनुअघि उनी प्रेमकवि पनि भए । थाय्मदु टोलमा एउटा फल्चा थियो । त्यहाँ श्रीमद्भागवतको कथा बाँचिन्थ्यो । तर, उनको ध्यान भने कथा सकिएपछि टीका लगाइदिने सुन्दर युवतीमा हुन्थ्यो । सधैं टीका लगाएको रात उनी जागराम बसेर प्रेमकविता फुराउँथे । त्यो टुकी बाल्ने जमाना थियो । बुबाले तेल खेर नजाओस् भनेर आफू सुत्ने बेला टुकी निभाइदिन्थे । उनी छोरोको चञ्चल मनको हालबाट बेखबर जो थिए । अँध्यारोको साम्राज्यमा मनको भाव बिसाउन उनी बुबाले पिउने फूलमार चुरोटको बट्टा च्याचुत पार्थे । दुर्गालाल भन्छन्, ‘जस्तै अँध्यारो भए पनि बिहान उठेर हेर्दा मेरा अक्षर सग्लै हुन्थे । यो अर्कै कुरा हो, ती अक्षरमा कहिले अर्थ भेट्थें र कहिले ती सबै निरर्थक लाग्थे ।’ यो उनको एकोहोरो प्रेम थियो ।  

दुर्गालालले जसरी नै उनलाई एकोहोरो प्रेम गर्ने एउटी युवती पनि रहिछन् । तिनले पनि दुर्गालालले जस्तै रातभर तारा हेर्दै कविता कोरिन् कि कोरिनन् थाहा छैन । तर उनका नाटकको प्रभावले गर्दा ती युवतीले नाटकका लागि चाहिने लुगा र गहना दिन थालिन् । यो क्रम केही समय चल्न नपाउँँदै एक दिन युवतीको दाइले थर्काएछन्, ‘ए तँ मेरो बहिनीलाई फकाएर लुगा गहना लिने †’  

राणा शासनविरुद्धको २००७ सालको आन्दोलन आसपास पुग्दा दुर्गालालको राजनीतिक चेतना खारिँदै गएको थियो । उनी पुष्पलाल श्रेष्ठ र शम्भुराम श्रेष्ठजस्ता कम्युनिस्ट नेताका संगतमा आइसकेका थिए । उन्नत समाज निर्माणका लागि वर्ग विभेदको खाडल पुर्नुपर्ने आवश्यकता बोध हँुँदै गर्दा २००९ मा उनले पहिलो प्रगतिशील नाटक कोरे ‘ग्राम्य जीवन’ । यसमा उनी आफूचाहिँ जमिनदारको भूमिकामा थिए भने गणेशप्रसाद श्रेष्ठ यसका संगीतकार थिए । परिवर्तनको पक्षमा रहेको जोशमा उनले नाटक सुरु गर्नुअघि देउताको आरधना गर्न गाइने मंगलाचरणको नियमसमेत तोडे । संयोगवश नाटककै अर्का कलाकार रत्नकमल वैद्यलाई ‘देउता लागे’ पछि सबै दुर्गालालमाथि खनिए । उनी दंग पर्दै भन्छन्, ‘मंगलाचरणमा देउताको भक्तिगानको साटो मैले नयाँ प्रयोग गरें । त्यो प्रयोग निकै लोकप्रिय भयो ।’ उनको मंगलाचरण यस्तो थियो :

झीं ज्यामि ज्यापू सारा 
शोषित व सर्वहारा 
सो देश झींगु ख्युंगु 
या लालस्वर्ग 
(हामी किसान मजदुर  
शोषित र सर्वहारा 
यो देशको अध्यारो  
वा लालस्वर्ग प्यारा ।) 

नेवार समुदायका आशु कवि र जनकवि दुवै हुन् दुर्गालाल । एउटा यस्तो पनि समय थियो, काठमाडौं उपत्यकाको तीनै सहरमा उनकै गीत बज्थ्यो । उनको यही ख्यातिले उनलाई नेपाल भाषा परिषद्ले जनकविको दर्जा दिलायो । दुर्गालालसँँगै २ वर्ष बिताएर थेसिस नै लेखेका आर मानन्धरका भन्छन्, ‘दुर्गालाल नेवार समुदायको मनोविज्ञान बुझेर आँसु र हासो, जात्रा र पर्व, विरोध र कुण्ठा सबै पक्षलाई सही र सरल रूपमा गीत, कविता, नाटकजस्ता विधामा व्यक्त गर्ने सर्जक हुन् । त्यसैले उनको स्थान उच्च छ ।’ नाटक, कविता वा गीत सबै दुर्गालालले सोचेर सम्झेर भन्दा मागबमोजिम लेखे । बालगीत, लोकलयमा आधारित गीत, क्रान्तिकारी गीत/कविता, आध्यात्मिक गीत/कविता र स्वागत गीतदेखि शोकगीतसम्म रचे । उनी ठाउको ठाउँमै कविता वा गीत जन्माउँथे । उनी लेखेर भन्दा वाचेर सिर्जना गर्ने कविका रूपमा पनि परिचित छन् । उनलाई लेख्नभन्दा अरूलाई रचना टिपाउन सहज लाग्छ ।  

दुर्गालाललाई लाग्छ, काठमाडौं उपत्यका विशिष्ट संस्कृतिको खानी हो अनि नेपाल भाषा त्यसको रत्न । तर त्यही संस्कृतिका धनी नेवार समुदायको मातृभाषा नेपाल भाषाप्रति पञ्चायती व्यवस्था अनुदार थियो । मातृभाषामा कविता वाचन गर्दै हिँडेकाले उनी सरकारी आँखामा बिझाए । २०१८ मा केही समयका लागि उनी भूमिगत हुनुपर्‍यो । २०२५ मा उनको प्रगतिशील गीतहरूको संग्रह ‘आकाशभन्दा धरती राँकिएको छ’ प्रकाशित भएपछि उनी पक्राउ समेत परे । पछि संग्रहका ४ कविता निकालेर छाप्ने अनुमति पाए ।  

कहिले नेवार समुदायको भाषिक अधिकार त कहिले समग्र नेपालीकै राजनीतिक अधिकार प्राप्तिको संघर्षमा उनी सडकमा उत्रिइरहे । २०३६, २०४६, २०६२/०६३ का सबै कठिन मोडमा उनी सडकमा उत्रिए । सत्ताको बन्दुकलाई उनका शब्दहरू हरेक चरणमा भारी पर्‍यो ।  उमेर र अनुभवले भुक्तमान बनाएको उनको स्मृतिमा अटाउनै नसक्ने सन्दर्भ र सम्झना हुनु अस्वाभाविक हैन । हुँदाहुँदा उनी आफ्नै कतिपय कृतिको नाम बिर्सदै छन्, मान्छेको नाम पनि भुल्दै गइरहेका छन् । ‘सयथरी बाजा एउटै ताल’ उनलाई आपैंmले लेखेको मध्ये मन पर्ने नेपाली गीत हो तर यो गीतमा स्वर दिने कलाकारहरूको नाम भने सम्झना छैन ।  

यो गीतजस्तै धेरै कुरा उनको विस्मृतिमा पुगिसक्यो । तर उनलाई याद छ, उनी पढाइमा निकै तेज थिए । त्योभन्दा बढी रुचिचाहिं कला, समाज र संस्कृतिमा थियो । त्यही भएर आईए दोस्रो वर्ष पढ्दापढ्दै औपचारिक शिक्षा छोडेर जीवन र दर्शनको स्वअध्ययनतिर लागे ।  उनलाई रजनीशले गहिरैसँग ताने । पढ्न त जे कृष्णमूर्ति पनि खुब पढे तर रजनीशको सरलताले तान्यो उनलाई । रजनीशका किताब र प्रवचनहरू बौद्ध दर्शनसम्म पुग्ने सोपान बन्यो । सरलता रुचाउने भएकैले दुर्गालालका कविता होस् या गीतमा जीवन दर्शनका गम्भीरभन्दा गम्भीर कुरा पनि सरल रुपमा अभिव्यक्त भएको पाइन्छ ।  

शब्दका कुशल कालीगढ दुर्गालालको क्षमता र योग्यता औपचारिक शिक्षाले मापन गर्ने कुरै थिएन । त्यसैले एकजना शुभचिन्तकको सल्लाह र सहयोगमा आईए पास नगरी उनले सरकारी मापदण्डभन्दा माथिल्लो तहका विद्यार्थीलाई पढाउने अवसर पाए । आफ्नो विद्यार्थी जीवन छोटो भए पनि उनले क्षेत्रपाटीस्थित कन्या मन्दिर हाइस्कुलमा झन्डै चौबीस वर्ष पढाए । अवकाश पाएपछि उनलाई स्कुलको नियमले पेन्सनचाहिं प्राथमिक तहका शिक्षकले पाउने जति मात्र दिने निर्णय भयो । उनलाई चित्त बुझ्ने कुरै थिएन, भन्दिए, ‘मेरो योग्यताभन्दा कम पेन्सन लिन्नँ ।’  

दुर्गालाललाई हेक्का छ, जिन्दगी र समयले गोधूलि नाघिसकेको छ । मनमा कुरा छिनमै आउँछ, छिनमै चँुडिन्छ । सहनै नसकिने गरी गोडा दुख्छ । कानले राम्ररी सुन्न छोडेको छ । तर उनलाई यो समय पनि मनमोहक लागिरहेको छ रे † भन्छन् ‘उमेरअनुसारका नयाँ–नयाँ अनुभव भोग्दैछु, जीवनप्रति गुनासो छैन ।’ उनलाई गुनासो छ त केवल राज्यप्रति जो मातृभाषामा पढ्न नपाउनेहरूको भावना र चाहना बुझ्न हरेक व्यवस्थामा आनाकानी गरिरहन्छ । भाषिक र सांस्कृतिक भेदभाव गरिरहन्छ ।      प्रकाशित: फाल्गुन १५, २०७२ 

http://kantipur.ekantipur.com/printedition/news/2016-02-27/20160227110834.html

Sunday, February 21, 2016

परिकल्पना पिलाछेँ

स्थानीयको पहलमा सुरु भएको एउटा बस्तीको नमुना पुन:निर्माण


संस्कृति र परम्परामा मग्न नेवारी बस्ती । ऐतिहासिक सम्पदा, कला र संस्कृति अवलोकनका निम्ति पर्यटकको घुइँचो । चोकचोकमा सांस्कृतिक नाचगान र प्रस्तरलगायतका कलामा व्यस्त कालिगढ । सखारै संगीत वादन । बाँसुरीको मीठो धुन । सबै हिसाबले एउटा समृद्ध र सुखद बस्ती, बेल्जियमको ब्रुज र इटलीको टुरिनजस्तै ।
झट्ट पढ्दा यी विवरण पूरै काल्पनिक लाग्छन् । तर, यो कुनै कोरा सपना होइन । भनेजस्तो योजनाबद्ध ढंगले अघि बढेको खण्डमा अबको अढाइ वर्षपछि ललितपुर–७ को पिलाछेँ टोलको स्वरूप यस्तै आकर्षक र मनमोहक हुनेछ । 

१२ वैशाख ०७२ मा भूकम्पको धक्काका कारण यो टोलले ठूलो क्षति बेहोर्‍यो । यहाँका ८२ घरमध्ये अधिकांश बस्नै नहुने भए । यसै पनि धेरैको आर्थिक हैसियत कमजोर थियो । आफ्नै बुतामा घर ठड्याउने क्षमता एकाधको मात्र थियो । यो मल्लकालीन ऐतिहासिक बस्ती कला, संस्कृति र परम्परामा धनी भएर पनि समयको चाप पछ्याउन नसक्दा आधुनिकीकरणबाट ओझेलमा पर्‍यो । भूकम्पले त झन् धराशयी नै बनाइदियो । यो तीतो यथार्थसँग परिचित थिए व्यवसायी तथा समाजसेवी रमेश महर्जन । 

१२ वैशाखको दिउँसो टोलछेउकै एउटा पूजामा व्यस्त महर्जनले भूकम्पबाट पिलाछेँवासीका सामु निम्त्याउने संकट आकलन गरिसकेका थिए । तर, उनले यो प्राकृतिक विपत्लाई अवसरमा बदल्ने अठोट गरे र बुने, समृद्ध र सबल पिलाछेँ निर्माणको सपना । अनि, त्यसलाई साकार पार्न एउटा सोचका 
साथ अघि बढे । 



त्यही सोचले पिलाछेँ पुन:निर्माणको अवधारणा तयार भयो । त्यस अनुसार महर्जनलगायतका अगुवाहरूले पुन:निर्माणपछि जग्गा र घरको भाउ बढ्ने र आम्दानीका ढोका खुल्नेमा स्थानीयलाई आश्वस्त तुल्याए । र, पिलाछेँवासी यो अवधारणालाई मूर्त रूप दिन सहमत भए । महर्जन भन्छन्, “हिजो केही नभएको बेलामा त पुर्खाहरू आत्मनिर्भर भए भने हामी त भन् यस्ता अवसरहरू हुँदा हुँदै किन गर्न सक्दैनौँ भन्ने प्रश्न गरे । र, सुरु भयो पिलाछेँ पुन:निर्माण अभियान ।” राष्ट्रिय योजना आयोगले त भूकम्पपछिको पुन:निर्माण अन्तर्गत पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गरेपछि यहाँका बासिन्दा झनै खुसी भएका छन् । आयोगले पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गर्नुमा समुदायको अग्रसरताले प्रेरणा दिएको आयोगका पूर्वसदस्य स्वर्णिम वाग्ले बताउँछन् । भन्छन्, “समुदाय नै संगठित भएर आएको थियो । संस्कृति र परम्परा पनि एउटै । सबैभन्दा महत्त्वपूर्ण कुरा सबैमा गर्नुपर्छ भन्ने भावना थियो ।”

पिलाछँे पुन:निर्माण कार्ययोजना अनुसार यहाँका ८२ घरलाई नेवारी संस्कृति र कला झल्किने गरी भूकम्पप्रतिरोधी स्वरूप दिइनेछ । हरेक घरको भुइँतलामा घरधनीको आफ्नो व्यवसाय हुनेछ । पहिलो र दोस्रो तल्लामा होमस्टे सञ्चालन गरिनेछन् । तेस्रो र चौथो तलामा चाहिँ धरधनीहरू नै बस्नेछन् । यदि कोही घरधनी बस्न चाहँदैनन् भने बाँकी तल्ला पनि होमस्टेका लागि प्रयोग गरिनेछ । चोक (वहाल)हरूमा क्याफे, बस्ने ठाउँ रहनेछ । ती बहालमा नेवारी परम्परा र संस्कृतिको अवलोकन गर्न पाउनेछन् पर्यटकले । त्यहाँ सांगीतिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् । 

एक किसिमले भन्दा उद्यम, सेवा र सुरक्षित आवासको अवधारणा व्यवहारमा लागू हुनेछ पिलाछँेमा । पूरै जीवन्त हुनेछ यहाँको वातावरण । पुन:निर्माणमा सकभर परम्परागत र मौलिक निर्माण सामग्रीको प्रयोग गरिनेछ । महर्जन थप्छन्, “हाम्रा पुर्खाले जोगाइ राखेको परम्परा र संस्कृतिलाई व्यावसायिक ढंगले पर्यटक सामु पेस गरिनेछ, जसले गर्दा यहाँका सबैले रोजगारी पाउन र कोही पनि कमाउन बिदेसिनु नपरोस् । त्यसै गरी सीप भएकाहरूले पनि आफ्नो कला र क्षमता देखाउन पाउनेछन् ।” 



भूकम्पले क्षतिग्रस्त पिलाछेँ ऐतिहासिक र सांस्कृतिक दुवै हिसाबले सम्पन्न नेवारी बस्ती हो । यहाँ ४० वटा बहाल छ । पाँच रोपनीमा फैलिएको भिन्छे बहालमा प्रस्तर कलाका लागि संसारभर चिनिएका कलाकारहरू बस्छन् । छेउमै २७ रोपनीमा फैलिएको गुइटो डोमार छ । त्यसको बेग्लै इतिहास छ । पैदल दूरीभित्रै चारवटा अशोक चैत्य छन् । ज्यापु समुदायको रहनसहन, परम्परा र जीवनशैली बुझाउने जीवन्त ज्यापु संग्रहालय छ । छेउमै पाटन दरबार क्षेत्र छ । यहाँ प्राचीन र ऐतिहासिक शिलालेख र शिलापत्रहरू भेटिन्छन् । यी सबै ऐतिहासिक र सांस्कृतिक सम्पदाको केन्द्रमै पर्छ पिलाछेँ । जसको अवलोकनमै पनि पर्यटकहरूको महिनौ बित्न सक्छ । 

योजना आयोगले नमुना परियोजना भने पनि पिलाछेँवासीले आफ्नो पुन:निर्माणका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई अनुसरण गरेका छैनन् । र, त्यही अनुसार रकम जुटाउने रणनीति तय गरेका छन् । पुन:निर्माणका लागि करिब ४६ करोड रुपियाँ लाग्ने अनुमान छ । त्यसका लागि २५ प्रतिशत स्थानीय घरधनीबाट, २५ प्रतिशत भौतिक सामग्री र स्वयंसेवकको श्रमदान, २५ प्रतिशत अनुदान/सहयोग र बाँकी बैंकबाट ऋण लिइनेछ । 

तर, योजना आयोगको घोषणासँगै पिलाछेँ पुन:निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाउने क्रम सुरु भइसकेको छ । जस्तो : वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले तीलगंगा फाउन्डेसनका तर्फबाट चार करोड रुपियाँको सहयोग घोषणा गरेका छन् । त्यसमध्येको दुई करोड रुपियाँ त उनले हस्तान्तरण नै गरिसकेका छन् । च्वाइस नेपालले ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यसबाहेक निर्माण सामग्री उपलब्ध गराएर पुन:निर्माणमा सहयोगी बन्ने प्रतिबद्धता जनाउने क्रम पनि बढ्दो छ । व्यवसायी तीर्थलाल महर्जनले ५० हजार इँटा सहयोग गर्ने भएका छन् भने निर्माण सामग्री बिक्रेताहरूले सिमेन्टलगायतका निर्माण सामग्री उपलब्ध गराउनेछन् । नक्सा डिजाइन र इन्जिनियिरिङको जिम्मा सीई कन्स्ट्रक्सन र सीई सोलसुन्सले लिएको छ, त्यो पनि नि:शुल्क । लुम्बिनी बैंकले सहुलियत ऋणमा वित्तीय सहयोग गर्ने जनाइसकेको छ । 

२ माघमा औपचारिक रूपमा सुरु भएको यो परियोजना अबको साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । पहिलो नमुना घर भने विनाशकारी भूकम्प गएको वर्षदिन पुगेकै दिन अर्थात् १२ वैशाखभित्रै निर्माण गरिनेछ । पुन:निर्माणलाई सघाउन एक किसिमको प्रतिस्पर्धा नै सुरु भएको छ । ज्यापु समाजले मात्रै आफ्ना १० हजार स्वयंसेवक खटाउने निर्णय गरिसकेको छ । त्यसबाहेक स्थानीय युवा, पुस्तकालय, क्लबहरूले समेत नि:शुल्क श्रमदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् । 
पिलाछेँको पुन:निर्माण सफलतापूर्वक सम्पन्न भए त्यसको अनुसरण भक्तपुर, बुङमती, बारपाक र सिन्धुपाल्चोकलगायतका स्थानमा गर्न सकिन्छ । त्यसको पुष्टि ती ठाउँका अगुवाहरूले पिलाछेँको पुन:निर्माणमा देखाएको चासोले नै गर्छ । त्यसैले पिलाछेँ बस्ती पुन:निर्माणको मानक बन्ने निश्चित छ । महर्जन भन्छन्, “भूकम्पीय प्रतिरोधी आवास, जीविकोपार्जनको अवसर र संस्कृति तथा सम्पदाको जगेर्ना सबै हिसाबले पिलाछेँ आकर्षणको केन्द्र बन्नेमा म ढुक्क छु ।” 
प्रकाशित: फाल्गुन ४, २०७२

http://nepal.ekantipur.com/news/2016-02-16/20160216103513.html

Sunday, December 20, 2015

Newar Food Channel

https://www.youtube.com/user/AnupBajracharya


नेपाली व्याकरणको छेवार गर्ने नेवार गुरुहरू!

01 Aug 2014
शुक्रबार १६ श्रावण, २०७१
गाउँले बलदेव

दार्जलिङमा गंगा प्रसाद प्रधानको सम्पादकत्वमा स्थानीय बोलीचालीको भाषालाई आधार बनाएर 'गोर्खे खबर कागत्' इ.सं १९०१ मा प्रकाशित भएको थियो। कथ्य भाषालाई नै लेख्य भाषा बनाउने उनको प्रयासप्रति अर्का प्रधान पारसमणिले भाषाशास्त्रीय आधारमा विरोध गरे।

प्रवासमा मानक नेपाली व्याकरण बनाउने पारसमणि प्रधानको योगदान अविस्मरणीय छ। वास्तवमा उनी नेपाली भाषाका लागि पारसमणि नै भएर चम्किए। २०१३ मा बनारसतिरबाट चलेको झर्रोवादी आन्दोलनले नेपाली जनजिब्राको शब्दलाई प्राथमिकता दियो। यस्तो काम प्रशंसनीय भयो। हौसिएका अभियन्ताहरूले कृत्रिम शैलीमा नेपालीका शब्द बनाउन थाले। क्रमशः झर्रोवादी आन्दोलन टर्रोवादी हुन पुग्यो। यता धनवज्र वज्राचार्यमा शुद्ध नेपाली भाषा जोगाउने चासो बढ्यो। उनले २०१४ तिरबाट 'व्याकरण संशोधन अभियान' चलाए। सोमनाथ सिग्द्यालजस्ता स्वनामधन्य विद्वान्ले समेत संस्कृतका तत्सम शब्द अशुद्ध लेखेको पत्ता लगाएर अशुद्ध लेख्नेहरूको सातो लिए। ती धनवज्र वज्राचार्य नयराज पन्तको गुरुकुलबाट उत्पादन भएका प्रकाण्ड विद्वान् थिए।नेपालमा नेपाली भाषालाई शुद्ध बनाउन पुष्करशमशेर, गोपाल पाँडे आदि दशौँ विद्वान्हरू सक्रिय रहे। तिनैको प्रेरणाबाट हृदयचन्द्रसिंह प्रधान नेपाली व्याकरणलाई सजिलो र भरपर्दो उपायको खोजीमा लागे। उनले २००२ मा चिह्न परिचय लेखे। २००४ मा शब्द–शुद्धि–विचार छपाए। यतिले पनि उनको धित मरेन। झर्रोवादीहरूले सीमा नाघेर नेपाली वर्णविन्यासलाई गंगा प्रसाद प्रधानको बाटामा हिँडाउन लागेको सुइँको पाए। सातै दिनमा नेपाली शुद्धसँग लेख्न सिकाउने उद्देश्यबाट हृदयचन्द्रसिंह प्रधानले २०१६–२०१७ मा 'शब्द–शुद्धि–विज्ञान' लेखेर हजारौँप्रति प्रकाशित गरे।

उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रकाशित 'एक चिहान' उपन्यास तिनै महान् साधकको लोकप्रिय उपन्यास हो। एघार जना लेखकहरूले उनको उपन्यासलाई काटकुट पारेर छपाए। 'शब्द–शुद्धि–विज्ञान'का लेखकको पुस्तकमा रहेको वर्णविन्यास हेर्दा उनीहरूले हृदयचन्द्रको मात्रै होइन, सर्वसाधारण पाठकको समेत हृदय–विदारण हुने अपमानपूर्ण व्यवहार गरेको देखिन्छ। कुनै पनि लेखकका प्रकाशित कृतिलाई सम्बन्धित लेखकको अनुमतिविना काटछाँट गर्न पाइँदैन। शैक्षिक प्रयोजनका लागि आवश्यक पर्ने निश्चित शब्द, वाक्य वा अनुच्छेद लिन सकिन्छ तर मनपरीसँग बिगार्न पाइँदैन। यस्तो व्यवहार भाषिक जगत्का लागि महाअपराध हो।

साझा प्रकाशनबाट उक्त विरूप उपन्यास छापिँदा त्यहीँको उच्च पदमा आसीन अर्का प्रधान भिक्टर चाहिँ खुसी मनाइरहेका थिए। रूखलाई मास्ने ऐजेरु रूखैमा पलाउँछ। भारतमा पारसमणिलाई चुनौती दिन उनैका कुलज गंगा प्रसाद प्रधान उमि्रएका थिए। नेपालमा प्रधान वंशकै भिक्टर प्रधान अमर साहित्यकार हृदयचन्द्रको हृदयमा घाउ लाग्ने गरी नयाँ वर्णविन्यासको प्रस्ताव लिएर गरिमा (२०६६) बाट पलाए।

हृदयचन्द्रसिंहका सहोदर भाइ कृष्णचन्द्र प्रधानले कथित एकरूपतावाद वा उत्तर आधुनिकतावादमा आधृत नयाँ वर्णविन्यासको नियमनसँग आत्मसमर्पण गर्न चाहेनन्। कृष्णचन्द्रको शरीरले इहलोक छोड्नुभन्दा एक वर्षअगाडि मलाई भनेका थिए, "गाउँलेजी, मैले गोरखापत्रमा छापिएको तपाईंको लेख पढेँ। मेरो दाजु पनि तपाईंं जस्तै एक्लै रणभूमिमा पसेर विजयी हुनुभएको थियो। तपाईंलाई मेरो शुभकामना छ।" मैले उनबाट आशीर्वाद मागेको थिएँ, शुभकामना पो दिएर टारे। नेपाली समालोचना र निबन्ध विधाका सशक्त प्रतिभाबाट पाएको शुभकामना मनमा साँचेर मैले नेपाली भाषाप्रति अनन्य प्रेम जनाउने नेवार विद्वान्हरूलाई सम्भि्कन थालेँ। नेपाली भाषाको पहिलो व्याकरण विदेशी जे.ए. एटन (इ.१८२०) ले छपाए। भारतमा समेत प्रभाव पार्न सफल तथा संस्कृतका प्रतिभाशाली साहित्यकार अमृतानन्द (बाँडा?) (इ.१८३०) ले 'अश्वघोष'को 'बुद्धचरित' महाकाव्यमा चार सर्ग थप गरेका थिए। तिनै धुरन्धर विद्वान्ले नेपाली, संस्कृत र नेवारी भाषासमेतको 'त्रिभाषिक व्याकरण' लेखेका थिए, छापिन पाएन। संयोगवश नेपाली व्याकरण लेख्ने प्रथम नेपाली व्याकरणकार पनि नेवार (अमृतानन्द बाँडा)नै परे। शहीद शुक्रराज शास्त्रीले पनि संस्कृत व्याकरणका सन्दर्भमा नेपाली व्याकरण लेखेका थिए। गुरुपूर्णिमाका दिन मैले नेपाली व्याकरणको विधिपूर्वक छेवार गर्ने तिनै नेवारगुरुहरूलाई मात्र वन्दना गरेँ।

http://www.nagariknews.com/friday/story/22267.html

Friday, December 11, 2015

तेल मालिस

तेल मालिस - श्रुति श्रेष्ठ, काठमाडौं



श्रावण २७, २०७२- नौ महिनासम्म गर्भमा रहेर जन्मेको शिशु बाहिरी वातावरणसाग घुलमिल हुन सकोस भनेर तेल मालिस गर्ने चलन छ । यसका लागि संस्कृति अनुसार विभिन्न तेल प्रयोग गरिन्छ । नेपालमा प्राय: भुटेको तोरीको तेल प्रचलनमा छ । शिसु जन्मेदेखि एकदुई महिनासम्म प्राय: सबै समुदायमा तेल मालिस गर्ने चलन छ ।  नेवार समुदायमा यसलाई विशेष महत्व दिइन्छ । घरका हजुरआमा वा परिपक्व महिलाले बच्चालाई तेल लगाउने गर्छन् । यही कामका लागि पैसा तिरेर वाह्य व्यक्ति राख्ने समेत गरिन्छ । नवजात शिसुलाई मात्र होइन जन्म दिने आमालाई पनि कम्तिमा एक महिनासम्म विहान र बेलुका तेल मालिस गरिन्छ । मालिसले शिसुको शारिरीक तन्दुरुस्ती मात्र होईन वाह्य सुन्दरता बढाउन पनि मद्दत गर्छ । यसक्रममा विशेष गरी टाउकोलाई गोलो बनाउने, नाक र हातखुट्टाका औलाहरू मिलाउने गरिन्छ । शिशुलाई तेल लगाउदा चिसो लाग्ने र अन्य घाउ, खटिरा आउने सम्भावना पनि कम हुन्छ । घाममा वा आगोको नजिक राखेर मालिस गर्ने चलन बढी छ । मालिस खुट्टाबाट शुरु गरेर हात, ढाड, छाती गरी वाह्य अंगहरुमा गरिन्छ । यसले छाला राम्रो र हातखुट्टा बलियो हुने, भोक जगाउन, निद्रा लगाउन मद्दत गर्छ ।    प्रकाशित: श्रावण २७, २०७२ 

http://kantipur.ekantipur.com/printedition/news/2015-08-12/20150812150646.html

नेवार समाजको ऐना

- नारायणी देवकोटा


आश्विन २, २०७२- गत वर्ष त्रिविको समाजशास्त्रमा ‘नेपाली समाज र संस्कृति’ विषयअन्तर्गत अन्य धेरै जातीय समाजबारे अध्ययन गर्ने क्रममा समाजशास्त्री गोपालसिंह नेपालीको पुस्तक ‘द नेवार’ पढ्न पाइयो। ‘द नेवार’ गोपालसिंह नेपालीले पीएचडी थेसिसको लागि कीर्तिपुरको पाँगा र काठमाडौंका केही ठाउँमा गरेको जातीय–समाजशास्त्रीय अध्ययन हो। सामान्यतया जातीय अध्ययनलाई मानवशास्त्रीय अध्ययनको एक पाटोको रूपमा हेर्ने गरिए पनि नेपालीले संरचनात्मक प्रकार्यवादको प्रयोग गरेर यसलाई समाजशास्त्रीय अध्ययनमा ढालेका छन्। ५५ वर्षअगाडि निस्किएको ‘द नेवार’ बजारमा नपाइएको धेरै वर्ष भएको थियो। समाजशास्त्रको पाठ्य सामग्रीमा पढ्नुपर्ने भएको कारण यसको फोटोकपी मात्रै पाइन्थे क्याम्पसहरूका फोटोकपी सेन्टरमा। उक्त किताबलाई भर्खरै मण्डला बुक प्वाइन्टले बजारमा ल्याएको छ। किताबलाई १५ उप–शीर्षकमा विभाजन गरिएको छ। नेवार समुदायको आर्थिक जीवन, गुठी परम्परा, नाता सम्बन्ध, विवाह, मृत्यु, नेवार समुदायले मान्ने देवीदेवतालगायतको ऐना उतार्ने काम समाजशास्त्री नेपालीले गरेका छन्। समाजका हरेक अंगले आ–आफ्नो भूमिका निभाएका छन् भन्ने धारणालाई संरचनात्मक प्रकर्यवादअन्तर्गत बुझिन्छ। नेपालीले नेवारको अध्ययन संरचनात्मक प्रकर्यवादको आधारमा रहेर गरेका छन्। जसलाई प्रमाणित गर्न किताबभित्र विभिन्न ठाउँमा यसको व्याख्या गरेका छन्। उदाहरणका लागि–घररपरिवार, गुठी सदस्य, देवीदेवता सबैको आफ्नै भूमिका हुन्छन्। सन् १९३० दशकदेखि ६० दशकसम्म समाजशास्त्रमा संरचनात्मक प्रकार्यवादको दबदबा थियो। त्यो दबदबाबाट भारतीय समाजशास्त्री जीएस घुरे र उनका विद्यार्थी गोपालसिंह नेपाली अछुतो रहने कुरै भएन। संरचनात्मक प्रकर्यवादअन्तर्गत लेखिएको भनेर ठाउँठाउँमा पुष्टि गर्न खोज्दाखोज्दै पनि लेखकले गोर्खाली र नेवार समुदायबीचको, कथित माथिल्लो र तल्लो जातिबीच, हिन्दु र बुद्ध धर्म मान्नेबीचको तितो सम्बन्धलाई लुकाएका छैनन्। अहिले नेपालमा जाति–जनजातिको आन्दोलन भइरहँदा यो किताबको एक महत्त्वपूर्ण शिर्षक ‘नेवारी जाति व्यवस्था’ निकै रोचक छ। श्रेष्ठ र गुरुवाचार्य, खड्गी र मल्ल, आचार र ज्यापुबीच आकाश–पातालको फरक यसमा पढ्न पाइन्छ। नेपालीले हरेक नेवारी जातिको निर्माण प्रक्रियाको छोटो तर निकै उपयोगी जानकारी जाति व्यवस्थामा समेटेका छन्। कुनै एक जाति कसरी अछूत बन्यो? एकै मानिसले छोएको दूध चल्ने पानी नचल्ने चलन, विक्रम संवत् २०६० को दशकमा खड्गी समुदायले ‘हामी कसाई होइनौं’ भनेर गरेको संघर्ष बुझ्न पनि यो शीर्षकले सहयोग गर्छ। खस नेपाली समाजअन्तर्गत नेवारी समुदायलाई वैश्यअन्तर्गत राखिएको छ,्र जब कि काठमाडौंको जात व्यवस्था धेरै हदसम्म गोर्खाली जात व्यवस्थासँग मिल्छ। वास्तवमा, नेवारी समुदाय खस नेपाली समाजअन्तर्गतको नभई छुट्टै समुदाय हो भन्ने किताब पढेपछि थाहा हुन्छ। नेपालका उपाध्याय र जैसी ब्राह्मणका सगोत्रीयहरूलाई पनि चार वर्णको फूलबारीमा समेट्दा कथित वैश्यभित्र पारिएको हो। त्रिवि समाजशास्त्रको गत वर्षको कक्षामा हामीले यो पुस्तकको एक विद्यार्थी, एक शीर्षकका हिसाबले समीक्षा गरेका थियौं। ५५ वर्षअगाडिको र अहिलेको नेवार समुदायमा धेरै कुरा फरक भएको हाम्रा नेवार साथीहरूले कक्षामा बताएका थिए। तर, पनि नेवार समुदायभित्रका जात–जातिको निर्माण र पुननिर्माणको कथा, नेवार समुदायका विभिन्न संस्कारको कुरा, काठमाडौंका चोकचोकमा रहेका गणेशका मन्दिर र तिनले बताउने छोरा र भान्जाको महत्त्वको कुरा, नेवारी समाजका गतिविधिलाई प्रतीकको आधारमा गरिने व्याख्यालाई किताबमा रोचक ढंगमा उतारेका छन्। उदाहरणका लागि भान्जो जन्मिएको छ भने मामाले सिंगो सुपारी पाउँछन् र भान्जी जन्मेकी छ भने आधा सुपारी पाउँछन्। अर्थात् सुपारीका आधारमा भान्जा हो कि भान्जी जन्मेकी भन्ने थाहा पाउँछन्। त्यसैगरी विवाह कुनै कारण रद्द भएको छ भने उक्त कुरालाई बिहेका लागि संकलन गर्दै गरेको रक्सीको भााडो सबैले देख्ने चोकमा लगेर फुटाइन्छ र आफन्तले त्यसैको आधारमा विवाह रद्द भएछ भनेर बुझ्छन्। नेपालीले किताबका केही ठाउँमा सम्बन्ध र चालचलनलाई लिएर नेवारी समाज सुरुको समयमा मातृसत्तात्मक र बहुपति प्रथामा आधारित थियो कि भन्ने प्रश्न उठाएका छन्। तर, उनले अध्ययन गर्ने समयसम्म आइपुग्दा नेवारी समाज एकल पति र पितृसत्तात्मक भएको बताउँछन्। केही ठाउँमा नेवार महिलाहरू जीवनसाथी चुन्ने विषयमा स्वतन्त्र रहेको कारण अरू समुदायभन्दा स्वतन्त्र रहेको बताउँछन्। तर त्यो स्वतन्त्रता एक जीवनसाथीलाई छोडेर अर्को चुन्नेमा मात्रै सीमित रहेको पनि उनी लेख्छन्। समाज विज्ञानमा चासो राख्नेहरूका लागि ५५ वर्षअगाडिको नेवारी समाजको सामाजिक, आर्थिक, धार्मिक चालचलन बुझ्न यो किताब उपयोगी छ। अंग्रेजी भाषामा लेखिएको भए पनि अप्ठ्यारा शब्दको प्रयोग नभएकाले सरासर पढ्न सकिन्छ।   प्रकाशित: आश्विन २, २०७२

http://kantipur.ekantipur.com/printedition/news/2015-09-19/20150919093827.html

‘मातृभाषा शिक्षाले ठूलो भूमिका खेल्छ”

‘मातृभाषा शिक्षाले ठूलो भूमिका खेल्छ” रमेशकाजी स्थापित ३० वर्षदेखि नेपाल भाषा पत्रकारितामा संलग्न छन् । नेपाल भाषा साहित्यका अध्येता उनीले कथा, कविता र निबन्धमा पनि कलम चलाउँदै आएका छन् । ६० वर्षीय स्थापितका दुई मौलिक कृति छन्– ‘मुलुकय् मरुगु मुलुक’ र ‘ज्या मदुम्ह मनु’ । निबन्धकारका रूपमा बढि परिचित उनी ०६० को राष्ट्रिय नाटक महोत्सवमा उत्कृष्ट निर्देशक भएका थिए ।


मंसिर १९, २०७२- नेपाल भाषा साहित्य ह्रासउन्मुख 

अहिले नेपाल भाषा साहित्यको स्थिति केही ह्रासउन्मुख छ । व्यावसायिक हुन सकेको छैन । यसको प्रमुख कारण मातृ भाषामा शिक्षा लिन नपाउनु नै हो भन्ने मेरो निचोड छ । नेपाल भाषामा अहिले जति पनि लेखक निस्किरहेका छन्, तिनले मातृ भाषाबाट शिक्षा लिन पाएनन् । हाम्रो पालामा सन्तोषजनक थियो, किनभने हामी मातृ भाषामा शिक्षा लिएका पुस्तामा पर्छौं । हाम्रो समयमा सरकारको भाषिक नीति ठीक रहेन । राणाकालदेखि नेपाल भाषामाथि दमन भएको थियो । त्यति बेला लेखकहरूमा बौद्धिक विद्रोह भावना थियो । त्यति बेला जति पनि साहित्य सिर्जना भए, ती गहन थिए । पर्याप्त अध्ययनपछि निस्केका त्यति बेलाका साहित्यमा उत्तिकै मिहिनेत पनि थियो । त्यो बेला व्यावसायिकता थिएन । तर यसले फरक पारेन । 

चिन्तन कम छ 
अहिले लेख्न स्वतन्त्रता छ, छाप्न कुनै व्यवधान छैन । तर अहिले लेखन रहर भएको छ, नामका लागि लेख्न गरिएको छ । चिन्तन कम भएको छ । नेपाल भाषा साहित्यको आन्दोलनमा दुई कालखण्ड महत्त्वपूर्ण छन्, पहिलो ०२२ सालको आन्दोलन, अर्को ०३० सालका । मेरो पुस्ता ०३० सालको हो । बाइस सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचार प्रसारण रोकिएको थियो ।  तीस सालमा ‘जीवन दबु’ कार्यक्रम हटाइएको थियो । त्यति बेलाको साहित्यमा परिपक्वता बढी पाइन्छ । बुद्ध साय्मि भने ०२२ सालको पुस्ताका हुन् । अहिलेको पुस्ताका नेपाल भाषा साहित्यकारमा अध्ययनको केही कमी देखिन्छ । विश्व साहित्य कता गइरहेको छ, त्यसको पर्याप्त अध्ययन आवश्यक छ । अझ भनौं, नेपाली भाषाको साहित्य कस्तो छ, त्यसको गहन अध्ययन पनि चाहिन्छ ।  

कविता अगाडि 
नेपाल भाषा साहित्यमा सबैभन्दा जमेको विधा कविता हो । कुनै समय नेपाल भाषाका कविता मूल धारको नेपाली कवितासँग बराबरीमा प्रतिस्पर्धा गर्न सक्षम थियो । विशेषत: पद्यभन्दा पनि गद्यमा नेपाल भाषाका कविता राम्रा छन् । कथा साहित्यमा पनि सन्तोष गर्ने ठाउँ छ । नेपाल भाषामा उपत्यास र निबन्धमा भने कम कलम चलाइएका छन् । अहिले कथा साहित्यमा धेरै लेखक अगाडि आइरहेका छन् र यसलाई लिएर एक प्रकारको सामूहिक प्रयास नै चलिरहेको छ । कथा साहित्यमा अहिले धेरै नारी लेखक अगाडि आइरहेका छन् र यो सुखद पक्ष हो । अहिले पनि म महिला लेखक शशिकलाकै उपन्यास ‘संकल्प’ अध्ययन गरिरहेको छुं । उनीहरू सबैले पनि लेख्नेसँगै पर्याप्त अध्ययनको आवश्यकता छ ।  

पाठकको संख्यामा कमी
नेपाल भाषा साहित्यमा पछिल्लो समय पाठकको संख्या कमी हुनु ठूलो समस्या हो । त्यसो त माथिल्लो दर्जाको साहित्य आम पाठकले पढ्ने विशेष पनि होइन । माथिल्लो दर्जाको हिन्दी साहित्यकै पाठक निकै कम छन् भनेर सुनेको छु । यस्तोमा नेपाल भाषाका कृति केही सयको संख्यामा मात्र बिक्री भए पनि त्यसलाई लिएर निराश हुनुपर्छ जस्तो पनि लाग्दैन । नेपालीजस्तै नेपाल भाषा पनि अहिले देवनागरीमै लेखिने भए पनि यो पढ्न केही गाह्रो छ । नेपाल भाषामा बोलीचाली गर्नेलाई पनि पढ्न अप्ठ्यारो हुने गर्छ । नेपालीमा जसरी बोलिन्छ र लेखिन्छ, त्यो प्रवृत्ति नेपाल भाषामा फरक छ । फेरि यसमा मातृ भाषाकै शिक्षाको प्रसङ्ग पनि आउँछ । आफ्नो मातृभाषामा पढ्न नपाएको हुनाले पनि पाठक संख्या बढ्न नसकेको हो ।  कुनै समय नेपाल भाषाकै लेखकले पनि नेपालीमा माथिल्लो दर्जाका साहित्य रचना गरेको पर्याप्त उदाहरण छन्, जस्तो सिद्धिचरण श्रेष्ठदेखि माधवलाल कर्माचार्यसम्म । खासमा लेखकसँग एक भाषाभन्दा बढीका ज्ञान हुने हो भने उसको रचना अझ राम्रो हुने गर्छ । नेपाल भाषामा दक्षता प्राप्त लेखकले नेपाली अझ राम्रो लेख्न सक्ने क्षमता बढी हुन सक्छ ।  

सरकार र निजी क्षेत्रको भूमिका 
संविधानले नै नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएपछि अब विशेषत: राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पनि यसतर्फ उपयुक्त पाइला चाल्नुपर्छ । नेपाल भाषा मात्र होइन, नेपालमा बोलिने सबै भाषाले प्रतिष्ठानबाट समान अवसर पाउनुपर्छ । नेपाल भाषाको साहित्य प्रकाशनमा निजी क्षेत्रको अहिले पनि उत्तिकै भूमिका हुन पर्छ । नेपाली भाषामा अहिले धेरै निजी प्रकाशन संस्थाहरू आइरहेका छन् । उनीहरूले पनि नेपाल भाषा साहित्यमा अनुराग देखाउन अपेक्षा राख्न सकिन्छ । पछिल्लो समय नेपाल भाषामा केही उदाहरणीय प्रकाशन संस्था अगाडि आएका छन्, जस्तो नागार्जुन पब्लिकेसन । डा. सर्वोत्तम श्रेष्ठको यस संस्थाले आफ्नो आम्दानीको २५ प्रतिशत नेपाल भाषाको साहित्य प्रकाशनमा खर्च गर्ने भनेर घोषणा गरेको छ ।  यस्तै भरत साय्मिले ‘देग: म्हिचा सफू’ पनि निजी खर्चमा यस्ता धेरै काम गरेका थिए । यस्ता निजी क्षेत्रले दिने उत्साहले पनि साहित्य सिर्जनामा ठूलो काम गर्नेमा शंका छैन । फेरि नेपाल भाषाकै केही साहित्यमा नेपालीमा अनुवाद भएर प्रकाशन भए, धेरै राम्रो हुने थियो । पूर्णबहादुर वैद्य, बुद्ध साय्मि, सुरेश किरण र प्रतिसरा साय्मिका कविता अनुवादका लागि उपयुक्त छन् । 
–हिमेश 

रमेशकाजीलाई मन पर्ने लेखक र तिनका कृति 
द्धधुस्वाँ साय्मि, ‘निभा:’ (उपन्यास) 
द्धजगदीश चित्रकार, ‘नचुया वंपि मनूत’ (उपन्यास) 
द्धगिरिजाप्रसाद जोशी, ‘मन्त्र’ (खण्ड काब्य) 
द्धदुर्गालाल श्रेष्ठका अधिकांश काव्य कृति 
द्धहितकरवीरसिंह कंसाकार, ‘अजिंमथ:’ (कथा संग्रह) 
द्धभूषणप्रसाद श्रेष्ठका अधिकांश गजलहरू 
द्धरामशेखर नकर्मीका अधिकांश नाटक/प्रहसनहरू 
द्धपद्मरत्न तुलाधरका अधिकांश निबन्धहरू   

प्रकाशित: मंसिर १९, २०७२

http://kantipur.ekantipur.com/printedition/news/2015-12-05/20151205095257.html

Thursday, October 15, 2015

१३ तस्विरमा नानाथरीका लाखामरी


शब्द/तस्बिर : गम्भीरदास राजकर्णिकार












आश्विन २८, २०७२- नेवारी संस्कृतिमा लाखामरीको विशेष महत्त्व छ । थरीथरीका लाखामरी भिन्दाभिन्दै अवसरमा फरकफरक आकारको अनिवार्यजस्तै हुन्छ । आकार अनुसार यसलाई मथ, अँय्था, नागबेली, न्या, ब्याँचा, चिकँअपा, गुलिमरी, अक्षतामरी भन्ने चलन छ । पर्वमा मात्र नभई विवाहका अवसरमा समेत लाखामरी अनिवार्य हुन्छ । लाखामरीको परिकारलाई विभिन्न आकारमा बनाई फरक–फरक नाम दिइएको हुन्छ । लाखामरी एक किसिमको रोटी हो । यसमा चामलको पीठो र मासको धूलो मिसाई घ्युमा पकाएर चास्नीमा डुबाएर गुलियो बनाइन्छ । यो खाँदा मीठो, गुलियो र झुरुमझुरुम हुन्छ । यसलाई झन्डै ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ । 


http://nepal.ekantipur.com/news/2015-10-15/20151015155556.html


Friday, March 27, 2015

Friday, January 3, 2014

Buddhist German Scholar T. Dodil

Newa Budhhism has had influence through Tibet and farther places.

At 16:00
http://www.youtube.com/watch?v=4Dax0jFg6J8