Monday, January 18, 2021

उही जातपातका कुरा

मैले मीठो मानेर चपाइरहेको मकै–भटमास गाली गरी–गरी ओकल्न लगाइन् । मानौँ, विष नै खाएको हुँ ।



३१ वैशाख २०७६ मंगलबार
काठमाडौं


बाल्यकालमा एक जना मेरै उमेरको साथी थियो     स्कुलबाट फर्केपछि अँध्यारैसम्म खेतगोरेटाभूतघरपराले कुन्युमा खेल्न हिँड्थ्यौँ  मेरो भित्री भोटोमा एउटा ठूलै खल्ती हुन्थ्यो  त्यो खल्तीभरि मकैभटमास राखेर खेल्न निस्कन्थेँ  मैदानगाडीमोटरसाइकल नभएकाले केटाकेटी खेल्न निस्कँदा आमाबालाई खास डर हुन्थेन  गाउँभरिका मान्छे एकअर्कासँग परिचित हुन्थे  कोकहाँ खेलिरहेछ भन्ने सबैलाई थाहा हुन्थ्यो  पूरै गाउँ एक ठूलो परिवारजस्तै थियो  एक दिन एक गाउँले दिदीले हामी दुई जना अँगालो मारेर मकैभटमास खाइरहेको देखिन्  अनि मैले मीठो मानेर चपाइरहेको मकैभटमास गाली गरीगरी ओकल्न लगाइन्  मानौँविष नै खाएको हुँ  भनिन्, ‘तँसँग हिँड्ने साथी  कसाई होकसाई  उसले छोएको तैँले खानुहुन्न  लौ ! तेरो खल्तीका मकैभटमास सबै उसलाई दे ’ कति मजाको जिन्दगीकति मजाको दोस्ती ! सबै तुषारापात भयो  यो समाजको नियमसँग हामी दुवै विस्मित भयौँ  कति दिनदेखि दुई जना मिलेर खाईखेली गरिरहेका थियौँ  ती दिदीले हाम्रो मनमा जात  छूतअछूतको बीउ हालेर गइन्  तर हाम्रो मित्रता रहिरह्यो  मकैभटमास भने लुकीलुकी खानुपर्यो 

तिनै दिदीको घर  हाम्रो बाको घर सँगै थियो  उनले अलि ढिलो पढ्न सुरु गरेकी थिइन्  मैले अलि चाँडै कक्षा टपेको थिएँ  उमेर अन्तर भए पनि एउटै कक्षामा पढ्थ्यौँ  उनले मलाई आफ्नो घरमा लगेर केही  केही खुवाउँथिन्  उनको घरमा पहिलो तल्ला बैठक कोठा थियो भने त्योभन्दा माथि बुइँगल  बुइँगलमै थियोभान्सा  भान्साबाट खानेकुरा तल ल्याएर मलाई दिन्थिन्  एक दिन उनलाई बोलाउँदै बुइँगलको भर्याङ चढ्न थालेँ   आधा भर्याङ नपुग्दै उनी दगुरेर आइन्  रोक्दै भनिन् ‘तँ माथि नआइज  तैँले मेरो घरको भान्सा छुनु हुँदैन ’ मैले सोधेँ, ‘किन ?’ ‘तँभन्दा हामी ठूलो जातको ’ मलाई यस्ता ठूलासाना जात थाहा थिएन   त्यो दिनदेखि ती दिदीले बोलाए पनि गइनँ 

उबेला खेती नै मुख्य पेसा थियो  अचल सम्पत्ति भन्नु जमिन थियो भने चलसम्पत्ति भन्नु अन्न  जसको उब्जनी बढी  धनी  गाउँमा  घरभरिको लुगा दमाईले सिउँथे  वर्षभरिमा जबजब बाली भित्रिन्थ्योत्यसको निश्चित अंश दिने चलन थियो  अहिलेजस्तो सिलाएको लुगा गन्ती गरेर ज्याला दिइँदैनथ्यो  हाम्रोमा चामल  तेल पेल्ने मिल थियोपसल थियो  नुनतेल हुने भएकाले दमाई दाइले त्यसको पनि आश गर्थे  मैले जानीनजानी १८ वर्षको उमेरमा गाउँ पञ्चायतको चुनावमा एक पक्षमा लागेको थिएँ  चुनावमा लाग्नेको घरमा भेट्न मानिस आउने नै भए  ती दाइ पनि भेट्न आए  मेरै पक्षको प्रधानपञ्चको उम्मेदवारलाई भोट हाल्न भनेँ  कुराकानी गर्न मैले उनलाई बैठकमा लैजान खोजेँ  उनी जान अनकनाइरहे  जबर्जस्ती लगेँ  कुराकानी सकियो  उनी गए  गइसकेपछि मेरा हजुरबाले भन्नुभयो,दमाईलाई पनि बैठक कोठामा लाने ? अरूले देखे के भन्लान् ?’दमाईले छोएकोसिएकोउसको थुक लागेको लुगा हाम्रो जिउभरि   त्यस्तो मान्छेलाई घरको बैठकमा लगेर उनले छुँदा बिटुलिने के होला  हजुरबा ?’ मैले अलिअलि तर्क गरेँ  हजुरबासँग खासै तर्क थिएन  उहाँ त्यति बोल्न नजान्ने  ‘पहिलेदेखिको चलन’ भन्नुभयो  मलाई के लाग्यो भने विरोध  उनको पनि होइनतर डर थियोअरूले देख्लान् भन्ने 


मेरा पुराना दुई बाहुन मित्र थिए  छन्  एकहरिगोविन्द लुइँटेल  अर्काराजेन्द्र अधिकारी  एक दिन हरिगोविन्दजीको घरमा बिहानको खाना खाने निम्तो आयो  हरिगोविन्दजीका पिताजी काठमाडौँ पश्चिम भेग अर्थात् वाणभन्ज्याङदेखि कालीमाटीसम्म नाम चलेकाकर्मकाण्ड  रीतिथितिको व्याख्या गर्न सक्ने पण्डित हुनुहुन्थ्यो  उबेला बाहुन थरका मान्छे भेट्यो कि उनीहरूको हातका औँलाले निधारमा ढोग्नेढोगाउने चलन थियो  नैकापतिर  अरू जातका बूढाहरूले  (नेवारहरूले पनिमभन्दा कम उमेरका बाहुनलाई अर्थात् मेरा बाहुन साथीको फुच्चे भाइलाई समेत ‘भाग्या ति बाज्या’ भन्थे  ती भाइले आफ्नो हातको चारऔँला फर्काएर ढोगाउँथे  सोचेँहरिगोविन्दजीको घरमा मलाई  छुट्टै राखेर खुवाउँछन् या भान्सामा बसेर खान अप्ठेरो हुनाले उहाँ पनि बाहिर बसेर खान आउनुहुन्छ  तर त्यस्तो भएन  उहाँको पूरै परिवार भान्सामा मसँगै बसेर खान तयार  प्रेमपूर्वक आमा  भाउजूले खाना पस्किए  दूधसहितको मीठो शाकाहारी खाना खाइयो  त्यो पण्डित परिवारमा भने छूवाछूत देखिएन  त्यही प्रेमपूर्ण व्यवहार राजेन्द्र अधिकारीको घरमा पनि थियो  उहाँको भान्सामा आमाले खुवाउनुभएको अहिले पनि याद   मलाई बाल्यकालमै जातपात दिमागमा छिराएपछि बाहुनहरूले सँगै खाना खाइदिएको पनि ठूलै गुन लगाएको सम्झिनुपर्ने स्थिति थियो 

नैकाप बानियाँ गाउँको सेढाईं परिवारसँग सल्यानथानको खनाल  दाहाल परिवारसँग बुबाको अन्तरंग सम्बन्ध थियो  बुबालाई भेटेर नेपालभाषामै घरका सुखदुःखका कुरा गर्नेघरको अन्न बेच्नअन्न बेचेर आएको पैसाले दालतेल किन्नगाईको दानामा मिसाउन पिना लिएर जानतमाखु खान बाकहाँ नै भेला हुन्थ्यो  त्यहाँ तमाखुको हुक्का जातअनुसार छुट्याइएको हुन्थ्यो 

जातका कारण हुने सेन्सरसिप  सेल्फसेन्सरसिपका धेरै घटना छन्  जानीनजानीत्यो अहिले पनि चलेको   यस विषयमा अझै नियमित छलफलको खाँचो  

https://nepalmag.com.np/opinion/2019/05/14/20190514133303

No comments: