Wednesday, January 6, 2021

नेवारले यसरी छाडे उपत्यका

 नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो ।


२९ जेष्ठ २०७६ बुधबार
काठमाडौं

नेवार जातिको मूलथलो काठमाडौँ उपत्यका हो  आफ्नै भाषा  लिपि रहेको नेवार जातिले व्यापार व्यवसायलाई मुख्य पेसाका रुपमा अंगाल्दै आएका छन्  मूलथलो काठमाडौँ उपत्यका व्यापारका लागि बाहिर गएका नेवार समुदायकै कारण सहरबस्तीको स्थापना  विस्तार हुँदै गएको हो 

नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो  रणबहादुर शाहको मध्य शासनकाल ( मंसिर १८३४ देखि २६ फागुन १८५५को अवधिमा उपत्यकामा बिफरको महामारी फैलियो  बिफरका कारण थुप्रै मानिसको ज्यान गयो 

राजा रणबहादुर शाहले राजदरबारभित्र बिफर नफैलियोस् भन्नका लागि बिफर नलागेका  वर्षसम्मका बच्चाबच्चीलाई देश छाड्ने आदेश जारी गरे  सोही आदेशका कारण बच्चाबच्चीलाई साथ लिएर कैयौँ नेवार समुदायका परिवारले पनि देश छाड्नुपर्यो 



बिफर नआएका बालबच्चासँगै देश छाडेर गएकाहरु काठमाडौँभक्तपुरबनेपा हुँदै दोलालघाट पुगे  त्यसपछि तामाकोसी/भोटेकोसी किनार हुँदै पूर्वी क्षेत्र प्रवेश गरे  सैनिक  पुलिसको निगरानीका कारण बीच बाटोबाटै फर्किन सक्ने अवस्था थिएन  पहाडैपहाडको लामो यात्रा तय गर्दा तिनीहरुका केही बच्चा बाटैमै बिरामी परे  कसैले चिसोका कारण ज्यान गुमाउनुपर्यो  बाआमाले मृतक बालबच्चालाई जलाउनसमेत पाएनन्  उनीहरुले तामाकोसी  भोटेकोसी छेउ मृत सन्तानलाई जमिनमुनि गाडे 

बिफर नलागेका बच्चालाई देश निकाला गर्ने रणबहादुर शाहको उर्दीका कारण सन्तानसँग पछि लागेर गएका नेवार समुदायका मानिस भोजपुरचैनपुरधनकुटालगायत पूर्वका विभिन्न ठाउँमा आश्रय लिएर बसे  त्यसपछि तिनीहरुले ती स्थानलाई आफ्नो वासस्थान बनाए 

बिफर नआएका बच्चालाई निष्कासन गरेको सन्दर्भलाई समेटेर नेवारी भाषामा रचिएको लोकगीतसम्बन्धी पुस्तक कचिमता पितुंगु मेमा राजाको आदेशपछि बच्चाका बाआमाले पाएको सास्तीबारे विस्तृत वर्णन गरिएको   यस पुस्तकलाई ब्रिटिस लेखक सिगफ्रायड लेनहार्डले सङ्स अफ नेपाल : एन एन्थोलोजी अफ नेवार फोकसङ्स एन्ड हाइमन्स् नाम दिएर ईसं १९७४ मा प्रकाशन गरेका छन् 

राजाले आफ्नो परिवारमा रोग नभित्रियोस् भनेर बिफर नआएका बच्चालाई देश (काठमाडौँबाट निकाले पनि तीन रानीमध्येका (त्रिपुरासुन्दरीविजया राज्यलक्ष्मीकान्छी कान्तिमती मिश्र झालाई उक्त रोगले छोप्यो  धामीझाँक्रीवैद्यज्योतिषीको प्रयासका बाबजुद विसं १८५६ मा कान्छी रानीको निधनपछि राजामा बहुलठ्ठीपन देखियो  रानीका लागि पूजा गर्ने तिनै राजा कालान्तरमा देवीदेवताका मूर्ति तोड्न उद्यत भए  विह्वल राजाले नै काठमाडौँ टुँडिखेल महाँकाल भैरवको नाक काटेका थिए  पछि त्यो मूर्तिको नाकमा चाँदी राखिएको हो  नाक काटेको चिह्न अद्यापि देखिन्छ  उनले तलेजु भवानीगुह्येश्वरीमा पनि बिगार गरे  तर जस्तोसुकै महामारी फैलिए पनि प्रजालाई देश निकाला गर्नु हुँदैनथ्यो  राजा रणबहादुर शाहले देश निकाला गरेका तिनै नेवार समुदाय नेपालका मुख्य बजारक्षेत्रमा फैलिए  

नेवार समुदाय व्यापार विस्तारका लागि पनि नेपालबाहिर गएको इतिहास   राम शाहले पाटनका राजा सिद्धिनरसिंह मल्लसँग काठमाडौँका व्यापारीलाई गोरखामा व्यापार गर्न सम्झौता गरेका थिए  त्यसैकारण काठमाडौँको नेवार समुदाय व्यापारार्थ गोरखा पुगेको हो  अहिले पनि गोरखा बजारमा नेवार समुदायकै वर्चस्व  

गोरखा पुगेका तिनै व्यापारी समयक्रममा पश्चिमसुदूरपश्चिम सहित मेचीमहाकालीसम्म बजार विस्तार गर्न सफल भए  व्यापारको सिलसिलामा भारी बोकाएर बजार खोज्दै जाँदा कसैको बीच बाटोमै सामान हरायोकसैको डकैती भयो  बेच्नका लागि लगिएको सामान गुमेपछि बेखर्ची भएर कसैले त्यही स्थानलाई आफ्नो वासस्थान बनाए 

प्रस्तुति : गोकुल अर्याल

https://nepalmag.com.np/memoir/2019/06/12/20190612154021

No comments: