वाराही–याकती अजिमाको विश्लेषण
तेजेश्वरबाबु ग्वंगः |
२०७२ चैत्र २० शनिबार
अष्टमातृका तथा नवदुर्गा गणका अवधारणा भक्तपुरको मात्र नभई काठमाडौं उपत्यकाकै सामूहिक अवधारणा रहे, बनेको छ । अष्टमातृका तथा नवदुर्गा गणका अवधारणालाई मूल रूपमा धर्मविश्वास आस्थाले निरूपण गर्दछ, गरेका हुन्छन् । तिनै धर्म–आस्थाले विश्व मानवसमाजलाई हिन्दु, बौद्ध, इसाई, इस्लाम, जैन, अनेक आस्था समूहमा चिनिएका छन् । परन्तु, धर्र्म भन्नु कुनै विश्वास मात्र नभएर सेवाभावपूर्ण कर्मका परायणताकै प्रत्यक्ष दर्शन हो, अनुभूति हो, व्यवहार हो ।
प्रत्यक्ष दर्शन आस्थावान्हरूका निष्ठावान् आचरणमा पाउन सकिन्छ । आचरण प्रत्यक्ष व्यवहारका मूर्तरूप मान्नुपर्छ । आचरणहीन आस्था धर्म होइन, हुन सक्दैन । आस्था र आचरण डोरीझैं बाँटिएर एकै सूत्रका संयुक्त धार हुन् । अतः प्रत्येक आस्थापूर्ण अनुष्ठान चिन्तन–अवधारणा, अवधारणा–चिन्तन साथ ऐक्यबद्ध भएर लम्कनु÷लम्काउन सक्दा चिन्तन–अवधारणाले मूर्तरूप लिन सक्ने हुन्छ, सक्छ पनि ।
उपत्यकामा वाराहीलाई अष्टमातृका/नवदुर्गा गणका अभिन्न गणपूरक नायिकाका रूपमा मानिएको छ । मातृका गणको वाराहीलाई पौराणिक श्लोक गायनमा उल्लेख गरेको वर्णन नितान्त यथार्थ परक रहेको छ । ‘...वाराही घनघोर घघनमुखी' अष्टमातृकाका श्लोक मानी पठनपाठन गरिने आराधना वाक्यांशको रूपान्तरण यस्तो हुन आउँछः ‘...वाराही बाक्लो (कालो) घन–बादल जति घुँकार (गर्जने) घघन, घुँ घुँ घुर्ने स्वर मच्चाउने मुख (आकृति/खाने मुख) भएकी ! यथार्थ वर्णन गर्ने यो पारा पौराणिककालकै पद्धति रहेको छ । पौराणिक श्लोक वर्णन पद्धतिलाई छाडेर अब अलिक सृष्टिका संरचना क्रमलाई नियालौं पनि ।
सृष्टि क्रममा वाराही÷वराह अवतारमा गणना गरिएको छ । सृष्टि गाथा श्लोकका अनुसार वराह अवतार तेस्रो मानिएको छ । श्लोक यसरी अगाडि बढ्छ ‘.... प्रथम अवतार प्रभु मत्स्य रूप धारणम्, द्वितीय अवतार प्रभु कच्छप रूप धारणम्, तृतीय अवतार प्रभु वराह रूप धारणम्....' आदि । पूर्वीय सृष्टि संरचनाका विधान पाश्चात्य खोजीनीतिभन्दा अलग रहेको देखिन्न यस सन्दर्भमा ।
चाल्र्स डार्विन महाशयले मेकापागल द्विपमा गरेको अनुसन्धानका विवरण पुस्तक ‘सृष्टि संरचनाका प्रारम्भ' मा सृष्टिको पहिलो प्राणी जेली फिस– आफसेआफ टुक्रिएर बढ्ने माछा प्रजाति जेली फिस' भनेका छन् । दोस्रो सृष्टि संरचना जलथलचर ‘एम्पिबिएन' भनेका छन्, हुन् । तिनमा कछुवा प्राणी गणना गरिन्छ । तेस्रो जीव वराह आहाल÷हिलो र जंगल बास गर्ने प्राणी रहेको धारणा पूर्व र पश्चिम गोलाद्र्धका साझा सोचविचार रहे, बनेका छन् ।
यसरी सृष्टि संरचनाका तेस्रो अवतार वाराही वराह अवतार रहे, बनेकी छिन् । यस प्रसंगमा सोच विचार्दा कालो बाक्लो घन÷बादल जत्तिकै घुँकघुँक गर्जन स्वर भएकी प्राणी रहेको छ । वराह मुखाकृति/मकुण्डो बनाएर अष्टमातृका गण नाचमा उनका भावभंगीमा र कृपाकटाक्षका चालबाल र हात, खुट्टा, शिर र अंग स्वभावगत रहे बनेका छन् ।
शरीर यन्त्रका गतिविधि यान्त्रिक मुद्रा र चालमा नाच्ने प्रथा शारीरिक यन्त्र अनुकूल यान्त्रिक अनि चिन्तनले साधना गरेको तन्त्र अनुरूप तान्त्रिक बन्न पुगेका छन् । सम्भवतः अष्टमातृका र नवदुर्गा गण नृत्य÷नाचमा वाराहीका नृत्यका भावभंगीमा, पाइलाका चाल, हस्तमुद्राहरू बराह–बँदेलका चाल र गतिमूलक छन्, हुनुपर्ने सोच छ ।
वाराहीलाई नेपाल भाषाभाषी नेवार समुदायले त्यसमा पनि वंशगोपाल इलाका÷परिसरका नेवार बन्धुबान्धवहरू ‘याकती अजिमा' भन्ने गर्छन् । ‘याकती अजिमा' को औचित्यपूर्ण शब्दार्थ यही नै भनी निरूपण भए, गरेको पाइन्न । याकती शब्दको किटानी भए गरेमा...नभए तापनि भाषाशास्त्रीय दृष्टिकोणले केलाउने÷विश्लेषण गर्ने आधार नभएका भने होइनन् । अजिमा शब्दको अर्थ हजुरआमा हो ।
प्रायशः जेठी पुस्ताका नारीलाई हजुरआमा भन्ने नेपालका आम नेपाली नागरिक समाजका संस्कार रहेका छन् । यिनै सामाजिक, सांस्कृतिक संस्कारगत सांस्कृतिक पारा र परम्परा अनुरूप नै नेवार समुदायका आम समुदायहरू हजुरआमालाई अजिमा भन्छन्, भन्ने गरिआएका छन् । अब रह्यो ‘याकती' शब्दको सही र सटिक अर्थ विश्लेषण ।
नेपाल भाषाभाषी नेवार बन्धुहरू आदिमकालदेखि नै संस्कृत वाङ्मयका शब्दहरूलाई आफ्नै मौलिक रूपमा परिणत÷परिवर्तन गरी मौलिक रूप दिने क्षमतावान् खप्पिस चिन्तक प्रयोगशील समुदाय रहे, बनेका छन् । यस परिप्रेक्ष्यमा नियाल्दा याकती शब्द संस्कृतका आकृति शब्दको रुपान्तरण, परिवर्तित रूप हो । आकृतिको ‘आ' लाई ‘या'मा परिणत गरियो । ‘कृ' लाई ‘क' मात्र बनाइयो÷लेखियो ।
अनि ‘आकृति' शब्द रूपान्तरण भएर ‘याकती' बन्न पुग्यो । वराह आकृति भएका वाराही याकती बन्न पुग्यो । अनि उच्चारण गर्न सजिलो याकती अजिमामा परिणत हुन पुग्यो । यसरी संस्कृत शब्दहरू रूपान्तरित भए गरिएका नेपाल भाषाका शब्दहरू थुप्रै छन् । उदाहरणका रूपमा लाय्कु शब्दलाई लिन उपयुक्त छ । लाय्कु शब्द राजकुल संस्कृत शब्दको रूपान्तरण रहेको छ ।
नेपालभाषामा र–ल अक्षरको उच्चारण समानान्तर हैसियत राख्छ । ‘र' अक्षर ‘ल' उच्चारण भए गरिएपछि रा ‘ला' मा उच्चरित हुनु स्वाभाविक बन्छ, बन्यो । त्यसरी नै ज र य अक्षर पनि आपसमा एकै उच्चारण हुने गरिने भए बनेका छन् । एवं रीतले कुल शब्द छोटकरी तुल्याइयो । यस क्रममा दुई अक्षरी संस्कृत कुल शब्द एकाक्षरी बनाइयो । एकाक्षरी हुनपुग्दा पछिल्लो अक्षर लोप गरिन्छ, हुनपुग्छ ।
कुल शब्द ‘कू' बन्न पुग्यो नेपाल भाषामा । लोप भएका पछिल्ला अक्षर अकारान्त र त्यसका अघिल्ला अक्षर उकारान्त रहे, भए त्यस्ता अक्षर दीर्घ बनाइन्छ । अघिल्ला कु अक्षर उकारान्त र पछिल्ला ल अक्षर अ कारान्त भएकोले कू अक्षर दीर्घ बन्न पुगेको छ । यसरी संस्कृत राजकूल शब्द लाय्कु नेपाल भाषा शब्द बन्न पुगेको छ । भाषिक रूपान्तरणका यी विधि बुझ्न सके संस्कृत नेपालभाषा शब्द रूपमा अनन्त दूरी रहेको अनुभूति हुन पुग्छ जो कसैलाई पनि । याकती अजिमासित सटेका यो सटिक विश्लेषण ठान्छु ।
http://archive.annapurnapost.com/News.aspx/story/46502?_REQUEST=News.aspx/story/46502#sthash.tM2YaNhR.dpuf
No comments:
Post a Comment