Monday, January 18, 2021

नेवार समुदायमा छाउपडी

 त्यसो त मठमन्दिर र मूर्तिपूजा आफैँमा अन्धविश्वास हो । अन्धविश्वासले छाउपडी प्रथालाई अझ बलियो बनाउने काम गरेको छ ।


२७ वैशाख २०७६ शुक्रबार
काठमाडौं


हजुरबुबाको वार्षिकीमा आकृति घरबाहिर मुख निन्याउरो पारेर टोलाइरहेकी थिइन्  आफन्तसँगै परिवारका सबै सदस्य घरभित्र निकै व्यस्त रहेका बेला उनी एक्लै बाहिर बसिरहेको देखेर सोधियो, “किन के भयो ? भित्र किन नगएकी ?” असजिलो मान्दै उनले भनिन्, “ नछुने भएकी छु 

♦ मनकामना पुगेर फर्केका आमाबुबाले सबै परिवारका सदस्यलाई प्रसाद बाँडिरहेका थिए  शोभा अलि पर बसेर सबैले टीका लगाएकोप्रसादमा नरिवल लिंँदै गरेको टुलुटुलु हेर्दै थिइन्  आमाबुबाकी प्यारी एक्ली छोरी शोभा भने आधा खुसी मात्र महसुस गरिरहेकी थिइन् किनभने उनको महिनावारी भएको थियो 

♦ कृष्णा पहिलो पटक दोलखा भीमसेन पुगेकी थिइन्  उपत्यकाबाहिर कमै यात्रा गरेकी उनी दोलखा भीमसेन पुगेपछि भने खिन्न भएर फर्किन् किनभने त्यहीँ पुगेर उनको ‘मिन्स’ भयो  मन्दिरभित्र पस्नुहुन्न भन्ने मान्यताले उनलाई बाहिर बस्नुपर्यो 

प्रस्तुत घटना काठमाडौँ उपत्यकाको नेवार समुदायमा महिनावारीका बेला महिलामाथि हुने विभेदका केही उदाहरण हुन्  महिनावारी भएकी महिला अपवित्र होइन भन्ने समाजले नस्वीकार्दा आज पनि नेवार समुदायमा यस्ता कुप्रथा चलेकै   मध्यपश्चिमाञ्चल  सुदूरपश्चिमाञ्चलका छाउगोठमा धेरै महिलाको मृत्यु भएपछि सडकदेखि संसद्सम्म यसको विरोध भयो  स्थानीयदेखि संघीय सरकारसम्मले यस्ता कुप्रथा रोकथामका लागि पहल पनि गरेका छन्  महिनावारी हुँदा महिलामाथि विभेद गर्ने कुप्रथा भने देशका सबै जातजाति  क्षेत्रमा कुनै  कुनै रूपमा  

त्यसो  मठमन्दिर  मूर्तिपूजा आफैँमा अन्धविश्वास हो  अन्धविश्वासले छाउपडी प्रथालाई अझ बलियो बनाउने काम गरेको   केही चलन  परम्परामा सुधार हुँदै गए पनि महिनावारी हुँदा महिलामाथि गरिने भिन्न व्यवहारमा भने कुनै प्रकारको सुधार हुन सकेको छैन  केही परिवारमा महिनावारी भएको चार दिनसम्म महिलालाई भान्छामा पस्नसमेत निषेध गरिन्छ  पूजाआजा  पर्वमा महिनावारी भएकी छोरीबुहारीले ल्याएको फूल  पानीसमेत अपवित्र मानिन्छ 

पश्चिमाञ्चलका महिला भौतिक छाउगोठमा बस्छन्  नेवार महिला सांस्कृतिक  मनोवैज्ञानिक छाउगोठमा  नेवार समुदायमा छोरीलाई रजस्वला हुनुअघि १२ दिन कुनै घाम नपस्ने कोठामा बन्द राख्ने परम्परा   यस्तो परम्परालाई ‘बारा राख्ने’ भनिन्छ  आजभोलि यसलाई ‘गुफा राख्ने’ पनि भन्न थालेका छन्  बारा राखिएकी युवतीले महिनावारी हुँदा तोकिएका हरेक निषेधको पालना गर्नुपर्ने सामाजिक मान्यता   शैक्षिक  सांस्कृतिक रूपमा अघि बढेका महिलासमेत महिनावारी हुँदा तोकिएका ‘अनुशासन’ पालना गरिरहेका हुन्छन्  महिनावारी अपवित्र नभई प्राकृतिक विषय हो भन्ने बुझेका महिलाले यस्ता निषेध पालना गर्नुको प्रमुख कारण समाजले देखाउने डर नै हो  महिनावारी भएकीले छोएको पूजा सामग्रीले पूजा गर्दा ‘भगवान रिसाउने’  ‘अनिष्ट हुने’ हुने भयले कतिपयले यसको पालना गर्छन् 

कुलदेवताको पूजा मानिने नेवार समुदायको सबभन्दा ठूलो पूजा दिगु हो  कुलपूजाको अर्थ आफ्ना पुर्खाप्रतिको आदर हो  पुर्खा  इतिहासको सम्मान गर्ने यो दिनमा महिनावारी भएकी महिलालाई सबै प्रक्रियाबाट टाढा राखिन्छ  पूजामा छाया मात्र पर्दा पनि बलिको बोको नपर्सिने मनोविज्ञानले काम गरेको हुन्छ  जबकि बोका पर्सिनु वा नपर्सिनुका आफ्नै वैज्ञानिक कारण छन्  महिनावारीको समय महिला शारीरिक  मनोवैज्ञानिक दुवै हिसाबले कमजोर बनेकी हुन्छिन्  त्यस्तो अवस्थामा उनले समाजले कोरेका यस्ता निषेधलाई तोड्ने हिम्मतसमेत गर्न सक्दिनन्  पश्चिम नेपालमा शिक्षक  एनजीओकर्मी महिला कार्यकर्ताजनप्रतिनिधिले समेत ‘नछुने’ हुँदा छाउगोठमै बस्नुको कारण डर नै हो  महिलालाई पुरुषभन्दा कमजोर मान्ने मानसिकता नेवार समुदायमा  

समाजअनुसार नै मानिसको सोच बनेको हुन्छ  समाजले बच्चैदेखि सिकाएको कुरो बदल्न निकै गाह्रो हुन्छ  सिमोन दी बुआरले  सेकेन्ड सेक्समा यही कुराको चर्चा गरेकी छन्  हाम्रो समाजले बच्चैदेखि नै महिनावारीलाई अपवित्र ठान्ने बनाइदिएको   त्यसैले कुपरम्परालाई चुपचाप सहिदिन्छौँ  नेवार समुदायमा व्याप्त मनोवैज्ञानिक  सांस्कृतिक छाउपडी प्रथा भत्काउने विषयमा छलफलको थालनी आवश्यक   तर नेपालमा लगभग सबै समुदायले महिनावारीका बेला महिलालाई विभेद गर्ने चलन   परिवारअनुसार कुनै समुदायमा कडा  कुनै समुदायमा केही खुकुलो हुन सक्छ  तर जहाँ जस्तो स्वरूपमा भए पनि भत्काउनु जरुरी   आमाहरूले छोरीहरूलाई अवैज्ञानिक चिन्तन हस्तान्तरण गर्नुको सट्टा वैज्ञानिक चेततिर डोर्याउनुपर्छ 


https://nepalmag.com.np/opinion/2019/05/10/20190510133412

No comments: